काठमाडौँ, २९ जेठ । नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति सङ्घको पहिलो महाधिवेशन आजदेखि सुरु भएको छ ।
डिल्लीबजारस्थित विजयस्मारक उमाविमा आइतबारसम्म जारी रहने उक्त महाधिवेशनमा सामुदायिक विद्यालयको सुधारका लागि सम्भावित प्रयासका बारे छलफल हुनेछ ।
सरकारको अनुदानमा सञ्चालित विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधिमूलक उक्त सङ्घमा देशका विभिन्न २२ जिल्लाका करिब १०० प्रतिनिधि सहभागी छन् ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवम् जापानका लागि नेपाली पूर्व राजदूत प्रा केदारभक्त माथेमाले महाधिवेशनको उद्घाटन गर्दै मुलुकमा शिक्षाको राम्रो विकास गर्नका लागि सामुदायिक शिक्षाको प्रभावकारिता र महत्व रहेको बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयलाई अगाडि बढाउन सकेमा ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत शिक्षाको पहुँच पु¥याउन सकिने विश्वास व्यक्त गर्दै त्यसका लागि समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो ।
शिक्षाविद् विद्यानाथ कोइरालाले समुदायको हितमा व्यवस्थापनले कार्य गर्न नसकेको बताउँदै विभिन्न राजनीतिक दलको प्रभावका कारण विद्यालयको नेतृत्वले शैक्षिक गतिविधि लागू गर्न नसक्ने जस्ता समस्याले शिक्षक र व्यवस्थापनका बीच द्वन्द्व बढेका र यस्ता विद्यालयमा समस्या परेको अब नयाँ विचारका साथ समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री भीमप्रसाद गौतम, सङ्घका अध्यक्ष मणिराम गिरी, उपाध्यक्ष शङ्कर दुलाल, विजयस्मारक उमावि व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजेश्वर थापा, इलाम जिल्ला अध्यक्ष हरिकला श्रेष्ठ, शिक्षाविद् गिरिन्द्रराज अधिकारीलगायतले यस्ता विद्यालयमा सरकारले गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको अवस्थामा व्यवस्थापन समितिलाई अधिकार उपलब्ध गराउन सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment