काठमाडौँ, ८ असार । माइक्रो बसको ठक्करबाट आज बौद्ध जोरपाटीमा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।
जोरपाटी बौद्ध प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीका अनुसार कलङ्कीबाट थली जाँदै गरेको बा १ ज ९८०९ नंको माइक्रोबसले अनियन्त्रित भई आज अपराह्न ४ बजे पदैल यात्रु र सडक छेउमा तरकारी बेच्ने व्यक्तिलाई ठक्कर दिएको थियो ।
ठक्करबाट तरकारी व्यवसायी २७ वर्षीय रूपलाल साहको मृत्यु भएको छ भने सो दुर्घटनामा परी घाइते भएका ६० वर्षीया चिरीमाया बुढाथोकी र २२ वर्षीय प्रदीपकुमार साहको बौद्धस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पुडासैनीले जानकारी दिनुभयो ।
ठक्कर दिइने माइक्रो बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
No related posts.
No comments:
Post a Comment