चितवन, २९ जेठ ः नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् पूर्व मन्त्री लालबाबु पण्डितले यही सरकार सहमतिको सरकार बन्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरतपुर उपमहानगरपालिका वडा नम्बर २ को १२ औँ वडा अधिवेशनको आज यहाँ उद्घाटन गर्दै पण्डितले संविधान कार्यान्वयनका लागि सहमतीय सरकार उपयुक्त हुने भन्दै त्यसका लागि सरकार बाहिर रहेका दलहरूलाई ओली नेतृत्वको सरकारलाई साथ दिन पनि आग्रह गर्नुभयो ।
भर्खरै जन्मिएको संविधानलाई परिस्कृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै संविधान च्यात्न खोज्नेहरूको सपना उडेर गएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी ज्ञवाली, नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष जगन्नाथ थपलियालगायतले अधिवेशनलाई शुमकामना मन्त्व्य दिनुभएको थियो । रासस
––––––
No comments:
Post a Comment