काठमाडौँ, ७ माघ । चैत शुक्ल पूर्णिमाका दिनमा बौद्धमा मनाइने तिमाल जात्रालाई राष्ट्रि«य पर्वका रुपमा मनाउन बौद्धवासीले माग गरेका छन् ।
काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद रामेश्वर फुयाँलले आज बौद्धमा आयोजना गर्नुभएको तिमाल जात्रासम्बन्धी छलफल कार्यक्रममा स्थानीयवासीले यस्तो माग गरेका हुन् ।
“माघ १ गते तारेभीरमा महोत्सव, फागुन ७ गते कागेश्वरीमा महोत्सव र वैशाख १ गते मणिचुडमा मेलाको आयोजना गरी यस क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै आएका छौँ, यसलाई अझ विस्तार गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको हो”–उहाँले भन्नुभयो ।
छलफलमा काठमाडौँ महानगरपालिका–६ का पूर्व वडा अध्यक्ष नेपालजीत लामाले बौद्ध स्तुपलाई गोकर्णस्थित राष्ट्रि«य सहिद स्मारक, गोकर्णेश्वर महादेव मन्दिर, कागेश्वरी र मणिचुडलगायत स्थानसँग जोडेर प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गराउन सरकारीस्तरबाट विशेष कार्यक्रम ल्याउन पहल गर्न सांसद फुयाँलसँग माग गर्नुभएको थियो ।
चैतमा उपत्यका वरपरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवालगायतका जिल्लाका तामाङ समुदायका मानिसले दिवङ्गत पितृको स्मृतिमा रातभर बत्ती बाली मुक्तिको कामना गर्ने गर्छन् । भोलिपल्ट बालाजु बाइस धारामा स्नान गरी नागार्जुनको जामाचोमा बत्ती बाल्ने र त्यसको भोलिपल्ट स्वयम्भूमा बत्ती बालेपछि यो जात्रा समाप्त हुन्छ ।
यो परम्परा प्राचीन तिमालका राजाले चलाएको सम्झनामा यसलाई तिमाल जात्रा भनिन्छ । जात्रामा तिमालका स्थानीयवासीको विशेष उपस्थिति हुन्छ । रासस
Friday, January 20, 2017
बौद्धको तिमाल जात्रालाई राष्ट्रि«य पर्व बनाउन माग
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment