चितवन, २६ जेठ । पर्यटकीय नगरी सौराहामा गैँडाको आक्रमणबाट आज एक विदेशी पर्यटकसहित दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार डेनमार्कका नागरिक २३ वर्षीया लाउरा बेच र पर्यटकका पद प्रदर्शक रत्ननगर–१९ का १८ वर्षीय कुमार थापा गैँडाको आक्रमणबाट घाइते भएका हुन् ।
निकुञ्जमा घुम्न जाने क्रममा रत्ननगर १८ मा रहेको होटल बटर फ्लाई नजिकै उनीहरुलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
गैँडाको आक्रमणबाट डेनमार्कका नागरिक बेचको कम्मरमा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी, नेचर गाइड थापाको दायाँ हात भाँच्चिएकाले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment