जुम्ला, १ साउन । दुर्गम हिमाली जिल्लामा निर्वाध रुपमा जिम्मेवार, कर्तव्यनिष्ठ, जवाफदेही, अनुशासित भई समाज र राष्ट्रप्रति समर्पित भएर काम गर्ने जुम्लाका तीन राष्ट्रसेवक कर्मचारी आज यहाँ सम्मानित भएका छन् ।
‘कर्णाली सरोकार’ दैनिक जुम्लाको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्थापना दिवस समारोहको अवसरमा उनीहरु सम्मानित भएका हुन् । सम्मानित हुनेमा वित्तीय क्षेत्रअन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख गोकुल बास्तोला, प्रशासन क्षेत्रतर्फ महिला तथा बालबालिका कार्यालयका महिला विकास निरीक्षक मञ्जु पाण्डे र चिकित्सा क्षेत्रमा कार्यरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा निरेश थापा मगर हुनुहुन्छ ।
कार्यक्रममा प्रजिअ रुद्रप्रसाद पण्डितले डिजिटल संसारमा कर्णालीमा छापाबाट जनस्तरमा सूचना समाचार जानकारी गराउन दैनिक रुपमा साहस राख्ने कर्णाली सरोकारको टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाली काँग्रेस जुम्लाका सचिव कर्णबहादुर शाहीले छेउ लागेका कर्णालीवासीलाई राज्यको मूलधारमा ल्याउन पत्रिकाले उल्लेखनीय भूमिका खेलेको औँल्याउँदै निर्भिक, निश्छल र निष्कलङ्कित भएर अघि बढ्न सुझाउनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बलिराज शाहीले भ्रष्टाचारमुक्त र सक्षम समाज निर्माणमा कर्णाली सरोकारको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । रासस
Saturday, July 16, 2016
तीन कर्मचारी सम्मानित
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
No comments:
Post a Comment