काठमाडौँ, २९ जेठ । साहित्यकार एवम् पत्रकार स्नेह सायमीलाई सडक विस्तारको तस्बिर लिएको आरोपमा आज दिउँसो प्रहरीले पक्राउ गरेकोमा साँझ रिहा गरेको छ ।
काठमाडौँको ढुङ्गेअड्डास्थित सडक विस्तारको तस्बिर र भिडियो खिचिरहेका बेला प्रहरी नायब उपरीक्षक हेमकुमार थापाको आदेशमा प्रहरीले सायमीलाई पक्राउ गरी कालिमाटी वृत्त लगेकोे थियो ।
सायमीको रिहाइपछि पत्रकारिताका विभिन्न संस्थाका प्रतिनिधि र स्थानीयवासीले विरोध गरेपछि रिहा गरिएको हो । सायमीले आफूलाई पक्राउ गर्नुले मुलुकको मानवअधिकारको अवस्था दयनीय भएको देखाएको प्रतिक्रिया दिनुभयो । रासस
No related posts.
No comments:
Post a Comment