डोटी, २२ जेठ । डोटीको वनलेक–७ स्थित केआइसिंह राजमार्गमा पहिरो खस्दा यातायातका साधन पूर्णरुपमा ठप्प भएका छन् ।
आज बिहान करिब ७ः१५ बजे माथिबाट एक्कासि खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
भारी वर्षासँगै आएको पहिरो हटाउन प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेको प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment