Thursday, August 31, 2017

पार्टीहरु उम्मेदवारबारे अझैपनि मुख खोल्न मान्दैनन्

साङ्गभन्दा कम छैनन् अपाङ्गता भएका भेषराज

पथरी (मोरङ), १६ भदौ । घरमै लडेर घाइते भएपछि मोरङ राजघाट–५ नेगिटोलका ३३ वर्षीय भेषराज गौतम शारीरिक रुपमा अशक्त बन्नुभयो ।

उहाँको शरीरको आधा पाटो चल्दैन । शारीरिक रुपमा अशक्त बनेपछि उहाँको दिनचर्या घरमै बसेर बित्ने गरेको छ । ह्विल चियरको माध्यमबाट उहाँ सामान्य हिँड्डुल जेनतेन गर्नुहुन्छ ।

साउनमा अन्तिमतिर लगातार एकोहोरो पानी पर्दा जताततै पानी नै पानी भयो । बाढी आएर धेरैको धनजनको क्षति मात्र भएन विस्थापितसमेत बनायो ।

घर डुब्यो, बालीनाली नष्ट बनायो । यो पीडा देखेर घरमै बसेर आराम गरेका भेषराजको मनले मानेन । उहाँलाई आफू अशक्त भए पनि कसरी सहयोग गर्ने भनेर हुटहुटी जाग्यो र फेसबुकमा साथीभाइले खबर सोध्दा बाढीले उर्लाबारीमा पु¥याएको क्षतिबारे अष्ट्रेलियामा भएका साथीहरुलाई अवगत गराउनुभयो । लगत्तै साथीभाइले सहयोगको वचन दिँदै पीडितका लागि सहयोग रकम पठाउनुभयो ।

सोही अनुरुप सोमबार भेषराजको अगुवाइमा साथीभाइबाट उर्लाबारी—८ फाइबेली डाँडा र गाईघाटका पाँच÷पाँच घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । बाढीबाट पीडित भएका परिवारलाई चामल, भुसेचुलो, कुकर, त्रिपाल र विद्यार्थीका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको हो । हस्तान्तरण कार्यक्रममा राजघाट पूर्वगाविस अध्यक्ष चन्द्रकुमार थेवेले भेषराजको कामको प्रशंसा गर्नुभयो ।

भेषराज आफँै शारीरिक रुपमा अशक्त हुनुहुन्छ, तर उहाँले बाढीपीडितका लागि जुन कार्य गर्नुभएको छ उदाहरणीय छ । उहाँले पीडितलाई सतर्कता अपनाउन आग्रह गर्दै राहत सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।

राजकुमार योञ्जनले सञ्चालन गरेको उक्त कार्यक्रममा उर्लाबारी–९ का वडा सदस्य खड्गबहादुर कार्की, भेषराजका बुबा डम्बरप्रसाद गौतम, दाजु सोमनाथ गौतम, हरिकृष्ण गौतम, स्थानीयवासी इन्द्र श्रेष्ठ, वसन्त श्रेष्ठ, अमर श्रेष्ठ, इन्द्र कार्की, भवानी श्रेष्ठ, टेकबहादुर कार्की, जीवन बस्नेत, योगेश प्याकुरेल, खगेन्द्र न्यौपाने, कमल फ्याक लगायतको उपस्थिति रहेको थियो ।

भेषराजलाई अष्ट्रेलियामा रहेका सागर थापा, दुबी तमु, साजन श्रेष्ठ, रेश्मा निरौला, सुवास साह, अमृत घिसिङ, ईश्वर पोखरेल, विकास अधिकारी, रमेश शाह, शरद हमाल र रजत खड्काले सहयोग पठाउनुभएको थियो । रासस

डोल्पामा एक संघ र दुई प्रदेश निर्वाचन क्षेत्र

दुनै (डोल्पा), १६ भदौ । दुर्गम जिल्ला डोल्पामा एक संघ र दुई प्रदेश हुने गरी निर्वाचन क्षेत्र निर्धारण भएको छ ।

निर्वाचन आयोगले निर्धारण गरेको प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नं १ मा डोल्पो बुद्ध गापा, छार्काताङसोङ गापा, काइके गापा र ठूलीभेरी नपा समेटिएको छ भने क्षेत्र नं २ मा त्रिपुरा सुन्दरी नपा, शे–फोक्सुण्डो गापा, मुड्केचुला गापा र जगदुल्ला गापा समेटिएका छ ।

यहाँका आठवटा स्थानीय तहमध्ये दुईवटै प्रदेश निर्वाचन क्षेत्रमा चार–चारवटा पर्ने गरी सीमाङ्कन भएको छ । उपल्लो डोल्पाअन्तर्गत क्षेत्र नं २ मा पर्ने शे–फोक्सुण्डो गापालाई तल्लो डोल्पाअन्तर्गत क्षेत्र नं २ मा समेटेर बराबर गरिएको हो । रासस
–––––

बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

पहिरो र रूख हटाई यातायात सञ्चालन

हेटौँडा, १६ भदौ । त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान ७ः३० बजे पहिरोसहित ठूलो रूख ढल्नाले बाटो अवरुद्ध हुँदा तत्कालै सिमभञ्ज्याङबाट आएको डोजरले पहिरो र रूख हटाई आज बिहान ८ बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो पहिरो हटाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिमभञ्ज्याङमा रहेका प्राविधिक र डोजर त्यसतर्फ पठाई तत्काल यातायात सञ्चालनमा ल्याउन सक्रिय रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभएको छ ।

यसैगरी, चितवनको मुग्लिन सडक दुवैतर्फ अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आएका सवारीसाधन अहिले नियमित हेटौँडा हुँदै त्रिभुवन राजपथबाट काठमाडौँतर्फ आवतजावत गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभएको छ । रासस
––––––––

बन्द पासाङल्हामु राजमार्ग खुलाउने प्रयास शुरु

रसुवा, १६ भदौ । वर्षाका कारण गएराति पहिरो जाँदा अवरुद्ध पासाङ ल्हामु राजमार्ग खुलाउने प्रयास शुरु भएको छ ।

प्रजिअ हिरादेवी पौडेलका अनुसार कालिका गाउँपालिका–१ मूलखर्कमा बन्द भएको राजमार्ग यथासक्य छिटो खुलाउन डोजर परिचालन गरिसकेको छ ।

राजमार्ग आज दिनभरिमा खुलाउने लक्ष्य लिइएकाले गन्तव्यसम्म पुग्ने कुनै पनि सवारीसाधन हल्लाको भरमा नरोक्न सबै यातायात व्यवसायीलाई आग्रह गरिएको रसुवा हेर्ने डिभिजन सडक कार्यलय, नुवाकोटले जानकारी दिएको छ । रासस

कन्या गुरुकूल तथा आश्रम निर्माण गर्न महायज्ञ

काठमाडौँ, १६ भदौ । दिव्यपथ महिला सरोकार समाज, झापाले झापाको शिवसताक्षी नगरपालिका–१०, माईधारमा एक कन्या गुरुकूल योग साधना हल र निराश्रित महिला तथा अनाथ बालआश्रम निर्माण गर्ने उद्देश्यले काठमाडौँको पशुपति क्षेत्रमा श्रीमद्भागवत सप्ताह महायज्ञ आयोजना गरेको छ ।

गत भदौ १० गते शुरु भई १७ गते समापन हुने सो महायज्ञमा प्राप्त हुने सहयोग रकमबाट झापाको माईधारमा आश्रम बनाउन जग्गा खरिद गरिने समाजले जनाएको छ ।

समाजका अध्यक्ष तथा झापाका प्रख्यात पुराण वाचिका वृन्दा बराल (निरौला) प्रमुख वाचक तथा पं छविरमण निरौला उपवाचक रहनुभएको सो कार्यक्रममा सो कन्या गुरुकूलका लागि सहयोग जुटिरहेको पुराण आयोजक मूल समारोह समितिले जनाएको छ ।

महिला नै प्रमुख वाचिका रहनुभएको सो पुराणमा महिला भक्तजनको पनि निकै ठूलो उपस्थिति हुने गरेको छ भने बिहीबार भएको कार्यक्रममा श्रीकृष्ण र रुक्मिणी विवाहको नाटकीय झलकको प्रस्तुति पनि गरिएको थियो । रासस

पर्व सुधार गर्ने भन्दै गोरखामा दशैँ मनाइयो

गोरखा, १६ भदौ । पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन् ।

विद्यालय तथा गाउँमा सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको हो । यहाँका खासगरी व्राम्हण, नेवार तथा अन्य जातिहरुले पनि २०६९ सालदेखि नियमित बर्षेनी दशैँ आउनुभन्दा करिब एक महिना पहिला नै दशैँको टीका लगाउँदै आएका छन् ।

विभिन्न कारणले तिथिहरु एक महिना अघि सरेको भन्दै पर्व सुधार गर्न भनी यहाँ अभियान चल्दै आएको छ । छोप्राकको सर्वोदय निमावि, जनज्योति निमावि, धर्मावती मावि, मण्डली मावि, भद्रशीला प्रावि, चित्रेपोखरी मावि, गाँखुको नाम्रुकदेवी निमावि, सदरमुकामको बालमन्दिर माविका विद्यार्थी, शिक्षक र अभिभावक सामूहिक रुपमा टीका, जमरा लगाएर हर्षोल्लासका साथ विजयादशमी मनाइएको सर्वोदय निमाविका प्रधानाध्यापक कालिकाप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सर्वोदयका संस्थापक प्रधानाध्यापक ऋषि पोखरेलले शिक्षक, विद्यार्थी र अभिभावकलाई टीका, जमरा लगाइदिनुभयो । शिक्षक भरतराज पोखरेलले दशैँ आउनु एक महिनाअघि नै दशैँ मनाउनुपर्नाका कारणबारे विद्यार्थीलाई जानकारी दिनुभयो । दशैँको टीका लगाएपछि शिक्षक, विद्यार्थी, अभिभावक तथा गाउँलेले सामूहिक रुपमा भोज खाएका छन् । कुखुराको मासु र चिउरा तथा मिठाई वितरण गरिएको थियो ।

प्रअ पोखरेलका अनुसार बिहीबार छोप्राकका अधिकांश विद्यालयमा पठनपाठन भएन । विजयादशमी मनाउने काम सकिएपछि विद्यार्थीलाई छुट्टी दिइएको थियो । यस्तै, छोप्राक मैदानको नेवार गुठीका ६५ घरधुरी, फौदरगाउँ, मरहट्टा गाउँ, उदिनढुङ्गा, गाँखु गाउँलगायत गाउँका बासिन्दाले पनि सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाएको पोखरेलको भनाइ छ ।

उनीहरुले भदौ ६ गते घटस्थापना भन्दै सामूहिक रुपमा जमरा राखेका थिए । पर्व सुधार अभियानलाई छोप्राकका इञ्जिनियर हरिनारायण मल्लले सहयोग गर्दै आएका छन् । टीका, जमरा राख्नदेखि भोजभतेर गर्न अर्थ सहयोग आउने गरेको छ ।

हिन्दू धर्मावलम्बीले मान्ने दशैँ आउन ठीक एक महिना बाँकी छ । त्यो दशैँ पनि उनीहरुले मनाउँछन् । पर्व सुधार भएको दबाब दिन बर्षेनी टीका, जमरा लगाएरै दशैँ मनाउने चलन रहेको छ । रासस

दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर

दमक, १६ भदौ । झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको सरस्वती माविमा अध्ययनरत दृष्टिविहीनका लागि एक थान कम्प्युटर र छडी प्रदान गरिएको संस्थाका अध्यक्ष रवि केसीले जानकारी दिनुभयो । संस्थाले दृष्टिविहीनको क्षमता अभिवृद्धि गर्न ती शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष केसी बताउनुहुन्छ । संस्थाको आठौँ वार्षिक साधारणसभाका अवसर पारेर बिहीबार ती सामग्री हस्तान्तरण गरिएको थियो ।

यसैबीच, संस्थाले गत आर्थिक वर्ष २०७३÷७४ मा कुल निक्षेपतर्फ तीन अर्ब ८७ करोड ७६ लाख दुई हजार रहेको जनाएको छ । सोही वर्ष संस्थाले रु ७३ करोड ६४ लाख १३ हजार १९७ ऋण लगानी र रु ६४ करोड ८० लाख १६ हजार ९९४ असुली गरिएको जनाएको छ ।

यस्तै, संस्थाले गएको वर्ष मात्र विभिन्न करमार्फत सरकारलाई कुल रु ४७ लाख ४६ हजार ४८७ बुझाएको पनि प्रतिवेदनमा जनाइएको छ । रासस

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन : प्रधानमन्त्री

भीमदत्तनगर, १६ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ ।

आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलसित सल्लाह भइरहेको बताउनुभयो ।

“सबै पार्टीहरुसित सल्लाह भएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रदेश नं २ मा पनि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ ।” निर्वाचनहरु सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै संघीय गणतन्त्र संस्थागत हुने उहाँको भनाइ थियो ।

आफ्नो भारत भ्रमण सफल रहेको बताउँदै उहाँले पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताउनुभयो ।

“भारत भ्रमण सफल रह्यो”, देउवाले भन्नुभयो, “सुदूरपश्चिमको विकासका लागि पनि भारतीय पक्षसित सहमति भएका छन् ।”

बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर आईपुग्नुभएका प्रधानमन्त्री देउवा आजै राजधानी फर्कने कार्यक्रम रहेको छ । रासस

Wednesday, August 30, 2017

भरुवा बन्दुकसहित युवक पक्राउ

तेह्रथुम, १४ भदौ । तेह्रथुममा अवैधरुपमा भरुवा बन्दुक बोकेर हिडिरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले छथर गाउँपालिका–५ का ३२ वर्षीय देवेन्द्र नेपालीलाई आज अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सुराकीका आधारमा नेपालीलाई ओख्रेबाट भरुवा बन्दुकसहित पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर ढकालले बताउनुभयो । नेपालीलाई इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान गरी कसुर ठहर भए हात हतियार तथा खरखजाना ऐनबमोजिम कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । रासस

जनप्रतिनिधिलाई सम्मान

सिंहदरबारको मूल भवनमा टेको लगाउन शुरु

सार्वजनिक लाभ लिएका व्यक्तिहरुबाटै भ्रष्टाचार ः सभापति उपाध्याय

सिन्धुपाल्चोकका २५० जना काँग्रेस एमालेमा प्रवेश

काठमाडौँ, १४ भदौ । सिन्धुपाल्चोक जिल्लाका नेपाली कांग्रेसका युवा नेता दोर्जे लामासहित दुईसय पचासजना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामासँगै जिल्लाका तत्कालीन तातोपानी गाविसमा दुई पटक अध्यक्ष जितेका अमृत खड्का, कांग्रेसका क्षेत्रीय सदस्य विष्णु श्रेष्ठसहित २५० भन्दा बढी नेपाली कांग्रेस कार्यकर्ता आज एमाले प्रवेश गरेका हुन् ।
पार्टीका उपाध्यक्ष वामदेव गौतमले टीका र माला लगाएर औपचारिकरुपमा पार्टीमा प्रवेश गराउँदै एमालले उचित जिम्मेवारी दिने र एमालेमा आउँदा कुनै पनि पश्चाताप गर्न पर्ने तरिकाले काम गर्ने बताउनुभयो ।
सो अवसरमा उपाध्यक्ष गौतम, सचिव योगेश भट्टराई, एमाले नेताहरू अमृत बोहरा, शेरबहादुर तामाङलगायतले उनीहरुलाई स्वागत गर्नुभएको थियो । रासस

खुल्ला खोरबाट चार बाह्रसिंगे हराए

चितवन, १४ भदौ । चितवन राष्ट्रिय निकुञ्जको पदमपुरमा खुल्ला खोरभित्र राखिएका चारवटा बाह्रसिंगे हराएका छन् ।
साउनको अन्तिम साता चुरेबाट झरेको बाढीले खोरको दक्षिणपट्टिको तारबार ढालेपछि त्यहीबाट बाह्रसिंगे भागेको अनुमान गरिएको छ । बाढीले करिब २० मिटर तारबार ढालेको थियो ।
बाह्रसिंगे र अर्नाका लागि पानी खुवाउन पोखरी बनाएको डिलमा तारबार रहेको थियो । चुरेबाट झरेको पानी पोखरीमा थपिएपछि भेल बनेर तारबार ढालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । ढलेको तारबार नाघेर बाह्रसिंगे भागेको अनुमान गरिएको छ भने अर्नाले भने तारबार नाघ्न नसकेकाले बाहिरिन नपाएको बताइएको छ ।
उहाँका अनुसार दिनहुँ जसो हात्ती प्रयोग गरेर बाह्रसिंगेको खोजी गर्ने कार्य भइरहेको छ ।
शुक्लाफाँटाबाट ल्याएर चितवन निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राखिएका साता वटा बाह्रसिंगे मध्ये तीनवटा यसअघि नै मरेका थिए । बाढी आउनुअघि तीन पोथी र एक भाले बाह्रसिंगे जीवित थिए ।
गत वैशाख १३ गतेदेखि बाह्रसिंगे स्थानान्तरणको काम सुरु गरिए पनि सातवटा ल्याइएपछि काम रोकिएको थियो । बाघ, चितुव र अन्य माँसाहारी जनावर सुरक्षित गर्न लागि वार बाधेर ठूलो क्षेत्रफलमा राखिएको थियो । हाल नेपालमा बाह्रसिंगे शुक्लाफाँटामा दुई हजार २०० र बर्दिया राष्ट्रिय निकुञ्जमा १०० को हाराहारीमा रहेका छन् । रासस

बाढीले बगर बनाएको सौराहालाई पुनर्जीवन दिने प्रयास

‘खुला सरकार साझेदारी’ को सदस्य बन्न सुझाव

धुलिखेल, १४ भदौ । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले समितिका सबै सदस्य र त्यससँग सम्बन्धित विज्ञबीच छलफल चलाएर छिट्टै खुला सरकार साझेदारीको सदस्य बन्ने या नबन्ने विषयमा टुंगो लगाउने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा समितिको आयोजना र संसद् सहयोग परियोजना राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा सम्पन्न ‘खुला सरकार साझेदारी’ विषयको अन्तक्र्रिया कार्यक्रममा सभापति राठौरले सरकारले जनताको भलाइका लागि नै काम गर्ने भएकाले ‘खुला सरकार साझेदारी’ को सदस्य बन्न आवश्यक रहेको बताउनुभयो । “सदस्य बन्ने या नबन्ने भन्ने विषयमा पुनः समितिका सबै सदस्य र त्यससँग सम्बन्धित विज्ञसँगको छलफलबाट टुंगो लगाउने छौँ,” उहाँले भन्नुभयो – “यसलाई छिट्टै टुंगोमा पु¥याउन आवश्यक छ ।”

उहाँले यो विषयमा निर्वाचन अगाडि नै छलफल हुनुपर्ने भए पनि निर्वाचनकै कारण ढिला भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले खुला सरकार साझेदारीको सदस्य बेलैमा नलिए पछि पर्ने बताउनुभयो । “अब छिट्टै त्यसको सदस्य संख्या १०० मा पुग्दैछ भन्ने कुरा छ । त्यसभन्दा पछाडि सदस्य बन्न आउने राष्ट्रको सबै पक्ष बुझेर मात्रै सदस्यता प्रदान गर्ने भएकाले १०० भित्र नै पर्ने गरी सदस्यता लिन अहिलेदेखि नै आवश्यक प्रक्रिया थालनी गर्न आवश्यक छ”– उहाँले भन्नुभयो ।

शासन प्रणालीलाई सुधार गर्ने काम भएकाले बेलैमा सदस्यता लिने या नलिने भन्ने विषयमा टुंगो लगाउनुपर्ने उहाँको धारणा थियो । सो अवसरमा बाँस्कोटाले नेपालमा खुला सरकार साझेदारीको प्रगति र सांसदको भूमिकासम्बन्धी पत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै वरिष्ठ पत्रकार तथा नागरिक समाज अगुवा तारानाथ दाहालले ‘खुला सरकार साझेदारी’ शासन व्यवस्थालाई राम्रो बनाउने विषय भएकाले सदस्य बन्ने या नबन्ने भनेको विश्व मञ्चमा सहभागी हुने कि नहुने भन्ने हो भन्नुभयो । दाहालले भन्नुभयो, “संसारकै प्रजातान्त्रिक मान्यतालाई सिक्ने र सिकाउने राम्रो मञ्चमा हामी जाऔँ ।” राम्रो सरकार बनाउन ‘खुला सरकार साझेदारी’ले सहयोग गर्ने विचार पनि उहाँले प्रकट गर्नुभयो ।

सो अवसरमा दाहालले नागरिक समाजको दृटिकोणबाट खुला सरकार साझेदारीसम्बन्धी पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सांसद, सरोकारवाला, नागरिक समाजका प्रतिनिधिलगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । ‘खुला सरकार साझेदारी’ राम्रो सरकार र असल शासन तयार गर्ने एउटा नयाँ विश्व संगठन हो । रासस

चारुमती बुद्धिष्ट नेपालद्वारा राहत वितरण

इटहरी, १४ भदौ । चारुमती बुद्धिष्ट मिसन नेपाल र चारुमती बुद्ध विहारको सक्रियतामा आज इटहरी उपमहानगरपालिकाका विभिन्न वडाका बाढीपीडित र विस्थापित १०० परिवारलाई राहत सामग्री वितरण गरियो ।

चारुमती बृद्धिष्ट मिसनका संस्थापक अध्यक्ष भिक्षु तपश्वी धम्म, अन्य भिक्षु र इटहरीका स्थानीय तामाङ समुदायका अगुवाको सक्रियतामा बाढी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा भाँडावर्तनलगायतका आधारभूत सामग्री वितरण गरिएको कल्पना सिङ्घक र डम्बर तामाङले जानकारी दिनुभयो ।

विशेषगरी इटहरीको बूढीगंगा नदीको दायाँबायाँ बसोबास गर्दै आएका बाढीपीडित तथा विस्थापितलाई इटहरी उपमहानगर र स्थानीय प्रशासनसमेतको आग्रहमा आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको हो । रासस

नेपाल इञ्जिनियरिङ कलेज निजीकरण हुन नदिन विद्यार्थीद्वारा धर्ना

भक्तपुर, १४ भदौ । चाँगुनारायण नगरपालिकास्थित नेपाल इञ्जिनियरिङ कलेज निजीकरणको विरोधमा त्यहाँ अध्ययनरत विद्यार्थीले आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिएका छन् ।

संस्था ऐन, २०३४ को दफा ४ बमोजिम विसं २०६० भदौ ४ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा गैरनाफामूलक सामाजिक संस्थाका रुपमा दर्ता भएको यो कलेजलाई निजीकरण हुनबाट जोगाउन माग गर्दै विद्यार्थी धर्नामा बसेका हुन् । विद्यार्थी आन्दोलित भएसँगै गत सातादेखि पढाइसमेत अवरुद्ध भएको छ ।

भक्तपुर जिप्रका मै दर्ता भई स्थापनादेखि नै गैरनाफामूलक संस्थाका रूपमा सञ्चालन हुँदै आएको कलेजलाई निजीकरण हुनबाट रोकी गैरनाफामूलक संस्थाकै रूपमा सञ्चालन गर्न प्रजिअ द्रोण पोखरेलको ध्यानाकर्षण गराउन सयौँ विद्यार्थीले धर्ना दिएका हुन् ।

कलेजमा अध्ययनरत करिब दुई हजार विद्यार्थीले कलेज सञ्चालकले निजीकरण गरेर आफूहरुको भविष्य अन्योल बनाउन खोजेको भन्दै आफूहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न माग गरेका छन् ।

विद्यार्थी आद्रता रेग्मीले दुई हजारभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम नरोकिए आन्दोलनलाई अझै सशक्त बनाइने बताउनुभयो । अर्का विद्यार्थी नवराज त्रिपाठीले सामाजिक संस्थाका रुपमा रहेको कलेजले निजीकरण गर्न कै लागि अत्यधिक शुल्क बढाएर नाफा बाँडफाँड गरेको भन्दै सञ्चालकलाई कारबाहीको माग गर्नुभयो ।

यो कलेजमा पोखरा विश्वविद्यालयको सम्बन्धनमा इञ्जिनियरिङतर्फ स्नातकोत्तर तहसम्मको पढाइ हुँदै आएको छ ।

यसैबीच, कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेले गएको वैशाख २५ गते कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौँबाट नेपाल इञ्जिनियरिङ कलेजकै नाउँमा प्राइभेट कम्पनी दर्ता गरेका छन् । अध्यक्ष न्यौपानेले सामाजिक संस्थाका रुपमा दर्ता भएको उक्त कलेजको सम्पत्ति कम्पनीका सञ्चालकलाई बाँड्ने निर्णयसमेत गरेका छन् जसअनुसार केही सदस्यले उक्त सम्पत्ति बराबरको रकम बुझिसकेको बताइएको छ ।

कलेजले रु तीन लाख ९० हजारमा इञ्जिनियरिङको स्नातक अध्ययन अध्यापन गराउँदै आएकामा शुल्क बढाउँदै हाल रु १३ लाख पु¥याएको छ । यो शुल्क निजी इञ्जिनियरिङ कलेजले लिने शुल्कको हाराहारीमा पर्ने विद्यार्थीहरु बताउँछन् ।

गैरनाफामूलक संस्था भएकै कारण चाँगुनारायण नगरपालिका (तत्कालीन दुवाकोट र चाँगुनारायण गाविस) ले १७४ रोपनी सार्वजनिक जग्गा कलेजलाई उपलब्ध गराएको थियो । त्यसबापत कलेजले दुवाकोट, चाँगुनारायण र झौखेलका एक÷एक जनालाई पूर्ण र दुई÷दुई जनालाई ५० प्रतिशत छात्रवृत्तिमा स्नातक तहमा इञ्जिनियरिङ अध्ययनको व्यवस्था गर्दै आएको थियो । तर हाल ५० प्रतिशत छात्रवृत्ति कटौती गरेको चाँगुनारायण नगरपालिका वडा नं २ का वडाध्यक्ष शिवहरि केसीले बताउनुभयो ।

यसैबीच, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले इन्जिनियरिङ कलेजलाई कुनै पनि हालतमा निजीकरण हुन नदिइने बताउनुभएको छ । आन्दोलित विद्यार्थीका ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो, “कलेजलाई निजीकरण गर्ने समूहविरुद्ध नगरपालिका लाग्ने छ । कुनै हालतमा निजीकरण हुने दिइने छैन ।”

इञ्जिनियरिङ कलेजको निजीकरणविरुद्ध स्थानीयवासी र राजनीतिक दलसमेत आन्दोलनमा उत्रिएका छन् । दुवाकोट, झौखेल, चाँगुनारायणका स्थानीय बासिन्दाले विद्यार्थीसँगै कलेजमा धर्ना दिन थालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इञ्जिनियरिङ कलेजको निजीकरण एवं भ्रष्टाचारबारे अनुसन्धान शुरु गरेको छ । आयोगले कलेजका कागजपत्र झिकाएर अनुसन्धान सुरु गरेको जनाइएको छ । रासस

छोराको कुटाइबाट आमाको मृत्यु

चितवन, १४ भदौ । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्र्र्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस

डिलासैनी गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा

बैतडी, १४ भदौ । डिलासैनी गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मदिराले समाजमा विकृृति बढेको भन्दै महिला, बालबालिकालगायत विभिन्न सरोकारवालाले आवाज उठाएपछि गाउँपालिकालाई मदिरा निशेषेधित क्षेत्र घोषणा गरिएको स्थानीय सम्भु भट्टले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष ओकेन्द्र्र बोहराको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका सबै वडामा मदिरा बेचबिखन र सेवन गर्न नदिने निर्णय गरेको छ । गाउँपालिकाभित्र अनुमति पत्र लिएर सञ्चालनमा ल्याएका मदिरा पसलसमेत असोज महिनाभित्रमा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिसकेपछि अब गाउँपालिका मदिरा बेचबिखन गर्न, सेवन गर्न र ओसारपसार गर्न पाइने छैन । मदिरा बेचबिखन, सेवन तथा ओसारपसार गरेको पाइएमा कारबाही गरिने अध्यक्ष बोहराले बताउनुभयो । रासस

देशभरका देवालय र शिवालयमा जल अभिषेक गरिने

काठमाडौँ, १४ भदौ । राष्ट्रिय एकता अभियानले हिन्दू धर्मको रक्षाका लागि यही भदौ २० गतेदेखि आगामी असोज २५ गतेसम्म देशभरका प्राचीन महत्वका देवालय र शिवालयमा जल अभिषेक गर्ने भएको छ ।

नेपालका विभिन्न तीर्थस्थल तथा भारतका हरिद्धार, गंगाजमुना, सरस्वती, नर्मदा, कावेरी, चारधामलगायतका पवित्र नदी तथा तीर्थस्थलबाट ल्याइने जल ती मन्दिरमा चढाइने अभियानका संयोजक हरिबोल भट्टराईले जनकारी दिनुभयो ।

अभियानअन्तर्गत करिब एक महिनाको अवधिमा सम्बद्ध अभियन्ताले देशका ७५ जिल्ला सदरमुकाम पुगेर जल चढाउने छन् ।

मुलुकमा वैदिक सनातन मौलिक मूल्य मान्यता, पूर्वीय दर्शन, हिन्दूत्व र संस्कृतिको संरक्षणका साथै नेपाललाई सनतान हिन्दू राष्ट्रका रुपमा पुनःस्थापित गरी समाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम हुने र दिगो शान्ति तथा समृद्धि प्राप्त हुने उहाँले बताउनुभयो ।

विश्वको एक मात्र हिन्दू राष्ट्रका रुपमा रहेको नेपालमा अहिले विदेशी प्रभावबाट धर्ममाथि भइरहेको अतिक्रमणलाई अविलम्ब रोकेर यहाँ बसोवास गर्ने सबै जाति र समुदायका संस्कृतिसमेत संरक्षण गर्नुपर्ने अवस्था आइपरेको संयोजक भट्टराईले जानकारी दिनुभयो । रासस

ढल व्यवस्थापनका लागि निःशुल्क जग्गा

सोलुखुम्बु, १४ भदौ । ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष आङ दामी शेर्पाले सदरमुकामको ढल व्यवस्थापनका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ ।

सल्लेरी बजारको तिनकुनेदेखि राष्ट्रिय वाणिज्य बैंकसम्मको बजारमा ढल व्यवस्थापन गर्नका लागि शेर्पाले करिब रु पाँच लाख मूल्य बराबरको जग्गा सल्लेरी फोहोर व्यवस्थापन समितिको नाममा रजिष्ट्रेसन पास गर्नुभएको छ ।

सो क्षेत्रमा घर भएका धेरैको सेफ्टी ट्यांकी बनाउने जग्गा नभएको र शौचालयको फोहोर बजारभन्दा तलतिरको खोल्सामा फाल्ने गरेका कारण ढल व्यवस्थापन गर्न बजार छेउको जग्गा निःशुल्क उपलब्ध गराएको शेर्पाले बताउनुभयो ।

यसअघि सोलु दूधकुण्ड नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यमा सोही क्षेत्रको ढल व्यवस्थापन मुख्य चुनौती बन्दै आएको थियो । जग्गा उपलब्ध भएपछि बजारको मुख्य क्षेत्रको ढल व्यवस्थापन समस्या तत्कालका लागि हट्ने देखिएको छ । रासस

दूध उत्पादनमा वृद्धि

प्रदेश नं २ मतदान केन्द्र निर्धारण

काठमाडौँ, १४ भदौ । निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी २० स्थानीय तह सर्लाहीमा कायम गरिएको छ भने सप्तरी, धनुषा र रौतहटमा १८–१८ रहेका छन् । सिरहामा १७, बारा १६, महोत्तरी १५ र पर्सा जिल्लामा १८ वटा स्थानीय तहको सङ्ख्या कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदातालाई मतदान गर्ने अधिकार रहेको छ । उक्त निर्वाचनका लागि स्वयंसेवकसहित ३१ हजारभन्दा बढी कर्मचारी खटिने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कूल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछ । रासस

उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव

सत्ताइस लाख राजश्व संकलन

पोखरा, १४ भदौ । जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आर्थिक वर्ष २०७४÷७५ को साउन महिनामा सवारी नियम उल्लङ्घन र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरी रु २७ लाख ७४ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक शिवबहादुर थापाका अनुसार सो अवधिमा मोटरसाइकल, कार–जिप–बस र अन्य गरी तीन हजार ७५० सवारीसाधनका चालक कारबाहीमा परेका थिए ।

सो अवधिमा सवारीसाधन दुर्घटनामा कमी आएको उहाँले बताउनुभयो । साउनमा नौवटा सवारीसाधन दुर्घटना भएकामा चार जनाको मृत्यु भएको थियो । रासस

काभ्रेपलाञ्चोकमा ऊन उत्पादन न्यून

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा

Tuesday, August 29, 2017

करेन्ट लागेर मृत्यु

जुम्ला, १३ भदौ । तातोपानी गाउँपालिका–१ राँकामा करेन्ट लागेर आज अपराह्न स्थानीयवासी पदमबहादुर कठायतको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका–७ मा आफ्नै घर निर्माणका क्रममा बत्तीको मोटर खोल्न लाग्दा करेन्ट लागेर कठायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

कागेश्वरी मेला सम्पन्नः एक हजार किलो फलामको काग बन्ने

काठमाडौँ, १३ भदौ । कागेश्वरी मनहरा नगरपालिकाको गागलफेदी–१मा आज कागेश्वरी महादेव मन्दिरमा ‘कागेश्वरी मेला’ लागेको छ ।

मेलामा विभिन्न जिल्लाका हजारौँ तीर्थयात्रुको सहभागिता थियो । मेलामा हिन्दू र बौद्ध दुवै सम्मिलित थिए । थुप्र्रै झाँक्रीहरु ढ्याङ्ग्रो ठोक्दै सहभागी भएका थिए । स्वस्थानी व्रतकथामा सतीदेवीको अंग पतन भएको ठाउँमा महादेव मन्दिर रहेकाले महादेवको सो ३४औँ ज्योतिर्लिङ्ग पनि भनिने किंवदन्तीमा उल्लेख छ ।

गोसाइँकुण्ड तीर्थ गरेका तीर्थालुले ल्याएको जल र मकै आजै कागेश्वरी मेलामा चढाउने प्रचलन छ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा रहेको कागेश्वरी महादेवको मन्दिरमा पूजाआजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ ।

सांसद विकास कोषबाट सांसद रामेश्वर फुयाँलले रु पाँच लाख र नेपाल सरकारले रु पाँच लाख सहयोग दिएर ‘काग स्तम्भ’ बनाइँदैछ । स्थानीय जनताबाट सङ्कलित कवाड सामानबाट एक हजार किलो काग बनाइने छ । सांसद फुयाँलले लोकतान्त्रिक शहीद उद्यान गागलमा स्थानीय बासिन्दाको कवाडी धातुबाट एक हजार किलोको काग बनाइने बताउनुभयो । सांसद फुयाँलले भाद्रशुक्ल अष्टमीका दिन सधैँ मेला लाग्ने सो ठाउँमा मेला स्थललाई पशुपति अन्तर्राष्ट्रिय परिपथ बनाइने जानकारी दिनुभयो ।
धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण सो मन्दिरको संरक्षणका लागि कागेश्वरी धाम निर्माणको प्रस्तावसहित पर्यटन विकासको अभियान शुरु गरिएको छ । समग्र कागेश्वरीको एकीकृत गुरुयोजना निर्माण गरी यसलाई विकास गर्ने र पर्यटनमार्फत स्थानीय जनताको आर्थिक क्षमताको विकास गर्ने लक्ष्य लिइएको बताइए

मेलमिलापमै टुङ्गिन्छन् घरेलु हिंसाका मुद्दाहरु

शौचालय सफा गर्दागर्दै मृत्यु

कञ्चनपुर, १३ भदौ । शुक्लाफाँटा नगरपालिका–१० खल्ला बस्तीका अन्दाजी ३० वर्षीय करन रानाको शौचालय सफा गर्दागर्दै अचानक ढलेर आज मृत्यु भएको छ ।

स्थानीयवासी करन पार्कीको घरमा रहेको शौचालय सफा गर्ने क्रममा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो । प्रत्यक्षदर्शीका अनुसार शौचालय सफा गर्ने क्रममा राना एक्कासि कामी ढलेका थिए । शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । रासस

खेलकुदबाट समृद्धिको खोजी

कैलाली, १३ भदौ । युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु चिनाउन र समृद्धिशाली बनाउन सकिन्छ भन्नेम सरकार चिन्तित रहेको बताउनुभएको छ ।
कैलालीको धनगढीमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पाँचाँै केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहका क्रममा मन्त्री केसीले उहाँले नेपालजस्तो मुलुकले खेलकुदको विकासका लागि छुट्टै खेलकुद मन्त्रालय बनाउनु भनेको ठूलो विषय हो भन्नुभयो ।
कार्यक्रममा राखेपका सदस्यसचिव केशवकुमार विष्टले खेलाडीको क्षमता र योग्यता अभिवृद्धि गर्नका निम्ति विभिन्न खालका ज्ञान तथा सीप दिलाउनका निम्ति विशेष ध्यान दिइने बताउनुभयो । महाधिवेशनमा देशभरका १३२ प्रतिनिधि सहभागी छन् । रासस

शब्दयात्रा सम्मान चार जनालाई

काभ्रे, १३ भदौ । शब्दयात्रा प्रकाशन काभ्रेपलाञ्चोकले फरक विधाका चार व्यक्तिलाई आज सम्मान गरेको छ ।
बनेपामा आज आयोजित कार्यक्रममा यस वर्षको शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान रेडियो नेपालका आध्यात्मिक कार्यक्रम सञ्चालक पुरुषोत्तम सापकोटा, नेपालभूमि स्तम्भकार सम्मान प्रेम कैदी शब्दयात्रा फोटो पत्रकारिता सम्मान वसन्तकुमार चित्रकार र शब्दयात्रा साहित्यिक पत्रिका सम्मान रामप्रसाद पन्तलाई दिइएको छ ।

त्यसैगरी शब्दयात्रा प्रकाशनको स्थापनादेखि अहिलेसम्म कलम चलाउँदै आएका क्रियाशील पत्रकार ‘गोरखापत्र’का काभ्रे संवाददाता मधुसूदन तिमल्सिना र ‘नयाँ पत्रिका’का संवाददाता राजकुमार गोलेलाई सम्मान गरिएको छ । कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित श्रीधर प्याकुरेलको ‘ज्योतिषकाव्य’, हरि मञ्जुश्रीको ‘माधुरी आचार्य’ लगायत आठ पुस्तक विमोचन गरिएको थियो । रासस

‘राष्ट्रिय स्रष्टा सम्मान’ गीतकार थापालाई

काठमाडौँ, १३ भदौ । गीतकार संघ नेपालले विसं २०७३ को राष्ट्रिय स्रष्टा सम्मान गीतकार राजेन्द्र थापालाई प्रदान गरेको छ ।
संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्ष गीत पुरस्कार’ गीतकारद्वय नृपध्वज खड्का र सुवास संगम राईलाई प्रदान गरिएको छ । उहाँहरुलाई जनही रु २५ हजार ५०० र सम्मानपत्र दिइयो । एक जनालाई प्रदान गरिने रु ५१ हजार राशिको उक्त पुरस्कार छनोट समितिले दुई जनाको नाम छनोट गरेपछि बाँडिएको हो ।

यस्तै ‘प्रवास–डायस्पोरा स्रष्टा पुरस्कार’ गीतकार जानुका राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु ११ हजार र प्रमाणपत्र छ । छनोट समितिमा गीतकार रमेश पौडेल र भावेश भुमरी रहनुभएको थियो ।

संघद्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले रु एक लाख १००, सम्मानपत्र र दोसल्लाद्वारा थापालाई सम्मान गर्र्दै अर्काे जुन पेशा अपनाए पनि कोही गीतकार र संगीतकार हुन सक्ने बताउनुभयो । उहाँले अब मुलुकलाई संगीतमय बनाएर अगाडि लैजानुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।
सम्मानित व्यक्ति थापाले शब्द, संगीत र स्वर मिले मात्र गीतमा मिठास आउने बताउनुभयो । थापाले आठ वर्षको उमेरदेखि गीत लेख्दै आउनुभएको छ । संस्थाका अध्यक्ष चूडामणि देवकोटाले नेपालको गीत संगीतको क्षेत्रको विकासका लागि २०६७ सालमा गीतकार संघ स्थापना गरिएको जानकारी दिनुभयो । रासस

युवती मृत फेला

भरतपुर अस्पतालमा न्यूरोको उपचार सुरु

महिला मृत फेला

बनेपा, १३ भदौ । बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकै मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको कुनै पहिचान खुल्न नसकेको धुलिखेल जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताउनुभयो ।

यो शव केही दिन अघिको नै हुनसक्छ कुहिएको अवस्थामा छ उहाँले भन्नुभयो । स्थानीय बासिन्दा मकैबारीमा जाँदा सो लास देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रनाउ मरासिनीले जानकारी दिनुभयो । रासस

प्रधानमन्त्रीको भारत भ्रमण सफल ः राज्यमन्त्री विष्ट

मृत अवस्थामा महिला फेला

बनेपा, १३ भदौ । बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकैको मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

“यो शव केही दिन अघिको नै हुनसक्छ, कुहिएको अवस्थामा छ,” उहाँले भन्नुभयो । शवलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ मरासिनीले बताउनुभयो । रासस

आलेख ः पारिवारिक विखण्डनले गाँज्दैछ नेपाली समाजलाई

दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

रत्ननगर (चितवन), १३ भदौ । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ ।

अकस्मात् छोरा बुहारीको निधनले परशुरामकी आमा मिसकुमारी सापकोटा अचेत हुनुहुन्छ भने उनका अन्य परिवार शोकमा परेका छन् ।

परशुराम दुई वर्षअघि तथा कल्पना तीन वर्षअघि दुबई काम गर्न गएका थिए । कल्पना जुस उत्पादन कम्पनीमा काम गर्दै आएकी थिइन् । उनीहरु आफ्नै कोठामा शनिबार मृत फेला परेको खबर आएको बुबा मोती सापकोटाले बताउनुभयो ।

परशुराम झुण्डिएको अवस्थामा फेला परेका थिए भने कल्पना घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेला परेका थिए । उनीहरुका १० र १४ वर्षका दुई छोरा रहका छन् । रासस

फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने

अन्योलमा फस्यो बूढीगण्डकी

डोल्पावासीको चामल दुईवर्षदेखि काठमाडौँमै

कास्कीमा उद्योग सञ्चालन

पोखरा, १३ भदौ । कास्कीमा १०,६३८उद्योग सञ्चालनमा छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी महराज ढकालकाअनुसार उत्पादनमा तीन हजार ५१५, कृषि तथा वन पैदावरमा आधारितमा एक हजार सात पर्यटनमा तीन हजार १९० र सेवामूलकमा दुई हजार ९२६ उद्योग सञ्चालन भइरहेका छन् ।

उद्योगले उपलब्ध गराएको दर्ता विवरणकाआधारमा यी उद्योगबाट १३ हजार ५६ जनाले रोजगारी पाएका छन् ।

आव २०७३÷७४ मा मात्रै ९८० वटा नयाँ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकमा १७४, पर्यटन ४०१, सेवामूलक २३७ र कृषि तथा वन पैदावरमा आधारित १६८ उद्योग दर्ता भएको सूचना अधिकारी ढकालले बताउनुभयो । यी सबै उद्योगमा करिब रु चार अर्ब ७१ करोड दुई हजार २०५ पुँजी लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । रासस

Monday, August 28, 2017

बोक्सी प्रथा ‘दृष्टिभ्रम’को कारक

काठमाडौँ, १२ भदौ । आख्यानकार, आध्यात्मिक चिन्तक तथा पत्रकार कमल रिजालले बोक्सी प्रथाका नाममा मान्छेले मान्छेको पीडा किन अझै नबुझेको भनी प्रश्न गर्नुभएको छ ।
आफ्नो नवीनतम उपन्यास ‘दृष्टिभ्रम’ सार्वजनिक एवं अन्तरसंवाद कार्यक्रममा उहाँले मानवमा रहेको दृष्टिभ्रमले नै बोक्सी प्रथा रहेको हो भन्दै यसको उपचारका लागि मानिसले आफ्नो आँखा उघार्नुपर्ने र पीडितले प्रहरी, प्रशासन र न्यायालयमा उपचारका लागि आफूलाई पु¥याउनुपर्ने जवाफ पनि दिनुभयो ।
कार्यक्रममा महिलाअधिकारकर्मी रीता साह, लेखक डा अर्चना थापा र मानवाधिकारकर्मी मोहना अन्सारीले उपन्यासले आजको जल्दोबल्दो समस्यालाई उजागर गरी समाधानको बाटो पनि देखाएको बताउनुभयो । अधिकारकर्मी मीना शर्माले बोक्सी, दाइजो र छाउपडी तथा मासिक धर्मप्रति प्रथामा शिक्षित व्यक्तिमा नै दोहोरो धारणा रहेकामा आलोचना गर्नुभयो ।
सांग्रिला बुक्स प्रालिबाट प्रकाशित अनुसन्धानमा आधारित सो उपन्यासमा ११ खण्डमा विभाजित छ । ‘गोरखापत्र’कर्मी रिजालका यसअघि ‘सुकर्म’ र ‘पृथा’ उपन्यास प्रकाशन भइसकेका छन् । रासस

प्रविधियुक्त शिक्षा प्रणाली लागु गर्नुपर्छः ज्ञवाली

काठमाडाँै, १२ भदौ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको रुपान्तरण आवश्यक रहेको औँल्याउनुभएको छ ।

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘समृद्धिको लागि विज्ञान, प्रविधि, उद्यमशीलता र रोजगार’ विषयको विचारगोष्ठीमा उहाँले अहिलेको विज्ञान र प्रविधिको युगमा शिक्षा प्रणालीमा परिवर्तन गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रा डा रामेश्वर अधिकारीले शिक्षामा विज्ञान र प्रविधिको प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विज्ञान र प्रविधिको सही प्रयोग भएमा मुलुकले चाँडै समृद्धि हासिल गर्ने बताउनुभयो । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले प्रविधि शिक्षालाई जोड दिई दक्ष जनशक्ति उत्पादन गर्न सरकार लाग्नुपर्ने धारणा राख्नुभयो । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts