Wednesday, June 8, 2016

सौर्य बत्ती जडानको काम सुरु

नेपालगन्ज, २६ जेठ । विकास निर्माणको कामलाई तीव्रता दिएको नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सुर्खेत सडकखण्डमा सौर्य बत्ती जडान कार्य सुरु गरेको छ ।

सो सडकखण्डको गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म सौर्य सडक बत्ती जडान गर्न लागिएको इन्जिनियर सुरजकुमार गुप्ताले जानकारी गराउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन बोर्डको रु ६० लाख र नगरपालिकाको रु १५ लाख गरी रु ७५ लाखको लागतमा यही असार मसान्तभित्र काम सक्ने गरी ७० वटा खम्बामा सौर्य बत्ती जडान गर्न लागिएको हो ।

सडक बत्तीमा वार्षिक सरदर रु चार लाख खर्च गर्दै आएको नगरपालिकालाई सौर्य बत्ती जडानपछि सो आर्थिक भार नपर्ने र विद्युत् प्राधिकरणको विद्युत् भार घटने अपेक्षा गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts