कोहलपुर (बाँके), ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनयुद्धका समयका सहिद, बेपत्ता तथा घाइते भएका योद्धाका परिवारका लागि जनही रु पाँच लाख रकम निकासा गरेको र त्यो चुनावलगत्तै वितरण गरिने बताउनुभएको छ ।
माओवादी केन्द्रले यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनताको सेवकका रुपमा स्थानीय प्रतिनिधिले काम गर्ने बेला आएको बताउँदै कोहलपुरको विकासका लागि माओवादी गम्भीर छ भन्नुभयो ।
अध्यक्ष दाहालले नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिकासहित बाँकेका आठ स्थानीय तहमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो । रासस
Thursday, June 22, 2017
योद्धाका परिवारलाई रकम निकासा भएको छः दाहाल
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment