Sunday, April 30, 2017

भरतपुर अस्पतालमा अतिरिक्त सेवा

स्व लामु अमात्य नेपालको पहिलो नर्स घोषित

काठमाडौँ, १७ वैशाख । सरकारले स्व लामु अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले अमात्यलाई सबै प्रमाण र तथ्यका आधारमा पहिलो नर्स घोषित गर्दै उहाँका पुत्र गायक योगेश्वर अमात्यलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

स्व अमात्यले सन् १९५४ मा कलकत्ता मेडिकल कलेजबाट स्टार्फ नर्स उत्तीर्ण गर्नुभएको थियो । उहाँले विसं २०१२ फागुन ३० गते स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ तालिम परियोजनाका लागि लोकसेवामार्फत काम सुरु गर्नुभएको थियो ।

नेपालमा हालसम्म पहिलो नर्स को हो भन्ने लामो समयदेखि अन्योल रहेको थियो । स्व लामु र उमादेवी दासका परिवारले पहिलो नर्स आफूलाई घोषणा गर्न मन्त्रालयमा दाबी गर्दै आएका थिए ।

दुवै पक्षले पेस गरेका प्रमाणका आधारमा स्व लामुलाई पहिलो नर्स घोषित गरिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताउनुभयो ।

पश्चिम बङ्गालको दार्जिलिङमा १९८८ माघ १४ मा जन्मिनुभएकी स्व लामुको २०६९ जेठ १९ गते निधन भएको थियो । आमाले लामो समयसम्म देशलाई गरेको सेवाको लामो समयको प्रयासपछि सम्बोधन भएको भन्दै गायक अमात्यले खुसी व्यक्त गर्नुभयो ।

आमाको नाममा सबै प्रदेशका जेहेन्दार छात्रालाई नर्सिङ अध्ययनका लागि सहयोग गर्ने सोच भएकाले यसबारे छिट्टै निर्णय गरिने गायक अमात्यले जानकारी दिनुभयो । रासस

सर्बोच्च अदालतद्वारा तीन पूर्वप्रहरी प्रमुखलाई कैद तथा जरिवाना

काठमाडौँ, १७ वैशाख । सर्वोच्च अदालतले सुडानको डार्फरमा प्रहरीलाई चाहिने एपिसीलगायतका सामान खरिदमा घोटाला गरेको आरोपमा तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई जरिवाना र कैद सजायको फैसला सुनाएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले आज राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, गुरुङ र ठकुरीलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने फैसला सुनाएको हो ।

त्यसैगरी, पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र रु ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह सांग्देनलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने फैसला भएको छ ।

निजहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सुडानमा खटिएको नेपाल प्रहरीका लागि चाहिने एपिसीलगायतका बन्दोबस्तीका सामानको खरिद गर्दा आर्थिक अनियमितता गरेको अभियोग लगाएको थियो ।

यस्तो अभियोग लगाउँदै २०६८ जेठ २४ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अभियोगपत्रमा सामान खरिद गर्दा योजना तर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्कापट्टा दिने, भुक्तानी दिनेलगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदारहरु मिलेर नेपाल सरकारलाई रु २८ करोड ८१ लाख ६१ हजार २२९ हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको उल्लेख छ । रासस

खोँचमा खसेर एक सगरमाथा आरोहीको मृत्यु

पत्रकार महासङ्घ काठमाडौँ ताला

निर्वाचनबारे द्विविधा नराख्नुहोस्– प्रमुख निर्वाचन आयुक्त

काठमाडाँै,ँ १७ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका विषयमा अब कुनै द्विविधा नराख्न आग्रह गर्नुभएको छ ।

निर्वाचन अनुगमनसम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा यादवले लोकतन्त्रका लागि निर्वाचन आधारभूत शर्त भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न सबैको भूमिका अहम् हुने बताउनुभयो ।

निर्वाचन आचारसंहिता विपरीत हुने सबैखाले कार्य नियन्त्रण गर्न निर्देशन दिँदै उहाँले कुनै दल वा उम्मेदवारका पक्षपोषण नगरी तटस्थ भूमिकामा रहन अनुगमनकर्तालाई सुझाव दिनुभयो ।

प्रमुख आयुक्त डा यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मनोनयन मङगलबार हुने निश्चित भइसकेकाले अनुगमनकर्तालाई ढुक्क भएर आ–आफ्नो कार्य क्षेत्रमा जान निर्देशन दिनुभयो ।

अनुगमन अधिकृतलाई प्रविधिको प्रयोग गर्दा होसियारी अपनाउन आग्रह गर्दै उहाँले जसरी भए पनि चुनाव जित्नुपर्छ भन्ने मनोविज्ञानलाई प्रोत्साहन गर्न हुदँैन भन्नुभयो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले राज्यका अन्य संयन्त्रको जस्तो कमजोर रुपमा नभई तटस्थ रहेर वस्तुपरक ढङ्गले अनुगमनको जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले अनुगमनकर्ताले राजनीतिक दलको प्रचारप्रसार, आमसञ्चार माध्यमले दिएका सामग्री, पर्यवेक्षकको कार्य र निर्वाचनमा संलग्न हुने कर्मचारीको अनुगमन गरी आयोगमा प्रतिवेदन दिने हुँदा सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सहसचिव दीपक सुवेदीले मतदाताले कस्तो अवस्थामा मतदान गरे, उम्मेदवारले उम्मेदवारी दिँदाको वातावरण र निर्वाचनमा समग्र सुरक्षाको नियमित प्रतिवेदन दिन सुझाव दिनुभयो ।

आयोगले पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लामा २८ जना सहसचिवलाई निर्वाचन अनुगमनका लागि खटाइएको हो ।

उहाँलाई वैशाख २० गतेदेखि आगामी जेठ ३ गतेसम्मका लागि स्थानीय तहको निर्वाचनको अनुगमनको जिम्मेवारी तोकिएको छ ।

अनुगमनकर्ताले निर्वाचन प्रचारप्रसार प्रचलित कानुनबमोजिम भए नभएको, पर्यवेक्षकले आचारसंहिताको पालना गरे नगरेको, निर्वाचनसम्बन्धी काम कारबाही स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा भए नभएकोबारे अनुगमन गर्नेछ ।

राजनीतिक दल तथा उम्मेदवारले सहजरूपमा प्रचारप्रसार गर्न पाए नपाएको, मतदानको दिन मतदान केन्द्रमा कसैले कुनै किसिमको डर, धाक वा त्रास देखाई वा अन्य किसिमले अनुचित प्रभाव पारी मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने कार्य गरे नगरेको विषयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी पनि उहाँहरुको हुनेछ ।

अनुगमन टोलीले आफू खटिएको मुकामबाट नियमित रूपमा गर्नुपर्ने प्रतिवेदन फ्याक्स वा इमेलमार्फत पठाउनुपर्नेछ । वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन हँुदैछ । रासस

मनोमानी शुल्क रोक्नुपर्दछ : सभापति झा

उपप्रधानमन्त्री एवं गृहमन्त्री निधिको पदबाट राजिनामा

काठमाडौँ, १७ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आज आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई संवोधन गर्दै आज दिइएको राजिनामापत्रमा आजकै मितिबाट राजिनामा दिएको उल्लेख छ । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उहाँले उल्लेख गर्नुभएको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिनुभएको प्रतिक्रिया दिनुभयो ।
पत्रमा अगाडि भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।’ रासस

Saturday, April 29, 2017

अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सम्पन्न

पोखरा, १७ वैशाख । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो । निर्माण सुरु भएको तीन हप्तामै काम सकिएको छ ।

पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलका खेलाडी उत्पादन गरी अब हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट स्केटिङ खेलाडीको सहभागिता जनाउने विश्वास गरिएको छ ।

पूर्वाधार निर्माणका लागि अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, जापान, दक्षिण कोरिया, नर्वे, क्यानाडा, भारतलगायतका ३५ जना विदेशी नागरिकले श्रमदान गरेका थिए ।

यो स्केटिङ खेलको पूर्वाधार दक्षिण एसियाकै उत्कृष्ट मानिएको छ । रासस

पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

तेह्रथुम, १७ वैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा मिलको फित्ताले बेरिएर एक महिलाको मृत्यु भएको छ ।

आज बिहान धान कुटाउन मिलमा गएकी ५३ वर्षीया नरमाया पौडेलको सल मिलको फित्तामा अल्झिएपछि बेरिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले जानकारी दिनुभयो ।

पौडेललाई स्थानीयवासी कृष्णबहादुर लिम्बूको कुटानी पिसानी मिलमा फित्ताले बेरेको मृतकका श्रीमान् खम्बबहादुर पौडेलले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

श्रीमतीको सम्झनामा मन्दिर निर्माण

दाङ, १७ वैशाख । यहाँका एक व्यक्तिले श्रीमतीको सम्झनामा भगवती मन्दिर निर्माण गर्नुभएको छ । दाङ तुलसीपुर–६ निवासी देवराज धितालले स्व श्रीमती राधादेवी धितालको स्मृतिमा देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो ।

धितालले तुलसीपुरको वरुवागाउँस्थित पार्कमा रु पाँच लाख ५० हजार खर्च गरेर देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो । मन्दिरको अक्षतृतीयाको अवसरमा शनिबार उद्घाटनसमेत गरिएको छ ।

वृद्धवृद्धाको निःशुल्क आँखा जाँच

यहाँका वृद्धवृद्धाको निःशुल्क आँखा जाँच गरिएको छ । दाङ घोराहीको तेरौटेमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाको आँखा जाँच गरिएको हो ।

रिपोर्टर्स क्लब, दाङ र राप्ती आँखा अस्पताल रक्षाचौरको संयुक्त आयोजनामा हिजो गरिएको निःशुल्क आँखा जाँच शिविरमा दुई दर्जन बढी वृद्धवृद्धालाई सेवा दिएको थियो । आँखा शिविरमा चारजना वृद्धवृद्धाको आँखाको दृष्टि गुमेको र चारजना वृद्धवृद्धाको आँखामा मोतिबिन्दुका कारण आँखा नदेख्ने समस्या देखिएको राप्ती आँखा अस्पताल रक्षाचौरका नेत्र सहायक अधिकृत शालीकराम गौतमले जानकारी दिनुभयो । रासस

जीवनको सच्चा प्रेम, एक अर्काको सहारा

सीमा नाकाबाट दुई युवतीको उद्धार

दर्ता भएका १७७ वटा हतियार बुझाइएन्

निर्वाचन गराउन नागरिक समाजले दबाब दिनुपर्ने

नवलपरासीमा दुई चरणमा निर्वाचन हुने

दुर्घटनामा एकको मृत्यु

राजविराज, १७ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा भारतीय सुमोगाडीको ठक्करबाट शनिबार साँझ एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर३०पी १२०० नंको सुमोगाडीले ठक्कर दिँदा सप्तरीको मल्हनवा–४ निवासी ४२ वर्षीय साइकलयात्री बद्री साहको मृत्यु भएको इप्रका, कडोरबनाले जनाएको छ ।

यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पिकअप भ्यान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ज ३४८९ नंको पिकअप भ्यानको टायर पञ्चर भई अनियन्त्रित भई सोही दिशाबाट जन्ती बोकेर आउँदै गरेको स१ज १३७ नंको बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

पिकअप भ्यानमा सवार घाइतेहरुको धर्मेश्वर अस्पताल, ठेलियामा उपचार भइरहेको छ भने दुवै सवारी साधनलाई इप्रका, कञ्चपुरले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । रासस

नेपाली समाज युएइ को महाअधिबेसन हुदै : खेलाडीलाई सम्मान गर्दै पार्सद भेला सम्पन्न

दुबई । नेपाली समाज युएई नया कार्यकालका लागी महाअधिबेसन को मिति तय गर्दै सुक्रबार २८ अप्रीलका दिन बरदुबई मा पर्साद भेला सम्पन्न गरेको छ ।
भेलाको अवसर पारेर समाजले दुबईमा भएको १३ औ राष्ट्रिय कराते च्याम्पियनसीपका विजय खेलाडीलाई सम्मान गरेको छ । बैदेशिक रोजगारीमा रहेर पनि नेपाललाई चिनाउन राष्टको झण्डा छातीमा बोकेर खेल्ने विजय खेलाडीलाई सम्मान गर्न पाउनु अतन्तै खुसी लागेको यसमा नेपाली समाज युएइ ले गर्भ गरेको समाजका महासचिब तथा कार्यक्रम संचालक मणी भुर्तेल ले जनाएका थिए ।
सम्मानीत हुने खेलाडीमा मिलन बुढा मगर, किञ्जला श्रेष्ठ, उत्तम गुरुङ्ग,कुमार भुषाल, पुष्पा न्यौपाने र विजय तामाङ्ग रहेका थिए । टोली नेता पबीत्र भण्डारी, प्रेम श्रेष्ठ यसैगरी, प्रशिक्षक रबि शाही, रेफ्रि बिशाल पुन मगर,टिम अफीसियल, परशुराम घिमिरे,भानुभक्त पौडेल, पूर्ण भक्त लामा र हिरालाल श्रेष्ठ रहेका थिए ।
पर्साद उपेन्द्र राना मगर को सभापतित्वमा सम्पन्न कार्यक्रमको भेलामा सुरज भित्रीकोटि ले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका अतिथि तथा समाजका अध्यक्ष अतिथि चन्द प्रकास साप्कोटा ले कल्याणकारी कोष संचालनका निम्ति परिमार्जनका लागि बिधि विधानमा उठेका उचित सुझाबलाई समाबेस गरिने बताए। समाजलाई दर्ता गर्न गाह्रो नहुने तर युएइमा सक्रिय सस्थाहरुले खासै चासो नदिएको उनको भनाइ थियो। प्रबासमा रहेका सबै संघ सस्था तथा राजनीति पार्टिका सस्थाहारु युएइमा सामाजिक कामको निम्ति अग्रसर रहेका हुदै सबैसंग हातेमालो गर्न नेपाली समाज तयार रहेको उनको भनाई थियो।
सामाजिक संजालमा लगाइएको आरोपको खण्डन गर्दै आफुले कसैलाई दुबई ल्याएर अलपत्र नपारेको र यस्तो आफ्नो पेसा नभएको जनाउदै ब्याक्तिगत आछेप लगाइएको दाबी गर्दै आफुले नेपालीलाई सहयोग गर्ने तर अन्याय नगर्ने प्रतिबद्दता व्यक्त गर्दै छिटै पत्रकार सम्मेलन गर्ने जनाएका छन । आफ्नो कारणबाट पवित्र नेपाली समाज को नाम बदनाम नहोस भन्दै पार्सद अध्यक्ष उपेन्द्र राना मगर ले पदबाट राजीनामको घोषणा समेत गरेका छन।
भेलाले नया कार्यकालका लागी जुलाई ७ तारिक महाअधिबेसन को मिति तय गर्दै गोबिन्द ढकाल को संयोजकमा पत्रकार महासंघ र संघ सस्थाबाट प्रतिनिधि रहने गरी निर्बाचन समिति गठन गरेको छ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल नेपाली सोसियल कल्बका अध्यक्ष सालीक सुबेदि,एनआरएन आईसीसी प्रतिनिधिहरु गोपाल कडेल, एनआरएन युएइ का महासचिब दिपक खड्का, बिभिन्न मिडियामा आबद्ध पत्रकारहरु,नेपाली समाजमा आबद्ध सस्थाका प्रतिनिधीहरु तथा युएइमा सक्रिय रहदै आएका समाज सेबिहरुको उपस्थित रहेको थियो।
निमकान्त पाण्डे

संविधान रक्षाका लागि तोकिएकै मितिमा निर्वाचन : नेता आचार्य

माओवादी केन्द्र र परिवार दलको उम्मेदवार तय

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण

काठमाडौँ, १६ वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मकवानपुरको हेटौँडास्थित मध्यपृतनालय, काभ्रेपलाञ्चोकको भकुण्डेवेसीस्थित २६ नं बाहिनी अड्डा तथा पर्साको वीरगञ्जस्थित बरख गणको आज नरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले पृतनालय, बाहिनी अड्डा तथा गणको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

लम्सालको महाकाव्य ‘धरा’ सार्वजनिक

बालकको मृत्यु

Friday, April 28, 2017

नेकपा माओवादी केन्द्र गोरखाले छान्यो उम्मेदवार

गोरखा, १५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखा कमिटीले दुईवटा नगरपालिकासहित नौवटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ ।

सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्का ‘प्रकाश’ले सो नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत निर्णय भएको जानकारी दिनुभयो । उपप्रमुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने यकिन नभइसकेको तर चुनावी तालमेलका लागि नेपाली काँग्रेस, एमाले र राप्रपासँग छलफल भइरहेकाले बताउनुभयो ।

पालुङ्टार नगरपालिकाको प्रमुखमा गुणराज देवकोटा र उपप्रमुखमा पम्फा बसेललाई उम्मेदवार उठाउने निर्णय भएको जनाइएको छ । यस्तै चुमनुब्री गाउँपालिकाको अध्यक्षमा लाक्पा डुण्डप लामा र उपाध्यक्षमा कुमारी गुरुङ तथा धार्चे गाउँपालिकाको अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा आशा गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी नेत्री कमला नहर्कीले जानकारी दिनुभयो ।

सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, आरुघाट गाउँपालिकाको अध्यक्षमा जगन्नाथ खनाल र उपाध्यक्षमा अमृता लामा, भीमसेन गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्षमा लीला श्रेष्ठ, सहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा देवकोटालाई उठाउने निर्णय भएको छ ।

गण्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना र उपाध्यक्षमा पूर्णा थापा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनीलाई उठाउने भएको छ भने उपप्रमुख तोक्न बाँकी छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले)ले भने अहिलेसम्म उम्मेदवारतय गर्न सकेका छैनन् । आकाङ्क्षी धेरै हुँदा सर्वसम्मत उम्मेदवार तय गर्न नसकिएको बताइएको छ । काँग्रेसले नगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रमा नै छनोट गर्ने गरी गृहकार्य गरिरहेको छ भने एमालेले प्रदेश कमिटीबाट नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार तोक्ने बताइएको छ । गाउँपालिकामा भने सर्वसम्मत रुपमा उम्मेदवार तोकिएका छन् । रासस

काँग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

भक्तपुर, १५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ ।

नेपाली काँग्रेसको वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिलाई उम्मेदवारको छान्न सकस भएको छ ।
नेपाली काँग्रेस चुनाव प्रचार समितिका संयोजक केदार खड्काका अनुसार भक्तपुर नगरपालिकामा प्रमुखका लागि नारायणप्रसाद तमखु र ऋषिकेशभक्त तिमिला तथा उपप्रमुखका लागि कोपिला कायस्थ र अम्बिकादेवी झाको नाम सिफारिस भएको छ ।

मध्यपुर थिमि नगरपालिकामा भने प्रमुखका लागि मात्रै अष्टकुमार कवेँ, सन्तोष भट्टराई, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर, मुरारी आचार्य, गोकुल शर्मा र जीवन सिजापति गरी १० जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा उर्मिला वन, अञ्जना मढिकर्मी, भगवती अधिकारी, प्रमिला आचार्य, कमला कर्माचार्य (बस्नेत), लक्ष्मीशोभा प्रजापति र निर्मला थापा गरी सात जनाको नाम सिफारिस भएको छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिकामा विष्णुराज कार्की, निशान ढुङ्गेल, उद्धव सिलवाल, राजु खड्का, सुशील बस्नेत, कृष्णमुरारी न्यौपाने, राजनकाजी त्वाती, शङ्कर केसी, कवीर राणा, रवि राणा, उपेन्द्रनन्दन तिमल्सिना, धर्मभक्त श्रेष्ठ, अच्युतप्रसाद मिश्र, भेषबहादुर कार्की, विदुरमान सिंह र नारायणभक्त खायमली गरी १६ जनाको नाम सिफारिस भएको छ ।
त्यसैगरी उपप्रमुखमा भने सङ्गीता थापा, कल्पना राजथला, सावित्री कार्की, गौरी खड्का खत्री, रिता खत्री कार्की, शोभा अधिकारी, विजयाशर्मा कोइराला, ललिता धिताल पोखरेल र रुपा भट्टराईको नाम सिफारिस भएर आएको छ ।

यता चाँगुनारायण नगरपालिकामा भने कृष्णलाल भँडेल, राजाराम खड्का, किरण न्यौपाने, जगन्नाथ कार्की, मनोजकुमार थापा, शिवहरि केसी, यादव अधिकारी, पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम, जीवन खत्री, सम्पूर्ण रोक्का, टङ्कबहादुर कार्की, सुरेश श्रेष्ठ र उद्धव खड्का गरी १४ जनाको नाम सिफारिस भएको छ ।

उपप्रमुखमा भने राधा कार्की (सरु बानियाँ), रुपादेवी थापा, सावित्री लामिछाने, सङ्गीता फुयाल र सुभद्रा काफ्ले गरी पाँच जनाको नाम सिफारिस भएको छ ।
भक्तपुरका चार नगरपालिकामा चारवटा प्रमुख र चारवटा उपप्रमुखको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट प्रमुखमा ४२ जनाको र उपप्रमुखका लागि २३ जनाको नाम सिफारिस भएको प्रचार संयोजक खड्काले जानकारी दिनुभयो ।

केही नाम वडा समितिबाट छनोट भई क्षेत्रीय समितिमा सिफारिस भएर क्षेत्रीय समितिमा पठाए पनि क्षेत्रीय समितिले भने अझै पनि उम्मेदवारको नाम छनोट गर्न सकेका छैनन् ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले १८ वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले उम्मेदवारको आकांक्षी धेरै भएकाले व्यवस्थापनमा केही कठिनाइ भएकोे बताउनुभयो ।
जिल्लामा आएको नामवलीमध्येबाट जिल्ला सभापतिको संयोजकत्वमा जिल्ला सभापतिको प्रत्यासी उम्मेदवार अष्टकुमार कवेँ, सभासद रामेश्वर ढुङ्गेललगायतको जिल्लास्तरीय उम्मेदवार छनोट समितिले उम्मेदवारको नाम छनोट गर्ने सभापति थापाले बताउनुभयो । रासस

मोबाइल एप सञ्चालनमा

काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त हुनेछ ।

नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ ।

त्यसैगरी, इसिएन एप आयोगको वेबसाइट धधध।भभिअतष्यल।नयख।लउ वा बलमचयष्म ष्यक मोबाइलको प्लेस्टोर वा एप्पल मोबाइलको एप स्टोरबाट डाउन गरी इन्स्टल गर्न सकिनेछ ।

मोबाइल एपबाट मोबाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदानस्थल र केन्द्रको जानकारी, उम्मेदवारको विवरण, मत परिणामलगायत विभिन्न १० वटा विषयमा जानकारी पाइने छ ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले कल सेन्टर र मोबाइल एपको सञ्चालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचनसम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँले आयोगले सञ्चालनमा ल्याएको कल सेन्टर र मोबाइल एपको प्रभावकारी सञ्चालनमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो । निर्वाचन आयोगका सूचना प्रविधि महाशाखा प्रमुख एवम् सहसचिव लक्ष्मीप्रसाद यादवले आयोगले सञ्चालनमा ल्याएको एपबाट निर्वाचनसम्बन्धी जानकारी नेपाली र अङ्ग्रेजी दुवै भाषामा सरल रुपमा पाउन सकिने बताउनुभयो । रासस

दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाइँदै

बनेपा, १५ वैशाख । स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाउन थालिएको छ ।

सात गाउँपालिका र आठ नगरपालिका रहेको जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाको निर्वाचन कार्यालयमा निर्वाचन सामग्री पठाइएको तथा केही गाउँपालिका र नगरपालिकामा आज पठाउन लागिएको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ ।

नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका र बेथानचोक गाउँपालिकामा आज निर्वाचन सामग्री पठाउन लागिएको जिल्ला निर्वाचन अधिकारी, मधुकरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनको मनोनयनका लागि आवश्यक पर्ने मनोनयनपत्र, मतदाता नामावली, अनुसूची फारामलगायतका निर्वाचन सामग्री कोसीपारिको दुर्गम क्षेत्र चौरी देउराली गाउँपालिका, महाभारत शृङ्खला डाँडापारिको महाभारत गाउँपालिकमा समेत पुगिसकेको छ ।

त्यस्तै मतदाता शिक्षाका लागि पनि आवश्यक पर्ने विभिन्न सामग्री पनि गाउँगाउँ पुगेका छन् ।

जिल्लामा ३३० निर्वाचन शिक्षकमार्फत पाँच किसिमका विभिन्न पर्चा, नमुना मतपत्र, हाते पुस्तिका, प्रश्नोत्तर भएको पुस्तिकासमेत विभिन्न गाउँपालिका र नगरपालिकामा पुगेको निर्वाचन अधिकारी पोखरेलले बताउनुभयो । उहाँले तामाङ र नेवार समुदायलाई लक्षित गरेर नेवारी र तामाङ भाषाका पम्प्लेटसमेत काभ्रेपलाञ्चोकमा वितरण हुने जानकारी दिनुभयो ।

जिल्लाको बेथानचोक र तेमाल गाउँपालिकामा नेवारी र तामाङ भाषाका पम्प्लेट वितरण हुने छन । ती पम्प्लेट करिब १५० प्रति भएको बताइएको छ ।

निर्वाचन अधिकारी पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट स्थानीय तह निर्वाचनका लागि कर्मचारीको नियुक्ति पनि बुधबारबाट मात्रै सुरु भएको बताउनुभयो । निर्वाचन आयोगले स्थानीय तहका लागि वैशाख ३१ गते पहिलो चरणको निर्वाचन गर्दै छ । रासस

चन्द्रागिरिमा जनमोर्चाबाट उपप्रमुख छनौट

काठमाडौँ, १५ वैशाख । राष्ट्रिय जनमोर्चाले चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा रोशन दानीलाई उठाउने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नगरपालिकामा आयोजित एक कार्यक्रममा उक्त दलका अध्यक्ष चित्रबहादुर केसीले दहचोक निवासी दानीलाई उपप्रमुख, वडा नं– १ को अध्यक्षमा धर्मराज दानी र वडा नं– ६ को अध्यक्षमा मनहरी बलामीको उम्मेदवारी सार्वजनिक गर्नुभएको हो ।

उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष केसीले देश बिखण्डनतर्फ उन्मुख भइरहेकोले त्यसलाई रोक्न सचेत युवा एकजुट बन्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका चन्द्रागिरि नगरसमिति इन्चार्ज गणेश कुँवरकाअनुसार नगरपालिकाको अन्य पदका लागि उम्मेदवार छनौट गर्ने काम भइरहेको छ । रासस

स्थानीयवासी दुई हप्तादेखि अन्धकारमा

पाँचथर, १५ वैशाख । फिदिम नगरपालिका– १२ नागिनमा गत दुई हप्तादेखि बिजुली–बत्ती अवरुद्ध भएका कारण त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

नागिनमा रहेको बिजुलीको टान्र्समिटर जलेपछी वडा नम्बर– १२ का करिब एक सय ५० भन्दा बढी घरका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् ।
सो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि घरमा इनर्जी मिटर नदिएका कारण एउटा ठूलो पावरको मिटर मार्फत धेरै घरमा बिजुली बाल्दा टान्समिटर नै जलेको हुनसक्ने उपभोक्ताको अनुमान छ ।

सो टान्र्समिटर बनाएर ल्याउन समय लाग्ने भएकाले अझै केही दिन कुर्नुपर्ने प्राधिकरणले जनाएको छ । उपभोक्ताले फिदिम विद्युत् सहकारीको बेवास्ताका कारण अन्धकारमा बस्न बाध्य हुनुपरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यता तीन दिनदेखि गएको बिजुली अहिलेसम्म पनि नआएका कारण फिदिम ७ र ८ रानिटारका १३ घरपरिबार अन्धकारमा रात बिताउनु परेको स्थानीयवासी राम बास्कोटाले बताउनुभयो । रासस

वित्तीय विस्तारका लागि बैंकिङ एक्स्पो

काठमाडौँ, १५ वैशाख । वित्तीय रुपमा पछि परेका समुदायलाई लक्षित गरी भृकुटीमण्डमा ‘बैंकिङ एक्स्पो–२०१७’ आजदेखि सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एक्स्पोको उद्घाटन गर्नुभयो । काठमाडौँ उपत्यकामा पनि बैंकिङ प्रणालीमा नआएका लाखाँै नागरिक रहेकाले एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको महत्वबारे गभर्नर डा नेपालले भन्नुभयो – “वित्तीय साक्षरता प्रदान गर्ने महत्वपूर्ण अभियान हो । यसलाई निरन्तर विस्तार गर्दै लैजानुपर्छ ।”

हिमालय बैंक कार्ड विभागका अधिकृत सूर्योदय प्रजापतिले बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका ‘स्किम’को जानकारी दिने उपयुक्त स्थल एक्स्पो भएको बताउनुभयो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सरकारले ल्याएका कार्यक्रम तथा धितोपत्र बोर्डअन्तर्गत हुने सबै पुँजी बजारका क्रियाकलाप, नेपाल राष्ट्र बैंकका गतिविधिबारे एक्स्पोमा जानकारी पाउन सकिनेछ ।
राष्ट्र बैंकबारे जानकारी दिन बस्नुभएकी अधिकृत निभा श्रेष्ठले एक्स्पोको प्रवद्र्धक केन्द्रीय बैंक भएको जानकारी दिनुभयो । एक्स्पोमा सरकारबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्था, बिमा समितिबाट इजाजत प्राप्त सबै बिमा कम्पनीको सहभागिता रहेको छ । नियमन निकाय एवम् सेवाप्रदायक र सेवाग्राही एकै छानामुनि ल्याउने काम भएको एक्स्पो संयोजक माधव निर्दोषको भनाइ थियो ।

तीन दिनसम्म चल्ने एक्स्पोमा ४५ वटा प्रदर्शनी कक्ष रहेका छन् भने पाँच लाख अवलोकनकर्ता आउने विश्वास लिइएको छ । एक्स्पोमा अवलोकन गरेर बाहिर निस्कँदै गरेका दिपेश दाहालले वित्तीय पहुँचमा नभएका नागरिक एवम् बैंक तथा वित्तीय संस्था, बिमा र पुँजी बजारबारे जानकारी लिन सकिने भएकाले महत्वपूर्ण कार्य भएको प्रतिक्रिया दिनुभयो ।

ग्लोबल आइएमई बैंकको कर्जा विभागमा काम गर्दै आएका धीरेन्द्र चन्दले आफ्ना स्किम तथा सेवाबारे प्रचार गर्ने उपयुक्त थलो एक्स्पो भएको बताउनुभयो । यस एक्स्पोमा प्रतिस्पर्धी संस्थाको सहभागी भएकाले एकले अर्काको प्रवद्र्धनात्मक तरिका थाहा पाउन सहज हुने विश्वास लिइएको छ ।

एक्स्पोपमा विप्रेषण तथा लघुवित्त संस्थाले पनि आफ्ना अभियानका विषयमा जानकारी दिनेछन् । “बैंक तथा वित्तीय संस्था एकीकृत रुपमा घरजग्गा, गाडीमा मात्र कर्जा प्रवाह गर्दारहेछन्, सेवामा बैंक तथा वित्तीय संस्थाको विविधता रहेनछ” – अवलोकनकर्ता दीपेशले भन्नुभयो ।

सेवाग्राहीको आकाङ्क्षाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवालाई विविधीकरण गरेका खण्डमा वित्तीय पहुँच विस्तार हुने र नयाँ सेवाग्राही थपिन्छन् भन्ने सेवाप्रदायकले विश्वास गर्नुपर्छ । रासस

Thursday, April 27, 2017

सडक दुर्घटनामा महिलाको मृत्यु

काठमाडाँै, १५ वैशाख । गएराति स्वयम्भू नजिक ठाडो भ¥याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ ।

लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार दुबै सवारीसाधन चालकको नाम खुल्न सकेको छैन । स्कुटी चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न दुवै साधन महानगरीय प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छ । रासस

नसर्ने रोग सम्बन्धमा पत्रकारलाई प्रशिक्षण

आज अपरान्ह सर्वदलीय बैठक

काठमाडौँ, १५ वैशाख । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सर्वदलीय बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस
–––––

भिरबाट खस्दा एकको मृत्यु

परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दो

दमकमा रु पाँच सयको नक्कली नोट भेटियो

दमक, १५ वैशाख । झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो ।

मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर्दा सक्कली झँै देखिने त्यस नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको बताउनुभयो ।

उहाँले कर बुझाउँदा मात्र त्यो नोट नक्कली भएको भन्दै फर्काइ दिएपछि थाहा पाएको बताउनुभयो । त्यस नोटलाई उहाँले सुरक्षित राख्नुभएको छ । दमकमा पाँचसय दरका नेपाली नक्कली नेपाली नोट भित्रिएको हुनसक्ने उहाँले आशङ्का गर्नुभयो ।

गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको ५०० घ २०– ४७६७९९ उल्लेख भएको नक्कली नोट सक्कलीको तुलनामा केही छोटो र पातलो भएको पाइएको छ । केहि दिन अघि मात्र पोखरालगायत सहरमा नक्कली नेपाली नोट भेटिएको र त्यसै गिरोहले पूर्वका बजारसम्म पनि त्यस्ता नोट भित्र्याएको हुनसक्ने अनुमान स्थानीयवासीको छ । रासस

वनमा हुने आगलागीमा कमी

काठमाडौँ, १५ वैशाख । वनमा हुने आगलागीका घटना गत वर्षको तुलनामा यस वर्ष कमी आएको छ । मानिसबाट हुने हेलचेक्र्याईं र गर्मीसँगै आउने हावाहुरीका कारण गत वर्ष धेरै ठाउँमा लागेको भएपनि यस वर्ष भने कमी आएको वन विभागले जनाएको छ ।

विभागका उपसचिव मोहनराज काफ्लेले यस वर्ष सिन्धुली, उदयपुर, अर्घाखाँची, तेह्रथुम, बाँके बर्दियालगायत जिल्लाका एकहजार पाँचसय हेक्टर वनमा आगलागी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष समयमा पानी परेका कारण वनमा आगलागीको घटनामा कमी आएको हो ।”

उपसचिव काफ्लेले गत वर्ष तीनलाख ५० हजार हेक्टर वनमा आगलागी भएको बताउनुभयो । आगलागी भएका वनमध्ये सामुदायिक र साझेदारी वन धेरै छन् । उहाँले यस वर्ष चैतको पहिलो हप्ता नै डढेलो नियन्त्रणसम्बन्धी सप्ताह मनाएको कारण पनि वनमा थोरै आगलागी भएको स्पष्ट पार्नुभयो ।

कुल आगलागी हुनेमध्ये ८३ प्रतिशत चैत र वैशाखमा हुने गरेको विभागले जनाएको छ । यो वर्ष वन आगलागीमा मानवीय क्षति भने भएको छैन । रासस

पैँचो पसलका अग्र्यानिक उत्पादन पोखरामा पनि

पोखरा, १६ वैशाख । गुल्मीको बलेटक्सारबाट लगभग दुई वर्षअघिदेखि स्थानीय उत्पादन बुटवलबजारमा ल्याएर सुरु गरिएको पैँचो पसल प्रालिले छोटो समयको अन्तरालमा पोखरामा पनि आफ्नो व्यापार विस्तार गर्ने भएको छ ।

‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रका साथ सुरु भएको पैँचो पसल प्रालिले आफ्नै उत्पादनसहित हाल मुलुकका प्रमुख सहर काठमाडौँ, नेपालगन्ज, भैरहवा र बुटवल हुँदै पर्यटकीय नगरी पोखरामा पनि बजारीकरण सुरु गरेको हो । विगतमा फलफूल एवम् गोरस बिक्री गरे पाप लाग्छ भन्ने सो क्षेत्रका कृषकको परम्परागत सोचलाई परिवर्तन गर्दै ग्रामीण उत्पादनलाई बजारीकरण गरी कृषकको आयआर्जनमा अभिवृद्धि गर्नाका साथै उच्च पहाडी भागमा उत्पादित वस्तुको स्वाद बजारका उपभोक्तालाई चखाउने ध्येयका साथ पैँचो पसल सुरु गरिएको प्रालिका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँघरमा छिमेकी बीचमा गर्जो टार्न सापट लिइने वस्तुलाई पैँचो भन्ने शब्दमार्पmत सुरु गरिएको उक्त अभियानमा हाल गुल्मीसहितका पाल्पा, अर्घाखाँची, रुकुम, रोल्पा, कालीकोट, जुम्लाका ५० हजार कृषक यस प्रालिमा आबद्ध भई प्रत्यक्षरुपमा लाभ लिइरहेका छन् ।

बढ्दो युवाको विदेसिने क्रमलाई रोक्दै स्वरोजगार अभिवृद्धि गर्ने सोचका साथ साढे दुई वर्षअघि ३३ जना युवाको पहलमा सुरु भएको सो प्रालिमा हालसम्म रु १५ करोडभन्दा बढी लगानी भइसकेको छ । “बजारमा गुणस्तरहीन एवम् अखाद्य वस्तुको बिगबिगी भइरहेको वर्तमान अवस्थामा पैँचो पसलले पहाडी क्षेत्रका कृषकले उत्पादन गरेका अर्गानिक कृषि उपजलाई प्राथमिकताका साथ बजारमा व्यवस्थापन गर्दै आएको छ,” उहाँले भन्नुभयो, “हाल कार्यक्रम सञ्चालन भएका जिल्लामा ५० वटा सङ्कलन केन्द्र रहेका छन् ।”

हाते प्रविधिमार्पmत अचार, चुक, दाललगायत विभिन्न खाद्य वस्तुको परीक्षणका रुपमा बुटवलबाट बिक्री सुरु गरेको पैँचो कार्यक्रमले गत वैशाख महिनादेखि अत्याधुनिक प्रशोधन कारखानामार्पmत २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै बजारमा ल्याएको प्रबन्ध निर्देशक न्यौपानेको भनाइ छ ।

पैँचो पसल प्रालिमा आठ प्रकारका अचार, विभिन्न प्रकारका जुस, फापरको पीठो, कोदोको पीठो, परम्परामा सीमित सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको आटो (च्याख्ला) जस्ता खाद्य वस्तु प्याकेजिङ गरी बजारमा ल्याएको बताउँदै उहाँले भन्नुभयो, “आगामी दिनमा बाग्लुङ, पर्वत र स्याङ्जा जिल्लाका किसानसँग परियोजना पु¥याउने लक्ष्य रहेको छ ।”

पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन कम हुन्छ भन्ने भ्रम पैँचो पसलसँग आबद्ध कृषकले तोडिदिएको बताउँदै प्रबन्धक न्यौपाने भन्नुभयो, “सम्पूर्ण उत्पादनको बजारीकरणको जिम्मेवारी प्रालिले लिएको कारण पहाडमा उत्पादन हुने तर खेर गइरहेका खाद्य वस्तु नै प्रशोधन केन्द्रका कच्चा पदार्थ हुन् ।”

उपभोक्ताको स्वास्थ्य र पौष्टिकतालाई समेत ध्यानमा राखेर विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डमा आधारित आइपिएम पद्धतिका तरकारी तथा फलफूल बिक्री गर्ने लक्ष्य रहेको प्रालिका सञ्चालक राजन पौडेल बताउनुहुन्छ ।

“पहाडी र उच्च पहाडी हावापानीमा उत्पादित स्वच्छ, स्वस्थ र अर्गानिक तरकारी फलफूललगायत विभिन्न खाद्य सामग्री पैँचो बजारमार्पmत उपभोक्तालाई उपलब्ध गराउँदै आइएको छ,” उहाँले भन्नुभयो, “पैँचो कार्यक्रमले विभिन्न प्रयोजनका लागि जेटिए, माटो विज्ञ र पशु विज्ञ यतिबेला पहाडी क्षेत्रमा उत्पादन वृद्धिका लागि कृषकको घरघरमा खटाएको छ ।”

तराईको जमिनमा अनेकौँ रासायनिक मल र कीटनाशक औषधि प्रयोग गरी उत्पादन भएका तरकारी र फलफूलभन्दा पैँचो बजारमा पाइने पहाडी क्षेत्रका उत्पादन रसिला, स्वच्छ र पौष्टिक एवम् विषादीरहित छन् भन्दै पौडेलले उत्पादन वृद्धिका लागि हाइब्रिड र इन्जेक्सन प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्ने पैँचोको अभियान भएको प्रस्ट पार्नुभयो ।

नेपाललाई नारामा कृषिप्रधान देश भनिए पनि उपयुक्त कृषि नीतिको अभावमा वर्षभरि मिहेनत गर्ने किसानले प्रतिफल पाउन नसक्नु तथा भण्डारको अभावमा उचित मूल्य नपाउनु र विचौलियाले बढी फाइदा लिने गरेको देखिएको छ भने ग्रामीण भेगमा कृषि पेसा अपनाइरहेका किसानलाई उपयुक्त मल, बीउ तथा कृषि औजारको उपलब्ध गराई कृषि उत्पादन गर्न अभिप्रेरित गर्ने उत्पादनलाई उचित मूल्य दिई बजारीकरण गर्दै पैँचो पसलले कार्य सम्पादन गर्दै आएको छ ।

नेपालमा विभिन्न कृषिजन्य उत्पादन बाहिरी मुलुकबाट आयात गर्ने क्रम अत्यधिक रहेको वास्तविकतामा पैँचो पसलले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारीकरणमा लाग्नु प्रत्येक नेपालीका लागि अनुकरणीय भएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताउनुभयो । “मुलुकको आर्थिक समृद्धि र विकासका लागि युवाबाट सुरु गरिएका यस्ता अभियानलाई राज्यले पनि प्रोत्साहन दिनु आवश्यक छ,” उहाँले भन्नुभयो । रासस

हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै

परम्परागत पेसा जोगाउन अधिकार माग्दै राजी समुदाय

एडिबी र नेपालबीचको साझेदारीका ५० वर्ष : एसियाको समृद्धिमा सहयोग

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts