Thursday, June 22, 2017

निर्वाचनमा सबैको सहभागिता आवश्यक छ:गच्छदार

विराटनगर, ८ असार । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउँदै निर्वाचनमा सबैको सहभागिता आवश्यक भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी नभएर आफैँलाई घाटामा पु¥याएको धारणा प्रकट गर्नुभयो । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले स्थानीय तह सञ्चालनका लागि सरकारले ऐन बनाउन विधेयक दर्ता गरिसकेको र चाँडै ऐन पारित हुने जानकारी दिनुभयो ।

उहाँले स्थानीय विकास मन्त्रालयले स्थानीय तहको तत्काल कार्य सञ्चालनका लागि कार्यादेश जारी गरेको र सबै स्थानीय तहलाई समान कानुन बनाउन निर्देशन दिएको पनि बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts