Thursday, August 11, 2016

सङ्घीयता कार्यान्वयनमा जोड

काठमाडौँ, २७ साउन । सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिको निर्णयअनुसार प्रशासन पुनःसंरचनासम्बन्धी खाका तर्जुमा गरी पेस गर्न गठित समूहगत कार्यदलहरुबाट हालसम्म सम्पादित कार्यप्रगतिबारे आज समीक्षा गरिएको छ ।

मुख्य सचिव डा सोमलाल सुवेदीको उपस्थितिमा कार्यदलको आज बसेको समीक्षा बैठकमा कार्यदलका लागि स्वीकृत कार्यादेश र विषयगत समूहका लागि यही साउन १६ गते दिइएको २५ बुँदे निर्देशनबारे थप प्रस्ट पारिएको थियो ।

सो अवसरमा मुख्य सचिव डा सुवेदीले संविधानको प्रावधान, मर्म र भावना तथा स्वीकृत कार्यविधिअनुरुप अझ प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र पाँचवटै समूहगत कार्यदलका सहसचिवको सहभागिता रहेको बैठकमा समूहगत कार्यदल व्यवस्थापन तथा समन्वय समितिका संयोजक प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले सहभागीबाट उठाइएका जिज्ञासाबारे प्रस्ट पार्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts