Saturday, June 11, 2016

बजेटले महँगी बढायो : वरिष्ठ नेता पौडेल

दमौली, २९ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको बजेटले महँगी बढाएकाले सर्वसाधारणको ढाड भाँच्चिने अवस्था आएको बताउनुभएको छ ।

तनहुँको क्यामिन गाविसको नवनिर्मित भवनको शनिबार उद्घाटनका अवसरमा काँग्रेस नेता पौडेलले वर्तमान सरकारले सत्तारुढ पार्टीहरुको हितका लागि मात्रै बजेट ल्याएको भन्दै आपत्तिसमेत प्रकट गर्नुभयो ।

रु ५० अर्बमा बन्ने १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको छिट्टै बोलपत्र आह्वान गरी निर्माणको काम सुरु गरिने उहाँले बताउनुभयो ।

शान्ति मन्त्रालयको नमुना बस्ती कार्यक्रमअन्तर्गत रु ३४ लाख ३४ हजारको लागतमा गाविसको सो भवन निर्माण गरिएको गाविसका सचिव बलराम गैरेले बताउनुभयो ।

सोही अवसरमा काँग्रेसका वरिष्ठ नेता पौडेलले रु ३० लाख सात हजारको लागतमा निर्माण गरिएको छापथोक तमु आमा समूह भवनको समेत उद्घाटन गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts