काठमाडौँ, ८ असार । नेपाली सेनाका दलबहादुर चौधरी र विमल रोक्का ओलम्पिक दिवसका अवसरमा आयोजित एकदिने बक्सिङ प्रतियोगितामा च्याम्पियन भएका छन् ।
लगनखेलस्थित सेनाका शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आज भएको प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा चौधरी राष्ट्रिय टोलीका खेलाडी सुशील थापालाई हराउँदै च्याम्पियन बनेका हुन् ।
त्यसैगरी पुरुषकै ५६ केजी तौल समूहमा रोक्काले झापाका सुरेन्द्र राईलाई पराजित गरे । पुरुषको ४९ केजी तौलसमूहको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका नाम्गेल शेर्पा र प्रदीप महर्जन संयुक्त रुपमा विजेता घोषित भए । पुरुषकै ७५ केजी तौलमा सेनाका एकबहादुर घलेले काठमाडौँका विशाल श्रेष्ठलाई हराउँदै स्वर्णपदक हात पारे ।
No comments:
Post a Comment