Thursday, June 22, 2017

पुरानै कार्यसूची अघि नसार्न आग्रह

तुलसीपुर (दाङ), ८ असार । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त समावेशी र सहभागितामूलक लोकतन्त्रको सर्जक माओवादी भएको बताउनुभएको छ ।

माओवादी केन्द्र दाङले आज घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देश धेरै अघि बढिसकेकाले नेपाली काँग्रेस र नेकपा (एमाले)लगायत दललाई पुरानै कार्यसूची अघि नसार्न आग्रह गर्नुभयो ।

माओवादीले गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत आमूल परिवर्तनको कार्यसूची उठाउँदा आफूहरुमाथि बल प्रयोग गरिएको उल्लेख गर्दै नेता पुनले परिवर्तनविरुद्ध बल प्रयोग गर्नेले मुलुकको नेतृत्व गर्न सक्दैनन् भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts