Saturday, June 4, 2016

चट्याङ लागेर बालकको मृत्यु

रामेछाप, २२ जेठ । रामेछापको गोठगाउँमा आज चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

गोठगाउँ गाविस वडा नं ५ घर भएका आठ वर्षीय टेकबहादुर खत्रीको मृत्यु भएको छ । करिब दिउँसो २ः४५ तिर परेको चट्याङ लागेर बेहोस भएका खत्रीलाई उपचारका लागि एम्बुलेन्समार्फत सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको स्थानीय युवराज सापकोटाले जानकारी दिनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय रामेछापले भने घटनास्थल प्रहरी चौकी साँघुटारदेखि टाढा भएकाले स्थलगत जानकारी आउन समय लाग्ने बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts