Saturday, May 14, 2016

रुपकुमारी अध्यात्म पुरस्कार डा पोखरेल र नवकिरणलाई

काठमाडौँ, १ जेठ । विसं २०७३ को रुपकुमारी अध्यात्म सेवा पुरस्कार नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक डा ऋषिराम पोखरेल र नवकिरण अनाथ असहाय बाल उत्थान समाजलाई प्रदान गरिएको छ ।

आध्यात्मिक उन्नतिका काममा समर्पित भएर उल्लेखनीय योगदान पु¥याउने संस्था र व्यक्तिलाई दिइने पुरस्कारको राशि प्रत्येकलाई रु ३५ हजार छ । रुपकुमारी अध्यात्म सेवा अनुष्ठानका अध्यक्ष भीमबहादुर अधिकारीले आज यहाँ आयोजित कार्यक्रममा सो पुरस्कार दोसल्ला र प्रमाणपत्रसहित हस्तान्तरण गर्नुभयो ।

साहित्यकार एवम् शिक्षासेवी गोपाल पाँडे ‘असीम’ की श्रीमती रुपकुमारीका नाममा गठन गरिएको अनुष्ठानले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । आध्यात्मिक साधनामा लाग्नुभएकी रुपकुमारी ध्यानावस्थामै ब्रह्मलीन हुनुभएको सो अवसरमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा डा पोखरेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा शङ्करराज पाठक र अनुष्ठानका अध्यक्ष अधिकारीलगायतका वक्ताले संस्थाले आध्यात्मिक क्षेत्रमा पु¥याएको योगदानका विषयमा चर्चा गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts