भक्तपुर, १३ असार । नेसनल ओलम्पिक एकेडेमी अफ नेपालले देशव्यापी वृक्षरोपण गर्दै ‘पर्यावरण संरक्षणमा ओलम्पिक अभियान’ आज यहाँबाट शुभारम्भ गरेको छ ।
दुवाकोटमा आयोजित कार्यक्रममा ओलम्पियन खेलाडीले वृक्षारोपण गर्दै अभियानको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल मजुदर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, सभासद् प्रेम सुवाल, ओलम्पियन प्रवीण तुलाधर, टीकाराम श्रेष्ठ, कान्छीमाया कोजु, देवु थापा र फूलमाया क्यापचकी लगायत स्थानीयवासी एवम् चाँगुनारायण उमाविका विद्यार्थीले चाँगुनारायण नगरपालिका–१४ स्थित खाली जमिनमा कार्बन सञ्चित गर्ने पाँच सय बिरुवा रोप्नुभएको हो ।
वृक्षरोपणको उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेले भक्तपुरलाई पर्यावरणीय रुपमा उत्कृष्ट सहरी क्षेत्रका रुपमा विकास गर्नु आवश्यक रहेको औँल्याउनुभयो । एकेडेमीका अध्यक्ष धुव्रबहादुर प्रधानले अभियानलाई देशव्यापी विस्तारित गरिने बताउनुभयो ।
रोपिएका विरुवा संरक्षणका लागि स्थानीय युवाले स्वयम्सेवकको काम गर्ने र सशस्त्र प्रहरीले त्यसमा सहयोग पु¥याउने घोषणा गरिएको छ । रासस
No related posts.
No comments:
Post a Comment