Sunday, May 1, 2016

खोरेत विरुद्धको भ्याक्सिन निःशुल्क

बनेपा, १९ वैशाख । काभ्रेपलाञ्चोकमा पशुलाई निःशुल्क रुपमा रु २० लाख बराबरको खोरेत रोग विरुद्धको भ्याक्सिन (एफएमजी ) लगाइएको छ ।

जिल्ला पशुसेवा कार्यालयका १० वटा सेवा केन्द्रमार्फत स्थानीय दुग्ध सहकारी संस्था, पाराभेट, पशु प्राविधिकको संलग्नतामा सो खोप लगाइएको हो । अहिलेसम्म ४० हजार डोज लगाइएको छ भने ६० हजार डोज भ्याक्सिन लगाउने लक्ष्य रहेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो ।

पशुपालनको पकेट क्षेत्र मानिने उग्रचण्डीनाला, बनेपा, पनौती, काशिखण्ड दाप्चा नगरपालिका, पाँचखाल नगरपालिका, कुशादेवी, महादेवस्थान, तिमाल, रोशी लगायतका क्षेत्रमा खोरेत रोग विरुद्धको भ्याक्सिन लगाइएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts