काठमाडौँ, १० माघ । नागार्जुन नगरपालिकाले एकीकृत सम्पत्ति कर तथा घरधुरी सर्वेक्षणको लगत सङ्कलनका लागि चारदिने सर्वेक्षक तालिम आजदेखि सुरु गरेको छ ।
आगामी आवदेखि लागु हुने उक्त कार्यक्रममा विभिन्न वडामा खटिने १७ लगत सङ्कलकको सहभागिता छ । तालिममा एड्भान्स इनोभेटिभ सर्भिसका परामर्शदाता शशिजङ्ग थापाले एकीकृत सम्पत्ति कर सङ्लनका बारेमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिँदै करदाताको सङ्ख्या र तिर्न बाँकी रकमबारेमा लगत सङ्कलक चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका प्रमुुख कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले नगरको विकास गरी स्थानीयवासीलाई सक्दो सहयोग उपलब्ध गराउनका लागि एकीकृत सम्पत्ति कर प्रणाली कार्यान्वयनको महत्व छ भन्नुभयो । नगरपालिकाद्वारा गठित एकीकृत सम्पत्ति कर कार्यान्वयन कार्यदलका संयोजक मोहनबहादुर बस्नेतले नगरवासीले बुझाउने करका आधारमा त्यस क्षेत्रको भौतिक पूर्वाधार तथा विकास संरचना निर्भर हुने बताउनुभयो । रासस
No comments:
Post a Comment