Saturday, July 16, 2016

प्रधानमन्त्री ओलीको समर्थनमा -याली

पाँचथर, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा स्वतन्त्र युवाले पाँचथर सदरमुकाम फिदिममा आज शान्तिपूर्ण ¥याली निकालेका छन् ।

फिदिमको लिम्बूवान गेटबाट सुरु भएको ¥यालीले फिदिमबजार परिक्रमा गरी सोही गेटमा पुगेर सभा गरेको थियो । ¥यालीमा करिब एकसय युवाको सहभागिता थियो ।

सभालाई सम्बोधन गर्दै स्वतन्त्र युवाहरुका संयोजक गणेश काफ्लेले दलहरुलाई सरकार परिवर्तनको फोहोरी खेलमा भन्दा संविधान कार्यान्वयन गर्दै मुलकको समृद्धि र विकासतर्फ लाग्न आग्रह गर्नुभयो । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts