Saturday, July 2, 2016

स्व कोइरालाको जन्मजयन्ती

सिन्धुली, १८ असार । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्ती आज सिन्धुलीमा मनाइएको छ ।

नेपाली काँग्रेस सिन्धुलीले सिन्धुलीमाढीमा विशेष कार्यक्रमको आयोजना गरी गिरिजाप्रसाद कोइरालाई सम्झिएको हो । स्व कोइरालाको जीवनी, उहाँको राजनीतिक इतिहास र शान्ति प्रक्रियामा कोइरालाले पु¥याएको भूमिकाका विषयमा चर्चा गरिएको थियो ।

सभासद् तथा काँग्रेस सिन्धुलीका पूर्वसभापति मोहनप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताले कोइराला पार्टीका र राष्ट्रका लागि शिखर र युगपुरुष भएको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सभासद् बरालले कोइराला बोलेको कुरा गरेर देखाउने नेता भएको दाबी गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts