Friday, July 1, 2016

नेपालका जलविद्युत विकासबारे ब्रसेल्समा छलफल

काठमाडौँ, १७ असार । ब्रसेल्सस्थित नेपाली दूतावासको आयोजनामा नेपाल र युरोपेली आयोगको सहकार्यमा नेपालको जलविद्युतको सम्भाव्यताको पहिचान विषयक सम्मेलन हालै सम्पन्न भएको छ ।

सम्मेलनमा कार्यवाहक राजदूत घनश्याम भण्डारीले नेपालको जलविद्युत् विकास मुलुकको आर्थिक, सामाजिक विकासका लागि अनिवार्य भएको बताउँदै सरकारले यस क्षेत्रमा साना र मध्यम लगानीलाई प्रोत्साहन गरेको बताउनुभयो ।

सम्मेलनको अध्यक्षता गर्दै एसियाली अध्ययनका लागि युरोपेली प्रतिष्ठानका वरिष्ठ एसोसिएट तथा आयोगका पूर्व नेपाली प्रमण्डलका प्रमुख डा अलेक्जेन्डर स्पाचिसले लगानीको स्रोतको विविधता हुनुपर्ने भन्दै नेपालको जलविद्युत विकासमा ठूलो लगानी आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा ब्रसेल्सस्थित लेउभेन विश्वविद्यालयका प्राध्यापक, ब्रसेल्सको परराष्ट्र मन्त्रालयका अधिकारी, कूटनीतिज्ञ, बुद्धिजीवी तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी रहेको दूतावासले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts