Saturday, June 11, 2016

बिनादर्ता इन्स्टिच्युट चलाउने पक्राउपछि रिहा

चितवन, २९ जेठ । प्रशासनको निर्देशन अटेर गरी अनुमतिबिना पूर्व तयारी कक्षा सञ्चालन गरेको भन्दै यहाँको एभरेष्ट टच इन्स्टिच्युट (इटिआइ) का सञ्चालक डा टङ्क ओझासहित छजना शिक्षकलाई आज प्रहरीले पक्राउ गरेकोमा साँझ रिहा गरेको छ ।

छ दिनअघि अनुगमनका क्रममा स्वीकृति लिएर मात्रै इन्स्टिच्यूट सञ्चालन गर्न पत्र दिँदासमेत ओझाले अटेर गरी कक्षा सञ्चालन गरेपछि सञ्चालकसहित शिक्षकहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो ।

शिक्षकलाई दर्ता नभएको संस्थामा नपढाउने शर्तमा कागज गरी सबैलाई प्रहरीले रिहा गरेको छ ।

ओझाले दर्ता प्रक्रियामा रहेको भन्ने सिफारिस ल्याएकाले प्रहरीले रिहा गरेको हो ।

जिल्लामा रहेका करिब दुई सय शैक्षिक परामर्श केन्द्रमध्ये १३ वटाले मात्रै शिक्षा मन्त्रालयबाट स्वीकृति लिएको बताइएको छ । एक साताअघिदेखि जिल्ला प्रशासन, शिक्षा कार्यालय र प्रहरीको संयुक्त टोलीले जिल्लाका शैक्षिक परामर्श केन्द्रको अनुगमन गरिरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts