काठमाडाँै, २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष डा सरिका मेहताको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय महिला मोटरसाइकल यात्रीको टोलीले राष्ट्रपति भवन शीतलनिवासमा आज भेट ग¥यो ।
‘बेटी बचाओ, बेटी पढाओ’ अभियानको प्रवद्र्धनका लागि दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया र सिंगापुरसहितका १० मुलुकमा १० हजार किमिको मोटरसाइकल यात्रा ३६ दिनमा पूरा गर्ने गरी नेपालबाट सुरु हुँदैछ ।
राष्ट्रपति भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशसहित नेपाल आइपुगेको उक्त टोलीलाई नेपालमा स्वागत गर्दै बधाई तथा अभियानको पूर्ण सफलताको शुभकामना प्रदान गर्नुभयो ।
भेटमा राष्ट्रपति भण्डारीले दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका मुलुकसहित समस्त विश्वमा महिला उत्थानको कार्यक्रमहरुको सान्दर्भिकता र औचित्यता रहेको उल्लेख गर्दै नेपालमा पनि आगामी आवदेखि ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ सञ्चालन हुन लागेको बताउनुभयो ।
उक्त अवसरमा राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल, नेपालका लागि भारतीय राजदूत रणजीत राय तथा नेपाल सरकारको उच्च अधिकारीको समेत उपस्थिति थियो ।
नेपालबाट सुरु भएको यो मोटरसाइकल यात्रा सिङ्गापुर पुगी समाप्त हुनेछ । उक्त टोली भोलि बिहान काठमाडौँबाट बनेपा–सिन्धुली–बर्दिवास हुँदै भारतको पश्चिम बङ्गालको बागडोग्रातर्फ प्रस्थान गर्नेछ । रासस
No related posts.
No comments:
Post a Comment