Saturday, June 4, 2016

सर्पको टोकाइबाट वृद्धको मृत्यु

बैतडी, २२ जेठ । बैतडीको सित्तडमा सर्पको टोकाइबाट गएराति एक वृद्ध महिलाको ज्यान गएको छ ।

सित्तड गाविस–५ बगिल्डाकी ७५ वर्षीया रमिला जोशीको सर्पको टोकाइबाट ज्यान गएको स्थानीय रामदत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिजो दिउँसो ३ बजेतिर खाना पकाउने बेलामा सर्पले टोकेको र झारफुक गर्दागर्दै वृद्धा जोशीको गएराति १२ बजेतिर मृत्यु भएको हो ।”

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले भने यससम्बन्धी कुनै जानकारी नभएको बताउनुभयो । रासस
–––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts