Saturday, June 3, 2017

न्यायका लागि लड्न तयार छौँ : एमाले अध्यक्ष ओली

भक्तपुर, २० जेठ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा सत्तापक्षले गरेको अन्यायका विरुद्ध लड्न तयार रहेको बताउनुभएको छ ।

आज भक्तपुरको सूर्यविनायकमा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन तथा वनभोज कार्यक्रममा बोल्दै उहाँले न्यायका लागि जस्तोसुकै लडाइँ लड्न तयार रहेको बताउनुभएको हो ।

सरकारले निर्वाचन आयोगलाई दबाब दिएर पुनः निर्वाचन गराउने निर्णय गर्न बाध्य बनाएको बताउँदै उहाँले नेकपा (एमाले)ले पुनः मतदानको निर्णयलाई स्वीकार नगर्ने बताउनुभयो । उहाँले च्यातिएका मतपत्रलाई बदर गर्दै गणना अगाडि बढाउन पुनः आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीको उम्मेदवारको मनोनयन संसद्लाई जानकारी नै नदिई बाहिर बाहिरबाटै गरिएको आरोप लगाउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts