Sunday, June 12, 2016

असन्तुष्ट पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको लिखित आग्रह

काठमाडौ, ३० जेठ । सरकारले आन्दोलनरत दल र असन्तुष्ट समूहलाई वार्तामा आउन लिखित आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेसी मोर्चा सहितको संघीय गठबन्धन, राष्ट्रिय मुस्लिम संघर्ष समितिलाई वार्तामा आउन आग्रह गर्दै चिठी लेख्नु भएको हो । वार्ताका लागि आह्वान गरिएको पत्र सम्बन्धित पार्टी र समूहलाई पु¥याउने काम भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रेस सल्लाहकार दाहालका अनुसार सरकारले वार्ता र सम्वादका आधारमा असन्तुष्ट पक्षका जायजमाग पूरा गर्न पत्राचार गरेको हो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts