Tuesday, May 31, 2016

रारा ताल पुगेका बुलेट राइडर काठमाडौं आइपुगे

Bullet1
काठमाडौं – काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइडको टोली रारा ताल पुगेर आज काठमाडौं फर्किएको छ । गत जेठ ८ गते काठमाडौंबाट प्रस्थान गरेको सो टोली ११ दिनको कठीन यात्रा पार गरी आज काठमाडौं आइपुगेको हो । पिस राइडको टोलीलाई आज एक कार्यक्रमका बीच नासाका अध्यक्ष दशरथ रिसाल, महासचिव गोविन्द भट्टराई र रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघराज पौड्यालले स्वागत गरे । योसँगै काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड सफलतापूर्वक सम्पन्न भएको छ ।

Bullet2
उक्त अवसरमा पिस राइडमा सहभागी नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बु, महासचिव राम साह तथा पेट्रोनास लुब्रिकेन्ट्सका कन्ट्री म्यानेजर नगेन्द्र खनाल लगायतले यात्रामा भोगेका कठिनाई र अन्य विभिन्न पक्षका बारेमा जानकारी प्रदान गरेका थिए ।
नासा बुलेट क्लबले काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड आयोजना गरेको हो । ११ दिनसम्मको उक्त पिस राइड नारायणगढ, लुम्बिनी, नेपालगन्ज, सुर्खेत हुँदै रारा तालसम्म पुगेको थियो ।
पिस राइडमा २७ वटा बुलेट अर्थात रोयल इन्फिल्ड बाइक र ३२ जना रहेका थिए । लुम्बिनीमै पोखराबाट आएका ‘द इन्फिल्ड ट्रुपर्स’ का राइडर समेत पिस राइडसँग जोडिएका थिए । उनीहरु पनि पोखरा पुगिसकेका छन् । पहिलो पटक विकट मानिएको रारा तालसम्म यसरी बाइक पु¥याउन पाउँदा आफूहरु निकै खुसी भएको क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए ।
नासा बुलेट क्लबले जुम्लाको सिंजा र मुगुको मुर्माटपमा विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । करिब ३ सय विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए । बीचमा बुटवल, सुर्खेत आदि स्थानमा विभिन्न संघ संस्थाले पिस राइडको टोलीलाई स्वागत गरेका थिए ।
बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको उक्त पिस राइडले नेपाल भ्रमण बर्ष २०७३ को समेत प्रबद्र्धन गरेको क्लबले बताएको छ । केही बर्ष देखि मात्र सडक यातायातले जोडिएको कर्णाली अञ्चलको विकट स्थानमा पुगेर एड्भेन्चर स्पोर्ट, ड्राइभ टुरिजम् र रोड सेफ्टीको सन्देश दिन उक्त पिस राइड सफल हुने बुलेट क्लबको भनाइ छ । नेपालका विकट र जुनसुकै स्थानमा पनि मोटरसाइकलमा पनि यात्रा गर्न सकिन्छ भन्ने सन्देश यसले दिनेछ ।
पिस राइडको मूख्य प्रायोजक पेट्रोनस लुब्रिकेन्ट रहेको थियो भने नेपाल पर्यटन बोर्ड तथा अन्य विभिन्न संस्थाहरुले समेत यसलाई सहयोग गरेका थिए ।

Bullet3

परीक्षाफल प्रकाशन

काठमाडौँ, १८ जेठ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को गृहविज्ञान (बालविकास, खाद्य पोषण) विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णणानुसार आज प्रकाशन गरिएको छ । रासस

बालकको डुबेर मृत्यु

नेपालगन्जमा भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो

राष्ट्रिय नकआउट क्रिकेटमा चितवन विजयी

रौटहत, १८ जेठ । सरस्वती युथ क्लव चन्द्रनिगाहपुरको आयोजनामा जारी स्व गणेशमान सिंह स्मृति राष्ट्रिय नकआउट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा चितवन विजयी भएको छ ।

प्रतियोगितामा मकवानपुरले २० ओभरमा पाँच विकेट गुमाएर १३० रन जोडेको थियो । त्यसपछि जवाफी व्याटिङमा उत्रेको चितवनले १९.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । उसका लागि चितवनका सन्तोष न्यौपानेले सर्वाधिक ४२ रन जोडेका थिए । प्रतियोगितामा उनी नै म्यान आफ दी म्याच घोषित भए । भोलिको खेल विराटनरविरुद्ध कनकपुर तथा गरुडा र वीरगन्जबीच हुनेछ । रासस

बजेटमा सञ्चारमाध्यमका छुटेका कुरा सम्बोधन गर्ने प्रतिबद्धता : मन्त्री राई

काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउनका लागि बजेटमा छुटेका कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीले आज बुझाएको १२ बँुदे ध्यानाकर्षणपत्र बुझ्दै उहाँले सञ्चारको क्षेत्रका कतिपय कुरा बजेटले समेटेको भए पनि कतिपय कुरा छुटेको हुनाले त्यसलाई सम्बोधन गर्ने बताउनुभयो ।

मन्त्री राईले चौतारीको मागअनुसार बजेटमा पत्रकारलाई उपचारमा सूचना विभागको रातो कार्डअनुसार सरकारी अस्पतामा ५० प्रतिशत निःशुल्क उपचारको कार्य महत्वपूर्ण कुरा भएको भन्दै छुटेका कुरालाई पनि समेट्ने उल्लेख गर्नुभयो ।

पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० सरकारले आगामी साउन १ गतेबाट नै लागू गर्ने र आमसञ्चार अध्ययन÷अनुसन्धान प्रतिष्ठानको आन्तरिक तयारी पूरा भएको र मन्त्रिपरिषद्बाट तत्काल निर्णय गरी काम अघि बढाउने बताउनुभयो ।

चौतारीका नवनिर्वाचित अध्यक्ष गणेश बस्नेतले चौतारीको मागमध्ये सूचना विभागको रातो कार्डका आधारमा सरकारी अस्पतालमा ५० प्रतिशत निःशुल्क उपचार उल्लेखनीय कार्य भएको र बाँकी मागको सम्बोधन गर्न आग्रह गर्नुभयो ।

ध्यानाकर्षणमा सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन उपलब्ध गराई कार्यान्वयनका लागि विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्नुपर्ने, विद्युतीय सञ्चारमाध्यमलाई समेत छापा माध्यमसरह लोककल्याणकारी विज्ञापन उपलब्ध गराई उक्त रकम दोब्बर बनाउनुपर्ने रहेको छ ।

त्यस्तै, लामो समयदेखि सरकारी नीति तथा कार्यक्रम र बजेटमा समेत श्रमजीवी पत्रकारको क्षमता विकासका लागि राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठन गर्दा निष्पक्ष, सर्वस्वीकार्य र कुनै पनि राजनीतिक नामसँग नजोडिएको सञ्चार सङ्ग्रहालय तथा आमसञ्चार अध्ययन अनुसन्धान प्रतिष्ठान गठन गर्नुपर्ने रहेको छ ।

पत्रकारद्वारा सञ्चालित, साना लगानी र स्थानीय तहका सञ्चारमाध्यमको संरक्षणका लागि विशेष कदम चाल्नुपर्ने, भूकम्पबाट प्रभावित सञ्चारमाध्यमको नवीकरण दस्तुर तथा रोयल्टी मिनाहा गर्न, कर छुट दिन तथा क्षतिग्रस्त सञ्चारगृहको पुनः निर्माणमा सहयोग माग गरेको छ ।

चौतारीले सरकारले सञ्चारमाध्यमलाई उद्योग सरहको मान्यता दिएसँगै उद्योगले पाउने सहुलियत प्रदान गर्न तथा उद्योगले बहन गर्नुपर्ने दायित्व निर्वाहको दायराभित्र ल्याउनुपर्ने, सरकारी सञ्चारमाध्यमलाई अझ बढी निष्पक्ष, दक्ष, प्रतिस्पर्धी र विश्वनीय बनाउन सार्वजनिक सेवा प्रसारणका रुपमा अघि बढाउन आवश्यक ऐन, नियम र कार्यविधि तर्जुमा गनुपर्ने माग गरेको छ ।

त्यस्तै, सरकारले श्रमजीवी पत्रकारका लागि मासिक रु १९ हजार ५०० न्यूनतम पारिश्रमिक निर्धारण गरेकोप्रति स्वागत गर्दै कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने, पत्रकारिता क्षेत्रमा लामो समय योगदान गरेका वरिष्ठ पत्रकारलाई प्रदान गर्न नेपाल पत्रकार महासङ्घले सरकारसँगको समन्वयमा सुरु गरेको ‘ज्येष्ठ पत्रकार सम्मान वृत्ति’ सुविधाको दायरा तथा रकम बढाएर प्रभावकारी रुपमा कार्यान्वयन गर्नपर्नेलागयत माग रहेको छ ।

आशिषको पोलिग्राफ परीक्षण गरियो

माओवादी केन्द्रको सङ्गठन संरचनाबारे छलफल सुरु

काठमाडौँ, १८ जेठ । नेकपा९माओवादी केन्द्र०को सङ्गठन संरचना कस्तो बनाउने भन्ने विषयमा छलफल सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको छलफलमा सङ्गठनात्मक संरचनाका विषयमा प्रारम्भिक छलफल सुरु भएको हो । सङ्गठनात्मक संरचना तयार पार्न नेता वर्षमान पुनको संयोजकत्वमा उर्मिला अर्याल, विश्वभक्त दुलाललगायतको एक कार्यदल गठन गरिएको थियो । कार्यदलले तयार पारेको प्रतिवेदन संयोजक पुनले आज अध्यक्ष दाहाललाई बुझाएको थियो ।

विभिन्न दश वटा माओवादी घटकको एकतापछि माओवादी केन्द्रको केन्द्रीय समिति ६९९ बनाइने प्रस्ताव गरिएको थियो । केन्द्रीय समिति भद्दा बनाउन नहुने भन्दै केही नेताले आपत्ति जनाइराख्नुभएको अवस्थामा कार्यदलले भने केही केन्द्रीय सदस्य अझै थपेर पार्टीलाई गाउँगाउँसम्म पु¥याउन आग्रह गरेको थियो । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको विज्ञप्तिमा कार्यदलको प्रतिवेदनमाथि प्रारम्भिक छलफल भएको जनाइएको छ ।

केन्द्रीय समितिको आकार बढाउन हुने र घटाउनु पर्ने भन्ने दुवै तर्कका बीचबाट समाधान खोज्ने तयारी माओवादी केन्द्रले गरेको छ । अध्यक्ष दाहालले भने सङ्गठन विस्तारका लागि गाउँ तथा नगर तहसम्म केन्द्रीय सदस्यलाई नै खटाउने योजनाअनुसार नै केन्द्रीय समितिको आकार बढी बनाइएको बताउँदै आउनुभएको छ । तर केही युवा नेताले भने कार्यकारी केन्द्रीय समिति बनाएर जानुपर्ने धारणा राख्दै आउनुभएको छ । कार्यदलको प्रतिवेदनमाथि बुधबार पुनः छलफल हुने जनाइएको छ । रासस

प्राध्यापकको निधन

इनरुवा, १८ जेठ । सुनसरी सदरमुकाम इनरुवा–६ स्थित रहेको सुनसरी बहुमुखी क्याम्पसका प्राध्यापक विश्वरमण पोखरेलको आज असामयिक निधन भएको छ ।

दीर्घरोगबाट पीडित रहनुभएका पोखरेलको काठमाडाँैमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पोखरेलले क्याम्पसमा प्रध्यापन, बालिका माविका संस्थापकसँगै लेखापरीक्षकका रुपमा समेत काम गर्दै आउनु्भएको थियो । पोखरेलको निधनप्रति विद्यार्थी तथा मित्रजनले हार्दिक संवेदना तथा श्रद्धाञ्जलि व्यक्त गरेका छन् । रासस

अस्पतालले बिरामीलाई ति-यो रु दुई लाख क्षतिपूर्ति

विश्व धुम्रपानविरुद्धको दिवस, नेपालमा क्यान्सर भएकामध्ये धुम्रपानका कारण ३२ प्रतिशत

दाहालद्वारा सर्वोच्चलाई लिखित जवाफ : चर्चामा आउन अदालतको दुरुपयोग

जग्गाको स्वामित्व दिन आयोग क्रियाशील

हेटौँडा, १८ जेठ । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले सरकारले सुकुम्बासी तथा अव्यवस्थित रुपमा बसोबास गरेका जनतालाई जग्गाको स्थायी स्वामित्व प्रदान गर्न सुकुम्बासी आयोगलाई क्रियाशील बनाएको बताउनुभएको छ ।

उहाँले राप्रपा नेपाल मकवानपुर क्षेत्र नं ४ को पार्टीको क्षेत्रीय भेलाको आज मनहरिमा उद्घाटन गर्दै विकासका पूर्वाधार र बजेट उपलब्ध गराउनुका साथै गरिबीका रेखामुनी रहेका जनताको आर्थिक उन्नति हुने लक्ष्य राखी अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सो भेलामा राप्रपा नेपालका केन्द्रीय सदस्यद्वय दीपक सिंह, राजाराम बर्तौला, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्ट र सांसद गणेश थापाले स्थानीय निकायको निर्वाचन गर्नुपर्ने माग गर्नुभयो ।

भेलाले राप्रपा नेपाल क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष गोविन्द रिजालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । रासस

‘सुखदुःखको चौतारी’ एल्बम धरापमा पारी परदेशमा रहेकालाई लोकसंगीतका दलालीले दिएको पीडा

lalait kumar thapaम्युजिक भिडियो बनाइदिन्छु भनी पैसा लिएर एक अर्घाखाँची निबासी ललितकुमार थापा  फरार भएपछि यूएईमा कार्यरत लोकगायक प्रेम भट्टराई आफू ठगिएकोमा चिन्तित छन् । चार वर्षदेखि यूएईमा कार्यरत रुपन्देहीका प्रेम भट्टराईले लोकसंगीतको क्षेत्रमा केही महिनाअघि ‘सुखदुःखको चौतारी’ शीर्षक एल्बम सार्वजनिक गरेका थिए । गायक रामजी खाँड र गायिका टीका पुनको स्वरमा सजिएको अति राम्रो गीत भएको सोही एल्बमका मालिक प्रेम भट्टराईले  बताएका छन् ।
उक्त एल्बमको भिडियो बनाउनका लागि भनी लोक गएको हँु भन्ने अर्घाखाँचीका ललितकुमार थापाले पैसा लिएर फरार भएको लोकगायक भट्टराईले बताए । गीतको अडियो अलाप रेकरडिंगबाट बजारमा आएको र गत अक्टोबर ३ मा उक्त गीतको भिडियोका लागि भनेर अलग्गै ६५ हजार रुपैयाँ सिटिजन्स बैंकमार्फत् ललित थापा मगरका अनुसार  पिन सीआर ०४३६८६५०१२ मा  उमाकुमारी रानाको नाममा पैसा पठाएको पीडित भट्टराईले बताएका छन् । पैसा पाएको केही महिनासम्म काम हुन्छ भन्दै आस्वासन दिए पनि अहिले निज थापाको फोन नम्बर बन्द भएको, फेसबुक र ह्वाट्स एप सबै सामाजिक सञ्जाल ब्लक गरी निज थापा लुकी रहेको पीडित गायक भट्टराईले बताए ।
पीडित भट्टराईका अनुसार निज थापाले छिटो पैसा पठाउनु नत्र सुटिंङ लेट हुन्छ भनेको तर पैसा हात परेपछि अनेक बहाना गरी सम्पर्कविहीन भएको बताए । थापाले आफूलाई लोकसंगीतको भकारी हुँ, सबै काम गर्छु भनेका कारण विश्वास गरी पैसा पठाउँदा आफु नराम्ररी फँसेको भट्टराईले बताएका छन् । तर आठ महिनासम्म पनि काम नहुँदा यस्तै ठगीमा नपर्न अरुलाई सचेत हुन आग्रह गरेका छन् ।dukhasukhako-chautari
आफ्नो रकम फिर्ता गराउनका लागि अदालतसम्म जाने तयारी गरिरहेको लोकगायक भट्टराईले बताएका छन् ।

बहराइनको अदालतद्वारा प्रतिपक्षी नेतालाई पाँच वर्ष जेल सजाय

मानामा । बहराइनको पुनरावेदन अदालतले सोमबार यहाँका प्रतिपक्षी दलका नेता शेखअलि सलमानलाई दिइएको चारवर्षे काराबास सजायमा पाँच वर्ष थप गरी नौ वर्ष पु¥याएको छ ।

प्रतिपक्षी दलका नेता तथा अल बेफाक नेसनल इस्लामिक सोसाइटीका महासचिव सलमानलाई अधिकारवादी नेता, कुटनीतिज्ञ र अन्य अधिकारीको उपस्थितिमा कडा सुरक्षाबीच सजाय सुनाइएको थियो ।

शेख अलि सलमानलाई उच्च फौजदारी पुनरावेदन अदालतले नौ वर्षको सजाय सुनाए पनि यसलाई बहराइनको समाजले स्वीकार नगर्ने उनको दलले सुनुवाईपश्चात एक विज्ञप्ति जारी गरी बताएको छ ।

सलमानलाई सन् २०१४ को डिसेम्बर २८ मा पक्राउ गरिएको थियो भने सन् २०१५ मा चार वर्षको काराबास सजाँय तोकिएको थियो ।

यसको संयुक्त राज्य अमेरिका, मानवअधिकारवादी समूहहरुले विरोध गरेका थिए । उनको पक्राउपछि ठूलो समूहले सलमानको रिहाइका लागि प्रदर्शन गरेका थिए । रासस÷सिन्ह्वा

वैदेशिक रोजगार ऐन कामदारका पक्षमा संशोधन गर्न सुझाव

काठमाडौँ । वैदेशिक रोजगार ऐन संशोधन गर्दा वैदेशिक रोजगारीमा जाने कामदारको हितलाई प्राथमिकता दिनुपर्ने यहाँ आयोजित कार्यक्रम वक्ताले जोड दिएका छन् ।

मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आयोजना गरेको ‘वैदेशिक रोजगार ऐन–२०६४ मा समायुनुकूल परिमार्जन’ विषयमा नागरिक समाजसँगको अन्तक्र्रिया कार्यक्रमका वक्ताले अहिले विद्यमान ऐनको प्रस्तावनामा रहेको ‘व्यवसायीको हकहितको संरक्षण गर्ने’ भन्ने शब्द हटाई नयाँ ऐनमा ‘कामदारको हकहितको संरक्षण गर्ने’भन्ने शब्द थप्नुपर्ने सुझाव दिए ।

वैदेशिक रोजगारीको आवरणमा हुने मानव तस्करीलाई निरुत्साहन हुने गरी ऐन ल्याउनुपर्ने उनीहरुको भनाइ थियो । अन्तक्र्रियाका सहभागीले विदेश जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाट गर्नुपर्ने, अभिमुखीकरणको तालिम वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिनुपर्ने तथा तालिम सिटिइभिटीबाट दिनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

हाल वैदेशिक रोजगार विभागलाई अनुसन्धान, अभियोजन र मुद्दा दर्ता गर्ने सबै अधिकार दिँदा त्यसको दुरुपयोग भएको जनाउँदै नयाँ ऐन बन्दा त्यसलाई सच्याउनुपर्ने उनीहरुको भनाइ थियो ।

ऐन संशोधन कार्यदलका सदस्य सचिव एवम् श्रम तथा रोजगार मन्त्रालयका उपसचिव अर्जुन खनालले ऐन परिमार्जनका लागि ९० प्रतिशत विषयमा कार्यदलमा सहमति भइसकेको तथा १० प्रतिशत विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा जनमञ्चका सल्लाहकार एवम् अभिवक्ता सोम लुइँटेलले ऐन संशोधनका विषयमा प्रस्तुत गरेको कार्यपत्रमा वैदेशिक रोजगार संस्था सञ्चालकको मापदण्ड तोक्नुपर्ने, शाखा कार्यालय जिल्लामा राख्न पाउने तर एजेन्ट राख्न नपाउने व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगार संस्था सञ्चालनका लागि धरौटी रकम बढाई कम्तीमा रु एक करोड बनाउनुपर्ने उल्लेख छ ।

कामदारको मागपत्र कूटनीतिक नियोगबाट मात्रै प्रमाणित गर्ने व्यवस्था गर्नुपर्ने, बैंकिङ माध्यमबाट मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गर्नुपर्ने, विभागको रोहबरमा रोजगार करार गर्नुपर्ने, द्विपक्षीय श्रम सम्झौता गरेर मात्रै रोजगारीका लागि मुलुक खुला गर्नुपर्ने, बिमा र कल्याणकारी रकम एउटै निकायबाट हुनुपर्ने, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नाम परिवर्तन गरी त्यसलाई स्वायत्त निकायका रुपमा स्थापना गर्नुपर्ने, वैदेशिक रोजगारको ठगीमा अनुसन्धान गर्न प्रहरीलाई अधिकार दिनुपर्ने जस्ता विषय कार्यपत्रमा समावेश छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी)का टोली नेत्री सीता घिमिरे र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले वैदेशिक रोजगार ऐन संशोधनको विषय छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । रासस

आमा दृष्टिविहीन, छोरा अस्पतालको श्ययामा छट्पटाउँदै

जाजरकोट, १८ जेठ । ज्भेरीमालिका नगरपालिका–३ सिमलगैरीका ३० वर्षीय वीरु नेपाली मजदुरी गरेर आफू र दृष्टिविहीन ६० वर्षीया आमाको छाक टार्थे ।
अहिले मजदुरी गदा गर्दै खुट्टामा गम्भीर चोट लागेपछि चार महिनादेखि आफैँ थला परेका छन् । घाउ निको हुनाको साटो झन् झन् बल्झिँदै गएको छ । घुँडाको हाड कुहिन थालेको छ । अलि ढिलो गरे अर्बुद समेत हुन सक्ने चिकित्सकको भनाइ छ । तर अर्थ अभाव र काठमाडौँ लगिदिने आफन्त कोही नहुँदा यतिबेला उनी जिल्ला अस्पतालमा छटपटाइरहेका छन् भने आमा भीख मागेर खान थालेकी छिन् ।

“परिवारमा आमाछोरा मात्र हौँ अरु कोही छैनन्, एक जना जलबिन्दु भएर आँखा नदेख्ने आमा हुनुहुन्छ, उहाँ आफैँ अशक्त हुनुहुन्छ, मलाई उपचार गर्न कसले लगिदिन्छ ?” वीरुले आँखाबाट आँसु झार्दै भने, “म कसरी उपचार गरूँ ?” आफूसँग पैसा नभएको र काठमाडौँ लगिदिने मानिस कोही नभएकाले उपचार गर्न गाह्रो भएको उनले बताए । “कहिल्यै नगएको, नचिनेको ठाउँ कहाँ जाने, कोसँग जाने, न त आफूसँग पैसा छ” आफ्नो समस्या दर्साउँदै उनले भने ।

“जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइदिएका थियौँ तर उनी गएनन्” जिल्ला अस्पतालका डा बोम बिसीले भन्नुभयो “उनको घुँडामा मासु प्रत्यारोपण गर्नुपर्ने अवस्था छ सुरुमै हामीले जान सल्लाह दिएका हौँ तर अहिलेसम्म गएका छैनन् ।”

घाउ पाकेर घुँडाको हाड समेत कुहिन थालेको र जति ढिला ग¥यो उति खतरा बढ्दै जाने डा बिसीको भनाइ छ । रासस

Monday, May 30, 2016

खुकुरी प्रहार गरी श्रीमानको हत्या, श्रीमती घाइते

दोलखा, १८ जेठ । दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ ।

दाहालको आज बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । खुकुरी प्रहारबाट दाहालकी श्रीमती सीता दाहाल पनि गम्भीर घाइते हुनुभएको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गरी फरार रहेका अमरबहादुर तामाङ लामालाई प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

घटनाको कारण भने आउन बाँकी नै रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । घाइते श्रीमतीको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको बताइएको छ । केशव दाहालको गर्धनमा खुकरी प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ । रासस

म्याग्दीका गाउँले ट्वीटर र स्काइपमा रम्दै

socialmediamoderationम्याग्दी, १८ जेठ । एक दशक अघिसम्म सूचना आदानप्रदानका लागि कटुवाल, मुखिया र हुलाकीको भर पर्ने गरेको म्याग्दी जिल्ला सूचना प्रविधिको क्षेत्रमा फड्को मार्न सफल भएको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र स्काइप अब म्याग्दीका सर्वसाधारणका लागि नयाँ विषय रहेनन् । महावीरले सुरु गरेको इन्टरनेट सञ्जालको पहुँच जिल्लाका गाउँगाउँ र विद्यालयसम्म पुगेको छ । म्याग्दीका नागी, टिकोट, शिख, घार, पाउद्वार, नारच्याङ, भुरुङतातोपानी, कुहुँ, विम, निस्कोट, दरबाङ, बाबियाचौर, पात्लेखेत, पाखापानी, ताकम र चिमखोला गाउँ र त्यहाँ रहेका विद्यालयमा इन्टरनेट विस्तार गरिएको छ । पछिल्लो समय इन्टरनेट विस्तारका लागि सम्बन्धित गाविसले पनि बजेट विनियोजन गर्दै गएपछि ग्रामीण भेगमा यसको पहुँच बढ्न सकेको बताइएको छ

राम्चे–१ नागीका ५८ वर्षीय दिलबहादुर तिलिजा विदेशमा रहेका छोरा र छोरीज्वाइँसँग स्काइपमा कुराकानी गर्नुहुन्छ । उहाँका छोरीज्वाइ नौ वर्षदेखि सिङ्गापुरमा छन् । एउटा छोरा जापानमा अध्ययन गर्दैछन् । जापान र सिङ्गापुर भूगोल र दूरीले मात्र टाढा रहे, उहाँका लागि । सञ्चो–विसञ्चोको हालखबर मात्र होइन परदेशको काम र खानपिनले मोटाएको अथवा दुब्लाएको शरीर समेत एकै बसाइमा हेर्न सकिन्छ ।

‘मान्छे नै छर्लङग देख्ने भएपछि विदेशमा रहेको अनुभूति पनि हुँदैन, यता र उताको फुर्सद मिलाएर कुराकानी गर्छौं,’ तिलिजा भन्नुहुन्छ “गाउँमै बसेर यस्तो सुविधा पाइएला भनेर सोचेकै थिएन ।” उमेर ढल्किँदै गएपनि उहाँले स्काइपसँगै फेसबुक र ट्वीटर अकाउण्ट खोल्नुभएको छ । “अधिकांश कुरा मोबाइलबाट पनि हुन्छ, तर यसबाट झन् धेरै फाइदा हुँदोरहेछ, गाउँका अरु बूढाबूढीलाई अकाउण्ट खोल्न आग्रह गरेको छु, ” उहाँले भन्नुभयो ।

जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदलदूरीमा पुग्न सकिने नागीका सर्वसाधारणको इन्टरनेटमा पहुँच बढ्दो छ । खासगरी सामाजिक कार्यकर्ता महावीर पुनले गाउँमा बेतारे इन्टरनेटको सञ्जाल विस्तार गर्न सफल भएपछि यस्तो सम्भव भएको म्याग्दीका क्रियाशील पत्रकार गोपाल छन्त्यालले बताउनुभयो ।

ग्रामीण भेगमा इन्टरनेट विस्तारका लागि महावीरले कास्कीको पोखराबाट समुद्री सतहदेखि तीन हजार ३०० मिटरमा अवस्थित राम्चेकै मोहरेडाँडामा रिले स्टेसन निर्माण गरेका छन् । त्यसलाई मुख्य स्टेसन बनाई शिखको खोप्रालेक र म्याग्दीको कुहुँस्थित टोड्केमा अर्को रिले स्टेसनमार्फत इन्टरनेटको सञ्जाल विस्तार गरिएको छ ।

खोप्रालेकबाट उत्तरभेग र टोड्केबाट जिल्लाका लगभग पूरै क्षेत्रमा यो सेवा विस्तार गर्न थालिएको छ । नागीको हिमाञ्चल उच्च मावि, पाउद्वार मावि पाउद्वार, प्रभा मावि नारच्याङ, शिख उच्च मावि शिख, मुक्तिमार्ग उच्च मावि घार, सूर्योदय उच्च मावि भुरुङतातोपानी, किसानी उच्च मावि विम, निस्कोट मावि निस्कोट, जनप्रिय उच्च मावि दरबाङ, राष्ट्रिय जनजागृति मावि कुहुँलगायतका विद्यालयका विद्यार्थीले यहि इन्टरनेटमार्फत नयाँ र ताजा सूचना र ज्ञान उपभोग गरिरहेका छन् ।

इन्टरनेटको विकासले गाउँमा सूचना, ज्ञानको विकास र खबर आदानप्रदानमा धेरै सहज भएको हिमाञ्चल उच्च माविका कम्प्युटर शिक्षक किसान पुन बताउनुहुन्छ ।

विद्यालयमा अहिले कक्षा ६ देखि १२ सम्म अनिवार्य कम्प्युटर शिक्षा लागू गरिएको छ । जिल्लाका ७० सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सुरु भएको र अधिकांश विद्यालयमा वायरलेस इन्टरनेटको पहुँच पुगेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क छ । धु्रवप्रसाद शर्मा/रासस

भूकम्पप्रभावित विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

मोरङ, १८ जेठ । मोरङको हात्तीमुडा–७ स्थित मनमोहन स्मृति पोलिटेक्निकल कलेजले भूकम्प प्रभावित क्षेत्रका ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ ।

नेपाल सरकार र सिटिइभिटीको सहयोगमा मनमोहन स्मृति पोलिटेक्निकल कलेजले भूकम्प प्रभावित क्षेत्रका ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने भएको हो ।

सिभिल इन्जिनियरिङको तीनवर्षे डिप्लोमा कोर्ष निःशुल्क अध्ययनका लागि पोलिटेक्निकल आएका ४० जना विद्यार्थीलाई सोमबार हात्तीमुडा–७ स्थित पोलिटेक्निकलको भवनमा एक समारोहको बीच स्वागत गरिएको छ ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयम रायामाझीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा पोलिटेक्निकलका प्राचार्य डा सुवासश्री पोखरेलले नेपाल सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त पहलमा गरिब, पिछडिएको समुदाय, दलित, मधेसी, आदिवासी तथा महिलाका प्राविधिक शिक्षा उपलब्ध गराउँदै आएको पोलिटेक्निकलको उद्देश्यका बारेमा प्राचार्यले बताउनुभयो ।

सिभिल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल तथा मेकानिकल विषयमा तीनवर्षे डिप्लोमाको सुलभ अध्ययन अध्यापन गराउँदै आएको पोलिटेक्निकबाट उत्पादित कतिपय विद्यार्थीले राम्रो रोजगारी प्राप्त गरेको विषयमा पनि उहाँले चर्चा गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रायाले विद्यार्थीलाई अध्ययनमा लगनशील भई भरपुर उपलब्धि लिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “मेहनत गर्दा असम्भव केही पनि हुँदैन” मेहनत गर्नुहोस् फाइदा लिनुहोस् ।

कार्यक्रममा नेकपा (एमाले) मोरङ अध्यक्ष महेश रेग्मी, प्रहरी उपरीक्षक सञ्जीव भण्डारी, सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज पाठकलगायतले प्राविधिक शिक्षाका विषयमा प्रकाश पार्नुभयो । सिटिइभिटीको सक्रियतामा सम्बन्धित जिल्लाका जिल्ला शिक्षा कार्यालयको सिफारिसमा छनोट भएका १० जिल्लाका पाँच छात्रा र ३५ छात्रले यो अवसर प्राप्त गरेको प्राचार्य डा पोखरेलको भनाइ छ ।

अवसर पाउनेमा सिन्धुपाल्चोकबाट १५, गोरखाबाट चार, सिन्धुलीबाट चार, दोलखाबाट चार, रामेछापबाट तीन, नुवाकोटबाट तीन, काभ्रेबाट दुई, काठमाडौँबाट एक, ललितपुरबाट एक जना रहेको पोलिटेक्निकले जनाएको छ ।

मासिक रु तीन हजार ५०० छात्रवृत्ति प्राप्त ४० जना विद्यार्थीलाई पोलिटेक्निकलले नियमित पठनपाठनका अतिरिक्त समय व्यवस्थापन गरी पढाउन लागेको जनाइएको छ । होस्टललगायत अध्यापन तथा अन्य प्रशासनिक व्यवस्थापन पोलिटेक्निकल स्वयम्ले गर्ने र त्यसका लागि आवश्यक बजेट नेपाल सरकारले उपलब्ध गराउने सहमति भइसकेको प्राचार्य डा पोखरेलले जानकारी दिनुभयो । रासस

माओवादी फेरिए ,जुनीका घाउ पुरिएनन्

जाजरकोट, १८ जेठ । जीवनका हरेक क्षण परिवर्तन हुन्छन् र नयाँ दिनको सुरुवात हुन्छ अनि नयाँ नयाँ सिर्जना हुन्छन् ।

तर जाजरकोटको उत्तर पश्चिममा पर्ने दह गाविसको जुनी गाउँमा भने त्यसो नभई द्वन्द्वको घाउ अझै पुरिएको छैन, जुन गाउँका २८ जनाको ज्यान लिएको थियो तत्कालीन दङ्गा प्रहरीले ।

२०५५ सालको मङ्सिर १० गते छिमेकीको विवाहमा जन्ती बनेर गएका एकै घरका चार दाजुभाइसहित वुद्धिराज घर्तीलगायतका १४ जनाको माओवादी भएको आरोपमा निर्मम तरिकाले लाइन लगाएर सामूहिक हत्या भयो, केही महिलालाई दुव्र्यवहार गरेर छोडियो दङ्गा प्रहरीबाट ।

दैलेखको कालीकामा विवाहका लागि गएका निमुखा गरिबलाई जाजरकोटको मजकोटको भालु कुइयामा हिँडिरहेका बेला एकै घरका चार दाजुभाइ गोरे घर्ती, सुरजसिंह घर्ती, खड्ग घर्ती र केशवबहादुर घर्तीलाई आतङ्कारीको विल्ला भिडाइ गरिएको सामूहिक हत्याले जुनीलाई नराम्रोसँग तड्पायो ।

रोग, भोक र गरिबीले निकै पछाडि परेको जुनी गाउँको द्वन्द्वको घाउ अझै पनि पुरिनु त कता हो कता मलमपट्टी पनि लागेको छैन । द्वन्द्वमा सबैभन्दा बढी चपेटामा परेको गाउँ लोकतन्त्र आएको लामो समयसम्म पनि कहाली लाग्दो घटनाले झल्झल्ती सम्झाइरहेको छ जुनीलाई ।

द्वन्द्वको घाउ मेटाउन सरकारी पक्षबाट गतिलो प्रयास नहँुदा यहाँका पीडित निरास भएका छन् । एक महिना पनि खान नपुग्ने जुनीले सधँै अरुकै भर पर्न बाध्य भएको छ । माओवादी जनयुद्धको पश्चिमको केन्द्रबिन्दु रहेको जुनीले पटकपटक गरी ३१ जनाको ज्यान गुमाइसकेको छ । कम्युनसहित जुनीमा २०० घरधुरी जनजाति तथा १० घरधुरी दलित रहेका छन् ।

माओवादी जनयुद्धका बेला अत्यन्तै सुरक्षित सेल्टर मानिने जुनीलाई युद्धकै बेलामा दह गाविस–१ को निपाने–२ को जुर्कलाई मिलाएर जुर्कको ‘जु’ र निपानेको ‘नि’ लाई संयोजन गरी जुनी बनाएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो । राज्यबाट प्रभावित तथा पिछडिएको बलिदानी र त्यागका हिसाबले २०५६ चैत १२ गते जुनी कम्युन बनाएको सिंहको भनाइ छ ।

माओवादीको प्रमुख सेल्टरका रुपमा रहेको जुनी कम्युन माओवादीद्वारा युद्धकालमा घोषणा गरेका मध्य नेपालको जेठो कम्युन भएको नेता सिंहले बताउनुभयो । यहि कम्युनको नाममा माओवादीले युद्धकालमा स्थापना गरेको जुनी बाल संरक्षण केन्द्र अहिले अर्कै ठाउँमा माविका रुपमा सञ्चालन भएको छ । अहिले जुनीलाई सहयोग नगरे पनि जुनीको नाम भने भजाई रहेका छन् जुनी बनाउनेहरु । जुनीलाई युद्धका बेला केन्द्रबिन्दु बनाउनेहरु शान्ति प्रक्रियापछि दुर्गम बनाइरहेका छन् ।

साँच्चिकै जुनी फेरिन्छजस्तो थियो पहिला ‘जुनी’ कम्युनको सञ्चालन हँुदा । जब माओवादी फुट्न सुरुवात भयो तब जुनीको दशा नै बिग्रिन थाल्यो । २८ जना राज्य पक्ष तथा तीन जना माओवादीबाट मारिए जुनीका बासिन्दा ।

सुरुमा १०४ सदस्यीय परिवार भई कम्युन चलेकोमा विभिन्न समस्याका कारण एक दशकमात्र चल्यो । अहिले कम्युन विघटन भएपछि सहिदका धेरैजसोे बालबालिका विद्यालय जान छाडेका छन् । उनीहरुको उच्च शिक्षा पढ्ने रहर सपनामा मात्र सीमित रह्यो । सानैमा आमाबाबु गुमाएका अहिले निकै समस्यामा परेका छन् । कसैको बाबुको मृत्यु तथा आमाको अर्कैसँग दोस्रो विवाह भयो त कसैको आमाबाबु दुवैको मृत्युले बालबालिकालाई समस्या भयो ।

कोही कमाइ गर्न कामको खोेजीमा अन्य गाउँमा जाने गर्दछन् भने कोही आफ्नै गाउँमा कृषि पेसा गरिरहेका छन्, जुनीका ओयलसिंह घर्तीले बताउनुभयो ।

केही परिवार कतैबाट सहयोग नभएपछि मृतकका नाममा सरकारले दिएको राहतले छुट्टै गोठ तथा सानो घर र आटी निर्माण गरी बसिरहेका छन् भने आर्थिक अवस्था कमजोर भएका पुरानो सामूहिक घरमा बसिरहेको जुनीका स्थानीय जयबहादुर घर्तीले बताउनुभयो ।

एक महिना पनि खान नपुग्ने जुनीका स्थानीय बासिन्दालाई कम्युन चलेपछि केही राहत भएको घर्ती बताउनुहुन्छ । हरेक काम सामूहिक हुने भएकाले विभिन्न कामको विभाग बनाइ काम सञ्चालन गर्ने गरिन्थ्यो जुनीमा पहिले । पहिलेका जस्तो नभए पनि काम गर्दा सामूहिक नै गर्ने गरिएको उहाँले बताउनुभयो । सामूहिक बस्दा डिएफआइडीले बनाएको ठूलो घरमा अहिले जुनी सहकारीको कार्यालय, सुपथ पसल र सिलाइकटाइ सञ्चालन गरिएको छ ।

आफ्नै बस्ने घर नभएका १२ घरधुरी सामूहिक घरमा बसिरहेको घर्तीले बताउनुभयो । शान्ति प्रक्रियासंँगै सरोकारवालाको बेवास्ताले सामूहिक रुपमा चल्न समस्या भएकाले बाध्य भएर छुट्टिएको उहाँको भनाइ छ । बस्तीको समस्यालाई न सरकार नत कम्युन निर्माण गर्ने माओवादीले बुझ्नसक्यो । सयौँको घरवार बिग्रियो, बालबालिकाको विचल्ली भयो, कमाउने मान्छेको मृत्यु भयो, अहिले साथ दिनेको कमी छ, सबै आफ्ना बाटा लागे, बिना कामका सपना मात्र बाँडे, जुनीको ब्यथा ज्यूँको त्यूँ रहेकोे जुनीका इन्द्र घर्तीले बताउनुभयो ।

गाउँमा यार्सन नामक गैरसरकारी संस्थाको घुम्ती कोषबाहेक अरु कसैको नजर नपुगेको उहाँले बताउनुभयो । कम्युन हुँदा जसो तसो छाक टार्न सजिलो हुन्थ्यो विघटन पछि मुस्किल भएको छ । तीन घर परिवारबाहेक सबै घरपरिवारलाई उत्पादनको कमीले साँझ बिहान छाक टार्न पनि धौ धौ भइरहेको इन्द्र घर्तीले बताउनुभयो ।

कुनै योजना पनि छैन, विकास पनि छैन के गरेर कमाइ खाने कुनै माध्यम नभएको उहाँको भनाइ छ । जुनीमा विद्यालय छन् तर भवनको अभाव छ, जुर्क गाउँमा अमर प्रावि र निपाने गाउँमा पुतली निमावि रहेको छ । व्यवस्थित भवनको अभावमा नियमित विद्यालय आउँदैनन् यहाँका बालबालिका । हेमन्त केसी/रासस

पूर्व राष्ट्रपतिलाई जन्म कैद

चाड ।  अफ्रिकी मुलुक चाडका पूर्व राष्ट्रपति हिसेन हाब्रे मानवता विरुद्धको अपराधमा दोषी पाइएका छन् ।
सेनेगलकोराजधानी डकारमा रहेको अफ्रिकी संघ समर्थित एक अदालतले पूर्व राष्ट्रपति हाब्रेलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।
हाब्रे सन् १९८२ देखि १९९० सम्म चाडको राष्ट्रपति थिए । पूर्व राष्ट्रपति हाब्रे बलात्कार, यौन शोषण तथा हजारौं मानिसको हत्या आरोपमा दोषी पाइएको अदालतको ठहर छ ।

आँप पाक्यो

mangoफलफूलको राजा आँपको सिजनसँगै राजधानीका सडकमा आँप बेच्दै व्यापारी । तस्विर : भीष्मराज ओझा·रासस

श्रमदान…

shramdan1म्याग्दीको बाबियाचौरमा निर्माणाधिन खानेपानी आयोजनाको पाईप बिछ्याउन र नाली बनाउन श्रमदान गर्दै स्थानीय बासीन्दाहरु । तस्विर सन्तोष गौतम, रासस, म्याग्दी

आइसक्रिम खाँदै युवती

icecrameसुर्खेतको वीरेन्द्रनगरमा गर्मी बढेसँगै आइसक्रिम खाँदै युवती । तस्बिर : रोशन सापकोटा,रासस

अधिकार प्राप्त नहुँदासम्म आन्दोलन

पोखरा, १७ जेठ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहिचान र अधिकार प्राप्ति नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभएको छ ।

सङ्घीय गठबन्धन र तमुवान संयुक्त सङ्घर्ष समितिको व्यवस्थापनमा आज यहाँ आयोजित जनप्रदर्शन एवम् विरोधसभामा सङ्घीय गठबन्धनका संयोजक समेत रहनुभएका यादवले सत्ता स्वार्थको हतारका कारण ‘फास्ट ट्र्याक’को नाममा उत्पीडित वर्ग र समुदायका पहिचान र अधिकारलाई संविधानमा नसमेटिएको बताउनुभयो ।

सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले सरकारले जनताका आवाज नसुन्ने हो भने आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताउनुभयो । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले सङ्घीय गठबन्धनलाई फुटाउन षडयन्त्र भइरहेको बताउँदै विविधतायुक्त राज्यमा सबैको समान प्रतिनिधित्व आवश्यक हुने बताउनुभयो ।

सङ्घीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले संवैधानिक रुपमा पहिचान नसमेटिएसम्म आन्दोलन जारी रहने बताउनुभयो । सो अवसरमा तमुवान संयुक्त सङ्र्घष समितिका संयोजक हुमबहादुर गुरुङ, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता प्रा डा ओम गुरुङलगायतले आआफ्ना धारणा राख्नुभयो । रासस

नक्कली बाबु छोरा बनी नागरिकता लिने पक्राउ

तम्घास (गुल्मी), १७ जेठ । नक्कली बाबु र छोरा बनी नागरिकता बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनालाई पक्राउ गरेको छ । शान्तिपुर गाविस–५ निवासी नरबहादुर थापा क्षेत्री र निजका छोरा काजीबहादुर थापा पक्राउ परेका हुन् ।

निजले २०६० चैत १५ मा बाबु नरबहादुरको छोरा काजीबहादुर बनाई जिल्ला प्रशासन कार्यालयबाट नागरिता प्राप्त गरेकामा पुनः दोस्रो पटक २०७३ वैशाख १३ मा बाबुको नाम परिवर्तन गरी उत्तमबहादुर थापा र आफ्नो नाम लोकबहादुर बनाई नागरिकता लिएको प्रमाणको आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रजिअ प्रदीपराज कँडेलले जानकारी दिनुभयो ।

विषेश सुराकीका आधारमा राहदानीको सिफारिस लिनभनि आएको अवस्थामा उनीहरु जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ परेका हुन् । उनीहरुको साथबाट जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका नयाँ र पुरानो दुवै नागरितासमेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ । रासस

चिकित्सकसहित ११ जना पक्राउ

गणतन्त्र दिवसका अवसर आयोजित कार्यक्रममा प्रम

काठमाडौँ, १७ जेठ । प्रधामन्त्री केपी शर्मा ओली नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले गणतन्त्र दिवसका अवसरमा आज साँझ आयोजना गर्नुभएको विशेष कार्यक्रममा सहभागी हुनुभयो ।

पूर्वउपप्रधानमन्त्री तथा सो पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख श्रेष्ठले आफ्नो निवास हात्तिवनमा आयोजना गर्नुभएको सो कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रिपरिषद्का वरिष्ठ सदस्य, विभिन्न पार्टीका नेता तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो । रासस

‘राष्ट्रको पहरेदार’ उत्कृष्ट लघु चलचित्र घोषित

विश्व सुर्तीरहित दिवस, धूमपानकै कारण प्रत्येक वर्ष पन्ध्र हजारको मृत्यु

कोलकातामा गणतन्त्र दिवस

काठमाडौँ, १७ जेठ । नेपाली महावाणिज्य दूतावास कोलकाताले नवौँ गणतन्त्र दिवस यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रम अन्तर्गत जेठ १५ गते साँझ आयोजित कार्यक्रममा कावा महावाणिज्यदूत सीता बस्नेतले नेपालमा गणतन्त्रको स्थापना, यसको आवश्यकता, संरक्षण र चुनौती तथा हालका दिनमा नियोगको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कोलकाता, दुर्गापुर, हावडा तथा पश्चिम बङ्गालका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी, साहित्यकार, उद्योगीलगायत दूतावासका पदाधिकारीको सहभागिता थियो ।

यस्तै जेठ १४ गते बिहान नियोग परिसरमा वृक्षरोपण र जेठ १६ गते नियोगका कर्मचारीबीच आन्तरिक खेलकुद प्रतियोगिता गरिएको नेपाली महावाणिज्य दूतावास कोलकाताले जनाएको छ । रासस

गणेशमान स्मृति टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

महिला उद्यमी सम्मानित

बजेट राम्रो र सन्तुलित छ : चेम्बर

त्रिदेशीय साझेदारीका लागि कर्णाली चिसापानी परियोजना

काठमाडौँ, १७ जेठ । सरकारले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीलाई बढावा दिन लक्ष्यका साथ सरकारले आगामी आवको बजेट वक्तव्यमा कर्णाली चिसापानी परियोजनालाई समावेश गरेको छ ।

कुल दश हजार ८०० मेगावाट क्षमताको सो परियोजना अध्ययनकै क्रममा रहेको भए पनि तीन मुलुकबीच साझेदारीको सम्बन्ध स्थापना गर्ने लक्ष्यका साथ बजेटमा उल्लेख गरिएको ऊर्जा मन्त्रालयको भनाइ छ । ऊर्जा मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले समग्र दक्षिण एसिया र चीनलाई समेत सहभागी गराएर सो परियोजना अगाडि बढाउने प्रस्ताव सरकारको रहेको जानकारी दिनुभयो ।

“कर्णाली चिसापानी परियोजना चीनको थ्री गर्जेज जस्तै ठूलो र महत्वपूर्ण छ । यसलाई अगाडि बढाउन पाइयो भने त्यसबाट प्राप्त हुने लाभको हिस्सा नेपालले मात्रै होइन समग्र दक्षिण एसियाले पाउन सक्छ” –उपप्रधानमन्त्री रायमाझीले भन्नुभयो । सरकारले बजेटमार्फत अगाडि बढाएको सो परियोजनालाई मूर्त रुप दिन आवश्यक सबै तयारी गरिने र सम्बद्ध पक्षसँग सघन छलफल गरी निष्कर्षमा पु¥याइने उहाँको कथन थियो ।

वर्तमान सरकारले ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण र दीर्घकालीन कार्ययोजना अगाडि सारेकोे स्पष्ट पार्दै मन्त्री रायमाझीले भन्नुभयो, “राम्रो काम गर्नेलाई सरकार पुरस्कृत गर्छ, आयोजना ढिलाइ गर्ने, काम चोर्नेलाई कारबाही हुन्छ ।”

मन्त्री रायमाझीले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनालाई बजेटको व्यवस्था गरिएको र बैकल्पिक स्रोतको समेत जोहो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले बजेटमा रु पाँच अर्ब र पूर्वाधार करमार्फत पेट्रोल, डिजल र हवाई इन्धनमा प्रतिलिटर रु पाँच लगाइएपछि रु सात अर्ब बढी रकम जम्मा हुने प्रणालीको विकासले बूढीगण्डकी परियोजनामा स्रोत जुटाउन कुनै समस्या नहुने स्पष्ट पार्नुभयो । रासस

इन्जिनियरहरुसँग देश बनाउने सुझाव माग

शिक्षक दरबन्दी मिलान कार्यक्रमले शिक्षामा राहत

अन्तर्राष्ट्रिय ‘हाइस्कुल कराते’मा नेपाली खेलाडीको वचस्र्व

एक हजार वर्ष दण्ड जरिवाना असुल्न बाँकी

भक्तपुर, १७ जेठ । लामो समयदेखि अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेकाहरुबाट भक्तपुर जिल्ला अदालतले रु एक करोडभन्दा बढी असुली गरेको छ ।

विभिन्न मुद्दामा दण्ड जरिवाना तिर्ने फैसला हुँदा फैसला कार्यान्वयन नगरी बर्साैँदेखि फरार रहेकाहरुबाट गत साउनदेखि वैशाख मसान्तसम्म एक करोड १२ लाख ९३ हजार ५४१ असुली गरिएको हो । कुल रु ३७ करोड ८७ लाख ९७ हजार ९९३ जरिवाना असुली हुनुपर्नेमा बाँकी जरिवाना असुली गर्न प्रहरी र अदालतका कर्मचारीले तीव्रता दिएको अदालतका स्रेस्तेदार हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

अदालतले विभिन्न व्यक्तिका मुद्दा अन्तर्गत एक हजार ७० वर्ष सात महिना २३ दिन दण्ड जरिवाना असुल्न बाँकी रहेकामा ३०३ वर्ष नौ महिना दुई दिनको कैद असुली भएको जनाइएको छ । रासस

‘छानबिन समिति नबनेसम्म सदनको कारबाही अघि बढ्दैन’

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट चुहिएका बारे छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका–संसद्को कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट गरेको छ ।

नेपाली काँग्रेसको विरोधका कारण संसद्को आजको बैठक चार पटक सम्म स्थगन भएपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफमा काँग्रेस सांसद डा रामशरण महतले छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नरहेको बताउनुभयो । “हाम्रा मागको सुनुवाइ भएको छैन र सरकारले अहिलेसम्म छानबिन समिति गठनबारे कुनै किसिमको प्रत्युत्तर दिएको छैन”–संसद् परिसरमा एकत्रित पत्रकारलाई उहाँले भन्नुभयो । उहाँले प्रतिपक्षका माग सम्बोधन नभएको बताउँदै बजेटमा बहस गर्न नेपाली काँग्रेस तयार रहेको बताउनुभयो ।

सत्तारुढ प्रमुख दल नेकपा ९एमाले०का सांसद वामदेव गौतमले बजेटको अङ्कमा केही तलमाथि भए पनि गम्भीर त्रुटि नभएकाले विरोधका लागि विरोध गर्नु विपक्षीको धर्म हो भन्नुभयो । उहाँले त्रुटि सच्च्याउँदै जानुपर्नेमा जोड दिँदै सदनको कामकारबाही अवरुद्ध गरेर काँग्रेसलाई घाटा हुने बताउनुभयो । उहाँले छानबिन समिति गठन गर्ने किसिमको गम्भीर गल्ती बजेटका सन्दर्भमा नभएको र सरकारले कुनै समाचारपत्रलाई सूचना नदिएको स्पष्ट गर्नुभयो । रासस

पठन संस्कृतिको बहस

काठमाडौँ, १७ जेठ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यही जेठ १४ गतेदेखि आयोजित पुस्तक प्रदर्शनीमा आज छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

‘ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट प्रालि’ले आयोजना गरेको पुस्तक प्रदर्शनीमा आज ‘नुवागी मासिक पत्रिका’ले आयोजना गरेको छलफलमा नायिका गौरी मल्ल र बैंकर अनिल शाह लगायतले पठन संस्कृतिका विषयमा प्रकाश पार्नुभएको थियो ।

छलफलका सहभागीले पुस्तक प्रदर्शनीले पढ्ने बानीको विकास गर्ने भएकाले बेला बेलामा प्रदर्शनी आयोजना भइरहनुपर्नेमा जोड दिनुभयो । यही जेठ २२ गतेसम्म चल्ने प्रदर्शनीमा ६० भन्दा बढी स्वदेशी एवम् विदेशी प्रकाशन गृहले कक्ष राखेका छन् । प्रदर्शनीमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । रासस

Sunday, May 29, 2016

स्वास्थ्यकर्मी भागेपछि खोप कार्यक्रम नै प्रभावित

ताप्लेजुङ, १७ जेठ । ताप्लेजुङको इखावुस्थित स्वास्थ्यचौकीका कर्मचारीले असुरक्षित भएको भन्दै कार्यालय छाडेर हिँडेपछि सो क्षेत्रमा मङ्गलबारदेखि सञ्चालन हुने जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान कार्यक्रम प्रभावित हुने भएको छ ।

गत जेठ ८ गते स्वास्थ्यचौकीमा कार्यालय सहयोगी नियुक्ति गर्नेलगायतका विषयमा स्थानीयवासी र स्वास्थ्यकर्मीबीच विवाद भएको र सोही दिन राति कार्यालयमा तोडफोड भएपछि असुरक्षित भएको भन्दै त्यहाँका कर्मचारी सदरमुकाम फुङ्लिङमा आएपछि खोप कार्यक्रम नै प्रभावित हुने भएको हो ।

विवाद र तोडफोडको खबर पाएको प्रहरीले सुरक्षा दिन्छाँै भन्दाभन्दै पनि त्यहाँका कर्मचारीले कार्यालय छाडेर निस्किएको प्रहरीको भनाइ छ । ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीका अनुसार तोडफोडमा संलग्नको खोजीकार्य भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको क्षेत्र नम्बर १ मा सम्पन्न भएको उक्त खोप अभियान मङ्गलबारदेखि क्षेत्र नम्बर २ मा सञ्चालन गर्ने कार्ययोजना छ । रासस

जनताले घरदैलोमा सरकारको अनुभूति गर्नुपर्छ : महामन्त्री राणा

नेपालगन्ज, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री धवलशम्शेर राणाले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनताको विकास निर्माणको काम प्रभावित हुने गरेको बताउनु भएको छ ।

सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उहाँले भन्नुभयो–“स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा कर्मचारीबाट सम्पादन गरिने विकास निर्माणका काम गुणस्तरहीन हुने गरेको छ ।”

वर्तमान सरकारले ढिला नगरेर राजनीतिक दलको सहमतिमा स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै महामन्त्री राणाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने हो भने जनताले आप्mनो घरदैलोमा सरकार भएको अनुभूति गर्नुपर्छ भन्नुभयो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले यदि कसैले जनतालाई ठग्ने गरी विकासे योजनामा हिनामिना गर्छ, जनताको कामलाई निरन्तर अल्झाउने अवस्था सिर्जना गर्छ भने आप्mनो दल त्यसका विरुद्ध आन्दोलन गर्न पनि पछि नपर्ने बताउनुभयो ।

महामन्त्री राणाको थप भनाइ थियो—‘सरकार परिवर्तन अहिलेको आवश्यकता होइन, सरकारले जनपक्षीय काम गर्न सक्यो वा सकेन त्यो बहसको विषय बन्नुपर्छ ।’ रासस

माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि हो: नेता नेपाल

madhav-kumar-nepalपोखरा, १७ जेठ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन, राष्ट्रिय आवश्यकता एवम् चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसका लागि नेकपा (एमाले) तयार रहेको बताउनुभयो ।

सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको उल्लेख गर्दै उहाँले यसले नेपाली जनतामा आशा जगाएको बताउनुभयो । कृषि, ऊर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले देशको समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

सांसद विकास कोषका लागि विनियोजित रकम भने आवश्यक नभएको उहाँको तर्क छ । राष्ट्रिय परिचयपत्र र गरिब पहिचान परिचयपत्र वितरण कार्यलाई अघि बढाउन सके त्यसले राष्ट्रियतालाई थप मजबुत बनाउने र नागरिकताको विवाद अन्त्य गर्ने उहाँको भनाइ छ ।

सरकारलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार गरिनुपर्ने बताउँदै उहाँले काममा कसैले बदमासी गर्छ भने त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राजनीतिक क्रान्तिको अगुवाइ गरेको नेकपा (एमाले)ले आर्थिक क्रान्तिको पनि अगुवाइ गर्नसक्ने बताउँदै उहाँले योग्यता क्षमताको मूल्याङ्कन गर्दै पार्टीमा अधिकतम सल्लाह गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल, सचिव अर्जुन गिरीलगायतले बोल्नुभएको थियो । रासस

मैत्रीपूर्ण खेलमा नेपाल लाओससँग बराबरीमा रोकियो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आइतबार लाओसको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल लाओसबीच  एक एक गोलको बराबरीमा खेल सकिएको छ।

पहिलो हाफसम्म खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७७ औं मिनेटमा मिडफिल्डर विशाल राईको गोलमा नेपालले अग्रता लिएको थियो। तर ७९औं मिनेटमा लाओसले कर्नर प्रहरलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याएको थियो। त्यसपछिको निर्धारित समयमा दुबै टिमबाट गोल भएन।

आइपिएल २०१६ मा घरेलु मैदानमै हार्‍यो बंगलोर

IPM9सनराइज हैदारावादले नवौ संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि जितेको छ।

आइतबार बैलोरको घरेलु मैदानमा भएको फाइनलमा रोयल च्यालेन्जर्स बंगलोरलाई   रनले हराउँदै पहिलो पल्ट आइपिएलको उपाधि हात पारेको हो।

कप्तान डेभिड वार्नरको ६९ रनको सहयोगले पहिले ब्याटिङ हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।

२०९ रनको लक्ष्य पछ्याएको बैंलोर पुरै २० ओभर खेलेर ७ विकेट गुमाएर २०० रनमा समेटियो।

उसका लागि क्रिश गेलले ७६ रन बनाए। ३८ बल खेलेका गेलले यो आइपिएलमा सर्वाधि रन बनाउने क्रममा ८ छक्का र ४ चौका प्रहार गरेपनि जितका लागि पर्याप्त भएन।

यस्तै कप्तान विराट कोहली ३५ बल खेलेर ५४ रनमा आउट भए। तेस्रो नम्बरमा आएका एबिडि ब्लेयर्सले ५ रन बनाएर आउट भए।

यस्तै टिमका लागि के एल राहुल र शेन वाट्सनले समान ११-११ रन बनाए।

हैदारावादका लागि बेन कटिङले २ तथा विपुल शर्मा,रहमान र विरेन्द्र शरणले समान १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदारावादका लागि डेभिड वार्नरले सर्वाधिक ६९ रन बनाए। यस्तै बेन कटिङले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३८ रनको नटआउट पारी खेले। यस्तै युवराज सिंहले ३८ रन बनाए। शिखर धवन २८ रनमा आउट भए।

बैलोरका लागि क्रिश जोर्डनले सर्वाधिक ३ विकेट लिए। यस्तै अर्बिन्दले २ तथा चहलले १ विकेट लिए।

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts