Sunday, June 12, 2016

संविधानले कसैलाई विभेद नगरेको प्रधानमन्त्रीको भनाइ

काठमाडौ, ३० जेठ । प्रधानमन्त्री केपीशर्मा ओलीलेनयाँ संविधानले कसै प्रति विभेद नगरेको बताउँदै आन्दोलनरत मधेशवादी दलहरुलाई वार्तामा आउन आग्रहगर्नु भएको छ ।
नयाँशक्ति नेपालको पार्टी घोषणा सभालाई आज राजधानीमा सम्बोधन गर्दै संविधानले कसै प्रति विभेद गर्ने नीति नलिएको बताउनुभयो । असन्तुष्ट पक्षकाकुरा सुन्न र त्यसमा छलफल गर्न सरकार तयार रहेको उहाँको भनाइ छ ।
नयाँशक्ति नेपालले राष्ट्रिय एकता सुदृढ गराउन र आर्थिक विकास अघि बढाउन भूमिकानिर्वाह गर्ने अपेक्षाराखेको उल्लेखगर्दै प्रधानमन्त्री ओलीले बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिले एमाले बाहेकका दलहरुलाई धक्का दिनसक्ने टिप्पणी गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts