काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र स्थापनामा योगदान पु¥याएबापत नेत्री लीला कोइरालालाई सम्मान गर्नुभएको छ ।
काँग्रेस नेत्री स्व शैलजा आचार्यको सातौँ स्मृति दिवसका अवसरमा शैलजा आचार्य आदर्श समाजद्वारा यहाँ आज आयोजित ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा शैलजा आचार्यको भूमिका’ विषयक विचार गोष्ठीका अवसरमा काँग्रेस नेत्री कोइरालालाई सम्मान गरिएको हो ।
सोही अवसरमा सभापति देउवाले नेत्री आचार्यले नेपालमा प्रजातन्त्र स्थापनाका लागि पु¥याएको योगदानको चर्चा गर्दै उहाँका बारेमा लिखित दस्तावेज तयार गर्नुपर्नेमा जोड दिनुभयो । काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले शैलजाले प्रजातन्त्र स्थापनाका लागि गरेको त्याग, तपस्या, साहसलाई अबका नयाँ पुस्ताले सिक्नुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य प्रदीप गिरीले १७÷१८ वर्षको उमेरमा शैलजा आचार्यले राजा महेन्द्रको तानाशाहीलाई चुनौती दिँदै कालो झन्डा देखाएर साहस देखाउनुभएको थियो भन्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment