काठमाडौँ, १७ असार । कामु प्रधानन्यायाधीश सुशीला कार्कीले अपराधमुक्त हुन सके मात्र सभ्य समाज निर्माण हुने बताउनुभएको छ ।
सशस्त्र प्रहरी परिवार महिला सङ्घको १५औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सभ्य समाजको निर्माणका लागि अपराधमुक्त बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सीमा अपराध नियन्त्रण गर्नका लागि बल सदा लागिरहेको बताउनुभयो । सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष शिला राईले आफ्नो संस्थाको योगदानबारे प्रकाश पार्नुभयो ।
सो अवसरमा वीरगतिप्राप्त तथा बहालवाला सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार छात्रछात्रा, नेपाल एपिएफ उमाविका छात्रछात्रा र सङ्घद्वारा निःशुल्क अध्ययनको व्यवस्था मिलाइएका छात्रा गरी २५ जनालाई छात्रवृत्तिस्वरुप रु १०–१० हजार प्रदान गरिएको थियो । रासस
No related posts.
No comments:
Post a Comment