Monday, October 31, 2016

संविधान संशोधनमार्फत असन्तुष्ट पक्षको माग सम्बोधन गरिने : मन्त्री यादव

लहान, १५ कात्तिक । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव संविधान संशोधन प्रस्तावमार्फत सरकारले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न चाहेको बताउनुभएको छ ।
सिराहाबाट प्रकाशन सुरु भएको ‘सलहेश टाइम्स’ साप्ताहिक पत्रिकाको विमोचन गर्नुहुँदै मन्त्री यादवले असन्तुष्ट सबै पक्षको माग सम्बोधन हुनेगरी सरकारले संविधान संशोधनको प्रस्ताव लैजान लागेकाले प्रस्ताव पारित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

मधेसको माग सम्बोधन नहुँदासम्म देशमा शान्ति स्थापना हुन नसक्ने र तीन तहको चुनाव पनि सम्भव नहुने जीकिर गर्नुहुँदै काँग्रेस केन्द्रीय कोषाध्यक्षसमेत रहनुभएकी मन्त्री यादवले संविधान संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाई कार्यान्वयन गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सांसद मो. मुक्तार अहमदले सिराहाको विकासमा सबै चिन्तित हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा नेकपा (एमाले)का सांसद आशा यादवले जनताको सूचनाको हक सुनिश्चित गराउन र संविधानको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

शान्ति मन्त्री यादव, सांसदद्वय अहमद र यादव, प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती, नेकपा (एमाले)का जिल्ला अध्यक्ष प्रमोद यादव, नेपाल पत्रकार महासङ्घ सिराहाका अध्यक्ष देवकुमार यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डल, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत कमलदेव यादव र सिरहा क्याम्पसका प्राध्यापक चन्देश्वर यादवले सामूहिक रुपमा पत्रिकाको विमोचन गर्नुभयो ।

सदरमुकाम सिरहाबाट प्रत्येक आइतबार पत्रिकाको प्रकाशन हुने जनाएको छ । रासस

संशोधनमार्फत नेपाल संवतलाई संविधानमै स्थापित गरिने : प्रम

काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेरै भए पनि नेपाल संवत्लाई संविधानमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष नेपाल संवत् ११३७ प्रारम्भ भएको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको “भिन्तुना सभा” लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल संवत्लाई व्यवहारमा लागू गर्न संशोधन मार्फत संविधानमै उल्लेख गरिने बताउनुभएको हो ।

नेपाल संवत् घोषणा मात्रै गर्नेभन्दा पनि त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न बुद्धिजीवी र सरोकारवाला सबैको उत्तिकै भूमिका हुने विचार प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो ।

“आदिवासी जनजाति, दलित, महिला, मधेसीलगायत असन्तुष्ट समुदायका अधिकारलाई संशोधन मार्फत संविधानमा समावेश गर्न सरकार बाहिर रहेका सबै राजनीतिक दलसँग छलफल भइरहेको छ, अब छिट्टै संविधान संशोधन गरिनेछ” – उहाँले भन्नुभयो ।

संविधान संशोधनपछि स्थानीय तहको निर्वाचनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

नेपाल संवत्लाई नेपालको मुद्रा तथा कागजी नोटमा अङ्कित गर्नुपर्ने, विद्यालय तथा महाविद्यालयस्तरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः र नेपाल संवत्को विषयमा पठनपाठन गराउनुपर्नेलगायत न्हूँद रािष्ट्रय समारोह समितिले राखेका मागलाई सम्बोधन गर्न सक्दो प्रयास गर्नेसमेत उहाँले विश्वास दिलाउनुभयो ।

केही दिनअघि समारोह समितिले प्रधानमन्त्री दाहाललाई भेट गरी राजधानीमा शङ्खधरको पूर्णकदको सालिक स्थापना गर्नुपर्ने र नेपाल संवत्का प्रणेता शङ्खधरको नाममा प्रतिष्ठान गठन गर्नुपर्नेलगायतका माग राखेको थियो ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै नेपाल संवत्लाई राष्ट्रिय संवत्को औपचारिक मान्यता प्रदान गरी घोषणा गरेको उहाँले स्मरण गराउनुभयो र भन्नुभयो – “अब यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीको रूपमा मेरो उत्तिकै भूमिका रहन्छ ।”

कार्यक्रममा नेपाल संवत्लाई जनमानसमा प्रवद्र्धन गरेको योगदानको कदर स्वरुप पूर्व सभासद् बुद्ध साय्मीलाइ ‘नेपाल संवत् पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कार रू २५ हजार राशिको हो ।

नेपाल संवत्का प्रवर्तक शङ्खधरले ११३७ वर्ष पूर्व जनताको ऋण मोचन गरी स्थापना गरेको यो संवत् विश्वमै देशको नाममा स्थापना गरिएको एक मात्र संवत्को रूपमा रहेको छ । नेपाल सरकारले नेसं ११२९ मा यो संवत्लाई राष्ट्रिय संवत्को औपचारिक मान्यता प्रदान गरी घोषणा गरेको हो । ‘राष्ट्रिय संवत्’ घोषणा भए पनि त्यसलाई व्यावहारिक रूपमा लागू भने गरिएको छैन ।

नेपाल संवत् प्रारम्भ भएको खुसियालीमा आज काठमाडौँ, भक्तपुर, ललितपुर, थिमि, कीर्तिपुर, बुङ्मती, बौद्धलगायत उपत्यकाका तीनै सहर र त्यससँग जोडिएका ठाउँमासमेत नयाँ वर्ष हर्षोल्लासका साथ शङ्खधरको स्मरण गर्दै विविध कार्यक्रमहरु आयोजना भइरहेका छन् । केही वर्षयता देखि देशभर नेपाल संवत् फेरिने आजको दिन भिन्तुना जुलुश र शुभकामना आदानप्रदानका कार्यक्रमहरु हुन थालेका छन् ।

न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष तथा सांसद भीमसेनदास प्रधानले नेपाल संवत् नेवार समुदायको मात्र नभई सबै नेपालीको साझा सम्पत्ति भएको हुँदा त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै निरन्तरता दिनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशी, सांसद तथा नेवार समुदायका बुद्धिजीवी, साहित्यकार र भाषिक कार्यकर्ताहरुको ठूलो समूहमा उपस्थिति थियो ।

यसअघि, बिहान बसन्तपुरबाट विभिन्न साहित्यिक, धार्मिक, सामाजिक सङ्घ÷संस्थाका साथै स्थानीय क्लबहरु सम्मिलित विशाल सांस्कृतिक ¥यालीले काठमाडौँ नगरको भित्री सहर परिक्रमा गरेको थियो । पञ्चबुद्धका रुप धारण गरेकाहरुबाट सुरु उक्त ¥यालीमा परम्परागत बाजा, सङ्गीत र परिहनको झलक देख्न सकिन्थ्यो ।

संविधान कार्यान्वयनका लागि लचिलो हुन प्रम तयार

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज थिमिस्थित शङ्खधर चोकमा आयोजना गरेको शङ्खधर प्रतिमामा माल्र्यापण एवम् सम्मान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि प्रतिपक्षसामु आफू लचिलो हुन तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “राष्ट्रिय सहमतिका लागि एकताबद्ध हुन कतिसम्म लचिलो हुनुपर्ने हो, त्यसका लागि म तयार छु । भूकम्पको बेलामा र संविधान निर्माणको बेलामा जसरी दलहरुले एकता देखाएका थिए, त्यसरी नै अहिले संविधान कार्यान्वयनमा पनि दलहरुबीच एकता हुन आवश्यक छ ।”

संविधान कार्यान्वयनको चरणमा रहेको अहिलेको अवस्थामा प्रदेश एवम् राज्यको पुनःसंरचना चुनौतीको विषय रहेको औँल्याउँदै उहाँले यो बेला सबै दल एकजुट भएर संविधानलाई कार्यान्वयनमा लानुको विकल्प नभएको बताउनुभयो ।

सबै तह र तप्काको स्वीकार्यता बढाएर संविधान कार्यान्वयनमा जानुपर्ने र एकले अर्कालाई दोष लगाएर र तीतो पोखेर कसैको हित नहुने उहाँको भनाइ थियो ।

उहाँले शङ्खधरको नाममा सङ्ग्रहालय निर्माण गर्न, नोटमा उल्लेख गर्न, अनुसन्धान केन्द्र स्थापना गर्न छलफल अगाडि बढाउने आश्वासन पनि दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनकुमार शाहीले शङ्खधरको नाममा सङ्ग्रहालय स्थापना गर्न, नोटमा समावेश गर्न, नेपाल संवत्लाई व्यवहारमा उतार्न र थिमिलाई पर्यटकीयस्थल बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने वचनबद्धता प्रकट गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारलाई नौ महिने खड्गो लागेकाले देश अगाडि बढ्न नसकेको टिप्पणी गर्दै भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिनाले देशको राष्ट्रियता झुकेको बताउनुभयो ।

संविधान संशोधन गर्न एमाले तयार रहेको बताउँदै उहाँले भन्नुभयो–“अहिलेको संविधानको कुन धारामा देशको कुन जाति, कुन लिङ्ग, कुन भाषा, कुन धर्म, कुन संस्कृति, कुन वर्गका मानिसको अधिकार कहाँ कटौती भयो, त्यो पुष्टि भए एमाले संविधान संशोधनमा सहमत हुन्छ ।”

सो अवसरमा नेकपा ९क्रान्तिकारी० माओवादीका नेता सिपी गजुरेलले भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने भनी गरिएको निर्णय गलत भएको बताउनुभयो ।

कार्यक्रममा राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा, राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् पूर्व सहायकमन्त्री दिनेश श्रेष्ठ, सभासद् रामेश्वर ढुङ्गेल, प्रतिष्ठानका निवर्तमान अध्यक्ष मदनकृष्ण श्रेष्ठ, उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, सचिव ज्ञानराम श्रेष्ठले नेपाल संवत्लाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष श्याम मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले साहित्यकार प्रा माणिकलाल श्रेष्ठ र नेपाल भाषा मंकाः खलः ललितपुरलाई सम्मान गर्नुभएको थियो । सोही अवसरमा शङ्खधर स्मारिकाको पनि विमोचन गरिएको थियो । रासस

संविधानले तोकेको समयभित्रै निर्वाचन हुन्छ : सभापति देउवा

भक्तपुर, १५ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गर्नुभयो ।

प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने चर्चा गर्दै उहाँले सभापति देउवाले भन्नुभयो–“संविधानले निर्धारण गरेको समय सीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नुपर्दैन, यो जिम्मेवारीलाई नेपाली काँग्रेसले पूरा गर्छ ।”

उहाँले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको बताउँदै एमालेलगायतका दलले काँग्रेसको बारेमा छरेको भ्रम मेटाउन काँग्रेस लाग्नुपर्ने बताउनुभयो ।

देशको सम्बृद्धिका लागि सबै निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न काँग्रेस कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारको परराष्ट्र नीतिमा कुनै कमजोरी नगरेको स्पष्ट पार्दै उहाँले विगतका सरकारले गरेका सन्धि र सम्झौतालाई कार्यान्वयन गर्न तयार रहेको बताउनुभयो ।

त्यस अवसरमा सांसद् मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेवि सङ्घका अध्यक्ष नैनसिंह महर, नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं–१ का सभापति जीवन खत्री, क्षेत्र नं–२ का सभापति नारायणभक्त खायमलीलगायतले संविधान कार्यान्वयन गराउनेतर्फ काँग्रेसले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । रासस

Sunday, October 30, 2016

संविधान संशोधन गरेर निर्वाचन : प्रधानमन्त्री दाहाल

ललितपुर, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।

न्हुदँ समारोह समितिद्वारा आज यहाँ नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक ¥यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताउनुभयो ।

खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको समेत उहाँको जोड रहेको थियो ।

उहाँले मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्ने औँल्याउनुभयो । संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति नजिक पुगेको उहाँको भनाइ थियो ।

“के मधेस, के पहाड, के तराई सबै एकढिक्का भएर देशलाई आर्थिक विकासतर्फ लैजानु आजको आवश्यकता हो” प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले नेवार समुदायको मात्र नेपाल संवत् नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय संवत् भएको बताउनुभयो । नेपाल संवत्लाई अन्तर्राष्ट्रिय रुपमा रहेको इस्वी संवत्सँग तालमेल हुनेगरी स्थापित गराउन जरुरी रहेको पनि प्रधानमन्त्रीको जोड थियो ।

समितिका अध्यक्ष मोतीलाल सिल्पकारले नेवार समुदायले मान्दै आएको नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन आग्रह गर्नुभयो । रासस

संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी: मन्त्री पौडेल

म्याग्दी, १५ कात्तिक । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी गरेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा म्याग्दीले आज बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले संशोधन प्रस्तावले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको वातावरण बनाउन सघाउ पुग्ने धारणा राख्नु भयो ।

मधेस केन्द्रित, सत्ता साझेदार, प्रतिपक्ष र नागरिक समाजसँग छठ अघिनै संशोधनको विषयमा सहमति कायम गर्ने पहल भइरहेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

संविधान संशोधन, निर्वाचन आयोगको तयारी र निर्वाचन सम्बन्धित कानुन निर्माण, स्थानीय तहको सिमाना निर्धारणसँगै चुनावमा भाग लिने सबै राजनीतिक दलको प्रतिबद्धतासहितको वातावरण बनाउन सरकारले जोड दिएको मन्त्री पौडेलको भनाइ थियो ।

मन्त्री पौडेलले हालै संशोधन भएको शिक्षा ऐन कार्यान्वयनका लागि नियमावली निर्माण कार्य अन्तिम चरणमा पुगेको र शिक्षा आयोग गठनको तयारी भएको तथा अस्थायी शिक्षक व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।

जनताको गुणस्तरीय शिक्षामा पहुँच बढाउने, विद्यालयको पहुँचमा आएका विद्यार्थीलाई टिकाउने र दक्ष बनाउन यसै वर्षदेखि सात वर्षे विद्यालय क्षेत्र विकास योजना लागू गरेको मन्त्री पौडेलले बताउनुभयो ।

सामुदायिक विद्यालयप्रति विश्वासको वातावरण बनाउन सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने शिक्षकलाई प्रोत्साहनका लागि पुरस्कृत गरिने मन्त्री पौडेलले जानकारी दिनुभयो ।

उहाँले शिक्षक राजनीतिक दलको कार्यसमितमा बस्न नपाउने व्यवस्था कार्यान्वयनका लागि नागरिक समाज र सरोकारवालाबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । रासस

अब म स्वस्थ्य भएको छु : पूर्व राष्ट्रपति यादव

वासिङ्टन डिसी, १५ कात्तिक । पूर्व राष्ट्रपति डा रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
आइतबार रासससँगको संक्षिप्त कुराकानीको क्रममा डा यादवले भन्नुभयो– “मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारणले मेरो रोग निराकरण भएको छ ।”
अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्ना हुनुभएका यादवको डा मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर उहाँको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । स्थानीय समय अनुसार आज साँझ नेपाल फर्किन लाग्नुभएका यादवले शल्यक्रियापश्चात् सोही अस्पतालको अतिथि गृहमा आराम गरिरहनुभएको थियो ।
“उपचारको नियमित चेकजाँचको लागि ५÷६ महिना पछि फेरि आउन चिकित्सकले भन्नुभएको छ, तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु”– डा यादवले भन्नुभयो ।
कुराकानीको क्रममा पूर्व राष्ट्रपति डा यादवले भन्नुभयो– “म नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवत्को अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्दछु ।” रासस

netaharulai sisnupani ko danak(सिस्नुपानीको दनकपछि केपी ओली र प्रचण्डको प्रतिक्रिया)

nepal sammat(न्ह्यु दयाँ भिन्तुना)

deusima yesri nache Puspa kamal dahal prachanda

नयाँ बर्षमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

काठमाडौ, १५ कात्तिक । नेपाल सम्वत् ११३७ प्रारम्भ भएको सुखद अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र नेपाली काँग्रेसका सभापतिले बेग्लाबेग्लै शुभकामना सन्देश जारी गर्दै नेपाल सम्वत् ‘जागरण कालको इतिहास’ र ‘संस्कृतिको एक जीवन्त धरोहर’ भएको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल सम्वत् ११३७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । उहाँले नेपालीहरूको आफ्नै मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै भाइचाराको भावना समेत सुदृढ गर्न योगदान दिने आशा व्यक्त गर्नुभएको छ ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको तीव्र गतिमा कार्यान्वयन गर्दै बलियो राष्ट्रिय एकता र आर्थिक समृद्धिसहितका समृद्ध नेपाल निर्माण मुलुकको अहिलेको प्रमुख कार्यभार भएको बताउनुभएको छ । नेपाल सम्वत्को शुभ दिनले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना उपराष्ट्रपति पुनले दिनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ दिनले हरेक वर्ष हामी सबै नेपालीलाई यसका प्रणेता शंखधर साख्वाःको योगदानलाई सम्झाउँने गरेको बताउनु भएको छ ।

नेपाल संवतको नयाँ बर्ष आजदेखि सुरु

काठमाडौ, १५ कात्तिक । नेपाल संवतको नयाँ बर्ष आजदेखि सुरु भएको छ ।
नेम्पाल सम्वत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो ।
विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्को नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा बिशेषरुपमा मनाउने गरिन्छ ।
काठमाडौ ललिति र भत्तपुरमा प्रधानमन्त्री सहभागि हुनुहुनेछ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ सालमा नेपाल संवत्को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो । विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ ।  कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो म्हः (आत्म) पूजा पर्व मनाउने गर्दछन् ।    आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी तिहार मनाइँदै

काठमाडौ, १५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । स्    गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

भारतीय राष्ट्रपतिको स्वागतका लागि विशेष तयारी

काठमाडौँ, १४ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि काठमाडौँ महानगरपालिकाले सरसफाई र सौन्दर्यीकरणको कामलाई तीब्र बनाएको छ ।

तयारी स्वरुप महानगरपालिकाले बानेश्वर, चावहिल, गौशाला, लैनचौर, कालिमाटीलगायतका स्थानको सडक छेउमा रङ लगाउने र सफागर्ने काम तीब्ररुपमा भइरहेको कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले राससलाई जानकारी दिनुभयो ।

त्यसैगरी, त्रिभुवन अन्तराष्र्टि«य विमानस्थलको छेउ, नयाँ बानेश्वर, रत्नपार्क, बबरमहलमा स्वागतद्वार निर्माणको काम भइरहेको छ । राष्ट्रपति मुखर्जी यही कात्तिक १७ गते नेपालको राजकीय भ्रमणमा आउने तयारी रहेको छ । भोलि साँझसम्ममा तयारीका सबै काम सम्पन्न हुने बताइएको छ ।

नागरिक अभिनन्दन

यही कात्तिक १८ गते साँझ ५ बजे राष्ट्रिय सभागृहमा राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन पत्र पढेर सुनाउनुका साथै कामनपाको साँचो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

अभिनन्दन कार्यक्रमकै क्रममा भारतीय राष्ट्रपति मुखर्जीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको प्रवक्ता कार्कीले बताउनुभयो । कामनपाका प्रमुख तामाङले राष्ट्रपति मुखर्जीलाई मायाको चिनो पनि प्रदान गर्नु हुनेछ ।

यसैबीच, राष्ट्रपतिको स्वागतकै तयारीका लागि भनेर कामनपाका कर्मचारीले बिदाको समयमा पनि व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । रासस

सिस्नुपानी देउसीमा दाहाल र ओलीको नक्कल

काठमाडौँ, १४ कात्तिक । सिस्नुपानी नेपालका कलाकारले ‘सिस्नुपानी देउसी’मार्फत सामाजिक विकृतिविरुद्ध प्रहार गरेका छन् ।
यहाँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित कार्यक्रम हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी ओली, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायत धेरै पार्टीका नेताको उपस्थिति थियो । त्यस्तै, राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताव्दी पुरुष सत्यमोहन जोशी, प्रधान सेनापति राजेन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती जस्ता सबै पेसा र क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।
कार्यक्रमको मुख्य आकर्षण हास्य कलाकारद्वय मनोज गजुरेल र सीताराम कट्टेल ९धुर्मुस०को प्रस्तुति थियो । उहाँहरुमध्ये गजुरेलले प्रधानमन्त्री दाहालको तथा कट्टेलले पूर्वप्रधानमन्त्री ओलीको स्वरुप धारण गर्नुभएको थियो । उहाँहरुले एक–अर्काबीचको छेडछाड र आरोप प्रत्यारोपले सक्कली दाहाल र ओलीलाई भरपूर मनोरञ्जन दिनसक्नु भएको प्रतीत हुन्थ्यो ।
सिस्नुपानीसँगको सहकार्यमा प्रज्ञा–प्रतिस्ठानले आयोजना गरेको कार्यक्रममा व्यङ्य कवि शैलेन्द्र सिंखडाले राष्ट्रिय स्वाभिमानको पक्षमा, गायक शिशिर योगीले भ्रष्टाचारविरुद्ध तथा कमलीकान्त भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीबारे व्यङ्ग्य प्रहार गर्नुभएको थियो ।
त्यस्तै, कार्यक्रममा सिस्नुपानी नेपालका महासचिव टङ्कप्रसाद आचार्य, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षिलगायतले देउसी रे को भाकामा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले देउसी विचारोत्तेजक र रोचक भएको बताउँदै अर्को वर्षको देउसीसम्ममा संविधान कार्यान्वयन भइसक्ने र त्यतिबेला अरु नै विषयले प्राथमिकता पाउने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानको कार्यान्वयनमा अझै चुनौती छन् तर हामी नेपाली हिजो संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि सफल हुन्छौं ।”
त्यस्तै, पूर्वप्रधानमन्त्री ओलीले संस्कृतिलाई कायम राख्न र समाजलाई सही दिशा दिन यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी वरिष्ठ नेता पौडेलले भने सिस्नुपानीले आफू कार्यकारी प्रमुख नभएको प्रति सङ्केत गर्दै, ‘मलाई सिस्नुपानीले पोल्ने गरेको छैन’ भन्नुभयो ।
सिस्नुपानी नेपालले विगत १९ वर्षदेखि हरेक वर्ष देउसी कार्यक्रम गर्दे आएको छ । रासस

भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा सवारी आवागमन रोकिँदैन – प्रहरी

काठमाडौँ, १४ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेलाा सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारीसाधनको आवागमन ठप्प हुनसक्ने भय जनमानसमा देखिएको भन्दै त्यो गलत भएको राससलाई बताउनुभयो ।
उहाँले भन्नुभया े– ‘भारतीय राष्ट्रपतिको सवारी हुने बेलामा मात्रै त्यस रुटमा केही समयका लागि अन्य सवारी रोकिन्छ । सवारी सकिएपछि तत्कालै उक्त रुटमा सवारी खुला हुन्छ । ’
सवारी नभएको अन्य रुटमा भ्रमणको क्रममा सवारी आवागमन नरोकिने उहाँले स्पष्ट पार्नुभयो । सवारी भएको रुटमा वैकल्पिक रुटको प्रयोग गर्न समेत प्रहरीले जनसाधारणसँग आग्रह गरेको छ ।
सवारीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्ने हेतुले ट्राफिक प्रहरीको परिचालनलाई चुस्तदुरुस्त बनाइएको प्रवक्ता ठकुरीको भनाइ छ ।
भ्रमण अवधिभर ट्राफिक प्रहरीले सञ्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको एफएमबाट १५÷१५ मिनेटमा सवारी ‘अपडेट’ दिइने र सोही अनुरुप यात्रा तय गर्न सबैसँग उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै, १०३ मा डायल गरेर सवारी चापको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था पनि गरिएको छ । रासस

संशोधनबाट जनजातिका मुद्दा सम्बोधन गरिने : प्रम

काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमार्फत आदिवासी जनजाति, मधेसी, महिला र दलितका मागलाई सम्बोधन गरिने बताउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष, गायक तथा सङ्गीतकार राजेन्द्र श्रेष्ठको गीति एल्बम “पहिचान यात्रा” को यहाँ आज आयोजित एक कार्यक्रममा विमोचन गर्दै संविधान संशोधनका लागि सबै दलहरूसँगको छलफललाई तिब्र बनाएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा वा सरकार बाहिर रहँदा निरन्तर रूपमा पहिचान र अधिकारको मुद्दा अगाडि बढाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ अध्यक्ष अशोक राईले जतिसक्दो चाँडो संविधान संशोधन गरेर सङ्घीयताको मुद्दालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सह–अध्यक्ष, गायक तथा सङ्गीतकार श्रेष्ठले गीत÷सङ्गीतको व्यवसाय गर्नेभन्दा पनि पहिचानको सन्देश दिने उद्देश्यले यो एल्बम सार्वजनिक गरिएको प्रष्ट पार्नुभयो ।

एल्बममा “यो माटो छोएर” (रचना÷सङ्गीत ः राजेन्द्र श्रेष्ठ), “हामी पीडित जनता” (रचना ः दुर्गालाल श्रेष्ठ, सङ्गीत ः राजन राई), “अलिकति आकाश” (रचना÷सङ्गीत ः राजन राई) र “एउटा ढुङ्गा पारी” (रचना÷सङ्गीत ः राजेन्द्र श्रेष्ठ) समावेश गरिएको छ ।

त्यसैगरी, “सङ्घीय नेपाल” (रचना ः राजभाई जकःमी, सङ्गीतः न्ह्यू बज्राचार्य), “फूलहरू फूलेपनि” (रचना ः विक्रम सुब्बा, सङ्गीत हरि थापा) “चेलीलाई हामी” (रचना÷सङ्गीत ः राजेन्द्र श्रेष्ठ) र “दबाएर नदबिने” (रचना ः भगवान चाम्लिङ राई, सङ्गीत राजेन्द्र श्रेष्ठ) शीर्षक गीतहरु समावेश गरिएका छन् । रासस

Saturday, October 29, 2016

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय सातौँ जन्मजयन्ती मनाइँदै

काठमाडौ, १४ कात्तिक । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय सातौँ जन्मजयन्ती आज विविध कार्यक्रमका साथ मनाइदैछ ।
विसं १९६६ कात्तिक कृष्ण औँसीका दिन महाकवि देवकोटाको जन्म भएको थियो । लक्ष्मी पूजाका दिन जन्मिएकाले नै उहाँको नाम लक्ष्मीप्रसाद राखिएको थियो । नेपाली साहित्यमा स्वच्छन्दबादको विकासमा महाकवि देवकोटाको भूमिका महत्वपूर्ण मानिन्छ ।
जन्मजयन्तीका अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रम आयोजना गरी देवकोटा जयन्ती मनाउने गर्दछन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका कृतिमा  पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । देवकोटा जयन्तीका अवसरमा आज विभिन्न साहित्यिक संस्थाले विविध साहित्यक  कार्यक्रमको आयोजना गर्ने गर्छन् ।
देवकोटा विसं २०१६ सालमा शिक्षा तथा स्वायत्त शासन मन्त्री बन्नुभएको थियो । त्यो समय उहाँले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्न र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनुभएको थियो ।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै लेखिएको ‘सुलोचना’ महाकाव्य र एकै दिनमा लेखिएको ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटालाई तुरुन्त कविता लेख्न सक्ने क्षमताका कारण आँसुकवि पनि मानिन्थ्यो ।

तिहार अन्तर्गत आज लक्ष्मी पूजा गरि मनाइँदै

काठमाडौ, १४ कात्तिक । आज कात्तिक कृष्ण औँसी, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ ।
आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज घरघरमा दीपमालिसहित दीपावली गरिन्छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने ज्योतिषीय मान्यता छ ।
घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ । लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन नेपालका केही भागमा भए पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको समितिले जनाएको छ ।

Friday, October 28, 2016

चुरे क्षेत्रको वन अतिक्रमण रोकिने

मोरङ, १३ कात्तिक । वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले वन अतिक्रमण रोक्न सबै दल एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले चुरे क्षेत्रमा भइरहेको वन अतिक्रमण रोक्न आफूले सकेसम्म पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “राजनीतिक दलले विकासका नाममा भाषण मात्र गरेर हुँदैन, वन तस्करी गर्नेलाई रोक्न सहयोग गर्नुप¥यो ।”

अर्काे एक फरक प्रसङ्गमा नेपाली काँग्रेसका नेता भण्डारीले अदुअआ प्रमुखविरुद्धमा काँग्रेसले बोल्न नहुने बताउँदै भन्नुभयो – “सत्ता गठबन्धन दललाई थाहा नदिई गरिएको महाभियोगको प्रस्ताव मान्य हुँदैन ।” रासस

‘चाडपर्व सबैका साझा’

झापा, १३ कात्तिक । सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले नेपाली चाडपर्व सबै जाति र समुदायको साझा बन्दै गएको धारणा व्यक्त गर्नुभएको छ ।

तिहार, छठ, चासोक तङ्नाम र नेपाल संवत्का उपलक्ष्यमा नेकपा(माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले आज बिर्तामोडमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा खुला सडक दौड प्रतियोगिता कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री कार्कीले मुलुकले अहिले सबैको स्वाभिमान र सम्मान कायम हुने फराकिलो राष्ट्रवादको नीति अवलम्बन गरेको बताउनुभयो ।

बिर्तामोडको मुक्तिचोकमा भएको चार किमी दौडमा मधुमल्ला मोरङका २१ वर्षीय यामदेव राई प्रथम भई रु ११ हजार पुरस्कार पाएका छन् ।

यसैगरी शनिअर्जुन झापाका अजय दनुवार दोस्रो, बिर्तामोडका सन्तोष दास तेस्रो र शनिअर्जुनका प्रकाश दनुवार चौथो विजेता हुनुभएको छ । दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु सात हजार र साइकल पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा झापा सांसद सुधीर शिवाकोटी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

पिकअप पल्टिँदा दुईको मृत्यु

धनकुटा, १३ कात्तिक । छिन्ताङ–८ स्थित सिम्लेडाँडामा गए राति पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को१ज २७२२ नंको पिकअप ब्रेक फेल भएर सडकबाट करिब ७० मि तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी भोजपुरको घोडेटारस्थित सगरमाथा माविका सहायक प्रअ पृथ्वीमान राई र धरान–१ सिखरटोलकी सुशीला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा पिकअप चालक विकास राई, सहचालक हर्क माझी, छिन्ताङ–६का प्रेम भण्डारी, विकास दुलाल, शम्शेर राई र उनका छ वर्षीय छोरा घाइते भएको र उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

कच्ची सडक र सदरमुकामबाट टाढा भएकाले घाइतेको उद्धारमा ढिलाइ भएको थियो । घटनास्थल धनकुटा सदरमुकामबाट करिब ५० किमी दक्षिणपश्चिममा पर्छ । रासस

मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु

भीमदत्तनगर, १३ कात्तिक । इलाका प्रहरी कार्यालय झलारीको मोटरसाइकलको ठक्करबाट गए राति कञ्चनपुर, झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरका ५५ वर्षीय प्रतापसिंह महराको मृत्यु भएको छ ।

पूर्व सैनिक महरा राति झलारी बजारबाट पूर्वपश्चिम राजमार्गमा पैदल हिँड्दै घरतर्फ गइरहेका बेला विपरीत दिशाबाट आएको प्रहरीको मोटरसाइकलले राजमार्गको सुनवरा नदी नजिकै ठक्कर दिई घाइते बनाएको र उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल नं र चालक प्रहरीलाई सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान गर्न जिप्रकाबाट प्रहरी टोली घटनास्थल पुगेको छ । रासस

आज कुकुर तिहार मनाईंदै

काठमाडौ, १३ कात्तिक। नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर तथा माला लगाइ दिएर मनाइँदैछ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको होे । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।
आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नुनपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधि समेत रहेको गौतमले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर घरमा यम परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ । यी पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलन समेत छ ।

पानी घट्टबाट मनग्य आम्दानी

सल्यान, १२ कात्तिक ।जिल्लाका धेरै स्थानमा रहेका पानी घट्ट सङ्कटमा परिरहेका बेला मूलखोला ८ नाथेखोलाका ६३ वर्षीय मोतीराम दमाईँले भने पानी घट्टबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ ।
रोजगारीका लागि युवाहरु गाउँबाट सहर र सहरबाट विदेशतिर पलायन भए पनि आफ्नै जन्मथलोमा कुटोकोदोलो र घट्ट चलाएर बस्नु निकै राम्रो रहेको दमार्इँले बताउनुभयो । “सुरु सुरुमा दलितको घट्टमा पिस्न जानु हँुदैन भनेर गैरदलितहरु आउँदैनथे तर जनचेतनाको कारणले हो या मेरो घट्टले पिसेको पिठो राम्रो भएकाले हो आजभोलि सबै मेरै घट्टमा आउने गर्छन् ।” उहाँले भन्नुभयो ।
हिउँदमा समेत खोलामा पर्याप्त पानी बग्ने भएकाले आफूलाई घट्ट सञ्चालन गर्न खासै समस्या नपर्ने उहाँले बताउनुभयो । पन्ध्र वर्षदेखि घट्ट सञ्चालन गर्दै आउनुभएका दमाईँले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आइरहनुभएको छ ।
उहाँ दैनिक चारदेखि छ मुरीसम्म अन्न पिँध्नुहुन्छ र प्रतिपाथी एक मानाका दरले ज्याला लिने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “दिनमा पाँच छ मुरी अन्न पिस्छु, जसबाट दैनिक सात आठ पाथी अन्न आउँछ, त्यो भनेको मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्नु हो ।” घट्टकै आम्दानीले उहाँले आफ्नो पाँच जनाको परिवारलाई पाल्दै आउनुभएको छ । रासस

लक्ष्मीपूजाकै दिन सौर्यबत्ती जडान गर्दै कामपा

काठमाडौँ,१२ कात्तिक । आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले कामपाले सडकमा एक हजार सात सय ८२ सौर्यबत्ती जडान गर्ने भएको छ ।
आगामी आइतबार लक्ष्मीपूजामा कामपाका ३५ वटै वडामा बत्ती राख्ने तयारी पूरा भइसकेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
त्यसका लागि कामपाले सबै सडकमा खम्बा राखेर बत्ती पनि जडान गरिसकेको छ । रु २० करोड लागतमा राख्न लागिएको सौर्यबत्तीको कुल लागतमध्ये ६० प्रतिशत सरकारी अनुदान, १५ प्रतिशत स्थानीय र २५ प्रतिशत कामपाले लगानी गर्नेछन् । रासस

डुबेर मृत्यु

बनेपा, १२ कात्तिक । काभ्रेपलाञ्चोक, कोलाती भूमिडाँडामा रोशी नदीमा डुबेर २१ वर्षीय राजन तामाङको आज मृत्यु भएको छ ।

रोशी नदीमा डुबेर गम्भीर घाइते भएका उनको शिरमेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । रासस

‘संविधान संशोधन हुनुपर्छ’

नवलपरासी, १२ कात्तिक । नेपाली काँग्रेसका नेता डा रामशरण महतले दलीय सहमतिमा आवश्यकतानुसार संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

काँग्रेस नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाटमा नेता डा महतले तराई–मधेसका जनताको जायज माग सम्बोधन गर्न संविधान संशोधन हुनुपर्ने विचार राख्नुभयो । नेता डा महतले संसद्मा पेस गरिएको महाभियोग प्रस्तावबारे काँग्रेससँग नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)ले छलफल समेत नगरेकामा असहमति प्रकट गर्नुभयो । रासस
–––––

‘सङ्घीयता लागू गर्न स्थानीय निर्वाचन अपरिहार्य’

काठमाडौँ, १२ कात्तिक । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानअनुसार सङ्घीयता लागू गर्न यस वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्नु अपरिहार्य भएको बताउनुभएको छ ।

तिहार, नेपाल संवत् र छठका अवसरमा प्रजातन्त्रवादी पत्रकारसँगको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिटौलाले संविधान कार्यान्वयन काँग्रेसको अहिलेको प्रमुख कार्यसूची हो भन्नुभयो । संविधान कार्यान्वयनका लागि आागामी २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन गर्नु आवश्यक रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “चैतभित्र स्थानीय निकायको निर्वाचन हुन नसके संविधान कार्यान्वयनमा कठिनाइ उत्पन्न हुनेछ ।”

“काँग्रेस सबैभन्दा ठूलो दल भएका नाताले संविधान कार्यान्वयनका लागि अन्य दलसँगको सहमतिमा संविधान संशोधन गरेर अघि बढ्ने कुरामा प्रतिबद्ध छ” नेता सिटौलाले भन्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग कानुनी प्रक्रियानुसार अघि बढेकाले हाल यस विषयमा काँग्रेसले कुनै निर्णय गर्नुपर्ने आवश्यकता नरहेको उहाँको धारणा थियो । रासस

लाख चोरी

गाँजा र चुनाको इँटा ग्रामीण भेगको पुनःनिर्माणमा उपयोगी

काठमाडौँ, १२ कात्तिक । ग्रामीण भेगमा हुने भूकम्पपछिको पुनःनिर्माणमा सिमेन्ट, इँटा र गह्रुङ्गा निर्माण सामग्री नभई हल्का सामग्रीको प्रयोग गरिनुपर्नेमा जोड दिइएको छ ।

इटालीको कार्लो कटानियो विश्वविद्यालयका प्राध्यापकको सहयोगमा भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको स्थलगत अध्ययनपछि तयार पारिएको पुस्तक ‘हिलिङ द हिमालयज’ सार्वजनिक कार्यक्रमका वक्ताले यस विषयमा जोड दिनुभएको हो ।

अध्ययनमा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक एवम् हाल इटालीमा कार्यरत दीपकराज पन्त र हाल प्राध्यापनरत डा युवराज लुइँटेल, कटानियो विश्वविद्यालयका आर्केटेक्ट डिजाइनर इलेना ब्रुसा पास्के ,इटाली एवम् बेल्जियमका विकास अर्थविद् स्टफेन जेडर्जेजजाक र इटाली एवम् अमेरिकी व्यापार अर्थविद् सारा फवालीले युरोप, अमेरिका एवम् नेपालमा गरिएको अनुसन्धानपछि ग्रामीण भेगमा हल्का निर्माण सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा गाँजाको डाँठ र चुना मिसाएर बनाएको इँटा नेपालको ग्रामीण भेगमा पुनःनिर्माणका लागि उपयोगी हुनेमा वक्ताले जोड दिनुभएको थियो । यस्तो नेपालमा सहज रुपमा निर्माण गर्न सकिने र यस्तो घरले भूकम्प जाँदा जोखिम नहुने युरोपको अनुभवपछि प्रमाणित भएको सो जानकारी गराइयो । रासस

नेउवासङ्घ शुभकामना कार्यक्रममा प्रम

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

‘सरकारलाई अन्तिम अवसर’

काठमाडौँ, १२ कात्तिक । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरी सरकारले मुलुकको राष्ट्रिय समस्या समाधान गर्ने अन्तिम अवसर भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबको साक्षात्कारमासङ्घीय गठबन्धनका संयोजक समेत रहनुभएका यादवले आफ्ना माग सम्बोधनका लागि प्रधानमन्त्रीले छठसम्मको समयावधि दिएकाले त्यति बेलासम्म संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिइने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो– “हामीले सरकारलाई अल्टिमेटम दिएका छैनौँ, प्रधानमन्त्री स्वयम्ले नै संविधान संशोधनको लागि म्याद तोक्नुभा’छ, तर छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारे निर्णय गछौँ ।”

अध्यक्ष यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबारे राजनीतिक दल अनायासै आतङ्कित भइरहेको र यसबारे सत्यतथ्य नबुझी गठबन्धनले निर्णय नगर्ने बताउनुभयो । “अख्तियार प्रमुख कार्कीविरुद्ध महाभियोगको प्रस्ताव किन र के उद्देश्यका लागि ल्याइएको भन्ने कुरामा हामीहरु अहिलेसम्म नै अनभिज्ञ छौँ, सत्य र तथ्य हेरिसकेपछि निर्णयमा पुग्छौँ, अहिले पक्ष वा विपक्ष कतैपट्टि पनि छैनौँ,”–उहाँले भन्नुभयो ।

अध्यक्ष यादवले महाभियोगको प्रस्ताव ल्याएर संविधान संशोधनको काम ओझेलमा पार्ने काम भइरहेको आरोप पनि लगाउनुभयो । रासस

Thursday, October 27, 2016

मानवअधिकार सङ्गठनको क्षेत्रीय परिषद्को भेला

पोेखरा, १२ कात्तिक । नेपाल मानव अधिकार सङ्गठन पश्चिमाञ्चल क्षेत्रीय परिषद्को भेला भोलि पोखरामा हुने भएको छ ।

मानवअधिकारका क्षेत्रमा भइरहेका समसामयिक गतिविधिलगायतका विषयमा भेलामा छलफल गरिने नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्यले जानकारी दिनुभयो ।

भेलाको उद्घाटन समारोहमा मानवअधिकार सम्बद्ध सङ्घ संस्थालगायत अन्य सङ्घ संस्थाबाट समेत लगभग १४० जनाको सहभागिता हुने जानकारी दिँदै महासचिव आचार्यले बन्दसत्रमा भने मनाङ र अर्घाखाँचीबाहेकका १४ जिल्लाका लगभग ४० जना प्रतिनिधिको सहभागिता हुने बताउनुभयो । रासस

संविधान संशोधन नभए छठपछि आन्दोलन : महतो

सप्तरी (राजविराज), १२ कात्तिक । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गर्नुभएको छ ।

सप्तरीको राजबिराजमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हने चेतावनी दिनुभयो ।

संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिनेछ उहाँले भन्नुभयो ।

सङ्घीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुँने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत बताउनुभयो । रासस

महाभियोग प्रस्तावको निर्णयमा काँगे्रस न्यायाधीश

बुटवल, १२ कात्तिक । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा काँगे्रस न्यायाधीश भएर उभिने बताउनुभएको छ ।

उहाँले नेपाली काँगे्रसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसद्मा पेस भएको महाभियोग प्रस्तावबारे काँगे्रसले सत्यतथ्य निर्णय गरेर आफ्नो मत जाहेर गर्ने र त्यही नै निर्णायक बन्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता महतले महाभियोग प्रक्रिया अघि बढ्ने तर हचुवाको भरमा कसैलाई फसाउन पनि नहुने र कोही पनि भ्रष्टाचारीलाई मुक्ति दिन नहुने बताउनुभयो ।

उहाँले मधेसको मुद्दालाई समाधान गर्न, संविधान संशोधन गर्नका लागि काँगे्रस र माओवादीको सरकार बने पनि प्रधानमन्त्री दाहालले काँगे्रसलाई बाइपास गरेर एकलौटी निर्णय गरेको बताउनुभयो ।

मधेसको मुद्दालाई सम्बोधन गर्न र संविधान संशोधनका लागि सबैको सहमति आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“अहिलेको महत्वपूर्ण काम मधेस आन्दोलनको सम्बोधन हो । तर यो काम काँग्रेसले मात्र गरेर हुदँैन । एमाले पनि सहमत हुनुपर्छ । सरकारको पहल प्रर्याप्त भएको छैन् ।”

युनियनका जिल्ला सभापति बिक्रम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले स्थानीय तहको पुनःसंरचनाको विषयमा गम्भीर रुपले काम नभएको बताउँदै गम्भीर रुपले पहल भए मात्र स्थानीय निर्वाचन हुनसक्ने र संविधान कार्यान्वयनमा सहज हुने बताउनुभयो । रासस

आजदेखि यमपञ्चक सुरु

काठमाडौ, १२ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार कार्तिक कृष्ण त्रयोदशी आजदेखि शुरु भएको छ । यो चाड कार्तिक शुक्ल द्वितीयासम्म मनाउने गरिएको छ ।
आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा मनाइन्छ भने कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३७ र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाउने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
यसवर्ष कात्तिक १६ गते मध्याह्न ११ बजेर ५२ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको पंचांग निर्णायक समितिले जनाएको छ । भाईटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि ११ बजेर ५२ मिनेटको साइत शुभ रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

भिरबाट लडेर दुईजनाको मृत्यु

बैतडी, १२ कात्तिक । खर काट्ने बेला भिरबाट लडेर बैतडीको गाँजरी र दशरथचन्द नगरपालिकामा गरी दुई महिलाको ज्यान गएको छ ।

बिहीबार त्रिशूलधारस्थित गोदाभिरमा खर काट्ने बेला लडेर गाजँरी–४ कोटिला बस्ने नरेन्द्र सिंह धामीकी ३७ वर्षीया श्रीमती राजमती धामी र बुधबार घरनजिकै रहेका छुट्के भिरमा खर काट्ने क्रममा लडेर दशरथचन्द नगरपालिका–६ सन्कट्टेका हरिनाथकी ३० वर्षीया श्रीमती देवुनाथको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो ।

खर काट्न भिरमा जानुपर्ने बाध्यता रहेका यहाँका स्थानीयवासीको लडेर अकालमै ज्यान जाने घटना बेलाबेलामा भइरहन्छ । रासस

Wednesday, October 26, 2016

स्थानीय तह पुनः संरचना आयोगको काम तीव्र

नवलपरासी, ११ कात्तिक । नवलपरासीमा स्थानीय तह पुनः संरचना आयोगले आफ्नो काम तीव्र रुपमा अघि बढाएको छ । स्थानीय तह पुनःसरचना प्राविधिक सहयोग समितिले जिल्लामा मापदण्डका आधारमा गाउँ वा नगरपालिका निर्धारण गरिएको आयोगलाई सिफारिस गर्ने कामलाई पूर्णता दिन तीव्रका साथ काम अघि बढाएको हो ।

यसअगावै विभिन्न दल, सङ्घ संस्था, स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरेको समितिले अब यसलाई दलीय सहमतिमा अन्तिम रुप दिन लागिएको स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक लालकृष्ण शर्मा पौडेलले बताउनुभयो ।

नवलपरासीको जनसङ्ख्याअनुसार जिल्लामा ११ देखि १५ सम्म गाउँ÷नगरपालिका निर्धारण हुुने अवस्था देखिन्छ । आगामी कात्तिक २० गतेभित्र समितिले आयोगलाई सिफारिस गर्ने गरी काम अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव एवम् योजना अधिकृत प्रकाश पन्थीले बताउनुभयो ।

नयाँ कार्यविधिअनुसार जनसङ्ख्याका आधारमा सङ्ख्यात्मक विषयवस्तुमा दलहरुबीच पूर्णरुपमा सहमति बन्न नसक्दा समयमै स्थानीय तहको पुनःसंरचनाको अझै टुङ्गो लाग्न नसकेको हो ।

जनतालाई प्रत्यक्ष सुविधा हुने गरी दलीय सहमतिमा आयोगलाई सिफारिस गर्ने कामलाई पूर्णता दिइने स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक पौडेलले बताउनुभयो ।

नयाँ कार्यविधिमा ११ देखि १५ सम्म गाउँ÷नगरपालिका निर्धारण हुुने गरी आयोगलाई सिफारिस गर्ने तयारीमा समिति रहेको छ । नवलपरासीको कुल जनसङ्ख्या करिब रु सात लाख रहेको छ । रासस

संविधानलाई सहमतिको दस्तावेज बनाउनुपर्छः बडू

जनकपुरधाम, ११ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान संशोधनको तयारी सकारात्मक ढङ्ग अघि बढेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउँदै उहाँले संविधान संशोधनको समस्यालाई छिटो टुङ्ग्याउन इमानदारी आवश्यक छ भन्नुभयो ।

संविधानलाई सहमतिको दस्तावेज बनाउन सबै पक्ष गम्भीर भई वार्ता र संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै उहाँले संविधान संशोधन गर्दा समग्र राष्ट्रिय एकताको भावनालाई ध्यानमा राख्नुपर्ने खाँचो औँल्याउनुभयो ।

संविधान संशोधनका लागि समय तोक्नुभन्दा पनि कहाँ, कति, के संशोधन गर्ने त्यसमा केन्द्रित हुनु जरुरी भएको धारणा राख्दै उहाँले यथाशीघ्र संविधान संशोधनको टुङ्गो लगाउनुपर्दछ भन्नुभयो ।रासस

भारतीय दूतावासद्वारा रु दुई करोड ६३ लाख सहयोग

जुम्ला, ११ कात्तिक । साना जलविद्युत् घुघुती जुम्लाको पुनःनिर्माणका लागि भारतीय दूतावासले रु दुई करोड ६३ लाख सहयोग गर्ने भएको छ ।

विसं २०४० मा ५०० घरधुरीका जीर्ण विद्युत्को क्षमता अभिवृद्धिका लागि दूतावासले यो सहयोग गर्ने भएको हो । ३३ वर्षअघि ५०० उपभोक्ताका लागि निर्माण भएको २०० किलोवाट बत्ती घटेर १०० किलोवाट पुगेको छ । अहिले उपभोक्ता बढेर दुई हजार ७०० पुग्दा विद्युत्भार कटौतीको चरम मार खेप्नुपरेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर महतले जानकारी दिनुभयो ।

“यही समस्यालाई गम्भीरताका साथ लिएर हामीले भारतीय दूतावासमा सहयोगका लागि अनुरोध गरेका थियौँ, सोहीअनुसार साना जलविद्युत् पुनःनिर्माणका लागि दूतावासले सहयोग गर्ने भएको छ र सम्झौता पनि भइसकेको छ” – उहाँले भन्नुभयो ।

राजेश ट्रान्सफर्मर उद्योग प्रालि धनगढीबाट आएको विज्ञ टोलीका प्रमुख पुस्करलाल दुवेदीले विद्युत्को लगत स्टिमेट रु तीन करोड १० लाख १० हजार लाग्ने प्रतिवेदन समितिलाई बुझाएको बताउनुभयो । रासस

बन्चरो प्रहारबाट श्रीमतीको हत्या

बर्दिया, ११ कात्तिक । बर्दिया जिल्ला सोरहवा–३ मा गएराति दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नो श्रीमती खगीसरा सुनारलाई बन्चरोले हिर्काई हत्या गरेका छन् ।

सोरहवा–३ स्थित दाजुको घरमा बसेकी ३६ वर्षीया खगीसरासँग झगडा हुँदा मीनबहादुरले प्रहार गरेको बन्चरोबाट उनको घटनास्थतलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यापछि फरार रहेका मीनबहादुरलाई पक्राउ गर्न प्रहरीको खोजतलास जारी छ । रासस

ठूलो परिमाणमा पटाका भित्रिंदै

वीरगन्ज, ११ कात्तिक । नजिकिँदै गएको तिहार पर्वलाई दृष्टिगत गरी तस्करले पर्सा र बारा जिल्लाको विभिन्न नाकाबाट पटाका भित्र्याउने क्रमलाई तीब्रता दिएका छन् । दुवै जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहे पनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको पाइन्छ ।

तस्करले सीमावर्ती भारतको रक्सौलबाट पर्सा जिल्लाको भिस्वा, पर्सौनी, सिर्सया, जानकी टोल, ठोरीलगायतका नाकाबाट पटका भित्र्याउने गर्दछन् भने बारा जिल्लाको मोतिहर्वा, ठवैगोठ, सिमरौनगढ, कचोरवा नाकाबाट पटाका भित्रिने गरेको छ ।

तस्करहरुले भारतको रक्सौलबाट पटाका वीरगन्ज तथा त्यस आसपासका बजारसम्म प¥याउँदा सो बापत ५० प्रतिशत तथा काठमाडौँ, हेटाँैडा, नारायणघाटसम्म पु¥याउँदा ७५ प्रतिशतसम्म भाडा लिने गर्दछन् ।

अति प्रज्वलनशील रहेको पटाका नेपालमा प्रतिबन्ध भए पनि व्यापारीले बढी मुनाफाका लागि लुकाइछिपाइ भित्र्याउने गरेको पाइन्छ । भारतको रक्सौललगायत विभिन्न ठाउँबाट आउने टाँगा, जिप, ट्रक तथा सुख्खा बन्दरगाहमा आउने सवारीसाधनमा लुकाइछिपाइ पटाका भित्र्याउने गर्दछन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्र ठाकुरले थोरै परिणाममा पटाका भित्रिएको हुनसक्ने बताउँदै पटकपटक गरी दुई बोरा पटाका नष्ट गरेको बताउनुभयो । रासस

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

बर्दिया, ११ कात्तिक । आज बिहान करिब १ बजेतिर बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा१प ७८३३ नम्बरको मोटरसाइकल एकापसका ठक्कर खादा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दिया धधवार गाविस–३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय युवराज थारुको घटनास्थलमै मृत्यु भएको हो ।

बर्दिया धधवार–३ कतनियाँ गाउँ निवासी २३ वर्षीय सञ्जय थारु घाइते भएका छन् । उनको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

ट्रक चालक कैलाली जिल्लाको हसिनिया बस्ने धनिराम चौधरी र ट्रक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ । रासस

ग्यास सिलिन्डर विस्फोट हुँदा ७० जना घाइते

हेटौँडा, १० कात्तिक । आज दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् ।
घाइतेमध्ये २५ जना हेटाँैडा अस्पतालमा उपचार भइरहेको र एक जना गम्भीर घाइतेलाई चितवनस्थित भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभएको छ ।
त्यस्तै अन्यको हेटाँैडाका चुरेहिल अस्पताल र हाडजोर्नी अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो नापी कार्यालयका कार्यालय प्रमुख अजयकुमार रावतसहित १० जना कर्मचारी घाइते भएको रावतले जानकारी दिनुभएको छ ।
आगो नियन्त्रण गर्ने प्रयास भइरहेको भएपनि के कति क्षति भएको छ भन्ने विवरण आउन बाँकी रहेको मकवानपुर जिल्ला प्रशासन कार्यालयका कामु प्रजिअ हरिप्रसाद पन्तले जानकारी दिनुभयो । रासस

अख्तियारको कामकारबाही जारी राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त आयुक्त दीप बस्न्यातसहितका आयुक्तले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछिको अवस्थाका विषयमा केन्द्रित रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटघाटअन्तर्गत आजको भेट भएको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले स्वायत्त र स्वतन्त्र निकायको रुपमा आफ्नो काम जारी राख्न आयोगलाई आग्रह गर्नुभएको आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आयोगको कामकारबाहीमा राजनीतिक दल र सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
गत कात्तिक ३ गते प्रमुख आयुक्त कार्कीविरुद्ध संसद्मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रका १५७ सांसदले महाभियोगको प्रस्ताव दर्ता गरेपछि कार्की निलम्बित हुनुभएको छ । हाल वरिष्ठताको आधारमा बस्न्यातले निमित्त प्रमुख आयुक्तको जिम्मेवारी सम्हालिरनुभएको छ । रासस

संविधान कार्यान्वयन गर्न तीन दल मिल्नुपर्छ : कोइराला

तिलोत्तमा (रुपन्देही), १० कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं– ४ ले आज बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले भन्नुभयो – मुलुकका लागि अहिले संविधान कार्यान्वयन गर्नु मुख्य कार्यभार हो, यसका लागि प्रमुख तीन दल साना–साना मुद्दा विभाजित नभएर एकजुट हुनुपर्छ ।

नेता कोइरालाले बिशेषगरी काँग्रेस, माओवादी (केन्द्र) र एमालेले मधेसी मोर्चासँग मिलेर संविधान कार्यान्वयन गर्नेतर्फ अग्रसर हुनुपर्दछ भन्दै “एमालेलाई उपेक्षा गरेर संविधान संशोधन गर्न सकिदैन, हामीले उसलाई पनि मनाउनुपर्छ” बताउनुभयो ।

संविधानको निर्माणका लागि निक्कै महत्वपूर्ण योगदान दिएको नेपाली सञ्चार क्षेत्रले यसको कार्यान्वयनमा पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “लोकमान प्रकरणमा संसद् तथा नेताको बिशेष ध्यान छ तर सविधान कार्यान्वयनमा कसैले बोल्दैनन् ।”

नेता कोइरालाले सत्ताको नतृत्व गरेका पार्टी (माओवादी केन्द्र)ले सरकारका सहयात्री काँग्रेससँग कुनै सल्लाह नै नगरी प्रमुख प्रतिपक्ष दल (एमाले) सँगको साँठगाठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध महाभियोग प्रस्ताव ल्याइनु बेठिक भएको भन्दै कार्की पहिलेदेखि गलत व्यक्ति भएको बताउनुभयो ।

काँग्रेसका अर्का नेता आन्नदप्रसाद ढुङ्गनाले काँग्रेसले जारी गरेको सविधान कार्यान्वयनका लागि पनि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउँदै कार्यकर्ताको भावनालाई बुझेर आगाडि जाने भन्दा पनि नेताले नै गुठ उप गुठमा लाग्दा तल्लो तहका नेता तथा कार्यकर्तामा निराशा छाएको बिचार व्यक्त गर्नुभयो ।

नेविसङ्घका पूर्व सभापति तथा सभासद् रञ्जित कर्णले अहिले लोकमानसिंह कार्कीको विषय उठाएर (एमाले) र (माओवादी केन्द्र)ले संविधानलाई निष्क्रिय बनाउन खोजेको आरोप लगाउनुभयो ।

संवैधानिक निकायमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले संविधान कार्यान्वयनका लागि संविधान संशोधन गरेर मधेसी मोर्चालाई सहमतिमा ल्याउनुपर्ने बताउनुभयो । रासस

शिक्षा, स्वास्थ्य, रोजगारी बारे सरकारले विशेष अभियान सञ्चालन गर्ने–प्रम दाहाल

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले वास्तविक गरिबलाई लक्षित गरेर सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र सीपमूलक कामबारे विशेष अभियान नै सञ्चालन गर्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) पर्वत जिल्लाको प्रतिनिधिमण्डलसँग आज भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले दुर्गम जिल्लाका पनि अन्त्यन्त गरिबको लागि रोजगारमूलक कामको सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विकासको दृष्टिले पछाडि परेको पर्वत जिल्लाको विकास र विविध स्थानीय समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिनुभयो । सरकार संविधान संशोधनको अन्तिम तयारी रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेमा जोड दिनुभयो ।
“संविधान संशोधनबारे छलफल भइरहेको छ, राजनीतिक समझदारीको आधारमा संशोधनपछि सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गर्नेछ”– प्रधानमन्त्री दाहालले भन्नुभयो । भेटमा माओवादी केन्द्र पर्वतका नेताद्वय नेत्रनाथ अधिकारी र कृष्ण पराजुलीले सहिद परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।
त्यसैगरी हुम्ला जिल्लाका प्रतिनिधिसँग आज भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले मुलुकको अन्त्यन्त विकट क्षेत्र कर्णालीको विकासको निम्ति सरकार प्रतिबद्ध छ भन्नुभयो ।
सोही अवसरमा पूर्व सांसद कर्णजीत बुढाथोकीले अन्य जिल्लाभन्दा हुम्लालाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह गर्नुभयो । रासस

प्याराग्लाइडिङप्रति पर्यटकको आकर्षण, दक्ष प्याराग्लाइडिङ पाइलटको अभाव चाँडै हट्ने

पोखरा, १० कात्तिक । पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटककोे आकर्षण बढ्न थालेको छ ।

पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकार्षित भएको फ्लाइङ बुद्ध प्याराग्लाइडिङ प्राइभेट लिमिटेडका सञ्चालक तारानाथ पहारीले जानकारी दिनुभयो ।

नेपाल प्याराग्लाइडिङका लागि आकर्षक गन्तव्य बने पनि त्यसको उडान गर्ने पाइलटको भने अझैसम्म पनि कमी रहेको उहाँको भनाइ छ ।
“पोखरालाई आधार बनाएर ६२ वटा प्याराग्लाइडिङ उडान गर्ने कम्पनी सञ्चालनमा आएका छन्,” उहाँले भन्नुभयो, “प्रत्येक कम्पनीले ६ जना पाइलट राख्न पाउने व्यवस्था भए पनि पोखरामा हालसम्म जम्मा १८० जना नेपाली, सात÷आठजना मात्र विदेशी पाइलट छन् ।”

प्याराग्लाइडिङको मुख्य समय अक्टोबर, नोभेम्बर भए पनि पछिल्ला वर्षमा प्रायशः सबै महिनाजसो प्याराग्लाइडिङ सञ्चालन भइरहेको सञ्चालक पहारीले बताउनुभयो ।

नेपालमा प्याराग्लाइडिङ सुरु भएको लामो समयपछि पाइलट उत्पादनका लागि बाबु एडभेन्चर स्कुल र ब्लुस्काई फ्लाइङ स्कुलले अनुमति पाएसँगै ती स्कुल यतिखेर दक्ष पाइलट तयार गर्ने लक्ष्यका साथै क्रियाशील छन् ।

बाबु एड्भेन्चर स्कुलले स्याङ्जाको स्वरेकमा स्कुल सञ्चालनमा ल्याएको छ भने ब्लुस्काई फ्लाइङ स्कुलले तनहुँको बन्दीपुरमा प्याराग्लाइडिङ पाइलट तयार गर्न कक्षा सञ्चालन गरेको छ ।
विश्वकै सर्वाेच्च शिखर सगरमाथालगायतका विश्वका उच्च हिमालबाट प्याराग्लाइडिङ गरी विश्व जगतमा कीर्तिमानी कायम गरेका सानुबाबु सुनुवारले स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरेसँगै उक्त स्कुलमा स्वदेशी तथा विदेशी नागरिकले प्याराग्लाइडिङ पाइलट बन्ने इच्छाका साथ तालिम लिन थालेका छन् ।

स्वरेकमा अत्यावश्यक पूर्वाधारसहितको प्याराग्लाइडिङ पाइलट तयार गर्नका लागि कक्षा सञ्चालन यसै वर्षदेखि सुरु गरिसकेको सञ्चालक सुनुवारले जानकारी दिनुभयो ।

दक्ष व्यावसायिक पाइलट बन्नका लागि लगभग साढे दुई वर्ष लाग्ने गर्दछ । बाबु एड्भेन्चर स्कुलका प्रशिक्षक बालकृष्ण बस्याल (बालु)का अनुसार स्कुलमा दक्ष प्याराग्लाइडिङ पाइलट बन्ने उद्देश्यका साथ १४ वर्षका युवादेखिदेखि ५८ वर्षका वयस्क पनि आएका छन् ।

हाल सो स्कुलमा अष्ट्रियालगायतका विदेशी राष्ट्रका नागरिकका साथै स्वदेशी युवाले प्याराग्लाइडिङ पाइलटको तालिम लिइरहेको र अब चाँडै नै प्याराग्लाइडिङ पाइलटको अभाव समाधान हुँदै जाने उहाँले बताउनुभयो ।

स्कुल सञ्चालनसँगै स्वरेक गाउँको पर्यटकीय आकर्षण समेत बढेको छ । अत्यन्त मनमोहक चौर तथा पहाडि भू–भाग रहेको स्वरेकको उच्च भू–भागमा प्याराग्लाइडिङ उडान हेर्नकै लागि पनि पर्यटक आउने गरेको एक्सवाइजेड होमस्टे, स्वरेकका सञ्जु थापाले जानकारी दिनुभयो । वासुदेव पौडेल/रासस

Monday, October 24, 2016

संसदीय टोलीद्वारा महिला उद्यमीको अवस्था अध्ययन

बाबियाचौर (म्याग्दी), ९ कात्तिक । संसदीय टोलीले सोमबार महिला उद्यमीको अवस्था अध्ययन गरेको छ ।

व्यवस्थापिका–संसद्, महिला उद्यमशीलता विकास उपसमितिका संयोजक छाया शर्माको नेतृत्वमा पाँच सांसद र उद्योग मन्त्रालयका अधिकारीको टोलीले महिला उद्यमीले सञ्चालन गरेको उद्योगको अध्ययन गरेको हो ।

टोलीमा सांसद कान्ता भट्टराई, अनारकली मिया, मीना चौधरी र राज्यलक्ष्मी श्रेष्ठ, मन्त्रालयका सहसचिव सुदर्शन सापकोटा, संसद् सचिवालयका सुदर्शन खड्का, लघुउद्यम विकास कार्यक्रमका प्रमुख सल्लाहकार डा लक्ष्मण पुन, क्षेत्रीय प्रबन्धक केशव दवाडी, लघुउद्यम बजार विशेषज्ञ रजनी थापा लगायतको सहभागिता थियो ।

म्याग्दीका साथै पर्वत र कास्कीमा समेत महिला उद्यमीले सञ्चालन गरेको उद्योगका अवस्था, उद्योग सञ्चालनका क्रममा आइपरेका नीतिगत समस्या र सम्भावनाका विषयमा अन्तक्र्रिया र निरीक्षण गरी टोलीले संसद् र उद्योग मन्त्रालयलाई प्रतिवेदन बुझाउने जनाइएको छ ।

टोलीले बेनपा–४ हाडेभिरस्थित साझा सुविधा केन्द्रमा सञ्चालित हिमाली अल्लो कपडा उद्योग र गणेशटोलमा लद्युउद्यमीले उत्पादन गरेका सामान बिक्रीका लागि सञ्चालित सौगात कोसेली घरको निरीक्षण गरेको थियो ।

टोलीलाई हिमाली अल्लो कपडा उद्योगका अध्यक्ष विष्णु गुरुङले लघुउद्योगमा आबद्ध भएपछि आफूहरुको जीवनस्तरमा उल्लेख्य सुधार आएको बताउनुभयो । दर्ता प्रक्रिया झन्झटिलो हुँदा सबैले दर्ता गर्न नसकेका कारण सरकारले दिने सेवा सुविधा पाउन नसकेको गुनासो उहाँले गर्नुभयो ।

दर्ता प्रक्रिया सहज बनाएर सबै लद्युउद्यमीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै उद्यमीले सहुलियत ब्याजदरमा ऋण पाउने नीतिगत व्यवस्था र प्रविधिमा सहयोग गर्न टोलीलाई सुझाव दिएका छन् ।

टोलीलाई घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मीरादेवी अधिकारीले म्याग्दीमा लघुउद्यमको अवस्था र सम्भावनाका विषयमा जानकारी गराउनुभएको थियो । करिब १० वर्ष म्याग्दीमा सञ्चालन भएको लघुउद्यम विकास कार्यक्रम मार्फत दुई हजार ३८ जनाले विभिन्न सीप तथा आयआर्जनमूलक तालिम लिएका छन् ।

तालिम लिएकामध्ये हाल एक हजार ३०७ जना मात्रै सक्रिय रहेको जिल्ला लघुउद्यमी समूह सङ्घको तथ्याङ्कमा उल्लेख छ । स्थानीय सीप, स्रोत र साधनमा आधारित साना उद्योगको म्याग्दीमा प्रशस्त सम्भावना भए पनि व्यावसायिक हिसाबले अघि बढ्न लगानी र पुँजीको अभाव भएको लघुउद्यमीले बताएका छन् । रासस

नलगाड जलविद्युत् निर्माणस्थलका जनता भन्छन्– छिटो काम होस्

सेपुखोला(जाजरकोट), ९ कात्तिक । यहाँको पूर्वी क्षेत्रको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने नलगाड जलविद्युत् आयोजनाको निरीक्षण गरिएको छ ।

ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार उपाध्याय, आयोजनाका कार्यकारी निर्देशक मोती कँुवर, नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडी, स्मेक कन्सलटेन्सीका माइकल लगायतले आयोजना निर्माण स्थलको निरीक्षण गर्नुभएको हो । जलविद्युत्गृह निर्माणस्थल खगेनकोटको दल्लीदेखि सक्ला गाविसको सेपुखोलासम्म निरीक्षण गरिएको हो ।

करिब १० किमी लम्बाइ रहेको सो भूभागको पहुँच मार्ग निर्माणस्थलको पनि अवलोकन गरिएको छ । आयोजनाको निरीक्षणमा आएको सो टोलीलाई मुआब्जाका साथै विस्तृत परियोजना प्रतिवेदन छिटो पूरा गर्न स्थानीयवासीले माग गरेका छन् । अहिले आयोजनास्थलमा पहुँच मार्ग निर्माण तीव्र पारिएको छ भने दल्लीमा आयोजनाको भवन निर्माण जारी छ । अहिलेको सम्भाव्यता अध्ययनले सो आयोजनाबाट ४१० मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएको छ ।

ऊर्जाविद्ले एक हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सकिने जिकिर गर्दै आएका छन् । नेपालकै कम लगानीका साथै कम क्षतिमा सो आयोजना निर्माण गर्न सकिने बताइएको छ ।

आयोजना निर्माणस्थलमा कम जग्गा अधिग्रहण हुनेलाई निकै घाटा लागेको र मुआब्जा मार्फत पाएको रकमले अर्को ठाउँमा पुनःस्थापना हुन समस्या भएको सक्ला जुगानाका डिलबहादुर रावलले बताउनुभयो । मुआब्जा मार्फत पाउने रकम एक मुष्ट पाउनुपर्ने यदि नपाइएमा कुनै काम नलाग्ने रावलले बताउनुभयो । सक्ला–१ का जयबहादुर खत्रीले सक्ला लैखमका जनतालाई आयोजनाले उपेक्षा गरेको आरोप लगाउनुभयो । आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने सक्ला–१ का गणेश केसीले माग गर्नुभयो ।

ऊर्जा सचिव उपाध्यायले जाजरकोट अब झाडापखालाको होइन, बिजुलीको जिल्ला भनेर चिनिने बताउनुभयो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन युद्धस्तरमा हुनुपर्ने र यहाँका जलजमिन र जडिबुटीको संरक्षण, आयोजना निर्माण हुँदा विस्थापित हुने स्थानीयवासीलाई रोजगारी दिनुपर्ने नलगाड सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले माग गर्नुभयो । रासस

भाइटीकाको साइत ११ बजेर ५२मिनेटमा

काठमाडाँै, ९ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको छ ।
समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । “यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ” उहाँले भन्नुभयो ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ । रासस

ढुङ्गा ओसारपोसार गर्ने ट्र्याक्टर– चालकमाथि कारबाही

लहान, ९ कात्तिक । जिल्ला वन कार्यालय लहानले चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने आधा दर्जनभन्दा बढी ट्र्याक्टर तथा चालकमाथि कारबाही गरेको छ ।

सिरहा जिल्लास्थित चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गरिरहेका अवस्थामा पक्राउ परेका नौ ट्र्याक्टर तथा चालकमाथि कारबाही गरिएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख शिलानाथ झाले जानकारी दिनुभयो ।

चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार बढेपछि वन कार्यालयले नियमित रुपमा गस्ती बढाएको हो । वन कर्मचारीले गस्ती बढाएयता गत असोज १२ गतेदेखि हालसम्ममा नौ ट्र्याक्टर र चालकलाई कारबाही गरिएको प्रमुख झाले बताउनुभयो ।

पक्राउ गरिएका ट्र्याक्टर र चालकलाई पहिलो पटकका लागि कारबाहीस्वरुप धरौटी तिराएर तारेखमा छाडिएको बताइएको छ । रासस

ढुङ्गा ओसारपोसार गर्ने ट्र्याक्टर– चालकमाथि कारबाही

लहान, ९ कात्तिक । जिल्ला वन कार्यालय लहानले चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने आधा दर्जनभन्दा बढी ट्र्याक्टर तथा चालकमाथि कारबाही गरेको छ ।

सिरहा जिल्लास्थित चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गरिरहेका अवस्थामा पक्राउ परेका नौ ट्र्याक्टर तथा चालकमाथि कारबाही गरिएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख शिलानाथ झाले जानकारी दिनुभयो ।

चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार बढेपछि वन कार्यालयले नियमित रुपमा गस्ती बढाएको हो । वन कर्मचारीले गस्ती बढाएयता गत असोज १२ गतेदेखि हालसम्ममा नौ ट्र्याक्टर र चालकलाई कारबाही गरिएको प्रमुख झाले बताउनुभयो ।

पक्राउ गरिएका ट्र्याक्टर र चालकलाई पहिलो पटकका लागि कारबाहीस्वरुप धरौटी तिराएर तारेखमा छाडिएको बताइएको छ । रासस

ढुङ्गा ओसारपोसार गर्ने ट्र्याक्टर– चालकमाथि कारबाही

लहान, ९ कात्तिक । जिल्ला वन कार्यालय लहानले चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने आधा दर्जनभन्दा बढी ट्र्याक्टर तथा चालकमाथि कारबाही गरेको छ ।

सिरहा जिल्लास्थित चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गरिरहेका अवस्थामा पक्राउ परेका नौ ट्र्याक्टर तथा चालकमाथि कारबाही गरिएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख शिलानाथ झाले जानकारी दिनुभयो ।

चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार बढेपछि वन कार्यालयले नियमित रुपमा गस्ती बढाएको हो । वन कर्मचारीले गस्ती बढाएयता गत असोज १२ गतेदेखि हालसम्ममा नौ ट्र्याक्टर र चालकलाई कारबाही गरिएको प्रमुख झाले बताउनुभयो ।

पक्राउ गरिएका ट्र्याक्टर र चालकलाई पहिलो पटकका लागि कारबाहीस्वरुप धरौटी तिराएर तारेखमा छाडिएको बताइएको छ । रासस

नेपाल प्रहरीका राष्ट्र सेवकहरु अमेरिकामा सम्मानित

samman1अमेरिका क्यालिफोर्निया राज्यको सुन्दर नगरि सान फ्रान्सिस्कोमा एक नितान्त फरक खालको कार्यक्रम सम्पन्न भएको छ। पश्चिम अमेरिका नेपाली महासंघ(WANA) नेपाल विश्व सहयोग संघ (NAGC) तथा ग्लोबल इन्टर कल्चरल एक्स्चेन्ज, नेपालको संयुक्त आयोजनामा राष्ट्र सेवक द्वय ए आई जि पि केदार प्रकाश साउद तथा ए आ ई जि पि सुरेन्द्र बहादुर शाह जनसेवा सम्मानपत्र द्वारा सम्मानित हुनुभएको छ।
नेपाल प्रहरीमा रही  लामो समयसम्म देश र जनताको सेवा गरी नेपाली समाजलाई गुन लाउनु भएबापत उहाँहरु सम्मानित हुनु भएको हो। एकै पटक नेपाल प्रहरीमा प्रवेश गर्नु भएका साउद तथा शाह झन्डै तीन दशकदेखी अनवरत रुपमा सेवारत हुनु हुन्छ। सधैं राजनैतीक नेताहरुको लागि कार्यक्रम राख्ने गरिएकोमा यस पटक राष्ट्र सेवकहरुको सम्मान खातिर यो बिशेष समारोह आयोजना गरिएको आयोजकहरुले बताएका छन।
सो समारोहको सभापतित्व आयोजक संस्था पश्चिम अमेरिका नेपाली महा संघका अध्यक्ष तथा लोकप्रिय र सम्मानित समाज सेवी उत्तम कार्कीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन एन आर एन एन सि सि यु एस् ए का मिडिया को अर्डिनेटर तथा अनेसास  क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सर्वग्य वाग्लेले रोचक ढङ्गले गर्नु भएको थियो। सो अवसरमा नेपाली जनसंपर्क समिती नर्दर्न क्यालिफोर्निया च्याप्टर कि उप सभापति लक्ष्मी कार्की, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णकी पूर्व अध्यक्ष हेमा पनेरु तथा ग्लोबल इन्टर कल्चरल एक्स्चेन्ज नेपालकी प्रतिनिधि तथा समाज सेवी कल्पना दाहालले सम्मानित व्यक्तित्वहरुलाई खादा लाएर सम्मान गर्नु भयो। तत्पस्चात आयोजक संस्थाहरु वानाका अध्यक्ष उत्तम कार्की, एन ए जि सि का अध्यक्ष मणी नेपाली पनेरु तथा ग्लोबल इन्टर कल्चरल एक्स्चेन्ज, नेपालका अध्यक्ष दुर्गा दाहालले संयुक्त रुपमा सम्मान पत्र प्रदान गर्नु भयो। सो अवसरमा ए आ ई जि पि केदार प्रकाश साउदकी धर्म पत्नी बन्दना रायमाझी साउदको पनि उपस्थिती थियो।
ए आ ई जि पि केदार प्रकाश साउदको जन सेवा सम्मान पत्रमा भनिएको छ, यहाँले  बिगत तीन दशक देखी नेपाल प्रहरिमा रही देश र जनताको अबिछिन्न सेवा गरी सम्पूर्ण नेपाली हरुलाई गुन लाउनु भएको छ।बिशेष गरी लागु औषधको ओसार पसार तथा प्रयोगले आक्रान्त समाजलाई सो बिकृतिबाट जोगाउन जुन इमान्दारी र निष्ठाको साथ काम गर्नु भएको छ, नेपाली समाज यहाँ सङ्ग सदा ऋणी रहने   छ।   त्यसै गरी अर्का सम्मानित व्यक्तितित्व ए आ ई जि पि सुरेन्द्र बहादुर शाह लाई बिगत लामो समयदेखी नेपाल प्रहरिमा रही देश र जनताको अबिछिन्न सेवा गरी सम्पूर्ण नेपाली हरुलाई गुन लाउनु भएको , बिशेष गरी अपराध अनुसन्धान र प्रहरी तालिमको क्षेत्रमा   पुर्‍याउनु भएको योगदान महत्वपूर्ण तथा प्रसँसनीय छ भन्दै सम्मान गरिएको उहाँको जन सेवा सम्मानपत्रमा उल्लेख छ।
सम्मानित व्यक्तित्वहरुले आफूले पाएको न्यानो आतिथ्य र सम्मान पाएको मा भाव बिहोर हुँदै हार्दिक आभार व्यक्त गर्नु भएको छ। उहाँहरुले आ आफ्ना अनुभवहरु बडो रोचक ढङ्गले सुनाउँदै नेपाल प्रहरी राष्ट्र र जनताको सच्चा सेवक भएको र राष्ट्रको हितलागी प्राण हत्केलामा राखी अगाडि बढीरहेको भाव व्यक्त गर्नु भयो। उहाँहरुले आयोजक संस्थाहरुलाई सो सम्मानको लागि हार्दिक धन्यवाद दिँदै सो बाट आफूहरुलाई अझ देश र जनताको सेवा गर्न हौसला मिलेको कुरा बताउनु भयो। सो अवसरमा ए आ ई जि पि केदार प्रकाश साउदले नेपाल प्रहरिको तर्फबाट आयोजकहरु मार्फत उत्तर क्यालिफोर्नियाका नेपालीहरुलाई एक मायाँ को चिनो प्रदान गर्नु भएको छ। सो मायाँको चिनोलाई नेपाली सामुदायिक भवन किने पछी सो भवनमा स सम्मान राखिने कार्यक्रमका सभापति तथा एन सि सि सँयोजक उत्तम कार्किले बताउनु भयो।
सो कार्यक्रममा आओजक संस्था ग्लोबल कल्चरल एक्स्चेन्ज नेपालका अध्यक्ष तथा समाजसेवी दुर्गा दाहालले स्वागत  मन्तव्य दिनु भयो भने अर्को आयोजक संस्था नेपाल विश्व सहयोग संघका संस्थापक  तथा अन्तर राष्ट्रिय  अध्यक्ष मणी नेपाली पनेरुले धन्यवाद ज्ञापन गर्नु भयो। कार्यक्रममा अन्य वक्ताहरुमा समाज सेवी बिष्णु शाह, नान्सका पूर्व कोषाधक्ष नारायण प्रशाद पोखरेल लगायतले  पाहुनाहरुको  स्वागत सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको कुरा व्यक्त गर्नु भयो। सो कार्यक्रममा नेपाली जन संपर्क समिती नर्दर्न क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, बरीष्ठ उपसभापती नारायण खनाल, उप सभापति लक्ष्मी कार्की, महा सचिव हरी भट्ट, कोषाधक्ष गोमा लिम्बु, तमाङ क्प अपरेशन सोसाइटीका अध्यक्ष कुमार डोङ, नान्सका पूर्व कोषाधक्ष प्रेम लामा, पत्रकार सुशान्त गैँडा, लस यन्जलस बाट एक देव शर्मा तथा कर्ण चन्द लगायत उल्लेख्य तथा प्रतिनिधिमुलक उपस्थिती रहेको थियो। कार्यक्रम पछी ए आई जि पि द्वय केदार प्रकाश साउद र सुरेन्द्र बहादुर शाहको सम्मानमा रात्री भोज सम्पन्न भएको थियो। सो कार्यक्रम स्तरिय, मौलिक र व्यवस्थित भएको भन्दै देशका गैर राजनैतीक व्यक्तित्वहरुको सम्मानको यो शिलसिलालाई निरन्तरता दिन पर्ने सहभागीहरुले बताएका छन।  

चेपाङ गाउँमा सुविधायुक्त पुस्तकालय सञ्चालन

चितवन, ८ कात्तिक । चितवनको अति विकट क्षेत्र लोथर गाविस–९ मा रहेको चेपाङ गाउँ कान्दामा बालबालिकाका लागि सुविधायुक्त पुस्तकालय सञ्चालनमा ल्याइएको छ ।

नेपाल जर्नी युएसएको रु तीन लाख ५० हजार आर्थिक सहयोग र नेपाल लाइब्रेरी फाउन्डेसनकोे प्राविधिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय निर्माण भएपछि स्थानीय कान्देश्वरी प्राविमा अध्ययनरत विपन्न चेपाङ विद्यार्थीको शैक्षिक विकासमा ठूलो सहयोग पुग्ने स्थानीयवासीले बताएका छन् । विद्यालयमा पढ्ने एक सय २३ विद्यार्थी बसोबास रहेको छात्रावासमा पुस्तकालय सञ्चालन भएको हो ।

पुस्तकालयले आफ्ना बालबालिकाको शैक्षिक विकासका साथै अक्षर चिन्ने अभिभावकमा समेत पढ्ने बानीको विकास हुने स्थानीयवासी सीताबहादुर प्रजाले बताउनुभयो । पुस्तकालयमा खेलौनादेखि विभिन्न चित्र सहितका कथा, कविता र अङ्ग्रेजी तथा नेपाली किताब रहेका छन् ।

पुस्तकालयले शिक्षकलाई पनि विद्यार्थी मैत्री शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पु¥याउने विद्यालयका प्रधानाध्यापक बालकृष्णले थपलियाले बताउनुभयो ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटाले पुस्तकालयले चेपाङ बालबालिकाको चारित्रिक विकासका साथै नयाँ खोजीमा लाग्ने बानीको विकास गर्ने बताउनुभयो । उक्त क्षेत्रमा अहिले लक्ष्मी प्रतिष्ठानले बालबालिकाको रेखदेखि गरी पठनपाठन गराउँदै आएको छ । रासस

एक वर्षभित्रमा मेलम्चीको पानी ल्याउन निर्देशन

काठमाडौँ, ८ कात्तिक । व्यवस्थापिका—संसद्अन्तर्गत विकास समितिले रातिमासमेत काम गर्ने व्यवस्था मिलाएर विसं २०७४ असोज मसान्तभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा सभापति रवीन्द्र अधिकारीले तालिका बनाएर सुरुङ निर्माणको कामलाई व्यवस्थित गर्ने व्यवस्था मिलाउन मन्त्रालयका सचिव र मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिनुभयो ।

“सन् २००७ मा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी सन् २००० मा काम सुरु भएको थियो, दोस्रोपटक सन् २०१३ सम्म सारियो, तेस्रोपटक सारिएको सन् २०१६ मा पनि पानी नआउने निश्चित भएको छ, अब तोकिएको समयमा पानी आउने गरी काम अघि बढोस्”–उहाँले भन्नुभयो ।

मेलम्ची खोलाको पानी ल्याउने संरचना निर्माण अन्तिम चरणमा पुगेकाले याङ्ग्री र लार्केको पानी ल्याउन आवश्यक पूर्वाधारको काम छिटो सुरु गर्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सुरुङसम्म पुग्ने पहुँच मार्गको स्तरोन्नति गर्न पनि सभापति अधिकारीले सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसद गणेश पहाडीले आयोजनाले उपत्यकाका सडकमा पाइपलाइन खनेर अस्तव्यस्त पारेको बताउनुभयो । सांसद रामकुमार भट्टराईले मेलम्चीको पानीसँगै वर्षामा आउने बालुवा र माटोको व्यवस्थापन गर्ने योजना बनाउन माग गर्नुभयो ।

सांसद आङटावा शेर्पाले निर्माण कम्पनीको म्याद थपिएपछि भेरिएसन र मूल्याङ्कन वृद्धि गर्न माग गर्ने भएकाले ठोस आधारबिना म्याद थप्न नहुनेमा जोड दिनुभयो । सांसद टोपबहादुर रायमाझीले पानी आउने बित्तिकै वितरण हुने गरी सञ्जाल निर्माण सक्न सुझाव दिनुभयो ।

बैठकमा सांसदहरु रामकृष्ण घिमिरे, रञ्जना सरदार, प्रकाश शर्मा, जनार्दन ढकाल, यज्ञबहादुर थापा, गणेश ठगुन्ना, सीता गिरी र ललितजङ्ग शाहीले निर्माण कम्पनीलाई छिटो काम सक्ने गरी परिचालन गर्न माग गर्नुभयो ।

मन्त्रालयका सचिव सञ्जय शर्माले आयोजनाको काम छिटो सम्पन्न गर्न मन्त्रालयका तर्फबाट महिनामा एकपटक मुहानस्थलमै गएर अनुगमन गर्ने गरेको जानकारी दिनुभयो ।

आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले भूकम्प र नाकाबन्दीका कारण सुरुङ निर्माणको काममा असर परेकाले असोज १६ देखि छ महिना निर्माण कम्पनीको म्याद थपिएको जानकारी दिनुभयो ।

आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले पानी वितरणका लागि उपत्यकामा पाइपलाइन बिच्छ्याउने काम सन्तोषजनक रुपमा अघि बढिरहेको जानकारी गराउनुभयो । रासस

‘अ डे इन द लाइफ अफ काठमाडौँ’ पुस्तक सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । काठमाडौँ उपत्यकाको दैनिक जीवन झल्किने तस्बिरहरुको सङ्गालो ‘अ डे इन द लाइफ अफ काठमाडौँ’ को आज यहाँ सार्वजनिक गरिएको छ ।

भारतीय राजदूतावासले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले लेखक तथा छविकार जावेद अशरफद्वारा सङ्कलित तस्बिर सङ्गालिएको उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो ।

मन्त्री डा महतले लेखक तथा छविकार अशरफले तयार पार्नुभएको पुस्तकले काठमाडौँको दिनचर्या, परम्परा र संस्कृतिलाई विश्वसमक्ष पु¥याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लामो समय नेपाल र भारतको विदेश मन्त्रालयका विभिन्न तहमा रही काम गर्नुभएको अशरफको पुस्तक प्रकाशन गरेर नेपालको सांस्कृतिक दूतका रुपमा काम गरेको भन्दै मन्त्री महतले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले ऐतिहासिक तथा धार्मिक सम्पदाले भरिपूर्ण काठमाडौँको जनजीवनलाई झल्काउने तस्बिरलाई पुस्तकाकार दिएर ग्रन्थकारले दुई देशबीचको सम्बन्धमा प्रगाढ बनाउन सहयोग पु¥याएको विचार व्यक्त गर्नुभयो ।

लेखक अशरफले पुस्तकमा परम्परागत व्यापार, धार्मिक गतिविधि, आधुनिक पर्यटन र पर्वतारोहणसम्बन्धी तस्बिरहरु समेटिएको बताउनुभयो ।

भारतको विज्डम ट्रीले प्रकाशनमा ल्याएको उक्त पुस्तकको बिक्रीबाट सङ्कलित रकम उपत्यकाको पर्यटकीय स्मारकको पुनःनिर्माणका लागि सहयोग स्वरुप प्रदान गरिने प्रकाशकले जनाएको छ । रासस

नेकपा एमाले बाराको अध्यक्षमा विश्वकर्मा विजयी

कलैया, ८ कात्तिक । नेकपा (एमाले) वाराको अध्यक्षमा सुन्दर विश्वकर्मा विजयी हुनुभएको छ ।

आइतबार सम्पन्न भएको मतगणनामा दुई सय २३ मत प्राप्त गरी विश्वकर्मा विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी रवीन्द्र दासले एक सय ५८ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्षमा देवनारायण चौधरीले दुई सय १७ मत, सचिवमा एम. समिकल्लाहले एक सय ७६ मत र सहसचिवमा राजेन्द्र कलवारले एक सय ७४ मत प्राप्त गरी विजयी भएका छन् ।

एकहत्तर सदस्यीय जिल्ला कार्यसमितिका लागि भएको मतदानमा एक सय ४८ जनाले उम्मेदवारी दिएका थिए । चार सय दुई मतदाता रहेको सो निर्वाचनमा तीन हजार ८४ ले मतदान गरेका थिए । मतदान कार्यक्रम यही कात्तिक ६ गते सम्पन्न भएको थियो । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts