Thursday, August 11, 2016

ठक्करबाट मृत्यु

इलाम, २७ साउन । मेची राजमार्ग, इलाम–बिब्ल्याँटे सडक खण्डको गुम्बाडाँडामा मारूती भ्यानको ठक्करबाट आज अपराह्न इलाम–४ की ६६ वर्षीया फूलमाया तामाङको मृत्यु भएको छ ।

बरबोटेबाट इलामतर्फ आउँदै गरेको मे १ ज २३४८ नंको भ्यानको ठक्करबाट सडकमा हिँडिरहेकी तामाङको ठक्करबाट सख्त घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts