Saturday, July 16, 2016

बाढी पीडितलाई राहत वितरण

पथरी (मोरङ),१ साउन । नेपाल तरुण दल मोरङले मधुमल्लाका बाढी पीडितलाई रु तीन लाख बराबरको राहत सामग्री आज वितरण गरेको छ ।

तरुण दल मोरङ र नेपाली काँग्रेसका कार्यकर्ता आफँैले रकम उठाएर बाढी पीडितलाई राहत वितरण गरेका हुन् ।

तरुणदल मोरङका अध्यक्ष सञ्जय थापाका अनुसार नेपाली काँग्रेस मोरङभरका जिल्ला तह, क्षेत्रीय, गाउँ, वडा र क्रियाशील सदस्यहरुबाट सङ्कलन गरी प्रतिपरिवार एक बोरा चामल र एक थान त्रिपाल वितरण गरिएको हो ।

गत असार १७ गते नुनसरी बक्राहा खोलामा बाढी आएर मोरङको मधुमल्ला गाविसमा पस्दा एकसय घर डुवानमा परेका थिए । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts