Tuesday, October 31, 2017

गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी स-यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ ।

यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मंसिर २५ गतेका लागि सरेको हो । हालसम्म उक्त मुद्दाको पेशी १५ औँ पटक सरेको छ । पछिल्लो पटक कात्तिक १२ गतेका लागि पेशी तोकिएको थियो । त्यसअघि असोज १ गतेका लागि तोकिएको पेशी कात्तिक १२ गतेलाई सारिएको थियो ।

जिल्ला अदालत, चितवनमा भर्खरै आउनुभएका न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा परेको सो मुद्दा प्रतिवादी कानून व्यवसायी गोपीलाल देवकोटाको निवेदनका कारण पुनः सारिएको अदालतका शाखा अधिकृत गम्भीर घिमिरेले बताउनुभयो । देवकोटाले सो दिन बहस गर्न नसकिने भएकाले पेशीबाट हटाई पाउँ भनी निवेदन दिनुभएको थियो ।

सो निवेदनको मागअनुसार पेशी सारिएको घिमिरेले बताउनुभयो । झण्डै एक वर्षदेखि सो मुद्दाको पेशी विभिन्न कारण सर्दै आएको छ ।

विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् ।

तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको थियो । सरकारी वकिलका तर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेस भएकामा २०७१ साल असार महिनामा पुनरावेदन अदालत हेटौँडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो ।

त्यसपछि सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नु भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् ।

किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् । रासस

भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालीम शुरु

प्राविधिक ज्ञानको कमीले भूकम्पपीडितले घर निर्माण गर्न नसकिरहेको बेला भोजपुरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि सातदिने डकर्मी तालीम शुरु भएको छ ।

शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्यन एकाइद्वारा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि भोजपुरका विभिन्न स्थानमा तालीम सञ्चालन भइरहेको हो ।

भोजपुर जिल्लाको भोजपुर नगरपालिका, साल्पासिलिछो गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा गरी ९० जना कालीगढलाई तालीम दिने आयोजना प्रमुख सुदीप उप्रेतीले जानकारी दिनुभयो ।

तालीमबाट दक्ष डकर्मी उत्पादन भएपछि यहाँका भूकम्पपीडित लाभान्वित हुने भएका छन् । यता भूकम्पपीडितले पहिलो किस्ताको रु ५० हजार रकम धमाधम लिइरहेका छन् । रासस

बाघको आक्रमणबाट घाइते केटोको मृत्यु

पश्चिम चितवनको मेघौलीबाट उद्धार गरिएको एउटा गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ ।

बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा गएराति मरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

अत्यन्त नाजुक अवस्थामा उद्धार गरिएको गैँडाको केटो हिजो साँझ हिँड्दै गर्दा ढलेपछि उठ्न नसकेको कँडेलको भनाइ छ । आफ्नो ज्यान समेत धान्न नसक्ने अवस्थाको केटोको उद्धार गरिएको थियो ।

बाघले आक्रमण गरेको घाउमा किरा परेको अवस्थामा गस्ती टोलीले देखेपछि तीन दिनअघि गैँडाको उद्धार गरेर चितवनको सौराहामा ल्याइएको थियो ।

शरीरका विभिन्न भागमा बाघले चिथोरेर घाउ बनाएको थियो । पिठ्यूँमा गम्भीर चोटसमेत थियो जसका कारण उपचार प्रयास सफल हुन नसकेको निकुञ्जले जनाएको छ ।

सौराहामा यसअघि बाढीले बगाएर उद्धार गरिएको र निकुञ्जको पश्चिम क्षेत्रमै भेटेर ल्याइएका दुईवटा गैँडाका केटा रहेको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

तौल कमबारे छानबिन गर्न समिति गठन

कृषि विकास मन्त्रालयले भारतको सरकारी कम्पनी ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनी लिमिटेडबाट विराटनगरमा प्राप्त युरिया मलमा तौल कम भएको सम्बन्धमा छानबिन गर्न मंगलबार समिति गठन गरेको छ ।

विभिन्न सञ्चारमाध्यममा मलको तौल कम भएको समाचार आएपछि मन्त्रालयद्वारा पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक हस्तबहादुर विष्टको संयोजकत्वमा कृषि सामाग्री व्यवस्थापन शाखा प्रमुख ईश्वरीप्रसाद पाण्डे र कृषि सामग्री कम्पनी लिमिटेडका अधिकृत प्रतिनिधि सदस्य रहने गरी छानबिन समिति गठन गरिएको हो ।

उक्त समितिले पाँच दिनभित्रमा स्थलगत भ्रमण गरी देखिएको यथार्थका आधारमा प्रतिवेदन सरकारलाई बुझाउने मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिनुभयो ।

मुलुकमा देखिएको रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न मन्त्रालयका सम्बन्धित प्रतिनिधिले भारतीय दूतावासमा आज छलफल गर्ने बताइएको छ । रासस

प्रदेश नं ७ मा चालु आवमा स्वास्थ्यका ३१ नयाँ भवन बन्दै

बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन् । सुदूरपश्चिममा बन्ने ३१ वटा नयाँ भवनमध्ये १५ वटा बैतडीमा बन्ने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो ।

बैतडीमा चालु आवमा शंकरपुर स्वास्थ्य चौकी, डिलाशैनी स्वास्थ्य चौकी, विजयपुर स्वास्थ्य चौकी, दशरथचन्द स्वास्थ्य चौकी, वसन्तपुर स्वास्थ्य चौकी, थालाकाँडा स्वास्थ्य चौकी, जोशीबुंगा स्वास्थ्य चौकी, न्वादेउ स्वास्थ्य चौकी, देहीमाण्डौं स्वास्थ्य चौकीका नयाँ भवन निर्माण हुनेछन् ।

यसैगरी, न्वाली स्वास्थ्य चौकी, हाडाकोट स्वास्थ्य चौकी, उदयदेव स्वास्थ्य चौकी, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, हटैराज स्वास्थ्य चौकी र जिल्ला अस्पतालको स्टाफ क्वाटरको नयाँ भवन बन्नेछन् ।

गत आवमा बैतडीमा १२ वटा स्वास्थ्य चौकीका भवन निर्माण कार्य शुरु गरिएका थिए । योसँगै बैतडीमा रहेका ६८ वटा स्वास्थ्य संस्थामध्ये ३८ स्वास्थ्य संस्थामा नयाँ भवन बन्ने भएका छन् । बाँकी रहेका ३० स्वास्थ्य संस्थाका भवन पनि आगामी वर्षमा नयाँ भवन निर्माणका लागि आग्रह गरिने डा अवस्थीले बताउनुभयो ।

सुदूरपश्चिमका अन्य जिल्लामा १७ वटा नयाँ भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चालु आवमा दार्चुलाको खण्डेश्वरी स्वास्थ्य चौकी, देथला स्वास्थ्य चौकी र गोकुलेश्वर अस्पतालको नयाँ भवन निर्माण कार्य शुरु हुनेछ ।

यस्तै, कैलालीको टीकापुर अस्पतालमा स्टाफ क्वाटर, नर्सिङ क्वाटर र तालीम कक्ष नयाँ बन्नेछ भने डोटीको गुगडा र धिर्कामाण्डौं स्वास्थ्य चौकीमा पनि नयाँ भवन बन्नेछ ।

यसैगरी, डोटीकै सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ स्टाफ क्वाटर बन्नेछ । बझाङको पीपलकोट स्वास्थ्य चौकी र लुयटा स्वास्थ्य चौकीमा नयाँ भवन बन्नेछ भने अछामको कुस्कोट स्वास्थ्य, नवठाना बर्थिङ युनिट, बन्नातोली स्वास्थ्य चौकीमा नयाँ भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै, कञ्चनपुरको जिमुवा स्वास्थ्य चौकी र बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन बन्नेछ । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा बनेका तथा बन्ने नयाँ स्वास्थ्य भवन निर्माणले स्वास्थ्य सेवा सहज हुने विश्वास गरिएको छ ।

बैतडीमा ३८ स्वास्थ्य संस्थाका नयाँ भवन

बैतडीमा आव २०७० सालदेखि चालु आवसम्ममा ३८ वटा स्वास्थ्य संस्थाका नयाँ भवन निर्माण हुने भएका छन् । गत आवसम्म २३ वटा भवनको निर्माण कार्य शुरु भएकोमा चालु आवमा १५ वटा भवन निर्माणका लागि स्वीकृति आएको छ । ६८ वटा स्वास्थ्य संस्थामध्ये अब ३० वटाको मात्रै नयाँ भवन बन्न बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अवस्थीले बताउनुभयो ।

नयाँ भवन निर्माणका लागि स्वास्थ्य संस्थाको नाममा जमिन अनिवार्य हुनुपर्छ । कम्तीमा पाँच रोपनी जमिन आफ्नो नाममा भएको स्वास्थ्य संस्थाका भवन निर्माणका लागि पहल गर्न सकिने डा अवस्थीले जानकारी दिनुभयो । स्वास्थ्य संस्था भौतिकरुपमा सबल हुँदा सेवा पनि गुणस्तरीय दिन सकिने भएकाले भौतिक सुविधा पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।

सुपवासीको स्वास्थ्यमा पहुँच पुग्दै

पछिल्लो समय सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ का नागरिकको पनि स्वास्थ्यमा पहुँच पुग्न थालेको छ । पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकांकमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिकरुपले विकट र अन्य सूचकांकका हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट जिल्लाको नाम सार्वजनिक गर्दा सुदूरपश्चिमका चार जिल्ला उत्कृष्ट १० भित्र परेका छन् । आव २०७३÷०७४ मा उत्कृष्ट स्वास्थ्य सेवा दिने दोस्रो नम्बरमा सुदूरपश्चिमकै अछाम परेको छ । ८८ दशमलव ३९ अंक लिएर अछाम दोस्रो बनेको हो ।

यस्तै, दार्चुला पाँचौँ स्थानमा छ भने गत वर्ष तेसं्रो नम्बरमा रहेको बैतडी यो वर्ष भने छैटौँ नम्बरमा परेको छ । अघिल्लो वर्ष ९० दशमलव ४ अंक पाएको बैतडीले यस वर्ष भने ८४ दशमलव ७३ अंक मात्र पाएको छ । आव २०६७÷६८ मा बैतडी ६८ औँ नम्बरमा रहेको थियो । बझाङ पनि देशभरिमा १० औँ नम्बरमा रहँदै उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।

सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेकोे जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फछ्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मूल्यांकन गरिएको हो ।” रासस

जंगली हात्ती भगाउन टर्चलाइट वितरण

जंगली हात्तीको झुण्डले पु¥याउने नोक्सानी न्यूनीकरण गर्न लालझाडी गाउँपालिकाले टर्च लाइट वितरण गरेको छ ।

हात्तीको झुण्ड भगाउनका लागि गाउँपालिकाले रु ६१ हजार रकम खर्चेर ६० थान टर्चलाइट वितरण गरेको हो ।

“हात्तीले क्षति पु¥याउने क्षेत्रको पहिचान गरी वडा नं १ देखि ६ नम्बर वडाका बासिन्दालाई टर्चलाइट वितरण गरेका छौँ” गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले भन्नुभयो ।

यसैगरी, ट्रयाक्टरमा डिजेल हाली ठूलो आवाज निकाल्नका लागि रु १४ हजार मूल्य बराबरको डिजेलसमेत गाउँपालिकाबाट उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

भारतीय दुधुवा नेशनल पार्कबाट बस्ती छिर्ने जंगली हात्तीको झुण्डले वर्षेनी यहाँ उखुबाली, धान र गहुँ बालीमा नोक्सानी पु¥याउनुका साथै स्थानीय बासिन्दाको घर भत्काई भण्डारण गरेको अन्न समेत खाँदै आएको छ ।

प्रत्येक वर्ष हात्तीको झुण्डले मानवीय क्षति समेत निम्त्याउँदै आएको छ । रासस

लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको हो ।

जिल्लामा वाम गठबन्धन नयाँ होइन । सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको हो । स्थानीय तह निर्वाचनको नतिजाअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये प्रमुख पदमा नेपाली काँग्रेस २, एमाले ५ र माओवादी केन्द्रले एक पद जितेका छन् । यस्तै, उपप्रमुख पदमा काँग्रेसले तीन, एमालेले चार र माओवादी केन्द्रले एक पद जितेका छन् ।

जिल्लामा आठ स्थानीय तहमा ७५ वडा रहेका छन् । स्थानीय तहको निर्वाचन परिणामअनुसार ३४ वडामा नेपाली काँग्रेसले जितेको छ भने ३६ वडामा एमाले र एउटामात्रै वडामा माओवादी केन्द्रले जित हात पारेको छ ।

स्थानीय तहको मत परिणामअनुसार सबै स्थानीय तहबाट प्रमुखले पाएको मतलाई आधार मान्दा वाम गठबन्धन एक हजार २९६ मतले अघि देखिन्छ । स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको ३३ हजार ६३३ मत आएको छ भने नेपाली काँग्रेसले ३२ हजार ३३७ मत प्राप्त गरेको छ । सोबाहेक प्रमुख पदमा अन्य दलको एकमुष्ठ तीन हजार ८६८ मत आएको थियो ।

स्थानीय तहको निर्वाचनमा सुन्दरबजार नगरपालिकामा काँग्रेसका बागी उम्मेदवार द्वारिका मिश्रले नै दुई हजार ७३० मत ल्याएका थिए । प्रतिनिधिसभा निर्वाचनमा सो मत काँग्रेसमा थपिएमा अन्य मतबाहेक नेपाली काँग्रेस वाम गठबन्धनभन्दा एक हजार ४३४ मतले अगाडि देखिन्छ ।

यसैगरी, पछिल्लो संविधानसभा निर्वाचन मत परिणामअनुसार पनि लमजुङको चुनावी प्रतिष्पर्धा कडा देखिन्छ । दोस्रो संविधानसभाको निर्वाचन मत परिणामअनुसार जिल्लामा काँग्रेसको जम्मा मत २५ हजार १७६ छ भने एमालेको मत २५ हजार ४०२ रहेको छ । सोही निर्वाचनमा तत्कालीन एनेकपा (माओवादी)ले ११ हजार ६५० मत ल्याएको थियो ।

करिब चार हजार मत ल्याएको राप्रपासहित अन्य दलको मत पाँच हजार ५०० को हाराहारीमा रहेको थियो । तत्कालीन राप्रपा हाल लोकतान्त्रिक गठबन्धनमा भएकाले चुनावी प्रतिष्पर्धा कडा देखिएको हो ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि करिब १० हजार नयाँ मतदाता थपिएका छन् । सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख पाँच हजार ९९२ मतदाता रहेका थिए भने हाल नौ हजार ४५७ मतदाता थपिएर एक लाख १५ हजार ४४९ जना पुगेका छन् ।

जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं निवर्तमान राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, वाम गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङ चुनावी मैदानमा हुनुहुन्छ ।

सोबाहेक जिल्लामा अन्य आठ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । अन्यदलले उम्मेदवारी दिएपनि मुख्य प्रतिष्पर्धा भने लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै हुने देखिन्छ । रासस

पहाडी जिल्लामा पनि सर्पदंशको औषधि नहुँदा समस्या

घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल जानुभयो । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हँुदैन भनिदिए ।

उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि आर्थिक अवस्था कमजोर भएकाहरु जिल्ला बाहिर जान सक्दैनन् । उहाँले पनि त्यही कुरा अनुरोध गर्नुभयो ।

अन्ततः स्वास्थ्यकर्मीको निकै लामो गन्थनपछि उहाँको घाउमा औषधि त लगाइने भयो, तर औषधि लगाउनुअघि “केही भए म आफैँ जिम्मेवारी हुनेछु” भन्ने कागजमा हस्ताक्षर गरेपछि मात्र ।

चोट ठूलै देखिए पनि सर्प त्यति विषालु नपर्दा कार्कीले हस्ताक्षर गरेको कागजमा लेखिएजस्तो दुर्गती भोग्न परेन । जिल्ला अस्पतालको सामान्य उपचारले नै उहाँलाई ठीक भयो । चार दिन अस्पताल बसेर घर फर्किन लाग्दा उहाँले भन्नुभयो, “सर्पले टोकेपछि अस्पताल आउँदा डाक्टरले नै त्यसो भनिदिएपछि मेरो त बाँच्ने आसै मरेको थियो ।”

कार्कीजस्तै जिल्ला अस्पताल आउने धेरैले यस्तै त्रास भोग्नुपर्छ । जिल्ला अस्पताल र मातहतका अरु स्वास्थ्य संस्था र छिमेकका जिल्ला अस्पतालमा समेत सर्पदंशको उपचार गर्ने औषधि नहुँदा बिरामीलाई यस्तो व्यवहार गर्न परेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आइरहने गरेपनि औषधि नहुँदा समस्या भएको अस्पताल स्रोतले बतायो ।

सर्पदंश जस्तै विषालु च्याउ खाएर हुने बिरामीको उपचारका लागि पनि जिल्ला अस्पतालमा औषधि छैन । विषालु सर्प पहाडी जिल्लामा नपाइने भनिए पनि पछिल्ला वर्षमा सर्पको टोकाइबाट ज्यान जान थालेको छ । विषालु च्याउ खाएर पनि गत वर्ष एक वृद्धाको ज्यान गयो । तीन महिनाअघि नौजना बिरामी परेकाहरुले धरान गएर उपचार गराए ।

जिल्ला अस्पतालमा पटकपटक औषधि माग गरेपनि सर्पदंशको औषधि देशैभरिका अस्पतालमा अभाव हुने र अझ पहाडी जिल्लामा त पठाउँदै नपठाउने गरेको अस्पतालका प्रमुख डा मुक्तनारायण शाहले बताउनुभयो ।

अस्पतालले औषधि माग गरे पनि पठाउँदैनन्, डा शाहले भन्नुभयो, “त्यसैले हामी बिरामीको उपचार यहाँ गराउन सक्दैनौँ, सामान्य उपचारले पनि नतिजा खतरा ल्याउन सक्छ भनेर बिरामीलाई त्यस्तो हस्ताक्षर गराउनुपरेको हो ।” रासस

बढैयाताल गापालाई पर्यटकीय क्षेत्र बनाउने गरी बजेट पारित

बर्दियाको बढैयाताल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विशेषरुपमा विकास गर्ने गरी आव २०७४÷७५ को पारित बजेट सार्वजनिक गरिएको छ ।

नेपालको संविधान २०७२ का विभिन्न धारामा आधारित रही गाउँसभाबाट पारित गरिएको बजेट गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मंगलबार सार्वजनिक गर्नुभयो ।

बढैयाताल गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्रको पूर्वाधार विकास एवं पर्यटन प्रवद्र्धनलाई मुख्य योजना बनाई रु ७९ करोड १९ लाख बजेट पारित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सभाले पारित बजेटअन्तर्गत पूँजीगततर्फ रु ७४ करोड ३६ लाख ५६ हजार र चालुतर्फ रु चार करोड ८२ लाख ४४ हजार विनियोजन गरेको छ । गाउँपालिका कार्यालयको भौतिक पूर्वाधार निर्माण, आवश्यक सवारीसाधन, हेभी इक्युपमेन्टलगायतका आधारभूत पूर्वाधारका लागिसमेत बजेट पारित गरेको छ ।

अध्यक्ष श्रेष्ठले थप्नुभयो, “गाउँपालिकाअन्तर्गतका सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, ढल, विद्युत्लगायतका आवश्यक पूर्वाधार निर्माणमा महत्व दिई रकम विनियोजन गरेका छौँ ।”

कर्मचारी नियुक्ति र उनीहरुको क्षमता वृद्धिसँगै पिछडावर्ग, मधेशी, मुस्लिम उत्थान तथा विपद् व्यवस्थापनलगायतका कार्यमा समेत बजेट केन्द्रित गरिएको छ । सभाले गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत पारित गर्दै कृषि क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न कृषिउपजका पकेट क्षेत्र बनाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।

पशुपक्षी, दुग्धजन्य वस्तु उत्पादन बढाउँदै कृषिउपज संकलन क्षेत्र निर्माण गर्ने नीति गाउँपालिकाले लिएको हो । गाउँपालिकाले भिलेज प्रोफाइल बनाउँदै गाउँपालिकामा अवस्थित जिल्लाकै महत्वपूर्ण सिमसार क्षेत्र बढैयाताल लगायतका पर्यटकीयस्थललाई पर्यापर्यटनसँग जोड्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने नीति पारित भएको अध्यक्षको भनाइ छ ।

गाउँपालिकालाई आफ्नो भवन नहुँदा समस्या परेको छ । आवश्यक जनशक्ति अभावमा जनताको काम तोकिएको समयमै गर्न कठिनाइ भइरहेको उहाँले प्रष्ट्याउनुभयो ।

पारित बजेट कार्यान्वयमा निगरानी गरिने बताउँदै जनताको बजेट पूर्ण सदुपयोग गर्ने नीति लिइएको उहाँले बताउनुभयो । निर्माणका सबैकाम ठेक्का प्रक्रियामार्फत गर्दै मूल्यांकन र अनुगमनमा विशेष समिति निर्माण गर्दै गुणस्तरीय कामलाई प्राथमिकता दिइने बताउनुभयो ।

बजेटले गाउँपालिकाको सबै क्षेत्रलाई समेट्न नसकेको स्थानीय कालु थारुले बताउनुभयो । उहाँले भन्नुभयो पहिलो पटक भएर पनि होला आशातित क्षेत्रमा बजेटले छुन सकेन ।

बजेटले जस्तोसुकै क्षेत्रलाई समेटेको भए पनि यस क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनलाई विशेष जोड दिएको राम्रै कुरा हो, उहाँले भन्नुभयो । रासस

अध्यक्ष यादवविरुद्ध राजपा नेताद्वारा वागी उम्मेदवारी

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँड गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका एक नेताले वागी उम्मेदवारीको घोषणा गरेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी निश्चित भएपछि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

राजविराजमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा ठाकुरले पार्टीको गलत निर्णयविरुद्ध आफूले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै पार्टीको सहमहामन्त्रीलगायत साधारण सदस्यसमेत परित्याग गरेको बताउनुभयो ।

यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएर पराजित हुनुभएका ठाकुर पछिल्ला मधेश आन्दोलनमा निकै सक्रिय रहनुभएको थियो ।

उहाँ आफूलाई प्रतिनिधिसभाको टिकट दिइने भन्दै चुनावको तयारीमा जुट्नुभएको थियो । तर ठाकुर आकांक्षी रहेको निर्वाचन क्षेत्रमा राजपाले संघीय फोरम नेपाललाई दिएपछि ठाकुरले गठबन्धनले गरेको बाँडफाँड बाहिर आएलगत्तै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

त्यस्तै, गत शनिबारदेखि टिकटका लागि राजविराजमा आमरण अनशनमा बस्नुभएका राजपाका क्षेत्रीय सभापति लक्ष्मण यादवले समेत प्रदेशसभाका लागि मंगलबारै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको राजपाका सहमहामन्त्री ठाकुरले राससलाई जानकारी दिनुभयो ।

निष्ठावान र सक्रिय कार्यकर्तालाई पाखा लगाई पार्टीले टिकट वितरणमा भेदभाव गरी नातावाद, पहुँच र व्यक्तिवादका आधारमा टिकट वितरण गरेको भन्दै शुरु गरेको अनशन यादवले मंगलबारदेखि स्थगित गर्नुभएको छ ।

अनशन स्थगित गरेपछि क्षेत्र नम्बर २ (ख) बाट उहाँले प्रदेशसभामा आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभयो । क्षेत्र नम्बर २ को (ख) बाट राजपाका महासचिव मनिष सुमनको उम्मेदवारी परेको राजपाबाट बुझिएको छ ।

यता बागी उम्मेदवारी दिएकालाई पुनः पार्टीमा फर्काउने प्रयास भइरहेको राजपा नेता गजेन्द्र मण्डलले बताउनुभयो ।

भागबण्डा नमिल्दा एमालेमा आमरण अनशन

यसैबीच, वाम गठबन्धनले सप्तरीको दुई÷दुई वटा प्रतिनिधिसभाका लागि सिट बाँडफाँड गर्दा एमालेका जिल्ला युवा नेताले असन्तुष्टि जनाउँदै मंगलबारदेखि आमरण अनशन बसेका छन् ।

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले बलियो पार्टी भएको क्षेत्रमा माओवादी केन्द्रलाई उम्मेदवारी दिएको भन्दै जिल्ला सदस्य दुर्गानन्द ठाकुर, अखिलेश झा, सलिम राइन मियाँ र अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकसहितले अनशन थालेका छन् ।

राजविराजस्थित नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालयमा अनशन बसेका उनीहरुले एमाले सप्तरी र प्रदेश कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि सर्वसम्मतरुपले सिफारिस पठाएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुमनराज प्याकुरेलले उम्मेदवारी पाउनुपर्ने माग गरेका छन् ।

एमाले केन्द्रीय सदस्य प्याकुरेल क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहनुभएको थियो । तर यो क्षेत्रमा वाम गठबन्धनले माओवादी केन्द्रका अशोककुमार मण्डल (अमर)लाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मण्डल यसअघि दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । एमालेका युवा नेताले भने प्याकुरेललाई यस क्षेत्रमा नदिइएकाले बाध्य भएर आफूहरु भोक हडतालमा बस्नुपरेको बताएका छन् ।

राजविराजस्थित एमालेको पार्टी कार्यालयमा भोक हडताल बसेका उनीहरुले प्याकुरेललाई टिकट नदिएसम्म अनसन बसिरहने बताए ।

मुक्त कमलरी बालिकालाई परिचयपत्र दिने निर्णय

मुक्त कमलरी परिचयपत्र वितरण जिल्ला समितिको घोराहीमा मंगलबार बसेको बैठकले मन्त्रालयबाट प्राप्त ८२ जना मुक्त कमलरी बालिकाको नामलाई अनुमोदन गरेको छ ।

जिल्ला भूमिसुधार कार्यालयका निमित्त प्रमुख मानबहादुर कँुवरको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणमा विभिन्न गाउँपालिकाका ८२ जना मुक्त कमलरी बालिकालाई परिचयपत्र दिने निर्णय गरेको हो ।

यसअघि स्थानीय तहहरुबाट भूमिसुधार कार्यालयमार्फत मन्त्रालयमा पठाइएका नामलाई अनुमोदनका लागि फेरि जिल्लामा पठाएपछि बैठकले प्रमाणीकरण गरेको हो । भूमिसुधार कार्यालयले केही दिनमा ती मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्ने लेखा अधिकृत नारायणप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरकारले मुक्त कमलरीलाई परिचयपत्र दिएर न्याय गरेको बताउनुभयो । वास्तविक मुक्त कमलरीले परिचयपत्र पाउनुपर्ने भन्दै उहाँले परिचयपत्र प्राप्त गर्नका लागि आवश्यक सिफारिसमा निःशुल्क सेवा प्रदान गरिएको जानकारीसमेत दिनुभयो ।

यसअघि दाङमा १० जना मुक्त कमलरीले परिचयपत्र पाएका छन् । भूमिसुधार मन्त्रालयमा दाङका दुई हजार ९४५ जना मुक्त कमलरीको नामावली रहेको छ भने मुक्त कमलरी विकास मञ्चको तथ्यांकमा चार हजार ६७७ जनाको नाम रहेको र छुटेकाको छिट्टै पठाइने पूर्व कमलरी उर्मिला चौधरीले जानकारी दिनुभयो । रासस

जिल्ला अस्पताल, खोटाङमा दन्त सेवा शुरु

जिल्ला अस्पताल खोटाङमा दन्त सेवा शुरु गरिएको छ । दन्त विशेषज्ञ एञ्जिला श्रेष्ठलाई करारमा ल्याएर अस्पतालमा पहिलो पटक दन्त सेवा शुरु गरिएको हो ।

अस्पताल स्थापना भएको २६ वर्षपछि अस्पतालमा विशेषज्ञसहितको दन्त सेवा थालिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । २०४८ सालमा स्थापना भएको अस्पतालमा दाँतका समस्या भएका बिरामीको संख्या अधिक पाइएकाले करारमा विशेषज्ञ ल्याएर दन्त सेवा शुरु गरिएको हो ।

दाँतका बिरामीको अन्य चिकित्सकले सामान्य चेकजाँच गर्दैआएकामा दन्त विशेषज्ञमार्फत सेवा थालिएको अस्पतालले जनाएको छ । “अस्पतालमा दाँतका रोगी धेरै आउने गरेकाले विशेषज्ञ ल्याएर सेवा दिन थालिएको हो,” डा केसीले भन्नुभयो, “अब दाँतसम्बन्धी समस्या भएका बिरामीको सम्पूर्ण उपचार यहीँ हुन्छ ।”

जिल्लामा यसअघि सरकारी अस्पतालमा दन्त सेवा नहुँदा दाँतका बिरामीले चर्को मुल्य तिरेर निजी क्लिनिकमार्फत सेवा लिने गरेका थिए । निजी क्लिनिकमा उपचार गराएका कतिपय बिरामीको दक्ष जनशक्ति अभावमा जटिल समस्या समेत सिर्जना हुने गरेको छ । रासस

म्यादी प्रहरीमा लगाइदिने भन्दै ठग्ने तीन पक्राउ

म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनैजना अभियुक्तलाई पर्सा प्रहरीले मंगलबार पत्रकार सम्मेलनको अयोजना गरी सार्वजनिक गरेको हो ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा भइरहेको म्यादी प्रहरी छनोटमा पास गराई जागिर लगाई दिन्छु भन्दै सर्वसाधारणसँग रकम ठग्ने गरेको अभियोगमा पर्साको बहुदरमाई नगरपालिका–१ निवासी हरिनारायण राम, वडा नम्बर ५ निवासी विसुन्देव यादव र छठु महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिनुभयो ।

उहाँले म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम ठगी गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको २०० मिटर पश्चिममा रहेको रातोबंगलामा छापामारी गर्दा सूचनाअनुसारकै प्रमाण फेला परेपछि आवश्यक अनुसन्धानका लागि तीनैजनालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

पक्राउ परेका व्यक्तिले रकम ठग्नैका लागि म्यादी प्रहरीका लागि आवश्यक नै नपर्ने स्वास्थ्य परीक्षणसमेत विभिन्न अस्पतालबाट गराइएको रिपोर्टसमेत फेला परेको उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ गरिएका अभियुक्तबाट म्यादी प्रहरीका सक्कल प्रवेशपत्र २२ थान, प्रवेशपत्रको फोटोकपी २० थान, स्वास्थ्य परीक्षण रिपोर्ट पाँच थान, मोबाइल तीनथान र रु ३७ हजार १०० नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजना आरोपीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

पहिलो “एभरेस्ट (गायन) आइडल यूके” सोनाहाङ राई 

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत

गत २८ अक्टुबर २०१७ को दिन बेलायतको एम्पायर बेङ्क्युटिङ हल, अल्डरसटमा ई–मेडिया  हबको  आयोजनामा  पहिलो “एभरेस्ट आईडल (गायन)” सम्पन्न, सोनाहाङ राइ बने ई–मेडिया  हबको  पहिलो  “एभरेस्ट आइडल” ।

बेलायतका लागी नेपाली राजदुत महामुहिम साहित्यकार डा.दुर्गा बहादुर सुबेदी “दुबसु” को प्रमुख आथित्य रहेको यस कार्यक्रममा विशेष अतिथिमा एन आरएन यूकेका वर्तमान अध्यक्ष योग कुमार फगामी रहनु भएको थियो, साथै अन्य अतिथिहरु यस आईडलका प्रायोजकहरुः दिपेश लामा, देउकि राई, सुर्य गुरुङ्, जितेन्द्र चेम्जोङ्, कुमार पुन, बल बहादुर राई, दुर्गा घले गोकर्ण चोङ्बाङ्, चित्र कुमार राई, याम शेरचन, निरा पिजी, धिरेन्द्र चेम्जोङ्, शङ्कर गुरुङ् रहनु भएकोथियो ।

ई–मेडिया हबका सि ई ओ ईश्वर चाम्लिङ राईले कार्यक्रमको शुरुवातमा उपस्थित सम्पुर्ण संगित प्रेमी र साथ सहयोग गर्न पाल्नु भएकाहरुलाई वहाहरुको त्योउपस्थित बिना कार्यक्रम सफल नहुने अवगत गराउदै सम्पुर्णलाई स्वागत गर्नु साथै यस आईडलको पुरस्कार प्रायोजकहरु सम्पुर्णलाई विषेश धन्यवाद पनि  दिए ।

प्रमुख अतिथि महामुहिम डा. “दुबसु” कार्यक्रमको  शुभकामना  मन्तब्यमा  बोल्दै  “यस  प्रतिश्पर्दामा कोहि पनि हारजीत हुदैन जितेर पनि गौरब र अहङ्कार गर्नुहुदैन, डायस्पोरा बेलायत भुमिमा रहेर नेपाली गीत सङ्गितमा लागी पर्नुलेनै सबै प्रतियोगीहरुले आईडल जिति सकेको गौरवसाथ भन्नुभयो । यस्का साथैनेपाली साङ्गेतिक आकाशका कालखण्डका गायकहरु मास्टर मित्रसेन देखि राजेश पायल राई, दिपक लिम्बु सम्मका पुस्ताका नामहरु सम्झदै गोरखालीविरताका ईतिहास, बहादुरीको ईतिहास साथसाथै हाम्रो बहादुरी, धर्म, सस्कार सस्कृती जोगाउन हामि सफल भएको जनाउनु भयो । साथै सम्पुर्णप्रतिश्पर्धिहरुलाई शुभकामना ब्यक्त गर्दै अन्त्यमा राष्ट्रकवि माधब घिमिरेको कविता दुइ हरफ सुनाएर विदा लिनुभयो ।

उक्त प्रतियोगीतामा १४ प्रतिस्पर्धिहरु क्रमश सोनाहाङ् राई, सुमि राई, मार्गरेट लिम्बु, निमान तामाङ, काशी राई, लच्छु शेर्पा, किरण गुरुङ, आईति गुरुङ, निरुचन्द, दिप प्रकाश राई, प्रवेश राई, मनोज गुरुङ, शकुन सुनुवार, नन्दिता राई भएकोले कार्यक्रमलाई ३ चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा ४जना आउट, दोस्रो चरणमा ५ जना आउट गर्दै र फिनालेमा ५ जना क्रमशः दिप प्रकाश राई, निमान तामाङ्, सुमी राई सोनाहाङ राई, मनोज गुरुङ पुग्न सफलउक्त प्रतियोगीतामा “सान्नानिले झुक्यायो मलाई र कहा थियौ तिमी रङ्ग मञ्च उठेपछि आयौ” बोलको दुई गीत गाएर सबैलाई पछि पार्दै बेलायतका लागीनेपाली सांगेतिक धरातलमा ऐतिहासिक पहिलो एभरेष्ट आईडलको उपाधि साथै १२ सय पाउण्ड पनि सोनाहाङ राइले हात पारेको हो । उक्त आईडलको फस्टरनर अप निमान तामाङ् र सेकेण्ड रनर अप दिप प्रकाश राई भएका थिए ।

उक्त आईडलका जजहरु क्रमश शर्मिला बर्देवा, शितु खरेल, बि सी राई र पर्यवेक्षक जज लेजेन्डरी गायक नोर्देन तेन्जिङ भोटियाले फाईनलका १४प्रतिस्पर्धिहरु सबै एकसा एक भएकोले उनिहरुबाट पहिलो “एभरेस्ट आईडल” छान्न निकै गा¥हो भएको तर पब्लिक भोटिङले धेरै सजीलो बनाएको बताए ।

यस आईडलको पुरस्कार प्रायोजकहरुः न्यू लक्ष्मि ज्वेलरी “ग्राण्ड मास्टर स्पोन्सर”, देउकि राई “मास्टर स्पोन्सर”, पिपल मर्गेज “मास्टर स्पोन्सर”, गोर्खाभिल्ला, आशफोर्ड “मेजर स्पोन्सर”, दुर्गा घल “मेजर स्पोन्सर” पुनहिल ग्रोसरी सप “मास्टर स्पोन्सर”, फोर्सेस क्याब “मास्टर स्पोन्सर”, एभरेस्ट सेक्युरिटी“मास्टर स्पोन्सर”, गोर्खा प्रोपर्टिज “मास्टर स्पोन्सर”, जेन ट्राभल्स “मास्टर स्पोन्सर”, काठामण्डौ ज्वेलर्र “स्पोन्सर”, निरा पिजी “मिनी स्पोन्सर”, गोर्खाभिल्ला अल्डरसट “मिनी स्पोन्सर”, यूरोपा फूड “मिनी स्पोन्सर” रहेका थिए भने मिडिया पार्टनरमा www.hknepal.com एचकेनेपाल डट कम र www.hknepal.com वि नेपाली डट्कम रहेका थिए ।

साँझ निर्धारित समय ५:३० बाट शुरु भएर मध्यरात १२ बजे सकिएको उक्त कार्यक्रमलाई साहित्यकार नबराज राई र मिश यूके २०१४ का नेहा देवान दोयलेसञ्युक्त रुपमा सञ्चालन गरेका दिए ।

गेट कलेजबाट ९७ जना विद्यार्थीहरु दीक्षित

विगत एक दशकदेखि नेपालमा आतिथ्य सत्कार तथा होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको राजधानीस्थित ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्टिलिटी एजुकेसन (गेट कलेज) बाट सन् २०१७ को ब्याचबाट ९७ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।


गेट कलेजद्वारा शनिबार राजधानीमा आयोजित दीक्षान्त समारोहमा १३ औं र १४ औं ब्याचका ती ९७ जना विद्यार्थीहरू दीक्षित भएका हुन् ।
इन्टरकन्टिनेन्टल्स होटल्स ग्रुप (आईएचजी)का नेपालका लागि आधिकारिक शैक्षिक प्रतिष्ठान घोषणा भएपछि पहिलो पटक होटल सोल्टीमा आयोजित सो दीक्षान्त समारोहमा नेपालका लागि स्विजरल्यान्डका निमित्त राजदूत चार्ज डे अफेयर्स दीपक एल्मेर र होटलरी स्विस, स्विस होटल एसोसियन, स्विजरल्यान्डकी एकेडेमिक प्रमुख रेबेका गेक्स फेरीले दीक्षित विद्यार्थीहरूलाई उपाधि प्रदान गरे ।
सो अवसरमा नेपालस्थित स्विजरल्यान्ड राजदूतावासका चार्ज डे अफेयर्स दीपक एल्मेरले नेपालका लागि पर्यटन अर्थतन्त्रको मेरुदण्ड र विश्वव्यापी रूपमै पर्यटनका लागि मुख्य आकर्षणका केन्द्र रहँदै आएको अवस्थामा यहाँको पर्यटनले छिट्टै नै फड्को मार्नसक्ने विश्वास व्यक्त गरे ।
नेपालमा आउने १० लाख पर्यटकका लागि सोही अनुसार जनशक्ति तयार पारिनु पर्ने आवश्यकता औंल्याउँदै चार्ज डे अफेयर्स एल्मेरले नेपाल र स्विजरल्यान्डबीच पर्यटन शिक्षामा हाल भइरहेको सहकार्यले यहाँको जनशक्ति विकासमा योगदान पुग्ने बताए ।
स्मरणीय छ, गेट कलेज स्विजरल्यान्डको होटलरी स्विस, स्विस होटल एसोसियनको सम्बन्धनमा नेपालमा होटल व्यवस्थापन शिक्षा प्रदान गर्ने एसियाकै पहिलो र एकमात्र शैक्षिक संस्था हो । जसलाई हालै मात्र इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी)ले आधिकारिक शैक्षिक प्रतिष्ठानको मान्यता प्रदान गरेको छ । हालसम्म गेट कलेजबाट नेपालका ७५ जिल्ला तथा १९ देशका करिब ४ सय विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् ।
दीक्षान्त समारोहमा स्काइप सन्देशमार्फत सन्देश दिँदै थाइल्यान्डका ‘माइस पर्यटन’ विज्ञ डा. बर्न भान वलिकले नेपालमा १० लाख पर्यटक छिट्टै पुग्ने प्रक्षेपण गर्दै यसलाई अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।
यहाँको पर्यटन क्षेत्रको मध्यम वृद्धिमात्र भइरहेको भन्दै उनले पोखरासहितका स्थानमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलहरूले १० लाखको संख्यामा पर्यटक पु¥याउन योगदान दिने उनको भनाइ थियो ।
कार्यक्रममा गेट कलेजका प्रमुख खेम लकाईंले नेपालभित्रै विकसित विश्वस्तरका दक्षजनशक्तिका लागि यहाँ हरेक दिन अवसर सिर्जना भइरहेको बताउँदै यो अवसर विशेषगरी पर्यटन क्षेत्रमा सिर्जना भइरहेकाले दक्ष जनशक्ति विदेशिनु नपर्ने दावी गरे ।
अष्ट्रेलियाका शिक्षाविद् एवं गेट एकेडेमिक काउन्सिलकी प्रमुख दलजीत रावले गेट कलेज इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको आधिकारिक शैक्षिक प्रतिष्ठान बन्नुले यहाँका जनशक्तिलाई विश्वस्तरकै अग्रणी होटल समूहमा रोजगारीको अवसर सिर्जना भएको बताइन ।
सो अवसरमा गेट सञ्चालक समितिका अध्यक्ष डा. चिजकुमार श्रेष्ठ, होटलरी स्वीस स्वीस होटल एसोसियनकी प्रतिनिधि रेवेका गेक्स फेब्री, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. पारशनाथ यादवले सीपयुक्त जनशक्तिको विकासका अवसरबारे चर्चा गरेका थिए ।
कार्यक्रममा १३ औं र १४ औं ब्याचका उत्कृष्ठ विद्यार्थीहरू विवेक श्रेष्ठ र उज्जवकुमार जोशीलाई नगद, प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

शान्ति सम्झौताको मर्म विपरित ढुंगेल पक्राउ भएकोमा आपत्ति

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालीन मुद्दाको नाममा माओवादी नेता बालकृष्ण ढुंगेललाई गिरफ्तारपछि जेल चलान गरिएको घटनालाई शान्ति सम्झौताको मर्म विपरितको काम भएको जनाएको छ ।

सो पार्टीका महासचिव चन्दद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा क्रान्तिका क्रममा भएका घटनालाई व्यक्तिको नाममा अलग गरेर हेर्ने र अपराधीकरण गर्ने विषय नै गलत भएको उल्लेख गरिएको छ ।

नेता ढुंगेलको गिरफ्तारीको भत्सर्ना गरी रिहाइको माग गर्दै विज्ञप्तिमा भनिएको छ, “ढुंगेलको गिरफ्तारीले जनयुद्धलाई साथ दिने र आन्दोलनमा विशेष साथ दिनेलाई स्तब्ध पारेको छ ।”

ढुंगेलको गिरफ्तारी ‘हारको उपज’  वाइसिएल 

यस्तै नेकपा९माओवादी केन्द्र०संग आवद्ध वाइसिएल नेपालले पनि शान्ति सम्झौताको मर्म र भावना विपरित गएर नेता ढुंगेललाई पक्राउ गरिनू सर्वथा गलत भएको जनाएको छ ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा जनयुद्धकालीन घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सम्बोधन गर्नुपर्नेमा व्यक्ति विशेषलाई मात्रै दोषी करार गर्ने प्रवृति हारको उपज भएको उल्लेख छ ।

यस्तै अखिल ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले पनि आज एक विज्ञप्तिमार्फत शान्ति प्रक्रियालाई तार्किक निष्र्कषमा पु¥याउन नदिने षड्यन्त्रका साथ नेता ढुंगेललाई पक्राउ गरिएको बताउनुभएको छ ।

वामपन्थी गठबन्धनको सम्भावित विजयबाट अत्तालिएका प्रवृत्तिले चुनाव भाड्ने नियतका साथ उहाँलाई पक्राउ गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । रासस

वीरगन्ज युथ क्लब विजयी

नवलपरासी,

नवलपरासीमा जारी काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबलअन्तर्गत आजको खेलमा वीरगन्ज युथ क्लब विजयी भएको छ ।

मध्यबिन्दु–४ कोल्हुवाको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलअन्तर्गत अग्नि रुपन्देही–११ लाई २–१ गोलले पराजित गर्दै वीरगन्ज विजयी भएको हो ।

अग्नि रुपन्देही ११ का लागि निरज बस्नेतले खेलको १३ औं मिनेटमा गो गरेका थिए । पहिलो हाफमा अग्निले १–० को अग्रता बनाए पनि दोस्रो हाफमा सुरु मिनेटमै वीरगन्ज युथ क्लबका विदेशी खेलाडी मिडोल गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यस्तै वीरगन्जका लागि सुसान्त तामाङले खेलको दोस्रो हाफको ३४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएर । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन र खेल वीरगन्ले जित्यो ।

बुधबारको खेल देशभक्त युथ क्लब र आयोजक क्लबबीच हुनेछ ।

प्रतियोगितामा आयोजकसहित देशभरका ए डिभिजनका ११ सहित १२ टोलीको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् ।रासस

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।” ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उहाँको भनाइ छ ।

निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताउनुभयो । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो ।

ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित संसद् थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठह¥याएको थियो ।रासस

‘जनयुद्ध’का सहयोद्धा फरक पार्टीबाट एकै क्षेत्रमा चुनावमा भिड्दै

गोरखा,

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे ‘जनयुद्ध’ का सहयोद्धा बन्नुभएका कमला नहर्की र हरिशरण आचार्य गोरखा– २ प्रदेशसभा क्षेत्र (क) मा फरक÷फरक पार्टीबाट एक अर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी माहौल रोचक बनेको छ ।

माओवादी जनयुद्धकी एकमात्र महिला बिग्रेड कमाण्डर नहर्की र अनेरास्ववियु क्रान्तिकारीका नेता आचार्यबीचको चुनावी प्रतिस्पर्धा मंसिर १० गते हुने भएको छ । अहिले दुवै उम्मेदवार गोरखा २ (क) क्षेत्रमा चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । उहाँहरूले आफूले जित्ने दाबी गर्दै आउनुभएको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वामगठबन्धनबाट नहर्की उम्मेदवार बन्नुभएको हो । गोरखाको– २ प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फ नहर्की मात्रै महिला उम्मेदवार बन्नुभएको छ । नहर्कीसँग अर्को इतिहास पनि जोडिएको छ । उहाँ कारागार तोड्ने व्यक्तिका रूपमा चिनिनुहुन्छ । गोरखा कारागारमा रहेका बेला २०५७ चैत १७ गते सुरुङ खनेर उहाँ बाहिर निस्कनु भएको थियोे ।

नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी र राप्रपाको गठबन्धनबाट नयाँ शक्तिका आचार्य सोही क्षेत्रको साझा उम्मेदवार बन्नुभएको छ । माओवादीमा रहदा उहाँ तीन पटकसम्म ककारागारमा पर्नुभएको थियो । जनयुद्धका दुबै पूर्व सहयोद्धाले गोरखा क्याम्पस पढ्दा राजनीति शुरु गर्नुभएको थियो ।

विसं २०५७ देखि ०५९ सम्म माओवादी सचिवालय सदस्य नहर्की र आचार्य एरिया इञ्चार्जसमेत हुनुभएको थियो ।

नहर्कीको संघर्षपूर्ण यात्रा 

कारागारबाट सुरुङ खनेर बाहिर निस्कनुभएकी नहर्की त्यसअघि पनि पटक÷पटक कारागार पर्नुभएको थियो । विसं. २०५५ मा माओवादीको पूर्णकालिन कार्यकर्ता बन्नुभएकी उहाँ सोही वर्ष महिलाको राष्ट्रिय सम्मेलनमा जाँदा काठमाडौँंमा एक महिनासम्म कारागार पर्नुभयो भने०५६ मा फेरी पक्राउ पर्नुभएकी उहाँ ०५७ मा कारागरार तोडेर पार्टी सम्पर्कमा पुग्नुभएको थियो ।

राजनीतिमा संघर्ष गर्दागर्दै उहाँ एरिया कमिटी सदस्य, जिल्ला सदस्य, उपब्यूरो सदस्य, जनमुक्ति सेना १० नम्बर बटालिनको कम्पनी कमिसार हुनुभयो । क्यान्टोनमेन्टमा पुगेपछि बिग्रेड कमाण्डर हुने एकमात्र महिला उहाँ अहिले पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

राजनीतिमा गरेको संघर्ष चुनाव जित्ने गतिलो आधार रहेको बताउनुहुने नहर्की अहिले चुनावमका लागि घरदैलो कार्यक्रममा हुनुहुन्छ । यसअघि स्थानीय तह निर्वाचनका बेला गोरखाको प्रमुख पदका लागि उहाँ टिकटको दाबेदार हुनुहुन्थ्यो तर सो बेला पार्टीले नहर्कीलाई टिकट दिएन, कृष्ण रानाले टिकट पाए पनि काँग्रेसका राजनराज पन्तसँग पराजित हुनुभयो । गोरखा– २ (क) प्रदेशमा गोरखा नगरपालिका– ८ देखि १४ वडा पालुङटार नगरपालिका पर्छ ।

राजनीतिमा हरेश नखाएका हरिशरण  

आचार्य विद्यार्थी नेताको रूपमा चिनिनुहुन्छ । विसं ०५१ मा माओवादी पार्टीको सदस्यता लिनुभएका उहाँ ०५४ मा पूर्णकालिन कार्यकर्ता हुनुभयो । विसं ०५४ मा पहिलोपटक पक्राउ पर्नुभएका उहाँ किसान सम्मेलनमा जाँदा ०५५ मा पक्राउ परी चार महिनापछि छुट्नुभएको थियो ।

विसं ०५८ मा अखिल क्रान्तिकारीको अध्यक्ष बन्नुभएका आचार्य एक वर्षपछि एरिया इञ्चार्ज भएपछि ०६१ मा पोखरामा पुनः पक्राउ पर्नुभयो । प्रहरीले पक्राउपछि १२ दिन आचार्यलाई बेपत्ता बनाएकामा मानवअधिकारकर्मीको दबाबमा छुट्नुभएको थियो ।

विद्यार्थी आन्दोलन ०६३ बाट राजनीतिमा थप सक्रिय हुनुभएका उहाँ उपत्यका ब्यूरो सचिवालय सदस्य रहेकै बेला पालुङटार विस्तारित बैठकदेखि डा भट्टराईको विचारमा लाग्नुभयो ।

नयाँ शक्ति जन्मेपछि गोरखा जिल्ला इञ्चार्ज बन्नुभएका आचार्य स्थानीय निकायको निर्वाचनमा पालुङटारको प्रमुखको टिकटका दाबेदार हुनुहुन्थ्यो तर उहाँको सटृा अशोक देवकोटाले टिकट पाए पनि काँग्रेसका दीपकबाबु कँडेलसँग पराजित हुनुभयो ।

पालुङटार क्षेत्रमा मात्रै नयाँ शक्तिको मत ३९ सय रहेको स्थानीय तह निर्वाचनमा आएको मतले देखाउँछ । कारागार पर्दै छुट्दै पुनः राजनीतिमा संघर्ष गर्दै अघि बढेकाले आफूले चुनाव जित्ने आचार्य बताउनुहुन्छ । विकास र संमृृद्धिका लागि जनताले भोट दिने आचार्यको विश्वास छ । रासस

लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छः प्रम

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि काँग्रेसको घोषणापत्र आज एक समारोहमा सार्वजनिक गर्दै उहाँले काँग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव भएको र मुलुकमा अब आर्थिक समृद्धि गर्न पनि आसन्न निर्वाचनमा पनि काँग्रेस विजयी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कम्युनिष्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र मानवाधिकार हनन हुनाका साथै त्रासको वातावरण हुने बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “जनतालाई देशको मालिक बनाउन लोकतन्त्र नै चाहिन्छ र लोकतन्त्रको संरक्षण काँग्रेसले मात्र गर्न सक्छ ।” हिमाल, पहाड र मधेशलाई जोड्ने एक मात्र पार्टी काँग्रेस भएको दाबी गर्दै उहाँले समावेशी अधिकार स्थापित गर्न, राष्ट्रिय एकता बलियो बनाउन र राष्ट्रिय अन्तरराष्ट्रिय विश्वासका लागि पनि मुलुकमा काँग्रेसको विजय अपरिहार्य छ भन्नुभयो ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकपछि मुलुकमा नयाँ संविधानमार्फत राजनीति व्यवस्थाको टुंगो लागेको बताउँदै मुलुकमा अब आर्थिक समृद्धि आवश्यक भएको र यसका लागि काँग्रेसले घोषणापत्रमार्फत प्रतिबद्धता सार्वजनिक गरेको जानकारी दिनुभयो ।

‘संविधान जारी गर्दाका सहयात्री दलहरु नै संविधानको मौलिकता परिवर्तन गरी अधिनायकवादतर्फ उन्मुख भएकामा’ चिन्ता व्यक्त गर्दै वरिष्ठ नेता पौडेले भन्नुभयो, “त्यस्तो प्रयासलाई काँग्रेसले कदापि सफल हुन दिँदैन ।”

पार्टीका महामन्त्री डा शशांक कोइरालाले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु काँग्रेसका लागि चुनौती भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सम्पूर्ण काँग्रेस नेता कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

पार्टीका नेता एवं घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले घोषणापत्रका बारेमा जानकारी दिँदै राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण र मुलुकको समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउनुपर्ने बताउनुभयो ।रासस

रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”

भीमदत्तनगर, १४ कात्तिक (रासस) ः मलिन अनुहार, शिरमा ढाकाको टोपी, निधारमा बिदाइको सेतो अच्छेता र हातमा कालो रंगको झोलासहित भारतको गड्वाललाई मजदुरीको अन्तिम यात्रा साँधेर सोमबार गड्डाचौकी नाकामा ४८ वर्षीय सर्पे बूढा भेटिनुभयो ।

सीमावर्ती भारतीय बजार वनबासासम्मको पैदल यात्रापछि बस चढ्ने भन्दै गड्डाचौकी नाका भएर भारतको गड्वाल रोजगारीका लागि गइरहेका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ का बुढाले आसन्न निर्वाचनमा मतदान गर्ने चाहना हुँदा पनि रोजगारीको बाध्यताले आफू विदेशिन बाध्य भएको गुनासो गर्नुभयो ।

विगत डेढ दशकदेखि भारतको गड्वाल क्षेत्रमा मजदुरी गरेर परिवारको खर्च धान्दै आउनुभएका बुढाले आफू दशैँ मनाउन एक महिनाका लागि बिदामा घर आएको बताउनुभयो । बूढाजस्तै दैनिक सयौँ मताधिकार भएका नेपाली निर्वाचनको परबाह नगरी गड्डाचौकी नाकाभएर भारततर्फ गइरहेका छन् ।

“छोटो समयको बिदा छ, ढिलो गरी रोजगारीमा गएपछि साहुले फिर्ता पठाइदिन्छ,” उहाँले भन्नुभयो– “मतदान गर्न मन भएर के गर्नु ?”

मुलुकको राष्ट्रिय राजनीति दुई धु्रवमा विभाजित भएर आसन्न मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी माहोल तातिरहेका बेला आर्थिक अवस्थाले ग्रसित मतदाता रोजगारीका लागि विदेशिनु बाध्यता भएको बताउँछन् ।

“एक महिनाको बिदा लिएर दशैँ मनाउन आएको थिएँ,” बुढाले रासससित भन्नुभयो– “मंसिरको चुनावका लागि यता फर्के, उता जागिर नै रहन्न ।” यसअघिका निर्वाचनसम्म आफूले मताधिकार प्रयोग गरेको बताउँदै उहाँले आसन्न निर्वाचनमा भने आफ्ना परिवारले मतदान गर्ने बताउनुभयो ।

“घरमा गाउँको विकास र रोजगारी सिर्जना गर्ने नेतालाई मात्रै मतदान गर्नु भनेर सल्लाह दिएको छु,” बुढाले भन्नुभयो– “यतिका चुनावमा मतदान गर्दा केही उन्नति भएजसो लागेन ।” उहाँले मुलुकमा नयाँ व्यवस्था लागू भए पनि बेरोजगार युवाको विषयमा सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।

“चुनाव जित्ने नेताका व्यवस्था फेरिए होलान, हाम्रो त अवस्था जस्ताको त्यस्तै छ,” बुढाले गुनासो पोख्नुभयो ।

उहाँसँगै मजदुरीका लागि भारत जान लागेका बेल्डाँडी नगरपालिकाको वैवाहका २६ वर्षीय हस्त बूढाले रोजगारको समस्या भएकाले आफू चुनावको मुखमा विदेशिनु परेको बताउनुभयो । “भोट दिएर पेट पाल्न सकिएला र ? ।” उहाँले प्रश्न गर्दै भन्नुभयो– “देशभित्र रोजगारी नभएसम्म हाम्रा लागि चुनावको कुनै वास्ता रहेन ।” दशैँ तिहार मनाउँदै धानखेतीसमेत भित्र्याएर भारत जान लागेका बूढाले पैसा कमाएर घरपरिवारको लालनपालनमा खर्च गर्ने योजना सुनाउनुभयो ।

त्यसैगरी रोजगारीका लागि भारतको बैंग्लोर जान हिँडेका शुक्लाफाँटा नगरपालिका–८ का २० वर्षीय जीवन देवरले पनि चुनावलाई वास्ता नगरी आफू विदेशिनु बाध्यता रहेको सुनाउनुभयो । “के हामीलाई चुनावमा भोट हालेर राम्रो नेता छान्ने रहर हँुदैन र ? उहाँले भन्नुभयो– “मुलुकभित्र रोजगार नभएसम्म म जस्ता हजारौँ युवाले अझै कहिलेसम्म विदेशिनु पर्ने हो, थाहा छैन ।” बैंग्लोरमा विगत दुई वर्षदेखि होटलमा खाना पकाउँदै आएका उहाँले आफ्नो कमाइले घरपरिवार धानिएको बताउनुभयो ।

“भाइ÷बहिनीलाई पढाइ खर्च जुटाउनै पनि घर छाड्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो । आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले अध्ययन गर्न नपाउँदै आफू रोजगारीका लागि भारत जानुपरेको देवरको भनाइ छ ।

त्यसैगरी गड्डाचौकी नाका भएर रोजगारीका लागि भारतको अहदावाद जान लागेका शुक्लाफाँटा नगरपालिकाकै ३० वर्षीय मदन भण्डारीले पनि विदेशिनुको बाध्यता सनाउनुभयो । “देशमा विदेशि लगानी भित्र्याएर रोजगारीको वातावरण सिर्जना गर्न नेताहरुको ध्यान जाओस्,” उहाँले भन्नुभयो– “हामीले भारतमा सिकेको सीप समेत स्वदेश आएर प्रयोगमा ल्याउन सक्ने ठाउँ छैन ।” भारतको रोजगारीले आर्थिक लाभसँगै ज्ञान पनि बटुल्ने अवसर मिलेको उहाँको भनाइ थियो ।

गड्डाचौकी सीमा नाकामा खटिएका सुरक्षाकर्मी निर्वाचनका बेला दैनिक सयौँ नेपाली भारत रोजगारीका लागि जाने गरेका बताउँछन् । “निर्वाचनका बेला त विदेशिनु नपर्ने हो,” गड्डचौकीमा खटिएका एक प्रहरीले भन्नुभयो– “अरु बेलाभन्दा त चुनाव भएरै होला भारत जानेको संख्यामा कमी त आएकै छ ।”

नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मीले निर्वाचन राष्ट्रिय अभियान भएकाले मतदाता भएका सबै नागरिकले मतदान गर्न पाउने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो । “मतदान गर्न पाउने नागरिकको अधिकार हो,” अध्यक्ष रेग्मीले भन्नुभयो– “सरकारले वातावरण बनाइदिने हो ।” मतदान गर्न पाउने अन्य विकल्पका विषयमा पनि अध्ययन गर्नुपर्नेमा उहाँको जोड छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशवसिंह भण्डारीले निर्वाचनमा मतदान गर्ने अधिकार सदुपयोग गर्न आग्रह गर्नुभयो । “मतदान सदुपयोग गराउन जिल्लामा पनि विभिन्न सचेतनाका कार्यक्रम गर्ने तयारीमा छौँ,” भण्डारीले भन्नुभयो ।

कतारमा ठगिएकाको उद्धार

खोटाङ,

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ ।

सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो ।

रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका धनकेशर गिरी, उदयपुरका प्रकाश राई र दाङका विशाल चौधरीको उद्धार गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का परामर्शकर्ता अम्बिका दाहालले जानकारी दिनुभयो ।

योङ म्यान पावर कम्पनीबाट मासिक एक हजार १०० रियाल तलबमा सिकर्मीको रुपमा छ महिना अघि कतार पुगेका धनकेशरले हेल्परको काम दिनुका साथै चार महिनासम्म तलब नदिएको भन्दै उद्धार गरिदिन सामी परियोजनाको दिक्तेलस्थित कार्यालयमा सम्पर्क गरेका थिए । ठगीमा परेका गिरी स्वयंले टेलिफोन सम्पर्क गरी आफन्तमार्फत सामीमा कागजात उपलब्ध गराएका थिए ।

यस्तै, इन्टरनेशनल जब लिङ्क म्यानपावर कम्पनीबाट जनही रु ७० हजारका दरले रकम बुझाएर नौ महिना अघि कतार पुगेका खाल्लेका खड्कालाई पछिल्लो चार महिना लगातार तलब नदिएको बताइएको छ । गत असारदेखि तलब नपाएपछि घरमा सम्पर्क गरी सूचना तथा परामर्श केन्द्रमा कागजात पु¥याइ उद्धारका लागि पहल गरिदिन आग्रह गरिएको थियो । वैदेशिक रोजगारीमा जानु पूर्व घरमै छाडिएको कागजपत्रको प्रतिलिपि परिवारमार्फत उपलब्ध भएलगत्तै वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेको करिब एक सातामै उनीहरुलाई नेपाल फर्काइएको परामर्शकर्ता दाहालले बताउनुभयो ।

ठगिएका पाँचै जनालाई सूचना तथा परामर्श केन्द्रको समन्वय तथा निःशुल्क कानूनी सहायता प्रदान गर्ने संस्था पिपुल्स फोरमको सहयोगमा मुद्दा दर्ता गरिएको थियो । ठगीमा परेर नेपाल फर्किएकामध्ये खाल्लेका कर्णबहादुर र राजेन्द्रले कतार जाँदा बुझाएको जनही रु ७० हजार एजेण्टले फिर्ता गरिदिने सर्त राखेको बताइएको छ । ठगीमा पर्ने अन्य तीन जनाको हकमा थप अनुसन्धान गर्ने काम भइरहेको सामीले जनाएको छ । उद्धार गरिएका उनीहरुले काठमाडौँ आएलगत्तै क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ । रासस

अरिङ्गालको टोकाइबाट एकको मृत्यु

दार्चुला

अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका–७ धाप बस्ने हरक सिंह ठगुन्नाकी ११ वर्षीया छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ठगुन्नालाई सोमबार बेलुकी घर नजिकै घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको प्रहरीले जनाएको छ । मृतक ठगुन्नालाई अरिङ्गालले टोक्ने बित्तिकै अस्पताल ल्याइएको भए पनि जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि भारतको पिथौरागढ पठाइएको थियो ।

एघार वर्षीया बालिका ठगुन्नाको आज पिथौरागढ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् । घाँस काट्ने क्रममा उनीसँगै रहेकी उनकी आमा पार्वती ठगुन्नालाई पनि अरिङ्गालले टोकेको छ । उनकी आमाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।रासस

आगामी दश वर्षमा नेपाल समुन्नत राष्ट्र : नेपाली काँग्रेसको घोषणापत्र

नेपालको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसले आगामी १० वर्षमा नेपाललाई समुन्नत राष्ट्रको सूचीमा उभ्याउने बताएको छ ।

नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला एवं नेपाली काँग्रेस, घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले आज संयुक्तरुपमा आयोजित घोषणापत्र सार्वजनिकीकरण समारोहमा सो कुरा बताउनुभएको हो ।

नेपाली काँग्रेसले आगामी मंसिर १० र २१ गते हुन गइरहेको व्यवस्थापिका–संसद् र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसको घोषणापत्र २०७४ तयार पारेको छ । सो घोषणापत्रमा जलस्रोत, पर्यटन, कृषि र पूर्वाधारको विकास गरी देशबाट गरिबीको अन्त गर्ने उल्लेख छ ।

आगामी १० वर्षमा १५ हजार मेगावाट ऊर्र्जा उत्पादन भई निर्यात गर्ने र सोबाट आर्जित रकमले मुलुकको गरिबीलाई तीन प्रतिशतमा झार्ने उल्लेख छ । हाल मुलुकको गरिबी २१ प्रतिशत छ ।

घोषणापत्रले मुलुकको अर्थतन्त्रको आकारलाई आगामी १० वर्षमा रु १०० खर्बको हाराहारीमा पु¥याउने महोत्वाकाङ्क्षी योजना अघि सारेको छ । लगानीमैत्री वातावरणलाई शंकाको घेराबाट अलग राखी वार्षिक रु एक खर्बदेखि रु पाँच खर्बसम्म विदेशी लगानी भित्र्याउने तथा उत्पादनमूलक उद्योगको अंश पाँच प्रतिशतबाट १५ प्रतिशतमा पु¥याई राष्ट्रिय उत्पादनलाई अन्तर्राष्ट्रिय सञ्जालमा जोडिने उल्लेख छ ।

आगामी १० वर्षमा देशको गरिबी र भोकमरी सदाका लागि अन्त भई अनौपचारिक क्षेत्रका गरिबीलाई निवृत्तीभरणको व्यवस्था गरी तीनदेखि पाँच लाख युवालाई रोजगारी उपलब्ध हुनेछ । हाल ५० हजार व्यक्तिले मात्र स्वदेशमा रोजगार पाइरहेका छन् ।

दश वर्षभित्र आम नेपाली औषधि उपचारबाट वञ्चित हुनुपर्ने छैन । प्रत्येक नेपालीको स्वास्थ्य बीमा गरिएको हुनेछ । जसका कारण नेपालीको औषत आयु ७७ वर्षभन्दा माथि हुने अनुमान गरिएको छ । हाल नेपालीको औसत आयु ७१ वर्ष छ ।

घोषणापत्रमा काठमाडाँै–मधेश एक्सप्रेस रेल्वेलगायत चारदेखि ६ लेनका एक हजार किमीभन्दा बढी द्रुतमार्ग ५०० किमीभन्दा बढी रेल्वे लाइन ५० हजारभन्दा बढी किमी कालोपत्र सडक राष्ट्रिय सञ्जालमा जोडिन आउने उल्लेख छ ।

त्यसैगरी, पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई प्रत्येक वर्ष ३२ हजार पर्यटक भित्रिनेछन् । जसका कारण ५० लाख नेपालीले पर्यटन उद्योगबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगार प्राप्त गर्नेछन् ।

आगामी १० वर्षभित्र मुलुक खाद्यान्न, मासु, तरकारीमा आत्मनिर्भर हुनेछ । तराई–मधेश र पहाडका १८ लाख हेक्टर जमिन बाह्रै महिना सिञ्चित हुनेछन् । मोबाइल फोन र इन्टरनेटको पहुँच सबै नेपाली जनतामा पु¥याइने, १६ वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता हुने तथा ऋण लिएका ८० प्रतिशतभन्दा बढी घरधुरीको स्रोत औपचारिक वित्तीय क्षेत्रमा आबद्ध हुने उल्लेख छ ।

नेपालको ७५ प्रतिशतभन्दा बढी जनसङ्ख्या व्यवस्थित, सुविधा सम्पन्न, आधुनिक शहरमा बसोबास गर्ने तथा सुरक्षित आवासमा बस्ने नेपाली घरपरिवारको हिस्सा तीन गुणाले वृद्धि हुने, सबै नयाँ भवन अनिवार्य रुपले भूकम्प प्रतिरोधी हुने, बाढीपहिरो, आगलागीजस्ता प्राकृतिक विपद्का कारण अकालमा मृत्यु हुनेको सङ्ख्या न्यून हुने र नेपालको ४५ प्रतिशत भू–भाग वन क्षेत्रले ढाकेको हुने उल्लेख छ । (रासस

एमालेले भक्तपुर १ मा बिजुक्छेलाई र प्रदेश नं २ मा माओवादी केन्द्रलाई छाड्ने

भक्तपुर,

 आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले भक्तपुरमा उम्मेदवारी नदिई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका लागि छाड्ने भएपछि एमालेमा असन्तुष्टि बढेको छ ।

यसअघिका प्रत्येक निर्वाचनमा एमालेले उम्मेदवारी दिँदै आएको र स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेको क्षेत्रमा समेत उम्मेदवारी नदिने एमालेले निर्णय गरेको भन्दै एमालेभित्र असन्तुष्ट बढेको हो ।

वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेमकिपाका अध्यक्ष बिजुक्छेको उच्च मूल्याँकन गर्दै उहाँका विरुद्ध उम्मेदवारी नउठाउने निर्णय गरेको भन्दै यसलाई तत्काल सच्याएर उम्मेदवार बनाउन एमाले भक्तपुरले माग गरेको छ ।

यस क्षेत्रमा एमाले जिल्ला कमिटीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिश गरेको र एमालेको मजबुद रहेको क्षेत्रमा नेमकिपालाई छाड्ने निर्णय अमान्य भएकाले उम्मेदवारी दिन माग गरेको एमाले नेता दामोदर दंगालले बताउनुभयो ।

एमाले निर्वाचन क्षेत्रीय कमिटीका संयोजक मोहनवीर श्रेष्ठ र सचिव शम्भु दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भक्तपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ बिजुक्छेलाई छाड्ने निर्णय सच्याउन माग गर्दै उम्मेदवारी दिन माग गरेको छ ।

एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले भक्तपुर क्षेत्र नं १ मा बिजुक्छेलाई छाड्ने र एमालेले उम्मेदवारी नदिने भन्ने निर्णयबाट आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारका लागि नाम सिफारिश गरेर जिल्लाले पठाएको छ, केन्द्रीय तहमा के निर्णय भयो, मलाई थाहा छैन र पार्टी जिल्ला कमिटीलाई जानकारी पनि आएको छैन ।”

एमालेले निर्वाचन क्षेत्र नं २ को प्रदेश नं २ (ख) मा पनि आफ्नो उम्मेदवार नउठाउने भएको छ । एमाले स्रोतका अनुसार स्थानीय तह निर्वाचनमा एमालेले नगरप्रमुख विजयी भएको मध्यपुरथिमि नगरपालिका रहेको उक्त क्षेत्रमा आफ्नो उम्मेदवार नउठाउने भएसँगै एमाले थिमिका नेता कार्यकर्ता असन्तुष्ट भएका छन् ।

यस प्रदेशमा वाम गठबन्धनअनुरुप एमालेले माओवादी केन्द्रका लागि छाडेपछि एमाले नेता कार्यकर्ता असन्तुष्ट जाहेर गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा गएको बताएका छन् । यस प्रदेशमा एमालेले पार्टी उपाध्यक्ष बचन देउजाको नाम सर्वसम्मत सिफारिश गरेको थियो ।

एमालेले निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ (क) मा प्रत्यक्षतर्फ नगर कमिटीले सर्वसम्मत हरिशरण लामिछाने, निर्वाचन क्षेत्र नं १ प्रदेश क्षेत्र नं २ (ख) मा भने प्रत्यक्षतर्फ रोमन शिलाकारको नाम सिफारिश गरेको थियो ।

निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वउद्योग मन्त्री महेश बस्नेतको नाम सर्वसम्मत सिफारिश गरेको छ भने निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ मा भने प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजेन्द्र राजथला र शशिजंग थापाको नाम सिफारिश गरेको थियो ।रासस

कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका

सरकारले तीन वर्षअघि ल्याएको सूर्तीजन्य पदार्थका बट्टा, पोका र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने निर्देशिका अझै कार्यान्वयन हुनसकेको छैन ।

एक्सन नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थय शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रमुख डा राधिका थपलियाले आफूहरुले ऐन कार्यान्वयन गराउनका लागि पटक पटक उद्योग मन्त्रालयमा पत्राचार गरिरहेको बताउनुभयो । उहाँले निर्देशिका कार्यान्वयनका लागि स्थानीय निकायलाई जिम्मेवार बनाउँदै कसलाई जिम्मेवारी दिने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

सरकारले २०७१ साल कात्तिक १३ गते ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश, चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०७१’ जारी गरेको थियो ।

सूर्तीजन्य पदार्थको बढ्दो प्रयोगलाई निरुत्साहन गर्न र त्यसको प्रयोगले हुने मृत्युदर कम गर्न उक्त निर्देशिका ल्याइएको थियो । डा थपलियाले सूर्ती कम्पनी सूर्य नेपालले ९० प्रतिशत सन्देश र चित्र छाप्न अटेर गरिरहेको उल्लेख गर्नुभयो ।

जनस्वास्थ्य कार्यालय काठमाडौँंका प्रमुख महेन्द्र श्रेष्ठले ऐन कार्यान्वयनमा ढिलाइ भइरहेको स्वीकार गर्दै काठमाडाँैं महानगरपालिकालाई स्वस्थ शहर बनाउने अभियानअन्तर्गत सूर्तीरहित शहर बनाउने योजना रहेको जानकारी दिनुभयो ।

एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले उक्त ऐनानुसार २०७२ साल जेठ १ गतेदेखि उक्त नियम लागू हुनुपर्ने भए पनि जिम्मेवार निकाय नै सूर्ती उद्योगीको आर्थिक प्रलोभनमा परी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

नेपालले सूर्तीजन्य उत्पादनमा ९० प्रतिशत सन्देश छाप्ने नियम बनाइएपछि रु एक करोड नगदको अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएको थियो । अध्यक्ष चन्दले सूर्य नेपालले आफ्ना उत्पादनमा ९० प्रतिशतमा सन्देशमूलक चित्र र सन्देश छाप्ने नियम कार्यान्वयन नगर्दा अन्य सूर्ती कम्पनीले समेतले नियम विपरीत मनपरी गर्न थालेको गुनासो गर्नुभयो ।

निर्देशिकाले चित्र छाप्दा पाँच छुट्टछुट्टै चित्र छाप्नुपर्ने, सन्देश नेपाली भाषामा हुनुपर्ने, २० खिल्लीभन्दा कमको पोका बनाउन नपाइने, खिल्ली बेच्न नपाइने र विज्ञापन गर्न नपाइने व्यवस्था गरेको छ । नेपालमा हरेक वर्ष १५ हजारभन्दा बढी मानिसले सूर्तीजन्य पदार्थ प्रयोगका कारण ज्यान गुमाइरहेका छन् । रासस

‘नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव’

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नयाँ समाजवादी पार्टीको सट्टा पुरानै कम्युनिष्ट पार्टीको सोच बोकेका कारण आफ्नो दल वाम गठबन्धनबाट बाहिरिएको बताउनु भएकोछ ।

प्रेस सोसाइटी कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपालमा स्टालिनकालीन कम्युनिष्ट पार्टीको औचित्य नरहेका कारण आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताउनुभयो ।

गोरखा निर्वाचन क्षेत्र नं २ र नयाँ शक्तिलाई १५ सिट नपाएमा वाम गठबन्धनबाट आफू बाहिरिएको कुरा हल्ला मात्रै भएको बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले नयाँ शक्ति वाम र लोकतान्त्रिक पार्टीको प्mयूजन भएको जिकिर गर्नुभयो । रासस

आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही

आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म देशभरका पत्रकारले चलाएको सामाजिक सञ्जालको प्रेस काउन्सिल नेपालले अनुगमन थालेकोे छ ।

काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको संयोजनमा यहाँ आयोजित ‘पत्रकार आचारसंहिता जागरण अभियान’ विषयको मिडिया संवाद कार्यक्रममा यस्तो बताइएको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष तथा काउन्सिलका सदस्य गोविन्द चौलागाईंले सञ्चारमाध्यम र सञ्चारकर्मीले पूर्णरुपमा पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पत्रकारलाई समाचार लेख्दा निर्वाचन र उम्मेदवारलाई असर पर्ने समाचार नलेख्न र पत्रकारले चलाएको फेसबुक, ट्वीटर, ब्लगजस्ता सामाजिक सञ्जालमा त्यस्ता प्रतिक्रिया पोष्ट नगर्न आग्रह गर्दछौँ ।” पत्रकारका सामाजिक सञ्जाल पनि आचारसंहितामा पर्ने भएकाले काउन्सिलमा छुट्टै विभाग नै बनाएर अनुगमन थालनी गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा काउन्सिलका अर्का सदस्य चेतनाथ धमलाले पत्रकारले सामाजिक सञ्जालमार्फत पत्रकार आचारसंहिता उल्लंघन गर्नेगरी प्रतिक्रिया दिए वा पोष्ट गरे काउन्सिलले कारबाही गर्ने बताउँदै पूर्ण रुपमा आचारसंहिता पालना गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

भक्तपुरका जिल्ला न्यायाधीश भोजराज शर्माले सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रुपमा सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पेशागत आचरण एवं मान्यता विपरीत हुने काम कारबाही गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापा मगर, महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, महनगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इं, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगार्इंलगायतले आचारसंहिता पत्रकारिता क्षेत्रको गहना भएको बताउँदै सत्यतथ्यमा आधारित रहेर निष्पक्ष समाचार लेख्न आग्रह गर्नुभयो ।

काउन्सिलका निमित्त प्रशासकीय प्रमुख दीपक खनालले सहभागी पत्रकारलाई पत्रकार आचारसंहिताको बारेमा जानकारी गराउँदै देशभरका पत्रकार आचारसंहिता कार्यान्वयन अवस्थाबारेमा जानकारी दिनुभएको थियो । रासस

फुटबल : नेपाल कीर्गिस्तानसँग पराजित

एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्र्गिस्तानसँग पराजित भएको छ ।

कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफको अतिरिक्त समयमा एक एक गोल खान पुग्यो ।

किर्गिस्तानका लागि बोरुबाएभ गुल्जिगिटीले खेलको २२औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिए भने शुकुरोभ अलीमार्दोभले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गर्दै आफ्नो टोलीलाई २–० को सहज जित दिलाए । सो जितसँगै किर्गिस्तानले तीन अंक जोडेको छ ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलम यही कात्तिक १६ गते बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा आयोजक किर्गिस्तानसहित ओमान, संयुक्त अरब इमिरेट्स र बहराइन छन् ।

दश समूहमा विभाजन गरिएको उक्त छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ । रासस

चुनावी गठबन्धनबारे के भन्छन् वुद्धिजीवी ?

आशन्न निर्वाचनमा प्रमुख वामपन्थी दलबीचको तालमेल र गठबन्धनलाई वुद्धिजीवी तथा विश्लेषकले सकारात्मकरूपमा लिएका छन् ।

एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनपछि नेपाली काँग्रेस र अन्य दलबाट लोकतान्त्रिक गठबन्धन बनेको हो । दुई गठबन्धनका कारण चुनावी प्रतिस्पर्धा पेचिलो हुनाका साथै रौनक पनि बढेको छ ।
आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल हुँदै निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले बहुमत ल्याएमा मुलुकमा अधिनायकवाद आउने वा लोकतन्त्र खतरामा पर्ने लोकतान्त्रिक गठबन्धनका नेताहरूले व्यक्त गरिरहेका छन् । तर बुद्धिजीवीहरूले अहिलेको समयमा नेपालमा दलहरूको गठबन्धनका कारण अधिनायकवाद आउने सम्भावना नरहेको औल्याएका छन् ।
रासससँग कुरा गर्दै राजनीतिशास्त्रका प्राध्यापक डा लोकराज बरालले भन्नुभयो, “विकसित मुलुकमा पनि यस्ता गठबन्धन हुन्छन्, कतिपय मुलुकमा निर्वाचनपछि पनि हुने गरेका छन् । दलहरू एक्ला एक्लै लड्दा वर्चस्व गुम्ने खतराका कारण गठबन्धन बनाएका हुन् । यसलाई स्वभाविकरूपमा लिनुपर्छ ।”
उहाँले भारत, बेलायत, रुस र जर्मनीमा पनि यस्तो गठबन्धन देखिएको बताउँदै दुवै गठबन्धनले सत्ता प्राप्तिको स्वार्थका लागि यो प्रयास गरेको टिप्पणी गर्नुभयो । बरालले भन्नुभयो, “नेपालमा दलहरूको गठबन्धनका कारण अधिनायकवाद आउँदैन । आएमा अरु नै कारणले आउने हो, त्यो पनि अहिले सम्भव छैन । लोकतान्त्रिक पक्षले वामपन्थीले बहुमत ल्याएमा एकपक्षीयरूपमा राज्य संयन्त्रमा काम गर्ला भन्ने चिन्ता गरेको मात्र हुन सक्छ ।”

नेपालमा माक्र्स र एगलेल्सको सर्वहारा वर्गीय उत्थान तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई पालना गर्दै २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, विभाजन, आरोप–प्रत्यारोप र एकताको शृंखला चल्दै आएको छ ।
यी दलको एकता संयोजन समिति र केन्द्रीय तहमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरूले भने चुनावपछि आफूहरूले पार्टी एकता गर्ने र बहुमत ल्याई स्थिर सरकार दिने जनाउँदै आएका छन् ।
मुलुकलाई समृद्ध र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एकता र तालमेलको घोषणा भएको थियो ।
वाम विश्लेषक एवं स्तम्भकार नरेन्द्रजंग पिटरका विचारमा मुलुकमा वामपन्थीहरूको जनमत भएकाकारण गठबन्धनले आशा र विश्वास जगाएको प्रतिक्रिया दिनुभयो । कुनै अधिनायकवादको प्रश्न नउठ्ने भन्दै उहाँले आशंका र आतंक पैदा गरेर समर्थन लिने कोसिस मात्र गरिएको जनाउनुभयो ।
माक्र्सवादी चिन्तक गोपसीरमण उपाध्याय पनि वामपन्थीहरूबीचको एकताको प्रयास विगत एक दसकदेखिकै शृंखला भएकाले एकाएक आएको जसरी बुझ्न आवश्यक नभएको बताउनुहुन्छ । उहाँको विचारमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल अन्ततः पार्टी एकतामै पुगेर टुङ्गिन्छ, एकता नभए त्यसको क्षति मुलुकले व्यहोर्नुपर्ने हुन्छ । रासस

उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज देशको पूर्वी, मध्य र पश्चिमी भेगमा बदलीका साथै केही स्थानमा वर्षात् भएको छ ।

उक्त प्रणालीको प्रभावले देशको अधिकांश भागमा बदली र मध्यका केही र पूर्वी भेगमा वर्षात् भएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम भेगमा तुलनात्मक रुपमा कम प्रभाव छ । बंगलादेश आसपासको न्यूनचापीय क्षेत्रका कारण पूर्वी क्षेत्रमा अझै बढी असर देखिएको तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

उच्च वायुमण्डलमा तीन चार दिनअघिदेखि रहेको न्यूनचापीय क्षेत्र बुधबारदेखि बाहिरिने भए पनि मध्य वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको असरले पहाडी क्षेत्रमा बदली र छिटफुट वर्षात् हुने सम्भावना रहेको मौसमविद् रिमालको भनाइ छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षात् भएपछि केही चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको बितेको २४ घण्टाको विवरणानुसार देशका पूर्वी भेगका अधिकांश स्थानमा वर्षात् भएको छ । धनकुटामा १५ र विराटनगरमा १० र ओखलढुंगामा दुई मिमी वर्षात् भएको छ ।

आज सबैभन्दा कम जुम्ला एक र सबैभन्दा कम भैरहवामा ३२ डिग्री सेल्सियस छ । काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

काभ्रेपलाञ्चोकमा ४३ मतदान केन्द्र थप

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा ४३ मतदान केन्द्र थप भएको छ ।

स्थानीय तहको निर्वाचनताका ३०७ मतदान केन्द्र भएकामा ४३ मतदान केन्द्र थप भएर ३५० पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदानस्थल १८९ कायम गरिएको छ ।

निर्वाचन अधिकृत मधुकर पोखरेलले मतदानस्थल वा मतदान केन्द्रका लागि जिल्लामा तीन हजार ८४८ कर्मचारी परिचालन हुने जानकारी दिँदै प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र फरक÷फरक भए अझै ३५० कर्मचारी थप हुने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन सम्बन्धी विभिन्न तयारी भइरहेको उल्लेख गर्दै निर्वाचन अधिकृत पोखरेलले चरणवद्धरूपमा तालीम, गोष्ठी पनि सञ्चालन हुने जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० गते पहिलोचरणमा र दोस्रोचरणमा मंसिर २१ गते हुदँैछ । त्यसैगरी जिल्लामा ४१ हजार ४४२ नयाँ मतदाता पनि थपिएका छन्, सो संख्यासँगै काभ्रेपलाञ्चोकमा कुल मतदाता दुई लाख ७२ हजार २९२ पुगेका छन् ।

स्थानीय निर्वाचनपछि मतदाता नामावली अद्यावधिक गर्न वा नाम छुट भएकाले दर्ता गर्न आयोगले अनुरोध गरेका थिए ।

काभ्रेपलाञ्चोकमा एक हजार ५१६ म्यादी प्रहरी छनोट

यसैगरी निर्वाचनका लागि तीन हजार ४५५ म्यादी प्रहरीको आवेदन परेको काभ्रेपलाञ्चोकमा एक हजार ५१६ जना छनोट भएका छन् । छनोट भएकामध्ये एक हजार १९ पुरुष र ४९७ जना महिला छन् ।

काभ्रेपलाञ्चोकबाहेक सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ललितपुर, धादिङ र रसुवालगायतका जिल्लाबाट ५५ दिनका लागि म्यादी प्रहरी छनोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीभित्र प्रहरी जवानका लागि चाहिने आवश्यक मापदण्ड अपनाएर छनोट गरेका हौ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले भन्नुभयो ।

उनीहरूलाई आइतबारदेखि नै निर्वाचन सुरक्षा, संवैधानिक व्यवस्थालगायतका विभिन्न विषयमा दुई सातासम्म तालीम दिइने छ । रासस

‘रामायण’ परिपथको निर्माण शुरु

नेपाल र भारतबीचको त्रेता युगकालीन सम्बन्धलाई जीवन्तता दिन भारतले नेपाल र श्रीलंका समेतलाई जोड्ने गरी ‘रामायण परिपथ’को निर्माण थालेको छ ।

भारतमा स्वदेश दर्शन कार्यक्रमअन्तर्गत केन्द्र सरकारले प्रारम्भ गरेको रामायण परिपथले भारतका १३ ठूला शहरलाई पर्यटकीय दृष्टिले जोड्ने छ । विहार राज्यका तीन शहर सीतामढ़ी, बक्सर र दरभंगाा पनि रामायण परिपथको अंग बन्ने छन् । रामायण परिपथलाई पूर्णता दिन जानकी जन्मभूमि जनकपुरधामलाई पनि जोड्ने भारतीय चाहना छ । भारतले सडक र रेलमार्गबाट रामायण परिपथअन्तर्गत छानिएका शहरलाई जोड्ने बताइएको छ ।

रामायणकालीन वस्तुसमेत रहेको सङ्ग्रहालय, अडियो भिडियो ग्यालरी, रामसीतासँग जोडिएका स्थलको विकासलगायत महत्वपूर्ण कार्य गरिने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउने चर्चाकै बेला घोषणा भएको रामायण परिपथको कार्य भारतको उत्तरप्रदेश राज्यको राम जन्मभूमि अयोध्याबाट प्रारम्भ भइसकेको छ । राम जन्मभूमिमा काम शुरु भइसके पनि जनकपुरधामलाई जोड्ने कार्य अथवा जनकपुरधामको विकासका लागि भारतले महत्वपूर्ण योजना सार्वजनिक गरिसकेको छैन । नेपाल र भारतका विभिन्न धार्मिकस्थल जोड्ने बृहत्तर परिक्रमा सडकको निर्माण, त्यसमा धर्मशालालगायत काम भारतीय योजनामा परे पनि प्रारम्भ हुन सकेको छैन ।

नेपाल भ्रमणका बेला जनकपुरधाम आउनुभएका तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बृहत् परिक्रमा सडक र त्यसमा निर्माण हुने दुई धर्मशालाको निर्माण सम्बन्धमा चर्चा गर्नुभएको थियो । जनकपुरधाम र अयोध्याबीच भगिनी नगरको सम्झौता दुवै देशले गरिसकेका छन् । जनकपुरधामसमेत जोडिएर निर्माण हुने परिपथले दुवै देशबीच पर्यटकीय विकासमा आमूल परिवर्तन हुने निश्चित छ । कम समयमा हिन्दू धर्मावलम्बी आरामदायी ढंगले राम र जानकीको दर्शन गर्न पाउँदा आनन्दित हुनेछन् । जनकपुरधाममा मनाइने रामजानकी विवाह महोत्सवको महत्व अझ बढ्नेछ ।

नेपालको जनकपुरधाम (प्राचीन मिथिलाको राजधानी) र भारतको अयोध्यालाई जोड्ने परिपथलाई मिथिला कलामा पनि दर्शाइएको छ । बिपी कोइराला नेपाल–भारत प्रतिष्ठान र भारतीय दूतावासले संयुक्त रुपमा केही समयपूर्व जनकपुरमा आयोजना गरेको ‘रामायण सर्किट आर्ट वर्कशप’मा कलाकारले कलाका माध्यमबाट परिपथको महत्व झल्काएका थिए । मिथिला कलाको माध्यमले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने विश्वास बढ्दो छ ।

जानकीले रामसँग विवाह गरी अयोध्या जानुभन्दा पूर्वदेखिको सम्बन्धलाई अब परिवर्तित सामाजिक परिवेशमा कलाको माध्यमले पर्यटकीय सम्बन्धलाई जगेर्ना गर्न महत्वपूर्ण हुनेछ । रामको चरण परेको मुख्य शहरमा परिपथको निर्माण हुनेछ ।

जनकपुरधाम र अयोध्यायबीच भगिनी शहरको सम्झौता सरकारीस्तरमा भइसकेको छ । अयोध्या र जनकपुरधाम आपसमा जोडिँदा पर्यटकीयस्तरबाट विकासमा आमूल परिवर्तन देखिने छ । भारतले रामको जन्मथलो अयोध्या र सीताको जन्मथलो जनकपुरधामलाई सडक र रेल मार्ग दुवैले जोड्न चाहेको छ । “मिथिला संस्कृति र कलामा अपार सम्भावना छ । यसलाई पर्यटन उद्योगसित जोडेर अगाडि बढ्न सके विकासको मूल फुट्ने छ ” नेपालका साहित्यकार डा राजेन्द्र विमल बताउनुहुन्छ ।

परिपथ बनेपछि जानकीको जन्म, बाल्यकाल, क्रिडास्थल, फूल टिप्नेस्थल, रामसीताको पहिलो भेट भएको स्थल, धनुषयज्ञस्थल, विवाहमण्डपस्थललगायत थुप्रै स्थानको कायापलट हुनेछ । जनकले हलो जोतेदेखि सीताको विवाहसम्मको महत्वपूर्ण अंश जनकपुरधाममा छ ।

धार्मिक पर्यटकले रामजानकी विवाहसित सम्बद्ध अनेक स्थलको दर्शन गर्न चाहना राख्ने भएकाले यस भेगको विकासमा महत्वपूर्ण परिवर्तन आउने छ । भारत सरकारले परिपथका लागि उत्तर प्रदेशमा पहिलो चरणमा रु ७० करोड बजेट विनियोजन गरेको थियो । भारत सरकारले अयोध्यामा परिपथ निर्माणका लागि रु २४५ करोड थप गरिसकेको छ ।

नेपाल सरकारले पनि भारतलाई परिपथ निर्माणका क्रममा जनकपुरधामलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन आग्रह गर्नुपर्छ । अयोध्याबाट काम थालेसँगै जनकपुरधामबाट पनि काम प्रारम्भ गरिनुपर्ने यहाँका बासिन्दाको माग छ । परिपथ निर्माणबाट अयोध्या जाने पर्यटक जनकपुरधाम पनि आउने छन् । रामको दर्शन गर्नेले जानकीको पावन भूमिमा दर्शन पूजाका लागि अनिवार्य रुपमा आउने जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले बताउनुभयो ।
पर्यटन प्रवद्र्धनका क्षेत्रमा निरन्तर सक्रिय मिथिला अवध सांस्कृतिक सम्वद्र्धन परिषद्ले जनकपुरधाममा यही कात्तिक १७ र १८ गते जानकी मन्दिरको प्राङ्गणमा जनकपुरधामलाई परिपथ जोड्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गर्ने परिषद्का अध्यक्ष डा गौराङ मिश्रले बताउनुभयो ।

सीतारामसित जोडिएका स्थललाई भारत सरकारले जोड्ने र त्यससित राज्य सरकारले अन्य स्थान पनि जोडेपछि यो विशाल परिपथ बन्नेछ । नेपाल सरकारले पनि जनकपुरधामको धार्मिक महत्वसित जोडिएका रामायणकालीन स्थानको विकासमा ध्यान दिनु आवश्यक रहेको बुद्धिजीवी बताउँछन् ।
सवा करोड शिवलिङ्ग पूजा
जनकपुरधाममा श्रीकोटि पार्थिव शिवलिङ्ग पूजन महायज्ञको आयोजना हुने भएको छ । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले यही कात्तिक २२ गते रङ्गभूमि मैदानमा आयोजना हुने महायज्ञमा सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिने जनाइएको छ ।

श्रीमानस तथा बोलबम परिवारद्वारा आयोजना गरिने सो महायज्ञ सन्दर्भमा रङ्गभूमि मैदानमा ध्वजा स्थापना सम्पन्न भई रङ्गभूमिको सरसफाइ भइरहेको अध्यक्ष ललन ठाकुरले बताउनुभयो । रासस

अछाममा वाम गठबन्धन संयुक्त चुनाव तयारीमा

वाम गठबन्धनले अछाममा आसन्न मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त तयारी अघि बढाएका छन् । वाम गठबन्धनका प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)ले जिल्लामा पहिलो संयुक्त बैठकमा नीतिगत निर्णयसमेत गरेर संयुक्त तयारी शुरु गरेका हुन् ।

सोमबार सदरमुकाम मंगलसेनमा बसेको गठबन्धनको बैठकले अछामका दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि खडा हुने वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिकमतले विजयी गराउन दुवै पार्टी गम्भीर ढङ्गले संयुक्त निर्वाचन गतिविधिमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

दुई पार्टीको जिल्लास्तरीय पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले निर्वाचनका लागि संयुक्त अपिल छाप्ने र त्यसका लागि कात्तिक १४ गतेदेखि कार्य गर्ने निर्णाय भएको छ ।

वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन संयुक्त प्रचारप्रसार गर्ने, केन्द्रको निर्णयअनुसार उम्मेदवारको नाम, फोटो र निर्वाचन चिन्हसहित केन्द्रीय नारा अंकित संयुक्त ब्यानर छाप्ने, दुबै पार्टीका तर्फबाट एक एकजना कार्यालय सचिव खटाउने, वाम गठबन्धनका भातृ संगठनलाई पनि बैठक र भेला संयुक्तरूपमा गर्न अनुरोध गर्ने र एकै साथ प्रचार अभियानमा जान निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले दुबै पार्टीको संयुक्त अगुवा कार्यकर्ता भेला कात्तिक १७ गते जिल्ला समन्वय समितिको हलमा गर्ने, गाउँ र इलाकास्तरमा पनि वाम गठबन्धनका कार्यक्रम संयुक्तरूपमा गर्न दुवै पार्टीका शीर्ष नेतालाई अनुरोध गर्ने समेत निर्णय भएको छ । प्रतिनिधि सभाका दुई सिट र प्रदेश सभाका ४ सिटमध्ये (माओवादी केन्द्र)ले प्रदेश सभाका दुई सिटमा साझा उम्मेदवार उठाउँदैछ भने एमालेले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका दुई सिटमा उम्मेदवार उठाउने सहमति भएको छ ।

क्षेत्र नं १ बाट एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावल चुनाव लड्दै हुनुहुन्छ ।

जग्गाका विषयमा बाबुको हत्या आरोप

बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले आज बाबुको हत्या गरेको अभियोग लगाइएको छ ।

बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई निजका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते भएकामा जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा उपचारका क्रममा बिहान ९ः४५ मा मृत्यु भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिनुभयो ।

महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताउनुभयो ।रासस

नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।

उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले उक्त सम्झौतापत्रमा हस्तारक्षर गर्नुभयो ।

सम्झौतामा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक सहकार्य, प्रविधिमा सहकार्य विस्तारका लागि तेस्रो मुलुकमा पनि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । दुई संस्थाबीच सन् १९९३ मा भएको सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।

विभिन्न आठ बुँदामा भएको सहमतिमा दुवै पक्षको चासो र हितलाई विस्तार गर्न सहजीकरण गर्दै अघि बढ्ने, व्यापारी प्रतिनिधि आदानप्रदान गर्ने, साझा विषयलाई आदानप्रदान गर्नेजस्ता विषय उल्लेख गरिएको छ ।

सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री थापाले अष्ट्रिया र नेपालबीच भएको औैद्योगिक ज्ञान, सिप तथा प्रविधिलाई आदान÷प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रहसमेत गर्नुभयो ।

मन्त्री थापाले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्नका लागि द्विपक्षीय उच्च भ्रमण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले केबलकार अष्ट्रियाको प्रविधि विश्वकै उदाहरणीय भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा सिके पौडेल र उद्योग सचिव यामकुमारी खतिवडाले राजनीतिक तथा नीतिगतरुपमा पनि नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको भन्दै कृषि, ऊर्जा तथा सेवा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

नेपालका लागि अष्ट्रियाका राजदूत ब्रिजीट ओपिङ्गरले आफ्नो मुलुकका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गरेर फाइदा लिन आग्रह गरिएको जानकारी दिँदै आगामी दिनमा दुई देशबीचको व्यापारिक सम्बन्ध अझ प्रगाढ भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालमा संविधान जारी भई कार्यान्वयनको चरणमा शान्तिपूर्ण तवरले निर्वाचन भइरहेको उल्लेख गर्दै भन्नुभयो, “राजनीतिक स्थायित्व र दोस्रो पुस्ताको नीतिगत सुधारबाट नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ ।”

अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले लगानीका लागि नेपाल उपयुक्त अवसर भएकाले त्यसको अवसर लिन आफ्नो देशका उद्योगी आतुर रहेको उल्लेख गर्दै लगानीलाई आगामी दिनमा थप विस्तार गर्ने बताउनुभयो । नेपालमा लगानीको अवसर खोज्ने क्रममा अष्ट्रियन इकोनोमिक च्याम्बरका प्रतिनिधि तथा त्यहाँका उद्योगी नेपाल भ्रमणमा रहेका छन् । रासस

चुरे तराई मधेश संरक्षण समितिसँग सहमति माग

चुरे क्षेत्रमा पर्ने खोलानालाबाट नदीजन्य वस्तु (ढुंगा, गिट्टी, बालुवा) निकासी गर्नका लागि देशका विभिन्न सातवटा जिल्लाबाट चुरे तराई मधेश संरक्षण विकास समितिसँग सहमति माग गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता) पूर्वी जिल्ला र नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लासहित पाल्पा, रुपन्देही, उदयपुर, अर्घाखाँची, सिन्धुलीलगायतका जिल्लामा चुरे क्षेत्रमा पर्ने खोलाबाट नदीजन्य वस्तु निकासी लागि समितिसँग सहमति माग गरिएको हो ।

ती जिल्लाबाट चालु आव २०७४÷७५ का लागि चुरे क्षेत्रमा पर्ने विभिन्न खोलाबाट नदी जन्यवस्तु निकासी लागि समितिबाट सहमति माग गरिएको समितिका उपसचिव टोपबहादुर श्रेष्ठले जानकारी दिनुभयो । ती जिल्ला समन्वय समितिले यस अगावै प्रारम्भिक वातावरणीय परीक्षण गरी पठाएको रिपोर्टलाई आधार मानी आवश्यकताअनुसार चुरे क्षेत्रमा असर नपर्ने गरी नदीजन्य वस्तु निकासी लागि सहमति दिने समितिको तयारी छ ।

आव २०७३÷७४ मा यी जिल्लासहित झापा, चितवन, मकवानपुर, दाङ, बारा, उदयपुरका विभिन्न चुरे क्षेत्रमा पर्ने खोलानालाबाट नदीजन्य वस्तु झिक्न आवश्यकताअनुसार सहमति माग गरिएको थियो । यस वर्ष पनि नवलपरासी, पाल्पा, रुपन्देही, उदयपुर, अर्घाखाँची, सिन्धुलीलगायतका जिल्लामा चुरे क्षेत्रमा पर्ने खोलाबाट नदीजन्य वस्तु निकासी गर्न समयमै सहमति आउन नसक्दा राजस्व संकलन प्रभावित बनेको छ ।

विभिन्न जिल्लामा चालु आव शुरु भएको तीन महिना बितिसक्दा पनि ठेक्का लाग्न सकेको छैन । अघिल्लो आवमा शुरुवातमै ठेक्का लाग्ने गरेको थियो । यद्यपि अहिले समयमै ठेक्का लाग्न नसक्दा विभिन्न खोलानालामा नदीजन्य वस्तु चोरी निकासी हुँदै आएको छ । राजस्व संकलन समेत प्रभावित बनेको छ ।

जिल्लाका खोलानालाबाट खोलाजन्य वस्तु निकासी गर्न राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट समयमै सहमति आउन नसक्दा राजस्व संकलन पूर्णरुपमा प्रभावित बनेको छ । तरार्ई मधेश राष्ट्रपति चुरे संरक्षण समितिले स्वीकृति नदिएपछि जिल्लाका खोलानालाबाट ढुंगा, बालुवा निकासीको ठेक्का लाग्न सकेको छैन । जिल्ला समन्वय समितिले यसअगावै तुरिया, भलुही, पानभार, खजुरा, रैपुरवा, बिनयी, झरही, केरुगेलगायतका नौवटा खोलाको वातावरणीय प्रभाव मूल्यांकन गराई निकासी स्वीकृतिका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा पठाइएको थियो ।

अहिलेसम्म स्वीकृति नआएपछि ठेक्का समयमै लाग्न नसकेको नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रको जिल्ला समन्वय समितिका प्रमुख शिव शंकरप्रसाद रायले जानकारी दिनुभयो । ती खोला नालाबाट करिब रु पाँच करोडसम्म राजस्व उठ्ने अनुमान छ । खोलाको ठेक्का ढिलो हुँदा चोरी निकासीले अनुमानित खोलाजन्य पदार्थको परिमाण कम हँुदै जाने हुँदापछि त्यही मूल्यमा ठेक्का नलाग्ने पनि चुनौती थपिँदै गएको छ ।

स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले खोलानालाको ठेक्का प्रक्रिया अब स्थानीय तहको जिम्मेवारीमा पर्ने भएकाले सोहीअनुसार कार्यान्वयन गरिने जानकारी दिनुभयो । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ वटा जिल्लामा फैलिएको र कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ ।

सामान्यतया पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदी यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ । चुरे क्षेत्र रहेका नेपालका ३६ जिल्लामा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले चुरे क्षेत्रका संरक्षणमा विविध कार्य गर्दै आइरहेको छ ।

‘जेठो नारायण’मा भक्तजनको भीड

हरिबोधनी एकादशीका दिन आज चाँगुनारायण नगरपालिकास्थित चाँगुनारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

जेठो नारायण चाँगुनारायणमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो । आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचंगुनारायण र ललितपुरको विशंखुनारायणको दर्शंन गर्छन् । चार नारायणको दर्शन गर्दा पहिला चाँगुनारायणको दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको चाँगुनारायण मेला व्यवस्थापन समितिले जनाएको छ ।

सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको छ । भूकम्पले क्षति पुगेको सो मन्दिर केही दिनअघि मात्रै पुनःनिर्माण भएसँगै मन्दिरमा लगाइएको टेको हटाइएको छ ।

चार वटै नारायणको दर्शन गर्र्न नसक्नेहरु पनि चाँगुनारायण मन्दिरका दर्शनका लागि भने आउने गर्छन् । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रुपमा विशेष पूजार्चना गरेर मनाइने पूजारी राजोपाध्यायको भनाइ छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज परम्परानुसार सिँगारेर पूजा गरी माला लगाई तुलसीको विष्णुसँग विवाह गराइन्छ । आजको दिन व्रत बस्ने र चामलको परिकार खान नहुने परम्परा भएकाले पिँडालु र सख्खरखण्डको परिकार खाने प्रचलन छ । रासस

पोलिटेक्निक इन्ष्टिच्युटमा पढाइ शुरु

इलाम नगरपालिकाको साँखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्ष्टिच्युटमा आइतबारबाट पढाइ शुरू भएको छ ।

पोलिटेक्निक इन्ष्टिच्युटमा तीन वर्षे आइएसीएजी पशु विज्ञान विषयमा पढाइ शुरू भएको हो । रू ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चार वर्षअघि निर्माण थालिएको उक्त शिक्षालयमा करिब रु २० करोड खर्च भइसकेको निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष अम्बिका गौतमले बताउनुभयो ।

पहिलो वर्ष पशु विज्ञान, दोस्रो वर्ष कृषि र वन तथा तेस्रो वर्ष खाद्य तथा डेरी विषयको पढाइ शुरू गरिनेछ । छुट्टाछुट्टै तीन विषयमा प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गराइने शिक्षालय मेची अञ्चलमा पहिलोपल्ट निर्माण भइरहेको हो । आइतबार इलाम नगरपालिका–१ का वडाध्यक्ष गौतम, शिक्षालय प्रमुख होमनाथ अधिकारीले पढाइ सुचारू भएको घोषणा गर्नुभयो ।

यहाँ पशु विज्ञान विषय अध्ययन गर्ने ४० जना विद्यार्थी छन् । पाँचजना प्रशिक्षक रहेका छन् । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटिइ)अन्तर्गत निर्माण गरेको उक्त शिक्षालयमा निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको गौतमले बताउनुभयो । आगामी वर्षसम्ममा निर्माण सम्पन्न हुनेछ ।

एक सय ५८ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा प्रशासनिक भवन, शैक्षिक, छात्रावास, आवास भवन बनाइएको छ । शिक्षालय निर्माणका लागि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल एक्लैले ५० रोपनी जग्गादान गर्नुभएको थियो भने स्थानीयवासीले एकसय रोपनीभन्दा बढी जग्गादान गरेका थिए ।

एक शैक्षिक सत्रमा तीन सय ६० विद्यार्थी अध्ययन गर्नसक्ने क्षमताको शिक्षालय मेची अञ्चलमै पहिलो हो । मेची राजमार्गसँगै जोडिएको साँखेजुङको रूम्दाली डाँडामा शिक्षालय निर्माण भएपछि आसपासका क्षेत्रमा चहलपहल शुरू भएको छ । यसअघि धनकुटा, भक्तपुर, जुम्ला, दाङ, दोलखामा प्राविधिक शिक्षालय स्थापना भइसकेका छन् ।

चिया नीति कार्यन्वयन नभएको गुनासो

राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । विसं २०५७ मा बनेको राष्ट्रिय चिया नीतिमा छोटो समयमै चियालाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने लगायतका बुँदा समेटिका थियो । उक्त चिया नीति कार्यान्वयन नहुँदा किसानले मेहनत र परिश्रम अनुसारको हरियोपत्तीको मूल्य पाउन नसकेको उनीहरूले गुनासो गरेका हुन् ।

चिया नीतिमा राम्रा विषय वस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको सरोकारवालाको भनाइ छ । “चिया उद्यमीलाई छ वर्षसम्म सुलभ दरमा कर्जा उपलब्ध गराउने चिया नीतिमा लेखिएको थियो । तर आजसम्म एक रूपैयाँ कर्जा उपलब्ध भएको छैन्,’ गोर्खा टिस्टेटका प्रमुख उदय चापागाईंले भन्नुभयो ।

चिया नीतिका बारेमा सरकारले चासो नदिँदा चिया उद्यमी पलायन हुनुपर्ने स्थिति सिर्जना भएको छ । अग्र्यानिक चिया र चिया पर्यटनको प्रचुर सम्भावना भए पनि कामदार अभावका कारण गुणस्तरीय टिपाइ नहुँदा तयारी चियाको गुणस्तर दिन प्रतिदिन घट्दै गएको चिया तथा कफी विकास बोर्डका निमित्त प्रमुख केन्द्रकुमार लिम्बूले बताउनुभयो ।

दुई पात एक सुइरो टिप्नुपर्ने चिया, कामदार अभावका कारण दुई फुट लामो टिपाइ गरेको तयारी चियाको समेत गुणस्तर खस्केको उहाँले बताउनुभयो । चिया बगान नजिकै राउण्डप नामक झार मार्ने विषादीको प्रयोगका कारण हरियोपत्तीमा असर देखिएको हो । चियामा विषादी प्रयोग गर्दा विदेशी बजारमा चिया निर्यात गर्न केही कठिनाइ उत्पन्न भएको र चियाको उचित मूल्य पाउन नसकेको फाकफोक थुमका चिया कृषक सोम शर्मा बताउनुहुन्छ । किसान र उद्यमीबीच हरियोपत्तीको मूल्यलाई लिएर भएको विवादका कारण तयारी चियामा समेत असर पुगेको छ । नेपालमा २७ हजार ६८८ हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ भने १८ हजारभन्दा बढी किसान चिया खेतीमा आबद्ध छन् । रासस

विपत्तिको उच्च जोखिममा छब्बीस शहर

भूकम्प, सुनामी, आँधीबेहरी, खडेरी, बाढीपहिरो, हिमपात, हिमपहिरो, मनसुनी वर्षालगायत विपत्तिको उच्च जोखिममा एशिया–प्रशान्त क्षेत्र रहेको पाइएको छ ।
आज पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को उपक्षेत्रीय प्रतिवेदनले प्राकृतिक एवं मानवनिर्मित विपत्तिको उच्च जोखिममा एसिया–प्रशान्त क्षेत्रका २६ शहर रहेको चेतावनी दिएको छ ।

इस्क्यापको विपत्ति न्यूनीकरण विभागका प्रमुख सञ्जय श्रीवास्तवले प्रतिवेदनका मुख्य बुँदा प्रस्तुत गर्दै काठमाडौँ, नयाँदिल्ली, ढाका र कराँची विपत्तिको उच्च जोखिममा रहेको बताउनुभयो । प्राकृतिक तथा मानव सिर्जित विपत्तिले दिगो विकासका लक्ष्य हासिल गर्न कठिनाइ हुने वास्तविकता औँल्याउँदै उहाँले विश्वका अतिनिर्धन र अधिक जनसंख्या भएको एशिया–प्रशान्त क्षेत्रमा नै जोखिमको भय उच्च हुनु चिन्ताको विषय भएको बताउनुभयो ।

प्राकृतिक विपत्तिका कारण विगत ४६ वर्षमा एशिया प्रशान्त क्षेत्रमा २० लाख मानिसले ज्यान गुमाएको र एक खर्ब तीन अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको तथ्यांक प्रस्तुत गर्दै प्रतिवेदनमा विपद् व्यवस्थापनको पूर्वतयारी, राष्ट्रराष्ट्रबीच सूचना आदानप्रदान तथा प्रविधि हस्तान्तरण, क्षेत्रीय क्षमता अभिवृद्धि र सहकार्यलाई विपत्तिबाट जोखिने उपायका रुपमा सुभाmइएको छ ।

श्रीलंका, मालदिभ्स, बंगलादेश, म्यान्मा र भारतले सामुद्रिक एवं वायुमण्डलीय सूचना आदानप्रदान गर्दा चक्रवातजस्ता विपत्तिबाट बच्न र पूर्वतयारी गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । सन् १९७० मा बंगलादेशमा चक्रवातका कारण तीन लाख मानिसले ज्यान गुमाएका थिए भने विज्ञान, प्रविधि र सूचना आदानप्रदानको परिणामस्वरुप त्यस्तै विपत्तिबाट सोही मुलुकमा गत वर्ष नौ जनाको मात्र मृत्यु भएको दृष्टान्तसमेत प्रतिवेदनमा समेटिएको छ । रासस

नियन्त्रण भएन विद्युत् चोरी

जिल्लामा विद्युत् चोरी नियन्त्रण हुन सकेको छैन ।

कार्यालयले अनुगमन र कारबाही गरिरहे पनि चुहावट नियन्त्रण नभएको लगनखेल केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले बताउनुभयो । संगठितरुपमा चोरी भएकाले नियन्त्रण गर्न गाहो भएको उहाँको भनाइ छ ।

च्यासल, लुखुसी, सुबहाल, सुन्धारालगायतका स्थानमा विद्युत् चोरी भइरहेको छ । नगरको भित्री भाग र चक्रपथ बाहिर विद्युत् चोरी भइरहेको छ । चक्रपथ बाहिर हरिसिद्धि, ठैंब, सानागाउँ, सुनाकोठीलगायतका स्थानमा विद्युत् चुहावट बढी हुने गरेको सिंहले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “स्थानीयको मानसिकता परिवर्तन नगरी चुहावट नियन्त्रण हुँदैन ।”

कार्यालयले नियमित अनुगमन गरिरहेको छ । स्थानीय टोल सुधार समिति र प्रशासनसँग मिलेर विद्युत् चुहावट भए÷नभएको अनुगमन भइरहेको छ । अनुगमनका लागि स्थानीय निकाय अग्रसर हुनुपर्नेमा सिंहको जोड छ । उहाँ भन्नुहुन्छ, “स्थानीय निकायले गर्दा बढी प्रभावकारी हुन सक्छ ।”

गत साउनमा मात्रै विद्युत् चुहावट १७.१३ प्रतिशत छ । गत आवको चुहावट १२.६१ प्रतिशत रहेको थियो । आव २०७२÷७३ मा १२ प्रतिशत र आव २०७१÷७२ मा १८.८९ प्रतिशत विद्युत् चुहावट रहेको थियो । रासस

पूर्वसांसद ढुंगेल पक्राउ

पूर्वसांसद एवं नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई प्रहरीले आज पक्राउ गरेको छ ।

ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । फैसलापछि ढुंगेल लामो समय फरार थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा उहाँलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयोे ।रासस

निर्वाचनका लागि दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ ।

एमालेका अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ ।

प्रदेशसहित एमालेले छ र माओवादीले तीन क्षेत्र पाएका छन् । एमालेले प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चार क्षेत्र पाएको छ । यस्तै माओवादीले प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ क्षेत्र पाएको छ । एमालेले क्षेत्र नं एकबाट प्रतिनिधिसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ ।

प्रदेशतर्फ ‘क’ मा माओवादीका इन्द्रजित थारु, ‘ख’ मा एमालेका रेवतीरमण शर्मा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ ।

प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ मा हीराचन्द्र केसी, प्रदेशका लागि ‘क’ मा माओवादी उम्मेदवार र ‘ख’ मा एमालेका उत्तर ओली उम्मेदवार बन्नुहुने बताइएको छ ।

प्रदेशसभाको लागि क्षेत्र नं २ मा माओवादीका कृष्णबहादुर महरा उम्मेदवार बन्नुभएको छ भने प्रदेशतर्फ २ को ‘क’मा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल र ‘ख’मा एमालेकै अमर डाँगी उम्मेदवार बन्नुहुने भएको छ । रासस

परीक्षा प्रणालीबारे अन्तरराष्ट्रिय सम्मेलन

काउन्सिल अफ बोर्डस अफ स्कूल एक्जामिनेशन अफ इण्डिया(कोब्से)को ४६ औँ सम्मेलन नेपालमा बिहीबार हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सानोठिमीस्थित बोर्डको कार्यालयमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने सात देशको सहभागिता रहने सम्मेलन नेपालको परीक्षा प्रणालीको वैज्ञानिक रुपमा सुधार गर्नका लागि अवसरका रुपमा आएको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताउनुभयो ।

‘इनोभेशन इन इभ्यालुएशन’ भन्ने मूल नाराका साथ यही कात्तिक १५ देखि १८ गतेसम्म हुने सम्मेलनमा आठ देशमा रहेका परीक्षा बोर्डका पदाधिकारीको सहभागिता रहनेछ । सम्मेलनमा नेपाल, भुटान, मौरिसस, पाकिस्तान, सिंगापुर, बेलायत र भारतका गरी ६० बोर्डका पदाधिकारी र परीक्षा विज्ञको भेला हुने बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेलले बताउनुभयो ।

सम्मेलनमा नेपालका तर्फबाट शिक्षाविद् एवं त्रिविका प्रा डा गणेशबहादुर सिंह र प्रा डा वासुदेव काफ्लेले विशेष शिक्षामा परीक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेभएको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा डा पौडेलले आठ विषयको तीन घण्टाको परीक्षामार्फत गरिने विद्यार्थीको मूल्यांकन वैज्ञानिक एवं व्यावहारिक नभएकाले परीक्षा प्रणालीलाई सुधार गर्नका लागि सम्मेलनले धेरै सहयोग पु¥याउने बताउनुभयो ।

“अन्य देशमा भएका परीक्षा प्रणालीका बारेमा जानकारी लिन पाइने र यसले नेपालको माध्यमिक तहको परीक्षा प्रणालीलाई ग्रेडिङ प्रणालीबाट अझै सुधारमा लैजाने बाटो पहिल्याउन सजिलो हुनेछ” उहाँले विश्वास व्यक्त गर्नुभयो ।

माध्यमिक तहको अन्तिम परीक्षा लिने जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्डले अहिलेको परीक्षा प्रणाली ठीक वा बेठीक भन्ने कुरा शिक्षा क्षेत्रमा बहसको रुपमा उठेको बेलामा हुन लागेको सम्मेलन उपलब्धिमूलक हुने बताइएको छ । अध्यक्ष प्रा डा पौडेलले हालको परीक्षा प्रणाली पनि पूर्णरुपमा व्यावहारिक नभएको आँैल्याउँदै सरकारबाट निर्णय भइसकेको विषयगत परीक्षाको तयारीलाई बोर्डले छिट्टै कार्यान्वयनमा ल्याउने बताउनुभयो । रासस

चिसो मौसममा निर्वाचनको तापक्रम बढ्दै

केही दिनयता देशका विभिन्न भागमा पानी परेर चिसो बढे पनि मुलुकको चुनावी तामक्रम भने ह्वात्तै बढेकोे छ ।

मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको टिकट वितरण र चुनावी प्रचारप्रसारले राजनीतिक सरगर्मी निकै तातेको हो । पहिलो चरणको निर्वाचनका लागि कात्तिक ८ गते निर्वाचन चिह्न पाएसँगै दलका नेता तथा उम्मेदवार गाउँ पसेपछि काठमाडौँ केन्द्रित चुनावी चर्चा गाउँगाउँसम्म पुगेको छ ।

पछिल्ला तीन दिनमा परेको असिना र पानीले वातावरणलाई निकै चिसो बनाएको छ भने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको प्रचारप्रसारले पनि केही दिनयता तीव्रता पाएको छ ।

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा उम्मेदवार अहिले आमसभा र घरदैलोमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गराउन भोट माग्दै हिँडिरहेका छन् ।

दूरदराजका गाउँघरमा वीरलै देखिने पार्टीका शीर्ष नेतासमेत केही दिनयता मतदातासँग हात जोडेर आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई भोट माग्न आएको देखेपछि मतदातामा उत्साह थपिएको छ ।

निर्वाचनप्रतिको द्विविधा हटाउन प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले समयको चाप र विभिन्न चुनौती भए पनि तोकिएकै समयमा निर्वाचन हुनेमा अब कुनै शक्तिले रोक्न नसक्ने बताउनु भएको छ ।

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, नेकपा माओवादीका नेता देवप्रसाद गुरुङ तथा नेपाली काँग्रेसका नेता रामहरि खतिवडा यतिखेर मतमाग्न गाउँगाउँ पुग्नुभएको छ ।

विगतको तुलनामा निर्वाचनको प्रचारप्रसारको क्रममा दल होस् वा उम्मेदवारबाट आफ्ना प्रतिस्पर्धीलाई गालीगलौज तथा आरोप प्रत्यारोप गर्ने प्रवृत्तिमा केही कमी देखिएको छ ।

प्रमुख राजनीतिक दलका अतिरिक्त अरु साना राजनीतिक दलबीचको चुनावी तालमेलबाट विगतका निर्वाचनमा जस्तो भोट माग्न गाउँमा पुग्ने उम्मेदवारको संख्यामा भने निकै घटेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३२ जिल्लामा गरी जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिष्पर्र्धामा उत्रिएका छन् ।

मतदाता भने यो समयमा बालीनाली भित्र्याउन व्यस्त छन् । मतदातालाई भेट्न उम्मेदवार खेतबारीका कन्लाकान्लामा पुगेका छन् । यो निर्वाचनबाट प्रतिनिधिसभातर्फ ३७ जना र प्रदेशसभातर्फ ७४ जना गरी जम्मा १११ जना जनप्रतिनिधिको चयन हुनेछ ।

जुम्ला जिल्लाका एमालेका उम्मेदवार बलबहादुर महत चुनाव प्रचारप्रसार गर्दै पातारासी गाउँ पुग्नुभएको छ भने नेपाली काँग्रेसका नेता दिलबहादुर घर्ती निर्वाचनसम्बन्धी भेटघाटमा सोमबार मध्यनेपाल नगरपालिका पुग्नुभएको छ ।

पहिलो चरणको निर्वाचनमा केही चर्चित नेताबीचका प्रतिष्पर्र्धाले सञ्चारमाध्यमलाई समाचार बनाउन निकै ठूलो खुराक मिलेको छ । गोर्खा, सिन्धुपाल्चोक, ओखलढुंगा, नुवाकोट, जाजरकोट, रुकुम, रोल्पालगायतका जिल्ला यति बेला निकै चर्चामा छन् ।

यसैगरी, नेकपा (एमाले)का पृथ्वी सुब्बा गुरुङ, गंगालाल तुलाधर, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, नेपाली काँग्रेसका पूर्वाबहादुर तामाङलगायतका नेताहरू चुनावी प्रसारप्रसारमा भाग लिने क्रममा गाउँगाउँमा पुग्नुभएको छ ।

नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेको संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई विश्व समुदायले समेत निकै उत्सुकता र चासोका साथ हेरिरहेको छ । रासस

एकै मोटरसाइकलको नेपाली र भारतीय सवारीधनी प्रमाणपत्र

प्रहरीले एउटै मोटरसाइकलको नेपाली र भारतीय दुुई सवारीधनी प्रमाणपत्र बरामद गरेको छ ।

बिआर ३० एफ ओ ७०८ नं लेखिएको प्लाटिना मोटरसाइकलका दुुई सवारीधनी प्रमाणपत्र इलाका प्रहरी कार्यालय कटहरियाले बरामद गरेको हो । उक्त मोटरसाइकल स्थानीय मोटरसाइकल मिस्त्री मेराजुुल मियाँसँग रु ४० हजारमा एक महिनाअघि खरिद गरेको भन्दै भारत पूर्वी चम्पारण ढाका घर भएका महमद हसमुुदिन अन्सारीका नामको सवारीधनी प्रमाणपत्र देवाही गोनाही नगरपालिका–५ टिकुुलिया टोलका चेतन यादवले प्रहरीसमक्ष बुुझाएका छन् ।

अर्कातर्फ गुुजरा नगरपालिका हरिहरपुुर टोलका रामचन्द्र साहले इञ्जिन नं र चेचीस नंका आधारमा उक्त मोटरसाइकल नेपाली नं ना ३८ प ५०८६ रहेको र यादवले भारतीय नं लेखेको भन्दै आफ्नो नाममा दर्ता रहेको नारायणी अञ्चल यातायात कार्यालय वीरगञ्जबाट प्राप्त सवारीधनी प्रमाणपत्र प्रहरीमा बुुझाएर दाबी गरेका छन् ।

एक महिनाअघि दशैँताका हरिहरपुर बजारबाट उक्त मोटरसाइकल चोरी भएको भन्दै साहले यसअघि नै प्रहरीमा जाहेरी दिएको बताएका छन् । इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र यादवले दुुई वटै सवारीधनी प्रमाणपत्रको जाँच गराएपछि वास्तविकता आउने बताउनुुभयो ।

अर्का अभियुक्त मोटरसाइकल मिस्त्री मिया फरार रहेकाले उसको खोजी भइरहेको छ । मिस्त्री मिया यसअघि पनि दुुई मोटरसाइकल विवादमा परिसकेको स्थानीय समाजसेवी तावारख मियाले जानकारी दिनुुभयो ।

मिस्त्री मियासँगै जिल्लामा मोटरसाइकल चोरको एउटा गिरोह सक्रिय रहेको छ । गिरोहले जिल्लाका विभिन्न स्थानबाट पटक पटक मोटरसाइकल चोरिहेको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले उक्त घटनाबारे गम्भीरताका साथ अनुुसन्धान भइरहेको बताउनुुभयो । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts