काठमाडौँ, २९ जेठ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले यस वर्षको रोटरी पत्रकारिता पुरस्कार विभिन्न छ पत्रकारलाई दिने घोषणा गरेको छ ।
पुरस्कृत हुनेमा सुदर्शन सिग्देल (शिक्षा), सजिला सिंह (स्वास्थ्य), प्रमोदकुमार टण्डन (वातावरण), राधिका ढकाल (आर्थिक), सिर्जना अर्याल (महिला) हरिशरण लामिछाने (मूलधार पत्रकारिता) हुनुहुन्छ । उहाँहरुलाई विभिन्न विधागत पत्रकार संस्थाको सिफारिसमध्येबाट निर्णायक समितिले चयन गरी घोषित गरिएको रोटरियन नुगल वैद्यले जानकारी दिनुभयो ।
यही जुन १७ गते दिइने सो पुरस्कारको राशि जनही रु २५ हजारको छ । रासस
No comments:
Post a Comment