Sunday, June 5, 2016

हवाई प्रतिरक्षाको निरीक्षण

काठमाडौँ, २३ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले धनुषाको भिमानस्थित आर्टिलरी फायरिङ रेञ्ज इलाकामा सञ्चालन भइरहेको अभ्यास हवाई प्रतिरक्षा एक फिल्ड फायरिङको आज निरीक्षण गर्नुभयो ।

निरीक्षणपश्चात् उहाँ चितवन राष्ट्रिय निकुञ्जद्वारा आयोजित दुईवर्षे शून्य चोरी सिकारको दुर्लभ उपलब्धि मनाउन आयोजित कार्यक्रममा सहभागी हुनुभयो ।

सोही अवसरमा प्रधानसेनापति क्षत्रीले वन तथा वन्यजन्तु संरक्षणका लागि असरदार गतिविधि सञ्चालन गर्न निकुञ्जमा स्थापित संयुक्त संरक्षण कारबाही कक्षको उद्घाटन गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उहाँले केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिद्वारा प्रदर्शित प्रकृति संरक्षणसम्बन्धी वृत्तचित्र एवम् नाटकको अवलोकन गर्नु भएको थियो भने प्रकृति संरक्षणमा विशेष योगदान पु¥याउनु हुने व्यक्तिलाई प्रमाणपत्र तथा कदरपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष, नेपाली सेनाका बलाध्यक्ष तथा अन्य रथी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकलगायतको उपस्थिति रहेको निर्देशनालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts