काठमाडौँ, २७ साउन । नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पदबहालीपछि आज मन्त्रालयका कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले बजार अनियन्त्रित भएकै कारण जनता महँगीको मारमा परेको बताउनुभयो । मन्त्री बोहराले जनताको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने कार्यलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । रासस
No comments:
Post a Comment