Sunday, June 5, 2016

आर्थिक क्रान्तिको नेतृत्व काँग्रेसले गर्नुपर्ने

पोखरा, २३ जेठ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकको समृद्धिका लागि आर्थिक क्रान्तिको आवश्यकता भएकाले नेपाली काँग्रेस योजनाका साथ अघि बढ्ने बताउनुभएको छ ।

नेका गाउँ इकाइ समिति लाहाचोकमा आज आयोजित जनसभामा बोल्दै उहाँले प्रजातन्त्रको स्थायित्वका लागि पार्टी विविध कार्यक्रम र योजनाका साथ आगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद जीवन परियारले नेपालमा रहेको चरम गरिबीलाई न्यूनीकरण गर्न सरकारले पाँच हजार भत्ताको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेका कास्कीका सभापति कृष्ण केसीले आगामी मङ्सिरमा स्थानीय निकायको चुनाव भएमा काँग्रेसले सबैभन्दा पहिलो उम्मेदवारी दर्ता गराउने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts