काठमाडौँ, १ साउन । मदन भण्डारी स्पोर्टस् एकेडेमीले प्रथम मदन भण्डारी विद्यालयस्तरीय कराते प्रतियोगिता आज शुरु गरेको छ ।
मदन भण्डारीको ६६औँ जन्मजयन्तीको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित कभर्ड हलमा आजदेखि शुरु भएको प्रतियोगिता सोमबारसम्म जारी रहनेछ । उपत्यकाका सामुदायिक तथा निजी क्षेत्रका ४० विद्यालयका करिब ४०० विद्यार्थी प्रतियोगितामा सहभागी छन् ।
सो प्रतियोगिताको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्दै खेलकुदले मानिसलाई स्वच्छ तथा स्वस्थ बनाउन सहयोग पु¥याउने हुँदा समयसापेक्ष खेल तथा खेलाडीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महानगरभित्रका प्रत्येक वडामा खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले विद्यालयबाट नयाँ खेलाडी उत्पादन गर्नसकेमा खेलकुदको माध्यमबाट मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारी पार्टीले अपनाएको ‘जनताको बहुदलीय जनवाद’का प्रणेता हुनुहुन्थ्यो । रासस
No comments:
Post a Comment