Saturday, October 31, 2015

निर्बाध रुपमा तेल आउँछ : राजदूत, नौ टयांकर केरुङ प्रस्थान

धुन्चे (रसुवा), १५ कात्तिक । चीनका लागि नेपाली राजदूत महेश मास्केले अबका दिनमा चीनबाट निर्बाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रने बताउनुभएको ।

चीनको राजधानी बेइजिङबाट शनिबार साँझ रसुवागढी नाका आउनुभएका राजदूत मास्केले आज बिहान रासससँग कुराकानी गर्दै रसुवागढी नाकाबाट तेल ल्याउन सडक उपयुक्त भएकाले तुरुन्त सडक सुधार र स्तरोन्नति गर्न आफूले काठमाडौँ पुग्नासाथ सरकारसामु सुझाव राख्ने जानकार दिनुभयो ।

उहाँका साथ रहनुभएका परराष्ट्र मन्त्रालय उत्तरपूर्व महाशाखा हेर्ने सहसचिव झवीन्द्रप्रसाद अर्यालले साँघुरो बाटो फराकिलो पार्न आवश्यक भएकाले सडक कार्यालय सक्रिय रहनुपर्छ भन्दै अबका दिनमा पाइप लाइनद्वारा तेल ल्याउन नुवाकोटको सदरमुकाम विदुरसम्म सजिलो भएकाले दीर्घकालीन नीति तर्जुमा गर्न सुझाव पेस गरिने जानकारी दिनुभयो ।

रसुवाका प्रजिअ शिवराम गेलाल, स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाका साथै प्रहरी प्रमुख अवदेश विष्टसँग सडकको अवस्था बारेमा राजदूत मास्के र सहसचिव अर्यालले जानकारी लिनुभएको थियो ।सो अवसरमा सडक व्यवस्थित गर्न तीव्र रुपले काम अगाडि बढाउनका लागि बजेट र अधिकार यथेष्ट रुपमा उपलब्ध हुन जरुरी रहेको स्थाविअ कोइरालाले बताउनुभयो ।

यस्तै रसुवागढी नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रन थालेपछि जिल्लावासीमाझ उत्साह बढेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

यसैबीच केरुङमा नेपालका तीन ट्यांकर इन्धन भरी रसुवागढी भन्सार टिमुरेमा आइसकेको र नौ ट्यांकर आज केरुङ प्रस्थान गरेको प्रहरी प्रमुख विष्टले जानकारी गराउनुभयो । रासस

दोब्बर मूल्य वृद्धि हुँदासमेत अनुगमन नभएको सर्वसाधारणको गुनासो

काठमाडौँ, १५ कात्तिक । भारतले अघोषित रूपमा गरेको नाकाबन्दीका कारण जनताको दैनिक उपभोग्य वस्तुमा अत्यधिक कालोबजारी हुँदासमेत सम्बन्धित निकायले अनुगमन नगरेको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।

दाल, चामल, चिनी, नुन, खाने तेल, चाउचाउ, बिस्कुटलगायत दैनिक उपभोग्य वस्तुमा पसलवालाले मनपरी दोब्बर, तेब्बर मूल्य लिँदा पनि अनुगमन गर्ने निकायले कुनै चासो नदेखाएको सर्वसाधारणको भनाइ छ ।

घट्टेकुलो बस्ने सीता रायमाझीले किराना पसलमा प्राप्त सामान हुँदाहुँदै सामान सटेज भएको भन्दै रु ७० पर्ने आधा लिटर खाने तेललाई रु १५० सम्ममा बेचिरहेको बताउनुभयो । अनामनगर बस्ने शान्ता थापाले घरमा आवश्यकता परेपछि चिनीको मूल्य पर्नेभन्दा दोब्बर मूल्य तिर्नुपरेको गुनासो गर्नुभयो ।

उहाँका अनुसार पसलमा जति पनि मौज्दात सामान रहेको हुन्छ तर, बजारमै सामान सटेज छ भनेर पसलवालाले दोब्बर, तेब्बर मूल्य बढाएको हुन्छ । नेपालमा संविधान जारी भएलगत्तै एक महिनाअघिदेखि भारतले नाकाबन्दी गरेपछि ग्यास र इन्धनको अभावमा हरेकजसो सामानमा कालो बजारी हुँदै आएको पाइन्छ । ग्यासको अभाव भए पनि मानिसले होटल र घरमा समेत दाउरा बालेर खाना पकाउँदै आएका छन् ।

पेट्रोलका लागि तीन दिनदेखि भद्रकाली पेट्रोल पम्पमा लाइन बस्नुभएका ट्याक्सी चालक सन्दीप शर्माले पम्प बाहिरबाट बेचिने मिसावट पेट्रोल हालेर गाडी चलाउँदा स्टाट नै बन्द भएर इन्जिनले कामै गर्न छाडेको गुनासो गर्नु भयो । “यसरी जथाभावी रूपमा मिसावट डिजल÷पेट्रोल बेच्ने व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्छ” – उहाँले भन्नुभयो ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले खाने तेलको आपूर्ति कम भएका कारण केही मूल्य वृद्धि भएको हुन सक्छ तर खरिद मूल्यको अनुपातमा अत्यधिक मूल्य वृद्धि गर्न पाइँदैन, त्यसो गरेको पाइएमा कानुनी कारबाही हुन्छ भन्नुभयो ।

दोब्बर तेब्बर मूल्य वृद्धि गर्ने व्यक्तिलाई विभागले सूचनाको आधारमा कारबाहीसमेत गर्दै आएको उहाँको भनाइ छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले मूल्य वृद्धि भएर बजार राज्यको नियन्त्रणबाट बाहिर गइसकेको अवस्था हुँदासमेत राज्यका सबै संयन्त्र आँखा चिम्लेर बसेको आरोप लगाउनुभयो । रासस

आइतबार उपराष्ट्रपतिको सपथ ग्रहण

काठमाडौँ, १४ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुनले भोलि पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको छ ।

उहाँले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नुहुने छ ।

दिउँसो २ बजे सपथ ग्रहण समारोह तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले राससलाई जानकारी दिनुभयो । रासस

पेट्रोलियम पदार्थ नेपाल भित्रियो

धुन्चे (रसुवा), १४ कात्तिक । चीन सरकारले नेपाललाई सहयोग दिने पेट्रोलियम पदार्थमध्ये केही परिणाम आज साँझ नेपाल भित्रिएको छ ।

प्रहरी नायब उपरीक्षक अवदेश विष्टका अनुसार २७ हजार लिटर पेट्रोलियम पदार्थ अहिले ९ः३० बजे रसुवागढी नाकाबाट नेपाल भित्रिएको हो ।

तीनवटा ट्याङ्करमा भरी ल्याइएको ती पेट्रोलियम पदार्थ कडा सुरक्षाका साथ आज टिमुरेमा राखिने र भोलि बिहान काठमाडौँ पठाइने, बाँकी नौवटा ट्याङ्कर तेल भर्नका लागि भोलि बिहान केरुङ जाने प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको सुरक्षार्थ ठाउँठाउँमा प्रहरी गस्ती परिचालन गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ । रासस

उपराष्ट्रपति पुनलाई स्थानीयवासीको स्वागत, चीनको बधाई

काठमाडौँ, १४ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका नन्दबहादुर पुनलाई आज उहाँको निवासस्थान कपनमा स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।

काठमाडाँैको कपनहाइटमा रहेको उपराष्ट्रपतिको निवासमा स्थानीय, आफन्तजन र शुभेच्छुकको बधाई तथा शुभकामना दिनेको घुइँचो लागेको थियो ।

दीपावली झैँ झिलीमिली बत्तीमा सजिएको घरमा उपराष्ट्रपति पुन प्रवेश गर्दा बाजागाजासहित स्वागत र दीपावली गरिएको थियो । व्यवस्थापिका–संसद्बाट उपराष्ट्रपति पदमा निर्वाचित भएपछि लाजिम्पाटस्थित एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुगी त्यसको लगत्तै निजी निवास कपन पुग्नुभएको थियो ।

अगुवापछुवा गाडीसहित नेपाली सेना र नेपाल प्रहरीको स्कर्टिङमा उच्च सुरक्षाका साथ निवास पुग्नुभएका उपराष्ट्रपति पुनलाई स्वागत गर्न फूलमाला र अबिरसहित स्थानीयवासी लामबद्ध थिए । निवास परिसरमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ ।

एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डरसमेत रहँदै आउनुभएका उपराष्ट्रपतिलाई बधाई तथा शुभकामना दिन पार्टी महासचिव कृष्णबहादुर महरासहितका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

आफ्ना पति उपराष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकामा खुसी व्यक्त गर्दै उपराष्ट्रपति पुनकी श्रीमती हस्तमाली पुनले उहाँले मुलुक र जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“उहाँले युवा अवस्थादेखि नै देश र जनतालाई अत्यन्त माया गर्नुहुन्थ्यो । अहिले उपराष्ट्रपतिजस्तो पदमा विजयी हुनुभएको छ, अब झन् देश र जनताको पक्षमै काम गर्नुहुनेछ” – उहाँले रासससँगको कुराकानीमा भन्नुभयो ।

खादा, माला र अबिर पहिरिनुभएकी उहाँलाई स्वागत थाप्न भ्याईनभ्याई थियो ।

चिनियाँ उपराष्ट्रपतिको बधाई

यसैबीच, चिनियाँ उपराष्ट्रपति ली वेन्छोले नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा नन्दबहादुर पुनलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

पुन उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत वु छुन्ताईले आज साँझ कपनस्थित उपराष्ट्रपतिको निवास पुगेर चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश सुनाउनुभएको थियो ।

सो अवसरमा राजदूत वु छुन्ताईले उपराष्ट्रपति पदमा उहाँको विजयले दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस

केरुङबाट पेट्रोलियम पदार्थ लिएर ट्याङ्कर नेपाल भित्रँदै

धुन्चे (रसुवा), १४ कात्तिक । नेपाललाई चीनले दिने पेट्रोलियम पदार्थ लिन तिव्वतको केरुङ गएका ट्याङ्करले तेल भर्ने कार्य सुरु गरेका छन् ।

आज दिउँसो १ बजे केरुङ गएका ट्याङ्करमा तेल भर्ने क्रम सुरु भइरहेकाले आजै अबेरसम्म भएपनि तीनवटा ट्याङ्कर तेल लिएर नेपाल भित्रने बताउँदै नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले चीनको केरुङबाट १४ किमी माथि हिमपातले सडक अवरुद्ध हुँदा चिनियाँ ट्याङ्कर केरुङ आइपुग्न केही ढिलो भएका कारण नेपाली ट्याङ्करमा तेल भर्न ढिलाइ भएको बताउनुभयो ।

पेट्रोलियम पदार्थ भर्न नौवटा नेपाली ट्याङ्कर भोलि बिहान केरुङ पुगेर तेल भरी नेपाल फर्कने वातावरण तयार भइसकेको बताइएको छ ।

आज दिउँसो १ बजे रसुवागढीको चिनियाँ गेटबाट चारवटा ट्याङ्कर चिनियाँ सुरक्षाकर्मीले आफ्नो भूभागमा पठाए पनि तीनवटालाई मात्र आजको मौज्दात तेलको लोड पुग्ने भन्दै एउटा ट्याङ्कर नेपालतर्फ फर्काएको थियो ।

केरुङभन्दा माथि हिमपातले रोकिनुभएका चीनका लागि नेपालका राजदूत महेश मास्केसहितको टोली आज रसुवागढी नाकाबाट नेपाल प्रवेश गरिसक्नुभएको स्थानीय प्रशासनले जनाएको छ ।

यस्तै, दीर्घकालीन रुपले नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्धि गर्न धादिङ्को गल्छीदेखि रसुवागढीसम्मको सडकमार्ग प्रभावकारी तुल्याउन सुधार गर्नुपर्ने बताउँदै नुवाकोट ढिकुरे घर भई काठमाडौँमा चिनियाँ सामग्रीको व्यवसाय गर्ने माधवप्रसाद पाण्डेले उत्तरी नाका रसुवागढीसम्मको दूरी छोटो भएकाले अबका दिनमा सबै व्यवसायी रसुवागढी केन्द्रित रहन आग्रह पनि गर्नुभयो । रासस

भारतीय नाकामा मधेसी मोर्चाका कार्यकर्ताद्वारा जबर्जस्ती

महेन्द्रनगर (धनुषा), १४ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतीय नाकामा जारी राखेको बन्दका कारण नेपाली बजारमा उपभोग्य वस्तु पाउन छाडिएको छ ।

मोर्चाका कार्यकर्ताले दैनिक उपभोग्य सामग्री भारतबाट ल्याउन नदिएको आम जनताले गुनासो गर्न लागेका छन् ।

खाद्य सामग्री भारतीय प्रहरीले सीमामा रोक्ने गरेको तथा नेपालमा आन्दोलनकारीले नाकाबन्दीका नाममा जबर्जस्ती सामान खोस्ने र पैसा माग्ने गरेको सर्वसाधारणले बताएका छन् । मोटरसाइकलको पेट्रोल मोर्चाका कार्यकर्ताले निकाल्ने गरेका छन् ।

भारतबाट मालसमान ल्याई कालोबजारी गर्न लागेको भन्दै नाकाबन्दी कडा बनाएको मोर्चाका एक नेताले जानकारी दिए । केही मानिसले भारतबाट मोटरसाइकलमा पेट्रोल र मालसमान ल्याई दोब्बर मूल्यमा बेच्ने गरेकाले सीमा नाकामा कडा पारिएको मोर्चाले जनायो ।

यता बन्द र हडतालको नाममा मधेसी मोर्चाका कार्यकर्ताले सर्वसाधारणलाई अनाहकमा दुःख दिने गरेको पनि देखिएको छ । मोर्चाका कार्यकर्ताले चन्दा असुली गरेर आफूलाई दुःख दिएको उल्लेख गर्दै विद्युतीय रिक्सा चालकले जनकपुरमा प्रदर्शन गरेका छन् । उनीहरूले रिक्सासहित जनक चोकमा धर्नासमेत दिएका थिए ।

मधेसी मोर्चाले आह्वान गरेको हडतालमा जनकपुरबाट सीमावर्ती जटहीसम्म यात्रु ओसारपसार गर्ने विद्युतीय रिक्सा चालकसँग बाटोमा प्रतिखेप रु १०० देखि २०० असुली गर्ने गरेको आरोप सम्बद्ध चालकले लगाएका छन् । रु १०० बुझेको ‘सङ्घीय मधेसी मोर्चा’ को रसिद देखाउँदै लोहनाका चालक मोहम्मद बेचनले भन्नुभयो, “रुपैयाँ असुली गर्ने युवकलाई रसिदमा सही गरेर दिनुभन्दा उल्टै गालीगलौज गरे ।”

मोर्चा कार्यकर्ताको नाममा पछिल्लो करिब दुई महिनादेखि निरन्तर चन्दा असुली गरिँदै आएको आरोप उनीहरूको छ ।

यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध सद्भावना पार्टीका केन्द्रीय सदस्य लालकिशोर साहले विद्युतीय रिक्सा चालकले उठाएको विषयमा मोर्चाभित्र गम्भीर छलफल गरिने प्रतिक्रिया दिनुभएको छ

ठक्करबाट नेपाली सेनाका सिपाहीको मृत्यु

धनगढी, १४ कात्तिक । बाजुरा जिल्लास्थित नेपाली सेनाको देवीबक्स गणमा कार्यरत सिपाही जमनसिंह बोहराको आज कैलाली जिल्लामा ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

कैलाली जिल्लाकोे तेघरीस्थित नेपाली सेनाको ब्यारेक बाहिर धनगढी–डडेलधुरा सडकखण्डमा दिउँसो हिँडिरहेका अवस्थामा बोहरालाई ना४ख५७५६ नंको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

ठक्करबाट घाइते भएका बोहराको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारको सिलसिलामा केही दिनयता तेघरी ब्यारेकमा रहेका बोहराको स्थायी ठेगाना कञ्चनपुर जिल्ला पुर्नावास नगरपालिका रहेको बताइएको छ ।

प्रहरीले चालक सत्यराज भट्टलाई ट्रकसहित नियन्त्रणमा लिएको छ । रासस

कोरला नाका खुलाउन सरकारसँग आग्रह

बाबियाचौर (म्याग्दी), १४ कात्तिक । धौलागिरि अञ्चलका सरोकारवालाहरुले चीनसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङस्थित कोरला नाका खुलाउन सरकारसँग आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार बेनीमा आयोजना गरेको छलफलमा सहभागीहरुले नेपाल र चीनबीच व्यापारिक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका सञ्चालन गर्न आग्रह गरेका हुन् ।

म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लाका राजनीतिक दल, व्यवसायी, सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीहरुले कोरला नाका खुलाउन आवश्यक कूटनीतिक पहलका साथै पूर्वाधार तयार गर्न जोड दिएका थिए ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभरको जनजीवन कष्टकर भइरहेको अवस्थामा आगामी दिनमा यस्तो समस्या उत्पन्न हुन नदिन करिब एक दशकदेखि बन्द रहेको कोरला नाका सञ्चालन गर्न अहिल्यैदेखि पहल गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले बताउनुभयो ।

म्याग्दीको सदरमुकाम बेनीदेखि १७६ किलोमिटर टाढा रहेको कोरला नाका सञ्चालन गर्न सकेमा धौलागिरि क्षेत्र व्यापारिक केन्द्र बन्नुका साथै भौतिक, आर्थिक र सामाजिक विकासले फड्को मार्ने श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कूटनीतिक पहलका अतिरिक्त कोरला नाका खुलाई बाह्रै महिना सञ्चालन गर्न सडक स्तर वृद्धि, मोटरेबल पुल, व्यापारिक योजना र सुक्खा बन्दरगाहा निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

बागलुङका प्रजिअ विष्णुप्रसाद पोखरेल, म्याग्दीका सागरमणि पाठक, पर्वतका झङ्कनाथ ढकाल र मुस्ताङका प्रजिअ गणेशप्रसाद अधिकारीले पूर्वाधार निर्माण गरी नाकालाई सहजरुपमा सञ्चालन गर्ने वातावरण बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको थियो ।

धौलागिरि अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक छविलाल जोशी र चण्डिका सशस्त्र प्रहरी गण कुश्माका एसपी कृष्णकुमार थापाले सुरक्षा व्यवस्था सुढृढीकरणका साथै मुस्ताङमा एक चीन नीति विरोधी गतिविधि हुन नदिने प्रत्याभूति दिलाउन राजनीतिक र समुदायबाट पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठ, मुस्ताङका खगेन्द्र तुलाचन र पर्वतका हरिओम शर्माले कोरला नाका सञ्चालन भएमा यस क्षेत्रमा भारतसँगको व्यापार परनिर्भरता हट्ने, यहाँको उत्पादन चीन र चीनको उत्पादन यहाँ ल्याएर व्यापार गर्नुका साथै पर्यटन विकासमा मद्दत पुग्ने बताउनुभयो ।

नेपाली काँग्रेस बागलुङका कार्यबाहक सभापति जगदीशचन्द्र उपाध्याय, एमाले पर्वतका उपाध्यक्ष भक्त कुँवर, एनेकपा (माओवादी) म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमिरे र पूर्व यातायात सहायक मन्त्री नरबहादुर हिराचनले कोरला नाका सञ्चालनका लागि कूटनीतिक रुपमा पहल गर्न केन्द्रीयस्तरका नेताहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठको अध्यक्षता र म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्ष जीवनबहादुर विश्वकर्माले समापन गर्नुभएको थियो ।

बागलुङका पत्रकार रामकृष्ण शर्माले कोरला नाकाको वस्तुस्थितिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा नागरिक समाज मुस्ताङका चन्द्रबहादुर थकाली र नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष सुरज केसीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

जनकपुरमा मोर्चाको बैठक सुरु

जनकपुरधाम, १४ कात्तिक । आइतबार सरकारसँग हुने वार्तालाई दृष्टिगत गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आजदेखि जनकपुरमा सुरु भएको छ ।

बैठकमा यसअघि सरकारसँग भएको वार्ता र त्यसको समीक्षा, आजसम्म तराई मधेसमा भएको आन्दोलनको समीक्षा, सरकारसँग भोलि हुने वार्ताको समीक्षा हुने बैठकमा सहभागी एक सदस्यले जनाएका छन् ।

भोलिको वार्ता सकारात्मक नभए आन्दोलनलाई सशक्त बनाउने बारेसमेत छलफल हुने सहभागीहरुले बताएका छन् ।

बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्रराय यादव र केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको छ । रासस

सडक दुर्घटनामा खतिवडाको मृत्यु

टोकियो (जापान), १४ कात्तिक । जापानमा भएको सवारी दुर्घटनामा एकजना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला कल्लेरी–२ का ३० वर्षीय मनोज खतिवडा रहेका छन् ।

एहिमे प्रान्तको माचुयामा सहरमा रहेको आना होटलमा कार्यरत खतिवडा छ वर्षअघि अध्ययनका लागि जापान आएका थिए । काम सकेर घर फर्कदा सडक पार गर्ने क्रममा गएराति १२ः५० मा एहिमेको माचुयामा सहरमा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो । गम्भीर अवस्थामा उपचारार्थ लगिए पनि स्थानीय अस्पतालले राति १ः३० बजे मृत घोषणा गरेको थियो ।

जापानको मध्यपश्चिम क्षेत्रअन्तर्गत ओसाका र फुकुओकाबीचमा पर्ने एहिमे प्रान्तको माचुयामा सहरमा बस्दै आएका खतिवडाले दुई वर्षे भाषा अध्ययन र दुई वर्ष प्राविधिक शिक्षा पूरा गरी ओसाकाको हायात होटलबाट एक वर्षअघिमात्र आना कम्पनीमा प्रवेश गरेका थिए ।

चार वर्षदेखि परिवारसहित बस्दै आएको खतिवडाको नेपालमा पनि आफन्त नरहेको बताइए पनि पुष्टि हुन सकेको छैन । रासस

लडाकु कमाण्डरदेखि उपराष्ट्रपतिसम्म – नन्दबहादुर पुन

काठमाडौँ, १४ कात्तिक । एउटा सुपरिचित नाम हो, नन्दबहादुर पुन उर्फ ‘पासाङ’ । नेपालमात्र होइन विश्वभरका मान्छेले सुनेका छन् उहाँको नाम विभिन्न कोणबाट ।

पटक पटक मृत्युको मुखबाट फर्किएर नाफाको जिन्दगी जिइरहेका पुन समग्रमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको प्रतीकका रुपमा परिचित हुनुहुन्थ्यो । सशस्त्र सङ्घर्षदेखि शान्तिप्रक्रियाको पूर्णतासम्म यो नाम चर्चामा रहिरह्यो । कुनै समय यस्तो पनि थियो माओवादी अध्यक्ष पुष्पकमल दाहालपछि चर्चामा आउने नाम नै पुनको थियो ।

अहिले फेरि सर्वाधिक चर्चामा आएको छ यो नाम । मुलुकका पाँचवटा विशिष्ट पदमध्ये दोस्रो स्थानमा रहेको उपराष्ट्रपति पदमा उहाँ आज विजयी हुनुभएको छ । सशस्त्र सङ्घर्षका क्रममा कहिल्यै हार्न नजानेको उहाँको विशेषतामा संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा भने विराम लागेको थियो ।

जन्म र परिवार

नन्दकिशोर भनेर चिनिने ‘पासाङ’को वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने सशस्त्र सङ्घर्षले जन्माएको नाम हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुबा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मनुभएका उहाँ पाँच भाइमध्ये माइलो हुनुहुन्छ । उहाँका तीन दिदीबहिनी हुनुहुन्छ । श्रीमती र दुई छोराका बाबु हुनुहुन्छ पुन ।

पुनले तत्कालीन राङ्सी निमाविबाट २०३७ सालमा ७ कक्षा उत्तीर्ण गर्नुभयो । माध्यमिक तहको अध्ययन पूरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना हुनुभयो । तर त्यहाँ उहाँलाई अवरोध भयो । प्रहरीले वारेन्ट जारी ग¥यो । विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुग्नुभयो । त्यहीँबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो ।

विसं २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर आइएसम्मको अध्ययन पूरा गर्नुभयो । शान्ति प्रक्रियापछि अध्ययनलाई पुनः निरन्तरता दिँदै उहाँले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ ।

विसं २०३७ मा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उहाँ अनेरास्ववियु छैटौँको एकाइ अध्यक्ष हुनुभयो । लिबाङमा पढ्दा तत्कालीन शिक्षक एवम् हालका एमाओवादीका महासचिव कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित ग¥यो उहाँलाई । महराको सरल स्वभाव र पढाउने शैलीले उहाँलाई आकर्षित ग¥यो ।

विसं २०३९ मा अनेरास्ववियुको बुटवलमा सम्पन्न प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलनमा रोल्पा जिल्लाबाट प्रतिनिधि भएर सहभागी भएपछि उहाँमा राजनीतिप्रति आकर्षण बढ्यो । सो सम्मेलनबाट लीलामणि पोखरेल अध्यक्ष भएको र खुसीराम पाख्रिनले गाएको गीत अहिले पनि सम्झना छ उहाँलाई । खुसीराम पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली ओराली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ पुन सम्झनुहुन्छ ।

शिक्षकको रुपमा पुन

प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पुनले पार्टी कामको साथसाथै शिक्षण पेसा पनि अङ्गाल्नुभयो । विसं २०४३ देखि आठ वर्षसम्म पहिले आफूले पढेको निमावि राङ्सीमा अध्यापन गर्नुभयो, उहाँ जाँदा जुन मावि बनिसकेको थियो भने अहिले उच्च मावि बनेको छ । पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेत्री तारा घर्तीलगायतलाई उहाँले पढाउनुभएको थियो । पूर्णकालीन भइसक्दा पनि अध्यापनको काम जारी राख्नुभयो । विभिन्न खेलमा रुचि भए पनि भलिबल उहाँको प्राथमिकतामा पर्छ ।

सङ्घर्षमा पुन

बाल्यकालदेखि नै अन्याय नसहने स्वभावका पुनले रोल्पाको राजनीतिमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो जुन सङ्घर्ष सशस्त्र सङ्घर्षको आधार निर्माण थियो । दर्जनौँ विपक्षीलाई लट्ठीले एकसाथ प्रहार गर्न सक्ने उहाँको कला रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उहाँको बुबाले सिकाउनुभएको हो । माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्रले २०४८ पछि योङ् कम्युनिष्ट लिग (वाइसिएल) लाई लडाकु दस्ता बनाएर राजनीतिक गतिविधि चलायो । त्यसबखत पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

सशस्त्र सङ्घर्षअगावै स्थानीय प्रशासनले पुनको टाउकाको मूल्य तोकेको थियो । मूल्य थियो रु ३५ हजार । जहाँ भेट्यो त्यहीँ मार्न भनेर प्रशासनले प्रहरी परिचालन ग¥यो । माओवादीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि बढी निगरानीमा राखेको उहाँले रासससँगको कुराकानीमा नै बताउनुभएको थियो । विसं २०५१ को स्थानीय चुनावका बेलामा पक्रेर १५ दिन हिरासतमा राखियो । विसं २०५१ मङ्सिर ९ गते गाउँको स्थानीय मेलामा (इरिबाङको चप्का) प्रहरीले पक्राउ गर्न खोज्यो । लट्ठी चलाउन माहिर पुनले प्रहरीलाई लट्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो । उहाँको पाखुरामा गोली लाग्यो । तर बाँच्न सफल हुनुभयो ।

राजनीतिमा पुन

विसं २०४६ मा पार्टी सदस्य हुनुभएका पुन एकता महाधिवेशनबाट बनेको एकता केन्द्रको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि पूर्णकालीन भएर राजनीति सुरु गर्नुभयो । एकता केन्द्र बनिसकेपछि भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । कृष्णबहादुर महरा सचिव, सन्तोष बुढा, करुण, प्रताप र पुन रहनुभएको पाँच सदस्यीय जिल्ला समिति बन्यो । जनयुद्धको तयारी गर्दा वाइसिएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहनुभएका पुन होलेरी आक्रमण गर्दा उत्तरपश्चिम र दक्षिण कमाण्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमाण्डर हुनुभयो । माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर, डिपुटी कमाण्डर र जनसेना प्रमुख बन्नुभयो । माओवादीले निर्माण गरेको लडाकु दलको सदस्यदेखि सेना प्रमुखको जिम्मेवारी उहाँले पूरा गर्नुभयो ।

पुन एमाओवादीको जिल्ला सदस्य, क्षेत्रीय ब्यूरो सदस्य हुँदै माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र भारतको गोवामा बसेको बैठकबाट पोलिटब्यूरो सदस्य हुनुभयो । हाल पुन एमाओवादीको स्थायी समिति सदस्य, युवा ब्यूरो इन्चार्ज, पूर्व पिएलए सङ्घको संयोजकलगायतका राजनीतिक जिम्मेवारीमा हुनुहुन्छ ।

माओवादीले पश्चिम नेपालमा सञ्चालन गरेको सशस्त्र सङ्घर्षका ठूलाठूला लडाईं सबै उहाँकै नेतृत्वमा भएका थिए । प्रहरीमाथि भएका अभियान होलेरी (दोस्रो, झिम्पे, जेल्बाङ, लुहाम, महत, घर्तीगाउँ, तकसेरा, पाँचकटिया, रुकुमकोट उहाँकै नेतृत्वमा भएका हुन् । डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कर्णालीको जुम्लामाथिको आक्रमण पुनकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी कब्जा उहाँकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा भएको सङ्घर्षमा पुन नै कमाण्डर हुनुहुन्थ्यो ।

शान्ति प्रक्रियाका नायक

शान्ति प्रक्रिया टुङ्गिनुमा पनि पुनको संयमताले धेरै काम ग¥यो । दलहरुले जतिसुकै सहमति वा सम्झौता गरेको भए पनि पुनले नचाहेको भए शान्ति प्रक्रिया नटुङ्गिन सक्थ्यो । शान्ति प्रक्रिया जारी रहँदासम्म उहाँले जनसेनालाई संयमताका साथ जिम्मेवार बनाएर राख्नुभयो । सातवटै लडाकु शिविरका कमाण्डरले उहाँलाई साथ दिए । त्यसमा उहाँमा भएको सैन्य नेतृत्व कलाले काम ग¥यो । पुन राष्ट्रियताप्रति बढी संवेदनशील हुनुहुन्छ । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उहाँको बानी छ । तीन वर्ष पहिले दुवै मिर्गौला काम नगर्ने अवस्थामा पुग्दासमेत सरकार र पार्टीले विदेशमा लगेर उपचार गर्न थालेको प्रयासलाई उहाँले अस्वीकार गर्नुभयो । उहाँ नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेशमा गएर उपचार नगर्ने अस्पतालको आइसियु कक्षबाटै घोषणा गर्नुभयो, जतिबेला डाक्टरले अवस्था असाध्यै गम्भीर भएको र दुवै मिर्गाैला ८० प्रतिशत काम नगर्ने अवस्थामा पुगिसकेको बताएका थिए ।

मिर्गौला नाटकीय रुपमा ‘रिकभर’ हुनु उहाँमा भएको आँटले काम गरेको बताउँछन् डाक्टरहरु । नेपालका अस्पताल र नेपालका डाक्टरहरुप्रति आफ्नो पूर्ण विश्वास भएको उहाँले बताउनुभएको थियो । त्यसपछि उहाँलाई राष्ट्रभक्तको रुपमा लिइने गरिन्छ ।

पुन लडाकु कमाण्डर तथा राजनीतिज्ञ मात्र नभएर दक्ष प्राविधिज्ञ पनि हुनुहुन्छ । सशस्त्र सङ्घर्षका चरणमा उहाँले ट्वेल्भ बोर, थ्री–नट–थ्री राइफल, एसएमजीजस्ता हतियार स्वयम्ले बनाउनुभयो । पुनको साहित्यमा पनि विशेष रुचि छ । उहाँले थुपै्र फुटकर गीत तथा कविता लेख्नुभएको छ । केही गीतहरु सङ्गीतबद्ध हुन बाँकी छन् । सशस्त्र सङ्घर्षको चरणमा उहाँले लेख्नुभएको ‘जनताहरु जाग्दैछन् जाग्दैछन्’ गीत चर्चित थियो । सङ्घर्ष अगाडि बढ्दै जाँदा उहाँले लेखेको ‘हामी राता मान्छे’, ‘हुरीका सन्तान हौँ हामी..’ गीत निकै चर्चित रहे । शान्ति प्रक्रियापछि उहाँले लेख्नुभएको पुस्तक ‘इतिहासको रक्तिम पाइला’ नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित भएको छ । पुन आफैँमा परिवर्तनको एजेन्डा बोक्ने, त्यसका लागि भएको सशस्त्र सङ्घर्ष र जनआन्दोलनको नेतृत्व गर्ने एक यस्तो होनहार योद्धाको नाम हो जसले जीवनका आफ्ना सबै ऊर्जाशील समय देश र जनताका पक्षमा लगाउनुभएको छ ।

आफ्नै मृत्युको खबर

सशस्त्र सङ्घर्षको दौरानमा पुनले थुपै्रपटक आफ्नो मृत्युको खबर सुन्नुभएको छ । केही मुत्युको खबरको आफैँले खण्डन गर्नुभएको छ । १९ वैशाख २०५९ मा रोल्पाको लिस्नेमा भएको भीडन्तमा ‘लिस्ने जङ्गलमा लुकेर बसेका माओवादीमाथि सुरक्षा फौजले घेराबन्दी गरी आक्रमण गर्दा ७०० माओवादीहरू मारिएका छन् । हालसम्मको ठूलो क्षति माओवादीहरुले बेहोरेका छन् । सुरक्षा फौजहरू चारैतिरबाट घेरा कस्दै गएका छन् । उक्त घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुनसक्ने आशङ्का गरिएको छ’ भन्ने समाचार आएको थियो ।

कुनै सुविधाको पद लिनुभएन

माओवादी शान्ति प्रक्रियामा आएको झन्डै १० वर्ष पुग्न लाग्दा पनि पुनले कुनै पनि सुविधाको पद लिनुभएको थिएन । उहाँका धेरै सहपाठीहरु कोही मन्त्री, कोही संसद् सदस्य र कोहीले राजनीतिक नियुक्ति खाइसकेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गरे पनि सांसद गगन थापाबाट पराजित हुनुभयो । गत १२ वैशाखमा आएको विनाशकारी भूकम्पपछि उहाँ आफू पराजित भएको क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा सक्रिय हुनुभयो । कपनस्थित उहाँको डेरारहेको घर चर्किएपछि उहाँ त्यसयता टहरोमा बस्दै आउनुभएको छ । रासस

उपराष्ट्रपति पुनको सम्मानमा स्वागत समारोह

काठमाडौँ, १४ कात्तिक । एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै व्यवस्थापिका–संसद् सचिवालयले बधाई तथा शुभकामनाको विशेष व्यवस्था ग¥यो ।

पुन सांसद नभएका कारण सचिवालयले शङ्कर हलमा विशेष समारोहको आयोजना ग¥यो । उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, विभिन्न राजनीतिक दलका सांसद, व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भट्टराई र कर्मचारीले बधाई तथा शुभकामना दिनुभएको थियो ।

उहाँहरुले सफल कार्यकालको कामना गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । व्यवस्थापिका–संसद् भवनमा विभिन्न राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताले राष्ट्रिय झन्डा फहराएर स्वागत गर्नुभएको थियो ।

उपराष्ट्रपति पुनले सो अवसरमा संविधानअनुसार नै आफू अगाडि बढ्ने र संविधानको रक्षा र पालना गर्न सबैसँग मिलेर काम गर्ने सङ्क्षिप्त प्रतिक्रिया दिनुभएको थियो ।

उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै पुन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाट पुग्नुभएको थियो । लाजिम्पाटमा सामान्य परामर्शपछि उहाँ आफ्नो निजी निवास कपन पुग्नुभएको छ ।

नयाँबानेश्वरमा स्वागत समारोह

एमाओवादीका स्थायी समिति सदस्य नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो पार्टीका नेता तथा कार्यकर्ताले नयाँबानेश्वरमा मैनबत्ती बालेर स्वागत गरेका थिए ।

एमाओवादीको सहायक सङ्गठन योङ् कम्युनिस्ट लिग (वाइसिएल) जनवर्गीय सङ्गठन, अनेरास्ववियु (क्रान्तिकारी) लगायतले राष्ट्रिय झन्डा फहराउँदै स्वागत गरेको वाइसियलका उपत्यका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको र त्यसको सहज कार्यान्वयनका लागि महत्वपूर्ण योगदान दिनसमेत एमाओवादीका नेता तथा कार्यकर्ताले आग्रह गरेका थिए ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन सहयोग गरे जस्तै संविधानको सहज कार्यान्वयन गर्न पनि उपराष्ट्रपतिको भूमिका पनि महत्वपूर्ण हुने विश्वास गरिएको सापकोटाले जानकारी दिनुभयो । रासस

लडाकु कमाण्डरदेखि उपराष्ट्रपतिसम्म – नन्दबहादुर पुन

काठमाडौँ, १४ कात्तिक । एउटा सुपरिचित नाम हो, नन्दबहादुर पुन उर्फ ‘पासाङ’ । नेपालमात्र होइन विश्वभरका मान्छेले सुनेका छन् उहाँको नाम विभिन्न कोणबाट ।

पटक पटक मृत्युको मुखबाट फर्किएर नाफाको जिन्दगी जिइरहेका पुन समग्रमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको प्रतीकका रुपमा परिचित हुनुहुन्थ्यो । सशस्त्र सङ्घर्षदेखि शान्तिप्रक्रियाको पूर्णतासम्म यो नाम चर्चामा रहिरह्यो । कुनै समय यस्तो पनि थियो माओवादी अध्यक्ष पुष्पकमल दाहालपछि चर्चामा आउने नाम नै पुनको थियो ।

अहिले फेरि सर्वाधिक चर्चामा आएको छ यो नाम । मुलुकका पाँचवटा विशिष्ट पदमध्ये दोस्रो स्थानमा रहेको उपराष्ट्रपति पदमा उहाँ आज विजयी हुनुभएको छ । सशस्त्र सङ्घर्षका क्रममा कहिल्यै हार्न नजानेको उहाँको विशेषतामा संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा भने विराम लागेको थियो ।

जन्म र परिवार

नन्दकिशोर भनेर चिनिने ‘पासाङ’को वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने सशस्त्र सङ्घर्षले जन्माएको नाम हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुबा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मनुभएका उहाँ पाँच भाइमध्ये माइलो हुनुहुन्छ । उहाँका तीन दिदीबहिनी हुनुहुन्छ । श्रीमती र दुई छोराका बाबु हुनुहुन्छ पुन ।

पुनले तत्कालीन राङ्सी निमाविबाट २०३७ सालमा ७ कक्षा उत्तीर्ण गर्नुभयो । माध्यमिक तहको अध्ययन पूरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना हुनुभयो । तर त्यहाँ उहाँलाई अवरोध भयो । प्रहरीले वारेन्ट जारी ग¥यो । विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुग्नुभयो । त्यहीँबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो ।

विसं २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर आइएसम्मको अध्ययन पूरा गर्नुभयो । शान्ति प्रक्रियापछि अध्ययनलाई पुनः निरन्तरता दिँदै उहाँले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ ।

विसं २०३७ मा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उहाँ अनेरास्ववियु छैटौँको एकाइ अध्यक्ष हुनुभयो । लिबाङमा पढ्दा तत्कालीन शिक्षक एवम् हालका एमाओवादीका महासचिव कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित ग¥यो उहाँलाई । महराको सरल स्वभाव र पढाउने शैलीले उहाँलाई आकर्षित ग¥यो ।

विसं २०३९ मा अनेरास्ववियुको बुटवलमा सम्पन्न प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलनमा रोल्पा जिल्लाबाट प्रतिनिधि भएर सहभागी भएपछि उहाँमा राजनीतिप्रति आकर्षण बढ्यो । सो सम्मेलनबाट लीलामणि पोखरेल अध्यक्ष भएको र खुसीराम पाख्रिनले गाएको गीत अहिले पनि सम्झना छ उहाँलाई । खुसीराम पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली ओराली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ पुन सम्झनुहुन्छ ।

शिक्षकको रुपमा पुन

प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पुनले पार्टी कामको साथसाथै शिक्षण पेसा पनि अङ्गाल्नुभयो । विसं २०४३ देखि आठ वर्षसम्म पहिले आफूले पढेको निमावि राङ्सीमा अध्यापन गर्नुभयो, उहाँ जाँदा जुन मावि बनिसकेको थियो भने अहिले उच्च मावि बनेको छ । पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेत्री तारा घर्तीलगायतलाई उहाँले पढाउनुभएको थियो । पूर्णकालीन भइसक्दा पनि अध्यापनको काम जारी राख्नुभयो । विभिन्न खेलमा रुचि भए पनि भलिबल उहाँको प्राथमिकतामा पर्छ ।

सङ्घर्षमा पुन

बाल्यकालदेखि नै अन्याय नसहने स्वभावका पुनले रोल्पाको राजनीतिमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो जुन सङ्घर्ष सशस्त्र सङ्घर्षको आधार निर्माण थियो । दर्जनौँ विपक्षीलाई लट्ठीले एकसाथ प्रहार गर्न सक्ने उहाँको कला रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उहाँको बुबाले सिकाउनुभएको हो । माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्रले २०४८ पछि योङ् कम्युनिष्ट लिग (वाइसिएल) लाई लडाकु दस्ता बनाएर राजनीतिक गतिविधि चलायो । त्यसबखत पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

सशस्त्र सङ्घर्षअगावै स्थानीय प्रशासनले पुनको टाउकाको मूल्य तोकेको थियो । मूल्य थियो रु ३५ हजार । जहाँ भेट्यो त्यहीँ मार्न भनेर प्रशासनले प्रहरी परिचालन ग¥यो । माओवादीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि बढी निगरानीमा राखेको उहाँले रासससँगको कुराकानीमा नै बताउनुभएको थियो । विसं २०५१ को स्थानीय चुनावका बेलामा पक्रेर १५ दिन हिरासतमा राखियो । विसं २०५१ मङ्सिर ९ गते गाउँको स्थानीय मेलामा (इरिबाङको चप्का) प्रहरीले पक्राउ गर्न खोज्यो । लट्ठी चलाउन माहिर पुनले प्रहरीलाई लट्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो । उहाँको पाखुरामा गोली लाग्यो । तर बाँच्न सफल हुनुभयो ।

राजनीतिमा पुन

विसं २०४६ मा पार्टी सदस्य हुनुभएका पुन एकता महाधिवेशनबाट बनेको एकता केन्द्रको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि पूर्णकालीन भएर राजनीति सुरु गर्नुभयो । एकता केन्द्र बनिसकेपछि भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । कृष्णबहादुर महरा सचिव, सन्तोष बुढा, करुण, प्रताप र पुन रहनुभएको पाँच सदस्यीय जिल्ला समिति बन्यो । जनयुद्धको तयारी गर्दा वाइसिएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहनुभएका पुन होलेरी आक्रमण गर्दा उत्तरपश्चिम र दक्षिण कमाण्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमाण्डर हुनुभयो । माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर, डिपुटी कमाण्डर र जनसेना प्रमुख बन्नुभयो । माओवादीले निर्माण गरेको लडाकु दलको सदस्यदेखि सेना प्रमुखको जिम्मेवारी उहाँले पूरा गर्नुभयो ।

पुन एमाओवादीको जिल्ला सदस्य, क्षेत्रीय ब्यूरो सदस्य हुँदै माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र भारतको गोवामा बसेको बैठकबाट पोलिटब्यूरो सदस्य हुनुभयो । हाल पुन एमाओवादीको स्थायी समिति सदस्य, युवा ब्यूरो इन्चार्ज, पूर्व पिएलए सङ्घको संयोजकलगायतका राजनीतिक जिम्मेवारीमा हुनुहुन्छ ।

माओवादीले पश्चिम नेपालमा सञ्चालन गरेको सशस्त्र सङ्घर्षका ठूलाठूला लडाईं सबै उहाँकै नेतृत्वमा भएका थिए । प्रहरीमाथि भएका अभियान होलेरी (दोस्रो, झिम्पे, जेल्बाङ, लुहाम, महत, घर्तीगाउँ, तकसेरा, पाँचकटिया, रुकुमकोट उहाँकै नेतृत्वमा भएका हुन् । डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कर्णालीको जुम्लामाथिको आक्रमण पुनकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मङ्गलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी कब्जा उहाँकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा भएको सङ्घर्षमा पुन नै कमाण्डर हुनुहुन्थ्यो ।

शान्ति प्रक्रियाका नायक

शान्ति प्रक्रिया टुङ्गिनुमा पनि पुनको संयमताले धेरै काम ग¥यो । दलहरुले जतिसुकै सहमति वा सम्झौता गरेको भए पनि पुनले नचाहेको भए शान्ति प्रक्रिया नटुङ्गिन सक्थ्यो । शान्ति प्रक्रिया जारी रहँदासम्म उहाँले जनसेनालाई संयमताका साथ जिम्मेवार बनाएर राख्नुभयो । सातवटै लडाकु शिविरका कमाण्डरले उहाँलाई साथ दिए । त्यसमा उहाँमा भएको सैन्य नेतृत्व कलाले काम ग¥यो ।

राष्ट्रभक्त नेता पुन

पुन राष्ट्रियताप्रति बढी संवेदनशील हुनुहुन्छ । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उहाँको बानी छ । तीन वर्ष पहिले दुवै मिर्गौला काम नगर्ने अवस्थामा गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उहाँको बानी छ ।

रमेश लम्साल

सुनसरीमा भएका घटनामा तीनको मृत्यु, आगलागीबाट नोक्सानी

इटहरी, १४ कात्तिक । सुनसरी जिल्लाको विभिन्न स्थानमा भएका घटनामा तीनजनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार सुनसरी जिल्लाको पाँचकन्यास्थित पाँचकन्या रिसोर्टमा कार्यरत ७२ वर्षीय नरबहादुर राई तीन दिनदेखि हराइरहेका अवस्थामा खोजतलास गर्ने क्रममा सोही रिसोर्ट नजिकै मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी इटहरी उपमहानगरपालिका–१५ निवासी युवराज श्रेष्ठको १० वर्षीया छोरी स्वस्तिका श्रेष्ठ र धरान २३ की ६४ की विष्णुमाया भुजेलले आ–आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

यस्तै जिल्लाको दक्षिणी गाविस तनमुना–७ निवासी बङ्करलाल माझीको घरमा विद्युत् चुहिएर आगलागी हुँदा माझीसहित उनको घर आसपासमा रहेका रक्सु माझी र कलकतु माझी घर तथा गाईगोठ जलेको छ । आगलागीबाट केही चौपायासहित छ लाखभन्दा बढी मूल्यको धनमाल नोक्सानी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

राति भएको आगलागीको क्षतिको यकिन विवरण लिने कार्य भइरहेको बताइएको छ । रासस

उपराष्ट्रपतिमा एमाओवादी नेता पुन विजयी

काठमाडौँ, १४ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुन विजयी हुनुभएको छ ।

व्यवस्थापिका–संसद्, निर्वाचन अधिकृतको कार्यालयमा आज भएको मतदानमा पुनले ३२५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्मा हाल ५९७ जना सांसद रहेका छन् । तीमध्ये निर्वाचनमा ५४७ सहभागी भएका थिए । तराई मधेसमा आन्दोलनमा रहेका मधेसवादी दलले भने निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचनमा १० मत बदर भएको थियो ।

संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले उपराष्ट्रपतिमा पुन निर्वाचित भएको घोषणा गर्नुभएको हो । यसअघि निर्वाचन अधिकृत एवम् व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले उपराष्ट्रपतिको मत परिणाम सभामुख घर्तीलाई बुझाउनुभएको थियो ।

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी समर्थक रहनुभएका पुन सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा मैदानमा उत्रनुभएको थियो ।

पुनलाई संसद्मा रहेका नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) लगायत १५ दलले समर्थन गरेका थिए ।

बेलहिया नाका इन्धनसहितका गाडी धमाधम आउन थाले

लुम्बिनी (रुपन्देही), १४ कात्तिक । देशका अन्य नाकाको अवरोध जारी रहे पनि रुपन्देहीको बेलहिया नाकाबाट भने निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेका छन् ।

मधेसी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेका छन् ।

रुपन्देहीको बेलहियाका नाकाबाट मात्रै बिहीबार र शुक्रबार मात्रै झन्डै ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए । त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् ।

उहाँका अनुसार आज बिहानैदेखि गाडी नेपाल आइरहेका छन् । भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले जनाएको छ ।

भारतीय नाका सुनौली हँुदै ठूलोमात्रामा डिजेल तथा पेट्रोलका गाडी रुपन्देही आए पनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत् छ ।

सरकारले सम्बन्धित नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धित जिल्लामा २५ प्रतिशत राखेर बाँकी काठमाडाँै पठाउन गरेको निर्देशनप्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एसोसिएसनका महासचिव हरिराम कसौधनले विज्ञप्ति जारी गर्दै बेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत रुपन्देहीमा राख्नुपर्ने जनाएको छ । रासस

कोसीटप्पुमा विषादीबाट १५० वटा पशु मरे

इनरुवा, १४ कात्तिक । कोसीटप्पु वन्यजन्तु आरक्षको सुनसरी र सप्तरी क्षेत्रमा १५० वटा गाईगोरु मरेको स्थानीयवासीले बताएका छन् ।

मध्यवर्ती क्षेत्रको नदीमा विषादी हालेका कारणले सो क्षेत्रमा १५० वटा गाईगोरु मरेको स्थानीयवासीले बताएका हुन् । सप्तरीको कमलपुर, पिपरा र सुनसरीको महेन्द्रनगर, प्रकाशपुर क्षेत्रमा गाईगोरु मरेको पाइन्छ ।

यता आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले आरक्ष क्षेत्रदेखि तीन किलोमिटर बाहिर रहेको पटेर घारीमा चारवटा मात्र गाईगोरु मृत अवस्थामा फेला परेको प्रतिक्रिया दिनुभयो ।

आरक्षका प्रतिनिधि र पशु स्वास्थ्य चिकित्सक रामनाथ पाठकसहितको टोलीले सो क्षेत्रमा अवलोकन गरेकाले चारवटा मात्र पशु विषादी सेवनका कारण मृत फेला परेको बताउनुभयो । उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्ति दिनुपर्ने कृषकले माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राम ढकालका अनुसार स्थानीयवासीको बाली खाएको र बालीमा छरेको विषादीका कारण १०–१५ वटा मात्रै गाईबस्तु मरेको बताउनुभयो । रासस

इन्धन अभावले जलविद्युत् आयोजनाको काम ठप्प

पाँचथर, १४ कात्तिक । इन्धन आपूर्ति सहज नहुँदा जिल्लामा निर्माणधिन जलविद्युत् आयोजनाको काम ठप्प भएको छ ।
अहिले जिल्लाको याङनाम गाविस–६ मा रहेकोे १४ दशमलव ९ मेघावाटको हेवा–‘ए’ जलविद्युत् आयोजना, २२ मेघावाटको तल्लो हेवा जलविद्युत् आयोजनाको काम ठप्प बनेको हो ।
हेवा ‘ए’ को काम अन्तिमचरणमा पुग्दा इन्धनको अभावले काम नै ठप्प हुन पुगेको आयोजना प्रमुख पुष्पज्योति ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमामा देखिएको अवरोधले प्रत्यक्ष रुपमा हामीलाई असर पारेको छ, लगभग काम सकिन लाग्दा इन्धन अभावले समयमै काम गर्न नसकिने भयो ।”
पाँचथर पावर कम्पनीले निर्माण गरिरहेको १४ दशमलव ९ मेगावाट क्षमताको आयोजनाको ९० प्रतिशत काम पूरा भएको आयोजना प्रमुख ढङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२०६९ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाले आउँदो मङ्सिर १ गतेदेखि बिजुली बाल्ने लक्ष्य राखेको थियो ।

आयोजनामा स्थानीय बासिन्दाको रु तीन करोड लगानी छ । त्यस्तै आयोजनामा कार्यरत कर्मचारीको रु दुई करोड र बाँकी सानीमा बैंकको नेतृत्वमा अन्यबाट ११ वटा बैंकले लगानी गरेका छन् ।
७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्थानीय बासिन्दा र अन्य लगानीकर्ताले लगानी गरेका हुन् । आयोजनाको कामको सुरुवाती चरणमा स्थानीय बासिन्दाको अवरोध, वैशाख १२ गतेको भूकम्पले पारेको असरका कारण निर्धारित मितिभन्दा चार महिना ढिलो काम सम्पने लक्ष्यका साथ काम अघि बढ्दै थियो । गएको साउन महिनामै काम सम्पन्न गर्ने भनिए तापनि काम सम्पन्न हुन अझै थप तीन महिना लाग्ने भएको छ । रासस

कानुनमन्त्री जेनेभा जाने

काठमाडौँ, १४ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले स्वीट्जरल्यान्डको जेनेभामा हुने मानवअधिकारसम्बन्धी समीक्षा बैठकमा जाने भ्रमण स्थगन गर्नुभएको छ ।

आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता जारी रहेका कारण उहाँले सो भ्रमण रद्द गरेको थापाका प्रेस सहयोगी मोहन श्रेष्ठले जानकारी दिनुभयो । उपप्रधानमन्त्री थापा सरकारी वार्ता टोलीका संयोजक समेत हुनुहुन्छ ।

यही कात्तिक १६ देखि २० गतेसम्म हुन लागेको सो बैठकमा मानवाधिकारको अद्यावधिक समीक्षा गरिने छ । विश्वका विभिन्न १९३ राष्ट्रको सहभागिता रहने बैठकमा परराष्ट्रमन्त्री सहभागी हुने प्रचलन छ ।

उक्त बैठकमा नेपालको प्रतिनिधित्व गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल जानुहुने बताइएको छ । रासस

चर्पीजडित वायोग्यास प्रयोगमा म्याग्दीका महिला

म्याग्दी (बेनी), १४ कात्तिक । भारतीय नाकावन्दीका कारण पेट्रोलियम पदार्थको अभावले जनजीवन प्रभावित बनिरहेको बेला म्याग्दीका महिलाले वायोग्यासको प्रयोग गरी खाना पकाउने र बत्तिबाल्ने गरेका छन् ।

धुँवारहित वातावरणमा छिटो खाना बनाउन र पकाउन सजिलो हुँदा ग्रामीण महिलाको वायोग्यासतर्फ आकर्षण बढेको हो । जिल्लाका पश्चिमी भेगका दुर्गम अर्मन, बिम र ओखरबोट गाविसलगायत ३८० घरमा चर्पी जडित वायोग्यास निर्माण भएका छन् ।

सिङगा गाविस–३ सुर्केमेलाकी डम्बरकुमारी रानाको घरमा हिजोआज चर्पीजडित ग्यासबाट खाना पाक्ने गरेको छ । रानाजस्तै पश्चिमी भेगका करिब चार सय गृहिणीले वायोग्यासबाट खान पकाउन थालेका छन् ।

जिल्ला ऊर्जा तथा वातावरण शाखाले रु दुई हजार पाँचप्रति प्लान्ट अनुदान दिने भएकोले चर्पी जडित वायोग्यास प्लान्टको माग बढ्दो छ ।

‘गाउँमा चर्पी जडित वायोग्यासको प्रयोगमा वृद्धि भएको छ । ग्यासको निर्माणले खाना पकाउन र बत्ति बाल्न सजिलो भएको छ । गाउँमा जथाभावी वन फँडानी गर्न नपाइने भएपछि दाउरालगायतका इन्धनको विकल्प वायोग्यासले लिएको हो ।

सस्तो, सफा, स्थायी र वातावरणका दृष्टिले समेत उपयुक्त हुने हुँदा गृहिणी वायोग्यास प्लान्टतर्फ आकर्षित भएका छन् । जिल्लामा ऊर्जा कार्यालयबाहेक गण्डकी र प्रगति गोवरग्यास कम्पनीले पनि गोवरग्यास प्लान्ट निर्माण गर्दै आएका छन् ।

सरकारले गोवरग्यास प्लान्ट निर्माण गर्ने कृषकलाई प्रोत्साहनस्वरूप रु आठ हजार पाँचसय अनुदानको रूपमा सहयोग गर्ने गरेको छ । तर उच्च हिमाली क्षेत्रमा बढी चिसोहुने हुँदा गोवरग्यास प्लान्टमा समस्या देखापरेको छ ।

वायोग्यास प्लान्टबाट निस्कने लेदोबाट बन्ने कम्पोष्ट मललाई फलफुल, तरकारी खेतीमा प्रयोगगर्दा बालिमा लाग्ने विषालु किरा मार्नसमेत प्रयोग गर्न सकिन्छ । ‘सँधै काँचा र अधमारो दाउराले खाना पकाउँदा निक्लने धुँवाले दमको रोग निकालेको थियो, अहिले घर पनि सफा देखिएको छ, दम पनि कम भएको छ’ अर्मनकी गृहिणी टेककुमारी कडेलले भन्नुभयो ।

सुर्केमेला सामुदायिक वनले आफ्ना वन उपभोक्तालाई चर्पी जडित वायोग्यास प्लान्ट बनाउन आर्थिक सहयोगसमेत गरेको छ । तत्काल रकम खर्च गर्न नसक्नेलाई प्रति प्लान्ट निर्माण गर्न दुई हजार सापटस्वरूप दिने गरेको छ ।

यसोगर्दा दाउराको खपतमा कमी आइ वनमाथिको निर्भरता घटेको स्थानीय तिलक गुरुङले बताउनुभयो । वायोग्यास उत्पादन गर्दा घरमा पालेका गाईवस्तु, भेडाबाख्रा, कुखुरा र मानिसको मललाई पनि प्रयोग गर्ने गरिएको छ ।

ग्रामीण ऊर्जा कार्यालयले अर्मन, बिम, ओखरबोट, मराङ, मुना, चिम्खोला र लुलाङ गाविसमा गरी १९९ किलोवाट विद्युत् उत्पादन गरी एक हजार ७४२ घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराएको छ ।

ऊर्जा विकास कार्यक्रमबाट जिल्लाका विभिन्न गाउँमा गरी पाँचसय घरमा सोलार विजुलीसमेत पु¥याएको छ । रासस

मुगाली कृषकका लागि स्याउ जीवन जिउने आधार बन्दै

मुगु १४ कात्तिक । कुनै बेला घरमा आउने पाउना, ईष्ट मित्रलाई नासो दिइने र बिक्री नभएर बारीमै कुहिने स्याउ अहिले मुगाली कुषकका लागि जीवन जिउने प्रमुख आय स्रोत बन्दै गएको छ ।

विगत वर्षमा भरपर्दो यातायातका साधन नहुँदा उत्पादित स्याउ बजार अभावका कारण जिल्ला सदरमुकाम गमगढीमा प्रतिस्प्रधाका बिच व्यापार गर्नुपथ्र्यो यात घरेलु मदिरा कि त वस्तुभाउलाई खुवाउनु पथ्र्याे तर यस पटक कृषकलाई त्यसो गर्नु परेन । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग अन्तरगत नाग्म गमगढी सडक खण्ड स्तरउन्नति गरेपछि मालवाहक गाडीहरु यो वर्ष निरन्तर चल्दा र स्याउ किन्न व्यापारी कृषकका घर मै आउन थालेपछि हेला गरेको फल स्याउ अहिले मुगाली कुषकको लागि प्रमुख आय स्रोत बन्दै गएको हो ।

काकीवाडा–६ ढुम गाउँका स्याउ कृषक रामभक्त रोकाया विगत वर्षमा स्याउले बजार नपाउँदा केही कुहिएर केही वस्तुभाउलाई खुवाएर त केही आफन्त तथा घरमा आउने पाउनालाई नासो दिएर सकिन्थ्यो । मुस्किलले स्याउबाट रु ५० देखि ६० हजारसम्म मात्र कमाई हुन्थ्यो तर यो पटक सडक राम्रोसँग चलेकाले आफुले मात्र १० टन स्याउ नेपालगन्जस्थित कोहलपुर हाडबजार समितिमा बेचेको बताउ छन् ।

मुगुमा मुस्किलले प्रतिकेजी रु २५ सम्ममा बिक्री हुने स्याउ सुर्खेत तथा नेपालगन्जमा रु ६० देखि ८० प्रति केजीमा बिक्रि भएको पनि रोकाया बताउछन् ।

अर्का स्याउ व्यापारी तथा तरकारी कृषक कार्कीवाडा भामवाडा गाउँका छत्र रावल यो चोटी स्याउका साथै तराईमा तरकारीसमेत मुगुबाट लगेर बिक्री गरेको बताउ छन् । उनी पनि १० टन स्याउ र तरकारीमा काउली, लसुन र आलुसमेत बिक्री गरेको बताउछन् ।

उनले यी वस्तु बिक्रीबाट छ लाख कमाएका छन् । दसैँ तिहार आउदा खर्च गर्ने पैसा नहुदा ऋण खोजेर सधै मनाउनु पथ्र्याे तर यो चोटी स्याउको व्यापार राम्रो भयो गाडीमा लगेर नेपालगन्जमा बिक्री गर्दा चित्त बुझदो आम्दानी भयो यो चोटीका चाडवाड आफ्नै आम्दानीले मनाउन पाइने भयो कुषक रावल भन्छन् ।

यस्तै स्याउको पकेट क्षेत्र मानिने रारा विमान स्थल आसपासका कुषकहरुले जिल्लाका अन्य भागका कृषक भन्दा शत प्रतिशत स्याउको व्यापार गरेका छन् एयरर्पोटसँगै सडक पनि घरको आगन भएर गएकाले त्यहाँका कृषकलाई व्यापार गर्न सहज भएको छ । यो क्षेत्रका बसोबास गर्ने प्राय कृषकहरुले एक टनदेखि १० टनसम्म स्याउ बिक्री गरेका छन् । रासस
––––

अदुवा उत्पादन राम्रो भएपछि कृषक उत्साहित

गाईघाट (उदयपुर), १४ कात्तिक । यस पटकको सिजनमा उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रका गाविसमा अदुवा खेती उत्पादन निकै राम्रो भएपछि यसक्षेत्रका व्यावसायिक अदुवा उत्पादक कृषक निकै उत्साहित भएका छन् ।

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको सिरीसे गाविस, हर्देनी, मयङ्खु, बाहुनीटार, कटारी, रिस्कु, सोरुङ्छबीसे क्षेत्रमा व्यावसायिक अदुवा खेती हुँदै आएको छ ।

यसपटक व्यावसायिकरुपमा गरिएका अदुवा खेती राम्रो उत्पादन भएको कारण आपूmहरु निकै उत्साहित भएको हर्देनी गाविस–९ बेतिनीका स्थानीय कृषक दिव्यराज राउतले बताउनुभयो ।

गत वर्षको तुलनामा यसपटक अदुवाको उत्पादनको अवस्था हेर्दा राम्रो देखिएको कारण यसपटक अदुवा बिक्रीबाट राम्रो आम्दानी हुने अपेक्षा आपूmहरुको रहेको लेखानीका स्थानीय हर्कबहादुर मगर बताउनुहुन्छ ।

मगर भन्नु हुन्छ, “गत वर्षभन्दा यसपटक अदुवाको बोट पनि राम्ररी फष्टाएर आएको छ, अनि फेदमा फलपनि राम्रो लागेको कारण उत्पादन उत्साहजनक देखिएको छ ।”

कटारी रिस्कु–७ का विष्णु दनुवार भन्छन्, “यस पटक गत वर्षको तुलनामा अदुवा दोब्बर राम्रो उत्पादन भएको छ, तर अदुवा बिक्री गर्न बजार सहज तरिकाले पाउन सकिने हो की हैन भन्ने चिन्ता लागेको छ ।”

जिल्लाको पश्चिमी क्षेत्रमा अदुवा राम्ररी उत्पादन हुने गरेपनि वर्षेनी अदुवाले उचित बजार भने पाउन नसकेको स्थानीय कृषकको गुनासो रहेको छ ।

अहिले स्थानीय बजारमा अदुवाको मुल्य प्रतिकिलो ६० देखि ८० रुपैयाँसम्म रहेको कृषक बताउँछन् । अदुवा उत्पादन हुने गाउँघरमा भने रु ४० प्रतिकिलो अदुवा रहेको रिस्कु–७ का कुमार मगरले बताउनुभयो ।

जिल्लाको पश्चिमी क्षेत्रमा वर्षेनी झण्डै चार हजार मेट्रिकटनभन्दा बढी अदुवा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जनाएको छ ।

यस क्षेत्रका एक घरका अदुवा उत्पादक कृषकले कम्तिमा पनि रु पचास हजारदेखि तीन लाखसम्मको वर्षेनी अदुवा बिक्री गर्ने गरेको सिरीसे गाविस–७ का स्थानीय पुर्णबहादुर मगर बताउनुहुन्छ ।

यस क्षेत्रमा उत्पादन हुने अदुवा स्थानीय कटारी बजार हुँदै खरीद कर्ताले सप्तरी, सिरहा, धनुषा र सुनसरी मोरङसम्म लगेर बिक्री गर्ने गरेका छन् । रासस
–––––

उद्योगमा नै ग्यास बिक्री भएपछि उपभोक्ता मारमा, बिक्री केन्द्रबाट वितरण नभए कारबाही गरिने

काठमाडौँ, १४ कात्तिक । खाना पकाउने ग्यास पाउने आशामा तीनदेखि भक्तपुरमा लाइन बस्नु भएकी रोशनी खड्काले सहज रुपमा ग्यास पाउन सक्नुभएन ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले सूचीकृत बिक्री केन्द्रबाट खाना पकाउने ग्यास वितरण गर्ने बताएपछि खड्का हिमाल ग्यास पाइन्छ कि भनेर सानी छोरीलाई घरमा एक्लै छाडेर बिक्रेताकहाँ पुग्नुभएको थियो । ग्यास बिक्रेता भोटे ताल्चा लगाएर पसल बन्द गरेर हिँडेपछि खड्का निराश हुनुभयो । ग्यास उद्योगीले उद्योगबाटै खाना पकाउने ग्यास वितरण गरेपछि उपभोक्ताले सास्ती खेप्न बाध्य भएका हुन् । खड्काले पनि सोही कुरा सुन्नुभएको थियो तर हिमाल ग्यासको डिपोले आपूmहरुकहाँ ग्यास नआएको भन्दै नदिएको दुखेसो उहाँले रासससँग गर्नुभयो ।
यस्तै काठमाडौँ बानियाँटार बस्दै आउनुभएकी गृहणी बन्दना खड्काको पनि उस्तै दुखेसो छ । चार वर्षकी छोरी डोहो¥याउँदै खाना पकाउने ग्यासको खोजीमा बिक्री केन्द्र चाहर्दा पनि ग्यास नपाएको भन्दै उहाँले नजिकैको डिपोबाट ग्यास दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उद्योगले नै बिक्रेतालाई ग्यास नदिएका कारण वितरणमा समस्या भएको बताउनुभयो । डिलरमा ग्यास नपुग्दा ग्यासको खोजीका आएका उपभोक्ता समस्यामा परेको उहाँको भनाइ छ । बिक्री केन्द्रमा खाना पकाउने ग्यास पाउने आशामा आएका उपभोक्तालाई ग्यास उद्योगबाटै वितरण हुन थालेपछि उपत्यकाका कुना कुनाका उपभोक्ता मारमा परेका छन् । उद्योग परिसर नजिकका उपभोक्ताले थप मौज्दात राख्न थालेका छन् ।
उपत्यकामा आज एभरेस्ट, नेपाल र त्रिशूल ग्यास वितरण गरिएको छ । तर उद्योग परिसमै बाँडिएका कारण बिक्री केन्द्रमा भने उपभोक्ता रित्ता सिलिन्डर लिएर लाइनमा बस्न बाध्य भएका हुन् । एभरेस्ट ग्यास उद्योग रहेको ललितपुरको चाल्नाखेलमा स्थानीयवासीको लामो लाइन लागेको छ । यस्तै नेपाल ग्यासको उद्योग बालाजु आद्योगिक क्षेत्रमा समेत लामो लाइन छ ।

बिक्री केन्द्रमा भने ग्यास आउने वा नआउने हालसम्म टुङ्गो नभएको त्रिशूल ग्यास वितरण गर्दै आउनुभएका बालाजुका केदार गौतमले राससलाई जानकारी दिनुभयो । आज बिहानैदेखि लाइनमा बसेका उपभोक्तालाई उद्योगले ग्यास नदिँदा समस्या भएको गौतमको भनाइ छ ।
महासङ्घका महासचिव थापाका अनुसार उद्योगीले सुरक्षाको कारण देखाएर बिक्री केन्द्रलाई ग्यास दिन अटेर गरेका छन् । थापाले अनुमति प्राप्त बिक्री केन्द्रबाट वितरण गर्दा सबै क्षेत्रका उपभोक्ताले समानरुपमा ग्यास प्राप्त गर्ने भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
बिक्री भएका स्थानमा भने नेपाल प्रहरीले उच्च सुरक्षा प्रदान गरेको छ । सुरक्षाको कारण देखाउँदै आज बिहान बालाजुमा वितरण गर्न लागिएको नेपाल ग्यास भने साँझ परेपछि वितरण गर्ने भन्दै स्थगन गरिएको छ । नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरेले उपत्यकामा विभिन्न उद्योगका ग्यास वितरण गर्न थालिएको जानकारी दिनुभयो । केही स्थानमा बिक्रीमा समस्या भएको गुनासो आएको स्विकार्दै उहाँले बिक्री केन्द्रबाटै ग्यास वितरणको प्रबन्ध मिलाउन पहल भइरहेको बताउनुभयो ।

उता ग्यास उद्योगीले भने उद्योग परिसरमा नै उपभोक्ताको लामो लाइन भएकाले ग्यास बिक्री केन्द्रसम्म पु¥याउन नसकिएको बताएका छन् । आज वितरण गरिएका ग्यास भने ७.१ किलोको रहेको छ । सामान्य अवस्थामा बिक्री गरिने ग्यासको परिणाम भने १४.२ किलो रहेको थियो । आधा परिणाम मात्रै बिक्री गर्दा मूल्य पनि रु ७०० मात्रै तोकिएको छ ।
राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग छ । मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । दुई महिनादेखि जारी तराई मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी रहेको भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ ।
उपत्यकामा शनिबारदेखि १६ बुलेट ग्यास वितरण गरिने छ । एक बुलेट ग्यासमा एक हजार २५० सिलिन्डर ग्यास भर्न सकिन्छ । आधा परिणाम मात्रै दिँदा एक बुलेटबाट दुई हजार ५०० सिलिन्डरमा ग्यास भर्न सकिन्छ ।
प्रति परिवार ७.१ केजीको एक सिलिन्डर ग्यास उपलब्ध गराउँदा सामान्यतः २५ दिनसम्म चल्ने र त्यसपछि थप विकल्प अपनाउन सकिने भएकाले हाल आधा परिणाममा वितरण गर्न लागिएको हो । वितरण शनिबारदेखि सुरु गरिने र वाणिज्य आपूर्ति तथा व्यवस्थापन विभाग, स्थानीय प्रशासन, नेपाल प्रहरी र उपभोक्तावादी सङ्घ संस्थाले अनुगमन गर्नेछन् ।
वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले विभागबाट प्रमाणित भएका वितरक, बिक्रेताबाटै ग्यास बिक्री हुनुपर्ने बताउनुभयो । उहाँले उद्योगीले बिक्री गर्नु नियम विपरीत हुने भएकाले त्यस्तालाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्दै समानुपातिक र न्यायोचित वितरणका लागि बिक्रेतामा ग्यास उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । रासस

उद्योगमा नै ग्यास बिक्री भएपछि उपभोक्ता मारमा, बिक्री केन्द्रबाट वितरण नभए कारबाही गरिने

काठमाडौँ, १४ कात्तिक । खाना पकाउने ग्यास पाउने आशामा तीनदेखि भक्तपुरमा लाइन बस्नु भएकी रोशनी खड्काले सहज रुपमा ग्यास पाउन सक्नुभएन ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले सूचीकृत बिक्री केन्द्रबाट खाना पकाउने ग्यास वितरण गर्ने बताएपछि खड्का हिमाल ग्यास पाइन्छ कि भनेर सानी छोरीलाई घरमा एक्लै छाडेर बिक्रेताकहाँ पुग्नुभएको थियो । ग्यास बिक्रेता भोटे ताल्चा लगाएर पसल बन्द गरेर हिँडेपछि खड्का निराश हुनुभयो । ग्यास उद्योगीले उद्योगबाटै खाना पकाउने ग्यास वितरण गरेपछि उपभोक्ताले सास्ती खेप्न बाध्य भएका हुन् । खड्काले पनि सोही कुरा सुन्नुभएको थियो तर हिमाल ग्यासको डिपोले आपूmहरुकहाँ ग्यास नआएको भन्दै नदिएको दुखेसो उहाँले रासससँग गर्नुभयो ।
यस्तै काठमाडौँ बानियाँटार बस्दै आउनुभएकी गृहणी बन्दना खड्काको पनि उस्तै दुखेसो छ । चार वर्षकी छोरी डोहो¥याउँदै खाना पकाउने ग्यासको खोजीमा बिक्री केन्द्र चाहर्दा पनि ग्यास नपाएको भन्दै उहाँले नजिकैको डिपोबाट ग्यास दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उद्योगले नै बिक्रेतालाई ग्यास नदिएका कारण वितरणमा समस्या भएको बताउनुभयो । डिलरमा ग्यास नपुग्दा ग्यासको खोजीका आएका उपभोक्ता समस्यामा परेको उहाँको भनाइ छ । बिक्री केन्द्रमा खाना पकाउने ग्यास पाउने आशामा आएका उपभोक्तालाई ग्यास उद्योगबाटै वितरण हुन थालेपछि उपत्यकाका कुना कुनाका उपभोक्ता मारमा परेका छन् । उद्योग परिसर नजिकका उपभोक्ताले थप मौज्दात राख्न थालेका छन् ।
उपत्यकामा आज एभरेस्ट, नेपाल र त्रिशूल ग्यास वितरण गरिएको छ । तर उद्योग परिसमै बाँडिएका कारण बिक्री केन्द्रमा भने उपभोक्ता रित्ता सिलिन्डर लिएर लाइनमा बस्न बाध्य भएका हुन् । एभरेस्ट ग्यास उद्योग रहेको ललितपुरको चाल्नाखेलमा स्थानीयवासीको लामो लाइन लागेको छ । यस्तै नेपाल ग्यासको उद्योग बालाजु आद्योगिक क्षेत्रमा समेत लामो लाइन छ ।

बिक्री केन्द्रमा भने ग्यास आउने वा नआउने हालसम्म टुङ्गो नभएको त्रिशूल ग्यास वितरण गर्दै आउनुभएका बालाजुका केदार गौतमले राससलाई जानकारी दिनुभयो । आज बिहानैदेखि लाइनमा बसेका उपभोक्तालाई उद्योगले ग्यास नदिँदा समस्या भएको गौतमको भनाइ छ ।
महासङ्घका महासचिव थापाका अनुसार उद्योगीले सुरक्षाको कारण देखाएर बिक्री केन्द्रलाई ग्यास दिन अटेर गरेका छन् । थापाले अनुमति प्राप्त बिक्री केन्द्रबाट वितरण गर्दा सबै क्षेत्रका उपभोक्ताले समानरुपमा ग्यास प्राप्त गर्ने भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
बिक्री भएका स्थानमा भने नेपाल प्रहरीले उच्च सुरक्षा प्रदान गरेको छ । सुरक्षाको कारण देखाउँदै आज बिहान बालाजुमा वितरण गर्न लागिएको नेपाल ग्यास भने साँझ परेपछि वितरण गर्ने भन्दै स्थगन गरिएको छ । नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरेले उपत्यकामा विभिन्न उद्योगका ग्यास वितरण गर्न थालिएको जानकारी दिनुभयो । केही स्थानमा बिक्रीमा समस्या भएको गुनासो आएको स्विकार्दै उहाँले बिक्री केन्द्रबाटै ग्यास वितरणको प्रबन्ध मिलाउन पहल भइरहेको बताउनुभयो ।

उता ग्यास उद्योगीले भने उद्योग परिसरमा नै उपभोक्ताको लामो लाइन भएकाले ग्यास बिक्री केन्द्रसम्म पु¥याउन नसकिएको बताएका छन् । आज वितरण गरिएका ग्यास भने ७.१ किलोको रहेको छ । सामान्य अवस्थामा बिक्री गरिने ग्यासको परिणाम भने १४.२ किलो रहेको थियो । आधा परिणाम मात्रै बिक्री गर्दा मूल्य पनि रु ७०० मात्रै तोकिएको छ ।
राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग छ । मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । दुई महिनादेखि जारी तराई मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी रहेको भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ ।
उपत्यकामा शनिबारदेखि १६ बुलेट ग्यास वितरण गरिने छ । एक बुलेट ग्यासमा एक हजार २५० सिलिन्डर ग्यास भर्न सकिन्छ । आधा परिणाम मात्रै दिँदा एक बुलेटबाट दुई हजार ५०० सिलिन्डरमा ग्यास भर्न सकिन्छ ।
प्रति परिवार ७.१ केजीको एक सिलिन्डर ग्यास उपलब्ध गराउँदा सामान्यतः २५ दिनसम्म चल्ने र त्यसपछि थप विकल्प अपनाउन सकिने भएकाले हाल आधा परिणाममा वितरण गर्न लागिएको हो । वितरण शनिबारदेखि सुरु गरिने र वाणिज्य आपूर्ति तथा व्यवस्थापन विभाग, स्थानीय प्रशासन, नेपाल प्रहरी र उपभोक्तावादी सङ्घ संस्थाले अनुगमन गर्नेछन् ।
वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले विभागबाट प्रमाणित भएका वितरक, बिक्रेताबाटै ग्यास बिक्री हुनुपर्ने बताउनुभयो । उहाँले उद्योगीले बिक्री गर्नु नियम विपरीत हुने भएकाले त्यस्तालाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्दै समानुपातिक र न्यायोचित वितरणका लागि बिक्रेतामा ग्यास उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । रासस

दुई विश्व सम्पदास्थल जोड्ने सडकमा ढिलाइ

काठमाडौँ, १४ कात्तिक । विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ र बौद्धनाथ क्षेत्रलाई जोड्ने डेढ किमी सडक जीर्ण भई बनाउन सुरु गरेको दुई वर्ष बित्दा पनि पूरा नहुँदा स्थानीयवासी आक्रोशित भएका छन् ।

हिन्दू र बौद्ध धर्मावलम्बीको तीर्थस्थल मात्र नभई नेपाल आउने विश्वभरका पर्यटकको आकर्षण केन्द्र ती स्थानसम्म पुग्ने सडकको दुरवस्थाले मुलुकको छविमा आँच पुग्नाका साथै पर्यटन प्रवद्र्धनमा प्रतिकूल असर परेको स्थानीय बासिन्दाको गुनासो छ ।

गौरीघाटबाट कुमारीगाल हुँदै बौद्धनाथ प्रवेशद्वार पुग्ने यो महत्वपूर्ण सडकलाई विस्तार गर्ने सरकारी निर्णयानुसार सडक विभागले निर्माण एवम् विस्तारको काम अघि बढाएको थियो । यसअघि उपराष्ट्रपति परमानन्द झाको घरको पर्खाल विवादका कारण सो सडक ढिला भएको स्थानीयवासीको गुनासो थियो । झा पुत्रले पर्खाल भत्काइदिएपछि पुनः काम सुरु हुने आशामा रहेका स्थानीयवासी काम अलपत्र भएपछि सडक नबन्ने निष्कर्षमा पुगेका छन् ।

बाटो विस्तारको काम रोकिँदा गौरीघाट, कुमारीगाल र बौद्ध आसपासका सर्वसाधारण मात्र नभई धार्मिक पर्यटक समेत प्रभावित भएका छन् । यो सडकलाई ११ मि चौडा बनाउने काम सरकारी निकायबीचको समन्वय नहुनाले अलपत्र भएको सडक उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रचरण श्रेष्ठ बताउनुहुन्छ ।

“उपराष्ट्रपति परमानन्द झाको घरले चर्चेको जग्गा विवाद एउटा निष्कर्षमा पुग्दा पनि सडक निर्माणको काम अघि बढ्न सकेन,” समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

विसं २०७१ माघदेखि भइरहेको सडक विस्तारको काम सुरुमा उपराष्ट्रपतिको घरका कारण रोकिएको थियो । अहिले सडक विभागको ढिलाइले काम अघि बढ्न नसकेको समिति अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सो सडकलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणले सीमाङ्कन गरी एक हजार १०० मि कायम गरेको थियो । कायम गरिएको सडकको संरचना हटाउने काम काठमाडौँ महानगरपालिकाले तोकिएको समयमै सम्पन्न गरेको थियो ।

रौताहा साफ नामक कम्पनीले उक्त सडक निर्माणको ठेक्का लिएको थियो । उक्त कम्पनीले २०७२ वैशाख मसान्तसम्म काम सक्नुपर्नेमा भूकम्पका कारण असार मसान्तसम्मको समय थपिएको थियो ।

समितिका सदस्य सन्तोष अधिकारी सरकारी निकायले विकास निर्माणको काममा ध्यान नदिँदा विश्वसम्पदा सूचीस्थललाई जोड्ने सडक अलपत्र भएको बताउनुहुन्छ । उक्त सडक निर्माणको जिम्मेवारी पाएको डिभिजन सडक कार्यालय मीनभवनका प्रमुख इन्जिनियर धर्मेन्द्र झा उपराष्ट्रपति झाको घरले नभई निर्माण सामग्री र इन्धनको अभावले निर्माणमा ढिलाइ भएको स्पष्ट गर्नुहुन्छ ।

सडक निर्माणको स्थलगत काम हेरिरहनुभएका इन्जिनियर प्रदीप निरौला रु आठ करोडको लागतमा निर्माण भई विसं २०७२ असार मसान्तमा सकिनुपर्नेमा म्यादमा काम नसकिएकाले छ महिना थपेर मङ्सिरसम्म पु¥याइएको बताउनुहुन्छ । डेढ महिना मात्र बाँकी हुँदा पनि कामको गति नबढेकाले मङ्सिर मसान्तसम्म पनि काम सकिने लक्षण नदेखिएको समिति अध्यक्ष श्रेष्ठको गुनासो छ ।

दुवै विश्व सम्पदास्थललाई जोड्ने वैकल्पिक गौरीघाट–कुमारीगाल–टुसाल १.२ किमी सडक पनि दुई वर्षदेखि नै निर्माण सम्पन्न हुन नसकी अलपत्र भएको छ । सडक निर्माण हेरिरहनुभएका विभागका इन्जिनियर गजेन्द्र चन्द सडक किनारका तीन घर नभत्काइएकाले काम ढिला भएको बताउनुहुन्छ ।

उक्त सडकको दुरवस्थाका कारण पशुपति र गुह्येश्वरी घुमेर बौद्धनाथ जाने पर्यटकलाई अप्ठ्यारो परेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । “यो मार्गको अवरोधले भारतबाट पशुपति एवम् गुह्येश्वरी घुमी बौद्धनाथ आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ,” समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले भन्नुभयो ।

बौद्धबाट रत्नपार्क निस्कने वैकल्पिक मार्गका रुपमा लिइएको यो सडकको दुरवस्थाले विदेशबाट आउने धार्मिक पर्यटकमा नकारात्मक सन्देश जान नदिनका लागि पनि छिटो काम सक्नुपर्ने स्थानीयवासीको माग छ ।

पशुपति र बौद्ध दुवै तीर्थस्थल घुम्ने धार्मिक पर्यटकले यो मार्गको उपयोग गर्ने गरेका छन् । यो मार्गबाट पैदल हिँडेर २५ मिनेटमा अर्को सम्पदास्थलमा पुग्न सकिन्छ । रासस

जनमतसङ्ग्रह गरेर मधेसका माग टुङ्ग्याउनुपर्छ : राप्रपा नेपाल

काठमाडौँ, १४ कात्तिक । वार्ताबाटै मुलुकको समाधान खोज्नुपर्ने नेताहरुले बताएका छन् ।

रिपार्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले मधेसका जायज मागलाई वार्तावाटै समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधान विश्वकै तुलनामा राम्रो भएको बताउँदै भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले नेपाल र भारत दुवैलाई फाइदा नपुग्ने स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले मधेसीका मागलाई सम्बोधन गर्न सरकार तयार रहे पनि मधेसी राजनीतिक दलले जायज माग ल्याउन नसकेको बताउनुभयो । उहाँले सीमाङ्कनको विषयलाई सङ्घीय आयोग बनाएर टुङ्ग्याउन सकिने बताउँदै मधेसमा आन्दोलन गर्नाको कुनै अर्थ नभएको उल्लेख गर्नुभयो । नेता ज्ञवालीले तराईलाई हिमाल र पहाडसँग अलग गर्न नहुने विचार राख्दै जातीय आधारमा समेत राज्य बनाउन हुँदैन भन्नुभयो ।

थरुहट । थारुवान् सङ्घर्ष समितिका प्रवक्ता अमललाल मोदीले थारुका मागलाई मधेसी दलका मागसँग मिसाएर नहेर्न आग्रह गर्नुभयो । उहाँले सीमाङ्कनलाई हेरफेर गरेर मधेसमा तीन प्रदेश बनाइनुपर्ने समेत बताउनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् मोर्चा वार्ता समितिका सदस्य लालबाबु राउतले सरकारले वार्तामा बोलाउने तर आफ्ना मागलाई सम्बोधन गर्न आलटाल गर्ने गरेको आरोप लगाउनुभयो ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जनमतसङ्ग्रह गरेर मधेसका माग टुङ्ग्याउनु आवश्यक रहेको बताउनुभयो । रासस

सगुन डट कमको दोस्रो संस्करण

काठमाडौँ, १४ कात्तिक । ‘सगुन डट कम’ नामक सामाजिक सञ्जालको नेपाली टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी नेपालमा सार्वजनिक हुन लागेको दोस्रो संस्करणबारे जानकारी गराएको छ ।

सगुनका संस्थापक गोविन्द गिरी र सहसंस्थापक कवीन्द्र सिटौलासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगी यही कात्तिक २२ गते सार्वजनिक हुने सगुनको दोस्रो संस्करणको जानकारी गराएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोग गरेर अन्य मुलुकले सफलता हासिल गरिरहेका सन्दर्भमा सगुन नेपालको आर्थिक समृद्धिमा सहयोगसिद्ध हुने विश्वास व्यक्त गर्दै नेपालीले प्रविधिका क्षेत्रमा भएको सराहनीय अभियानलाई सहयोग गरिने बताउनुभयो ।

संस्थापक गिरीले सूचना प्रविधिको प्रयोगका कारण विभिन्न मुलुकले आर्थिक सफलता हासिल गरिरहेको अवस्थामा नेपालले पनि फाइदा लिन सक्ने हुनाले सरकारलाई सहकार्यका लागि आग्रह गर्नुभयो ।

सगुन अघिल्लो वर्ष अमेरिकामा स्थापना भएको सामाजिक सञ्जाल हो । गुगल नामक सामाजिक सञ्जालको प्रतिस्पर्धी रुपमा रहेको सो सञ्जाल नेपाली प्राविधिकको आफ्नै प्रयासबाट स्थापना भएको हो । करिब दुई लाख प्रयोगकर्ता रहेको सो सञ्जाल अहिले डेस्कटप एप्लिकेसनमा प्रयोग गर्न सकिन्छ भने आगामी सन् २०१६ को सुरुआततिर मोबाइलमा पनि सहज रुपमा प्रयोग गर्नेगरी तयारी भइरहेको छ । रासस

प्रधानमन्त्रीद्वारा राष्ट्र निर्माणमा जुट्न आग्रह

काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माण भइसकेका अवस्थामा सरकार बाहिर रहेका असन्तुष्ट दल राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले यहाँ आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत पहिलो चरणमा सरकारले भूकम्प प्रभावित हिमाली क्षेत्रमा पाँच हजार सुरक्षित घरटहरा निर्माण गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

“आज हुने उपराष्ट्रपतिको निर्वाचनपछि सरकारले पूर्णता पाएसँगै बाहिर रहेका असन्तुष्ट दलको समेत सहभागितामा युवालाई परिचालन गरी देशव्यापी रूपमा पुनःनिर्माण अभियान नै सञ्चालन गर्नुपर्छ, त्यसका लागि युवाहरू तयार हुनुपर्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्रीले विभिन्न चरणमा भएका सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै दलित, महिला, आदिवासी, जनजाति, मधेसीलगायत सम्पूर्ण उत्पीडित समुदायको अधिकार सुनिश्चित गरिएको उत्कृष्ट संविधान बनेको अवस्थामा क्षेत्रीय र जातीयतावादी धारणा राखेर आन्दोलन गर्दा मुलुकले निकै ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो ।

कुनै पनि पार्टीसँग बहुमत नभएका अवस्थामा अत्यधिक मतबाट निर्माण भएको संविधानको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

युवा सङ्घका अध्यक्ष राजीव पहारीले संविधानको कार्यान्वयनसँगै मुलुकमा व्याप्त गरिबी, अशिक्षा र कुरीतिको अन्त्य गरी आर्थिक विकासको बाटामा देशलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, पोलिटब्युुरो सदस्य शेरधन राई, पूर्वमन्त्रीद्वय महेश बस्नेत र भगवती चौधरीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रजातान्त्रिक युवा सङ्घमा भुसाल उम्मेदवार
युवा सङ्घले विश्व प्रजातान्त्रिक युवा सङ्घका उपाध्यक्षमा सुन्दर भुसाललाई उम्मेदवार बनाउने भएको छ । यही कात्तिक २१ देखि २८ गतेसम्म क्युबामा हुने १९ औँ महासम्मेलनमा सङ्घका तर्फबाट भुसाललाई उपाध्यक्षमा उठाइने सङ्घका महासचिव प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

भुसाल युवा सङ्घ विदेश विभाग उपप्रमुख समेत हुनुहुन्छ । मुख्य कार्यालय हङ्गेरीमा रहेको सो संस्थाले यस पटक क्युबामा महासम्मेलन गर्न लागेको छ । महासम्मेलनमा विश्वका विभिन्न प्रगतिशील राष्ट्रका युवा सङ्घसंस्थाको सहभागिता रहनेछ ।

सङ्घका अध्यक्ष पहारी सङ्घको नेतृत्व गर्दै त्यसतर्फ जानुहुने बताइएको छ । विश्वमा गरिबी निवारण, युवामैत्री समाज निर्माण, विश्व भ्रातृत्व तथा विश्व शान्तिका लागि सहभागी राष्ट्रले जानकारी गराउने तथा अनुभव आदानप्रदान गर्नेछन् । रासस

उपराष्ट्रपति चयनका लागि मतदान सम्पन्न, ५४७ मत खस्यो

काठमाडौँ, १४ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति चयनका लागि भएको मतदान भर्खरै सकिएको छ ।

व्यवस्थापिका–संसद् भवन, नयाँ बानेश्वर, निर्वाचन अधिकृतको कार्यालयका अनुसार अपराह्न २ बजे मतदान सकिएको हो । मतदानमा कुल ५४७ मत खसेको छ । व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार संसद्मा रहेका कुल ५९७ सांसद् मध्ये मतदानमा ५४७ सहभागी भएका थिए । मतदान प्रक्रियामा तराई–मधेसमा आन्दोलनरत दल भने सहभागी भएनन् ।

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका तर्फबाट एकीकत नेकपा(माओवादी)का स्थायी समिति सदस्य नन्दबहादुर पुन र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी हुनुहुन्छ ।

सचिवालयले उपराष्ट्रपतिमा गोप्य मतदान गर्ने व्यवस्था मिलाएको थियो । गठबन्धनमा सहभागी नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी), मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक), राप्रपा, नेकपा(माले), नेकपा(संयुक्त), राष्ट्रिय जनमोर्चालगायत १५ दलले उपराष्ट्रपतिमा संयुक्त उम्मेदवार पुनलाई मतदान गर्ने निर्णय यसअघि नै गरेका थिए ।

निर्वाचन कार्यतालिकानुसार अपराह्न २ः३० देखि मतगणना सुरु हुनेछ । यस्तै साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखले उपराष्ट्रपतिको मत परिणाम सार्वजनिक गर्नुहुनेछ । रासस

चार ट्यांकर केरुङ प्रवेश

धुन्चे (रसुवा), १४ कात्तिक । नेपाललाई चीन सरकारले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन आज चार नेपाली ट्याङ्कर केरुङ प्रवेश गरेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले केरुङभन्दा २५ किमीमाथि हिमपातका कारण सडक अवरुद्ध हुँदा केरुङ ल्याइसकिएको तेल भर्नका लागि चार ट्याङ्कर मात्र केरुङ पठाइएको जानकारी दिनुभयो । आजै साँझ ती ट्यांकरले ३६ हजार लि तेल भरी नेपाल प्रवेश गर्ने बताइएको छ ।

तेल भर्न गएका अन्य आठ ट्यांकर आइतबार केरुङ पुग्ने बताउँदै प्रवक्ता बरालले हिमपात पन्छाई सडक खुलाउने कार्य सुरु भइसकेको जानकारी दिनुभयो । आइतबारसम्म एक लाख आठ हजार लि तेल नेपाल भित्रने र चीनले उपलब्ध गराउने सबै पेट्रोलियम पदार्थ एक साताभित्र निगमको केन्द्रीय भण्डारमा पुगिसक्ने बताइएको छ ।

सीमा क्षेत्रमा लाइन लागेर बसेका अन्य आठ ट्यांकर अहिले टिमुरेमा राखिएको छ । प्रवक्ता बराल चार नेपाली ट्यांक रसुवागढी नाकाबाट आज अपराह्न १ बजे केरुङतर्फ जानुभएको छ ।

सिगात्से–केरुङ मार्गमा हिमपात भएका कारण औपचारिक तेल हस्तान्तरण गर्ने कार्यमा सहभागी हुने भनिएका चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका लागि नेपाली महावाणिज्यदूत हरि बस्याल बीचबाटामै रोकिनुभएको बताइएको छ ।
यसैबीच तातोपानीभन्दा रसुवागढी नाकाबाट दीर्घकालीन इन्धनको व्यावसायिक कारोबार गर्न सडक उपयुक्त भएकाले सडकको स्तरोन्नति गर्न सरकारसमक्ष आग्रह गरिने प्रवक्ता बरालले जानकारी दिनुभयो । रासस

काभ्रेपलाञ्चोकमा कोइलाको उत्पादन दोब्बर बढ्यो

बनेपा, १४ कात्तिक । काभ्रेपलाञ्चोकको दुर्गम गाविस सानोबाङ्थली गाविस–५ बाट उत्पादन भइरहेको कोइलाको उत्पादन दोब्बर वढेको छ ।

चरम इन्धन अभाव भइरहेको बेला त्यसको मागअनुसार आपूर्ति हुन नसकेको सांगास्वति कोइला उद्योगका सञ्चालक दीपकराज उप्रेतीले जानकारी दिनुभयो ।

अहिले अधिकतमरुपमा वायुपङ्खे चुल्होमा कोइलाको प्रयोगबाट खाने पकाउने काम भइरहेको छ र यसबाट ग्यासको अभाव टरेको छ उहाँले भन्नुभयो ।

उद्योगका सञ्चालक उप्रेतीले विगतमा करिव दुई ट्रक कोइला उत्पादन भएकोमा अहिले झण्डै पाँच ट्रक कोइला उत्पादन भएको बताउनुभयो ।

कोइला आन्तरिकरुपमा पनि खपत भएको छ तर धेरैजसो काठमाडौँको बजारमा निर्यात भएको उल्लेख गर्दै उहाँले कोइला अहिले प्रतिबोरा रु.२०० का दरले बिक्री गरिएको बताउनुभयो ।

बजार अझै पनि व्यवस्थित हुन सकेको छैन परम्परागत हिसाबले कोइलाको उत्पादन भएको र निश्चित बजारमा यसको बिक्री वितरण भएको छ ।

मेडेप नेपालको सहकार्यमा उत्पादन भएको कोइला उद्योगको मुख्य चुनौती बजार भएको जानकारी दिँदै उहाँले कोइला उद्योगमा सामूहिक लगानी भएको बताउनुभयो ।

विसं ०६२ सालमा साँगास्वति कोइला उत्पादन केन्द्रको रुपमा स्थापना भएको उद्योगबाट त्यहाँ रहेका साना किसिमका सात फलामे टङ््याकिबाट एकै दिनमा ६३ बोरा कोइला उत्पादन गर्न सकिने छ । उद्योगमा कच्चा पदार्थको रुपमा सल्लाको दाउरा बाहेक अन्य पातपतिङ्गर बढी प्रयोग हुने गर्छ ।

फलामको ट्याङ्की बनाएर २४ घण्टासम्म आगो बालेर कोइला उत्पादन गरिएको छ ।

एक अष्टेलियन नागरिकको सहयोगबाट सुरु भएको सो कोइला उद्योगमा अहिले करिव रु. पाँच लाखको लगानी रहेको छ ।

तेह्र जना शेयर सदस्य रहेको सो उद्योगले ब्रिकेटको पनि उत्पादन गरेको छ । यसको माग पनि कोइलाको जस्तै वढेको छ । प्रति ब्रिकेट रु. २० मा बिक्री गरिने ब्रिकेटको बजार पनि काठमाडौँ नै हो । यसबाट सन्तोषजनक आम्दानी भएको उल्लेख गर्दै उप्रेतीले कच्चा पदार्थको उत्पादन पनि स्थानीयरुपमा नै गरिएको बताउनुभयो । रासस

साताको नेप्से २९ अङ्कले घट्यो

काठमाडौँ, १४ कात्तिक । निरन्तर तराई मधेस बन्द तथा भारतको अघोषित नाकाबन्दीका कारण मुलुकका सबै क्षेत्रमा नकारात्मक असर परेको छ ।

बन्दसँगै आक्रान्त भएको अर्थतन्त्रको मुख्य सूचक पूँजीबजारमा पनि नकारात्मक असर परेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

अघिल्लो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.४१ अङ्कले घटेको थियो । केही सातादेखि नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै आएको नेप्स यो साता पहिलो दिनको तुलनामा २९.०१ अङकले घटेको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा ११६ कम्पनीको पाँच ६४७ कारोबारबाट रु ८० करोड ४४ लाख ३५ हजार बराबरका १३ लाख २७ हजार २८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

यो साता वाणिज्य बैंक समूहमा ३३.१, विकास बैंकका २५.१८, वित्तमा ६.४६, होटलमा ५१.६९, जलविद्युत्मा २६.१९ र बिमा समूहको परिसूचकमा १४७ अङ्कले गिरावट आएको छ भने उत्पादन र व्यापारको परिसूचकमा कुनै परिवर्तन भएको छैन ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६.४० अङ्कले घटेर २३५.८३ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर सङ्ख्याको आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा वरुण हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टक एक्सचेन्जले उल्लेख गरेको छ । रासस

Friday, October 30, 2015

इन्धनको कालोबजारी गर्ने मनसायले प्रहरी भ्यानको प्रयोग नभएको स्पष्ट

काठमाडौँ, १३ कात्तिक । यही कात्तिक ११ गते सामाजिक सञ्जाल तथा अनलाईनमा ‘पेट्रोलको तस्करीमा प्रहरी भ्यानको प्रयोग’ शीर्षकमा प्रकाशित समाचारका सम्बन्धमा छानबिन गर्दा इन्धनको कालोबजारी गर्ने मनसायले प्रहरी भ्यानको प्रयोग नभएको खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘नेपाल प्रहरी सङ्गीत विद्यालयका प्रमुखले व्यक्तिगत प्रयोजनका लागि रात्रिबसमा सप्तरी जिल्लाको कल्याणपुरबाट मगाएको ८० लिटर पेट्रोल कोटेश्वरबाट बा२झ नम्बरको कार्यालयको गाडीमा राखी ल्याउने क्रममा सोही बसमा जिल्ला मकवानपुर सर्कितपलाँसे गाविस–५ घर भई हाल सामाखुसी बस्ने लालबहादुर थिङले आफ्नै ट्याक्सीको प्रयोगका लागि ल्याएको १०५ लिटर पेट्रोलका लागि सहयोग गरिदिन अनुरोध गरेकाले सो पेट्रोलसमेत गाडीमा राखी सामाखुसीस्थित लालबहादुरको पसलसम्म पु¥याइदिएको खुल्न आएको छ’– प्रधान कार्यालयद्वारा आज जारी विज्ञप्ति उल्लेख गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले कार्यालयको गाडी इन्धनको कालोबजारी गर्ने मनसायले प्रयोग नभए तापनि कार्यालय प्रयोजनको लागि उपलब्ध गराइएको सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग भएको पाइएको हुँदा लापरबाहीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीउपर आवश्यक विभागीय कारबाहीको प्रक्रिया सुरू भएको उल्लेख गरिएको छ । रासस

सभामुखसमक्ष प्रतिवेदन पेस

काठमाडौँ, १३ कात्तिक । सभामुख ओनसरी घर्तीसमक्ष व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले आज आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।

शिक्षा मन्त्रालय, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हेर्ने जिम्मा पाएको सो समितिका सभापति रञ्जुकुमारी झाले प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिवेदनमा समितिको कार्ययोजना, गतिविधि, सरकारलाई दिइएका निर्देशन, पालना र सम्बन्धित क्षेत्रका समस्या समाधानका चुनौती तथा सुझाव समेटिएका छन् ।

सभामुख घर्तीले समितिको सक्रियाताको प्रशंसा गर्दै संसद्मा प्रतिवेदन टेबुल गर्ने बताउनुभयो । रासस

निजी क्षेत्रको समस्याबारे महासङ्घद्वारा उद्योग मन्त्रीलाई जानकारी

काठमाडौँ, १३ कात्तिक । उद्योग मन्त्री सोमप्रसाद पाण्डेसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रले पछिल्लो पटक व्यहोर्नु परेको समस्याका विषयमा अवगत गराएको छ ।

महासङ्घका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज मन्त्री पाण्डेलाई भेटी तीन महिनादेखि जारी तराई आन्दोलन तथा प्रमुख भन्सार नाकामा अवरोधका कारण उद्योग व्यवसायमा परेको नकारात्मक असरबारे जानकारी गराएको हो ।

उक्त टोलीले उद्योग व्यवसाय क्षेत्रले दैनिक करिब रु दुई अर्ब बराबरको आर्थिक नोक्सानी व्यहोर्दै आएकाले अहिलेको असहज अवस्थाको तत्काल अन्त्य गर्न आग्रहसमेत गरेको थियो ।

चरम इन्धन अभावका कारण औद्योगिक उत्पादन तथा कच्चा पदार्थको आयात निर्यात ठप्प छ भने वीरगन्जस्थित सुक्खा बन्दरगाहमा बाहिरबाट ल्याइएका माल वस्तु महिनौँदेखि सम्बन्धित स्थानसम्म लैजान नसकिएको विषयमा उद्योगमन्त्री पाण्डेलाई जानकारी गराइएको महासङ्घका अध्यक्ष मुरारकाले बताउनु भयो ।

जवाफमा उद्योग मन्त्री पाण्डेले अहिलेको असहज अवस्थाबाट उद्योग व्यवसाय क्षेत्रसहित मुलुकको अर्थतन्त्र गम्भीर रुपमा प्रभावित भएकोप्रति आफू अत्यन्त संवदेनशील रहेको र उद्योग व्यवसाय क्षेत्रलाई यस स्थितिमा कसरी सम्बोधन गर्न सकिन्छ तत्काल त्यसतर्फ गृहकार्य थाली सहयोग गर्ने बताउनुभएको अध्यक्ष मुरारकाले जानकारी दिनुभयो ।

उद्योग मन्त्रीले सुक्खा बन्दरगाहमा रहेका वस्तु छुटाउन छिट्टै पहल हुने आश्वासनसमेत दिनुभएको उल्लेख गर्दै अध्यक्ष मुरारकाले निजी क्षेत्रलाई साथमा लिई उद्योग क्षेत्रसँग सम्बन्धित नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । रासस

उपराष्ट्रपतिमा पुनलाई जिताउन त्रिपक्षीय वार्ता

भक्तपुर, १३ कात्तिक । शनिबार हुने उपराष्ट्रपतिको निर्वाचनमा एकीकृत नेकपा (माओवादी)का तर्फबाट उम्मेदवारी दिनुभएका नन्दबहादुर पुनलाई सहयोग गर्नका लागि आग्रह गर्न प्रधानमन्त्री एमाओवादीका अध्यक्ष र उपाध्यक्ष आज नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे निवास पुग्नुभएको छ ।

नेता बिजुक्छे निवासमा आज भएको भेटघाटमा शनिबार हुने उपराष्ट्रपतिको निर्वाचनमा पुनलाई सहयोग गर्न बिजुक्छेलाई उहाँहरुले आग्रह गर्नुभएको हो । भेटपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुक्छेले पुनलाई सघाउने बचन दिनुभएको बताउनुभयो ।

उपराष्ट्रपति निर्वाचनमा पुनलाई सहयोग गर्नेबारेमा नेता बिजुक्छे सकारात्मक भएको छलफलमा सहभागी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो । नेता श्रेष्ठले अर्काे प्रसङ्गमा भन्नुभयो “मुलुकमा जारी इन्धनको समयमा केही दिनभित्रमा हल हुन्छ, त्यसका लागि चीनसँग पेट्रोलियम पदार्थ ल्याउने सहमति भएको हो ।”

सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले चीनको सहयोगमा केरुङ हुँदै इन्धन आउन सुरु भएकाले इन्धनको अभाव छिट्टै अन्त्य हुने बताउनुभयो । उहाँले छिमेकी देश भारतसँग मात्र भर परेर इन्धन आपूर्ति गरिएकाले अहिलेको नाकाबन्दीमा दुःख पाइएको बताउँदै अब अर्को छिमेकी देश चीनको स्वामित्वमा रहेको पेट्रो चाइनासँग सम्झौता भएकाले इन्धन समस्या अन्त्य हुने छ भन्नुभयो ।

नेता बिजुक्छेले भने आफ्नो पार्टीमा छलफल गरेर मात्र उपराष्ट्रपतिका बारे निर्णय लिइने बताउँदै विगतमा भएको सहमति सत्तारुढ दलले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए मात्र सहयोग गर्ने गरिने स्पष्ट गर्नुभयो ।

नेता बिजुक्छेले सरकारले इन्धन समस्या समाधान गर्नुपर्ने र उपराष्ट्रपति आफ्नो पदीय जिम्मेवारी निर्वाहका लागि प्रतिबद्व हुनुपर्ने सर्त अघि सारिएको बताउनुभयो । छलफलमा नेमकिपाका सचिव सुनिल प्रजापति र सांसद प्रेम सुवालको सहभागिता थियो । रासस

नाका खुलाउन गरिएका पहलबारे सर्वोच्चद्धारा जवाफ माग

काठमाडौँ, १३ कात्तिक । सर्वोच्च अदालतले नेपाल–भारत सीमाका मुख्य नाकामा जारी ‘अघोषित नाकाबन्दी’ खोल्न अवलम्बन गरिएका उपायको विवरण पेस गर्न आज सरकारलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले नाकामा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा भएको अवरोध हटाउन गरिएका उपायबारे लिखित जवाफसहित १० दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।

नाकाबन्दी खुलाउन ठोस पहल नहुँदा जनजीवन कष्टकर बनेको भनी संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता ज्योति बानियाँबाट रिट निवेदन परेको थियो ।

रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय, गृह, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई विपक्षी बनाइएको छ । रासस

‘श्रम चल्छ, सीप चल्छ, पानी चल्दैन

काठमाडौँ, १३ कात्तिक । ‘अविरल जनसाहित्य यात्रा’ १९औँ शृङ्खलामा आज प्रगतिशील कवि÷गीतकार खेम नेपालीको एकल कविता वाचनको आयोजना गरियो ।

जनसाहित्यिक मञ्च नेपालले आयोजना गर्दै आएको सो शृङ्खलामा साहित्यकार नेपालीका राष्ट्रियता, जातीय भेदभाव तथा छुवाछूत, लैङ्गिक विभेद र श्रमिकको पीडासँग सम्बन्धित दुई दर्जन गीत÷कविता वाचन गरिएको थियो । नेपाली साहित्यकार, नाट्यकर्मीका साथै सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य पनि हुनुहुन्छ । उहाँले ‘श्रम चल्छ, सीप चल्छ, पानी चल्दैन…’ आदि बोलका गीत प्रस्तुत गर्नुभयो ।

सोही अवसरमा वरिष्ठ रङ्गकर्मीद्वय निशा शर्मा र घिमिरे युवराज, साहित्यकार अनिल पौडेल, गीतकार आकाश थापा, साजन राई, जङ्ग पहाडी र लक्ष्मी निरौलाले उहाँका गीत, गजल र कविता वाचनमा साथ दिनुभएको थियो ।

कार्यक्रममा पूर्वसामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले साहित्य सेवाबाट मुलुकको सेवामा लाग्नुभएका नेपालीका रचनाबाट जनजागरण सिर्जनामा बल पुगेको बताउनुभयो । उहाँले आफूले उठाउँदै आएको कर्मचारीले विदेशको नागरिकता लिन नहुने विषय नयाँ संविधानमा समावेश भएकाले अब विदेशका रहेका नेपाली युवाले स्वदेश फर्केर राष्ट्रोत्थानमा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

वाचित कवितामाथि समीक्षा गर्दै साहित्यकार देवी नेपालले गीतकार नेपालीका कविताले नेपाली समाजमा व्याप्त समसामयिक विषयलाई समेटेको बताउनुभयो ।

कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति शम्भुजिजत बाँस्कोटा, सदस्य सचिव गणेश रसिक र नेपाल प्रज्ञा– प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले पनि स्रष्टा नेपालीको साहित्यधर्मिताबारे चर्चा गर्नुभएको थियो । रासस

अधिकार प्राप्ति नभएसम्म आन्दोलन

लहान, १३ कात्तिक । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सम्झौताको कार्यान्वयन र संविधान संशोधनमार्फत मधेसी जनताको अधिकारको प्रत्याभूति भएपछि मात्र आन्दोलनको रोकिने बताउनुभएको छ ।

फोरम सिरहा क्षेत्र नं १ द्वारा सिरहाको लहानमा आज आयोजित विरोधसभामा अध्यक्ष यादवले ‘मधेस आन्दोलनका उपलब्धिलाई समेत खोसेर मधेसी नागरिकको राजनीतिक अस्तित्व समेत खतरामा पार्ने गरी आएको संविधान’ अस्वीकार गर्दै शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन जारी रहने छ भन्नुभयो । रासस

जनताको अग्रगतिका लागि काम गर्छु : राष्ट्रपति भण्डारी

काठमाडौँ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको परिधिभित्र रहेर नेपाली जनताको अग्रगतिका लागि आफू लागिपर्ने बताउनुभएको छ ।

मदननगर बल्खुस्थित जननेता मदनकुमार भण्डारीको सालिकमा माल्यार्पण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रपति पदको गरिमा र मर्मलाई कायम राखी संविधानको व्यवस्थाअनुसार जनताको अग्रगतिका लागि काम गर्ने उल्लेख गर्नु भयो ।

बिहीबारबाट कार्यभार सम्हाल्नुभएका भण्डारी त्यहाँ पुग्नु हुँदा स्थानीयवासीले स्वागत गरेका थिए । सो स्थानमा यसअघि नेकपा (एमाले)को कार्यालय रहेको थियो । रासस

कँडेलमाथि आक्रमण गर्ने पक्राउ

परासी, १३ कात्तिक । पूर्वगृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलमाथि आज नवलपरासीमा आक्रमणको प्रयास गर्नेमध्येका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

कँडेललाई पेस्तोल ताक्ने भारत महाराजगन्ज ठुठीबारीका उज्वल सिंह र महाराजगन्ज राजाबारीका जोगेन्द्र पासवानलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको हो ।

आक्रमण गर्ने प्रयास गर्ने समूहमध्ये दुई जना फरार छन् । भारतीय एक समूहको टोलीबाट जिल्लाको बडहरादुबौलीया–३ स्थित ललितपुर गाउँमा स्थानीय सद्धिक कुजडाको घर अगाडि कँडेलमाथि आक्रमणको प्रयास भएको थियो ।

आफ्नो खेतीबारी हेर्न त्यहाँ पुग्नुभएका कँडेललाई दुई मोटरसाइकलमा आएका भारतीयमध्ये युपी ५३ ए ९८५६ नंको मोटरसाइकल चढी आएका सिंहले कँडेलमाथि पेस्तोल ताकी आक्रमणको प्रयास गरेको कँडेलले बताउनुभयो ।

प्रहरीले कँडेलमाथि आक्रमणको प्रयास गर्नेमध्येका दुई जनालाई छ राउन्ड गोली र पेस्तोलसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । उनीहरुका साथबाट केही लागु औषध नाइट्रोजन भ्याट ट्याबलेट पनि बरामद भएको छ ।

अभियुक्त सिंह कँडेलको नातेदारसमेत रहेको बुझिएको छ । कँडेलमाथि यसअघि सशस्त्र द्वन्द्वकालमा समेत काठमाडाँैमा आक्रमणको प्रयास भएको थियो । रासस

कपडा पसलमा आगलागी

जनकपुरधाम, १३ कात्तिक । आज साँझ जानकी मन्दिर पूर्वपट्टि गल्लीमा रहेको एक कपडा पसलमा आगलागी हुँदा रु २० लाखको क्षति भएको छ ।

स्थानीयवासी कृष्ण सुलतानियाको कपडा पसलमा विद्युत् तार सर्ट हुँदा भएको आगलागीमा उक्त रकम बराबरको क्षति भएको बताइएको छ । जनकपुर उपमहानगरपालिकाको वारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । रासस

शिक्षा मन्त्रालय र जनक शिक्षाको बेमेलका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ

काठमाडौँ, १३ कात्तिक । शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रबीचको बेमेलका कारण आगामी शैक्षिक सत्रमा पनि विद्यालय तहका पाठ्यपुस्तक अभाव हुने देखिएको छ ।

नेपाली र भारतीय बजारमा नपाइने प्रकारको कागजको गुणस्तर (स्पेसिफिकेसन) मा पाठ्यपुस्तक छाप्नुपर्ने यसअघि बनाइएको मापदण्ड परिवर्तनका लागि जनक शिक्षाले छ महिनाअघि आग्रह गरे पनि हालसम्म निर्णय भएको छैन । सरकारको ‘२० कोभ भ्याल्यु’ को कागजमा पाठ्यपुस्तक छाप्नुपर्ने निर्देशन उल्लङ्घन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाही हुने र पालना गर्दा बजारमा कागज नपाइने केन्द्रको भनाइ छ ।

केन्द्रको सञ्चालक समितिको अध्यक्ष शिक्षा मन्त्रालयका सचिव नै रहेको अवस्थामा पनि समयमा सहयोग र सहजीकरण नभएकाले आगामी वर्ष पाठ्यपुस्तकको अभाव हुन सक्ने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले राससलाई बताउनुभयो ।

उक्त मापदण्ड परिवर्तनका लागि मन्त्रालयमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलको संयोजकत्वमा गठित कार्यदलले पनि गत जेठमा सुझाव दिइसकेको थियो ।

उहाँले भन्नुभयो, “हामीलाई अनेक बहानामा अल्झाएर काम गर्न नदिने अनि निजी क्षेत्रका प्रेसलाई जिम्मेवारी दिने सोच देखिएको छ । यस्तो स्थिति चाँडो अन्त्य हुनुपर्छ, अन्यथा विद्यार्थीको हातमा समयमा पुस्तक पुग्दैन ।”

वैशाखमा सुरु हुने हरेक शैक्षिक सत्रको १५ दिन अगावै कक्षा १ देखि १० सम्ममा पाठ्यपुस्तक सेटमा उपलब्ध गराउनु सरकारको दायित्व हुनेछ । मन्त्रालयले दातृ निकायसँग पनि सोही प्रतिबद्धता जनाई विद्यालय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले भने केन्द्र आफँैले कागजको वर्गीकरण र खरिदको प्रक्रिया अघि बढाउन सक्ने दाबी गर्नुहुन्छ । उहाँले कागजको नयाँ वर्गीकरणका बारेमा आफूलाई पनि स्पष्ट जानकारी नभएको बताउनुभयो ।

केन्द्रका अनुसार आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि १० तहमा करिब तीन लाख ६० हजार थान पाठ्यपुस्तक आवश्यक रहेकामा हाल करिब ६० लाख थान मात्र उत्पादन भएको छ । नयाँ कागज खरिदका लागि उपयुक्त वातावरण नभएका कारण केन्द्रको प्रेसको क्षमता दैनिक एक लाख २० हजारको भए पनि हाल करिब १५ हजार थान पाठ्यपुस्तक प्रकाशन भइरहेको छ ।

व्यवस्थापिका–संसद्को महिला, बालबालिका ज्येष्ठ नागरिकका तथा समाजकल्याण समितिले पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न मन्त्रालयलाई पटक पटक निर्देशन दिँदै आएको छ । जनक शिक्षा कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर कुँवरले खुला प्रतिस्पर्धाबाट नियुक्त प्रबन्ध सञ्चालक झाबाट प्रतिबद्धताअनुसार काम नभएकाले पनि समस्या आएको बताउँदै नेपाल गुणस्तर तथा नापतौल विभागले बजारमा पाइनेमध्ये स्तरीय कागजमा पुस्तक छाप्न कुनै बाधा नभएको जनाउनुभयो ।

मन्त्रालयका सचिव तथा सञ्चालक समितिका अध्यक्ष विश्वप्रकाश पण्डितले केन्द्रका प्रबन्ध सञ्चालक दसैँ बिदाबाट कार्यालय फर्कन दुई दिन ढिला हुँदा मौखिक आदेशमा निर्र्देशक कपिल पोखरेललाई निमित्त प्रबन्ध सञ्चालनको जिम्मा दिएकाले पनि केन्द्रमा आन्तरिक किचलो बढ्ने भएको छ । पण्डितकै निर्देशनमा पोखरेलले प्रशासन प्रमुखमा महेन्द्र गौतमलाई ल्याएको र झा फर्किसकेपछि यसअघिका प्रशासन प्रमुख टङ्कमणि अधिकारीलाई पुनःजिम्मेवारी दिइने तयारीले द्वन्द्व बढेको हो ।

पाठ्यपुस्तकको उत्पादन र वितरणमा केन्द्र र साझा प्रकाशनलाई एकाधिकार दिन गत जेठमा दुवै निकायका प्रमुख, पूर्वशिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दीनानाथ शर्मा तथा तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले शिक्षा मन्त्रालयमा आग्रह गरिए पनि सोअनुसार निर्णय नहुँदा पाठ्यपुस्तक अभाव हुने साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताउनुभयो ।

सो प्रस्तावमा तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादव सकारात्मक रहे पनि कर्मचारी संयन्त्रले नसघाएको ती दुई निकायको गुनासो छ ।

उहाँले भन्नुभयो, “शिक्षा मन्त्रालयमा निजी क्षेत्रका आत्मा बोकेका केही उच्च कर्मचारी रहेका कारण राज्यको स्वामित्वमा रहेका संस्था धरासायी बनाइ निजी क्षेत्र र वैदेशिक कम्पनीलाई पोस्ने प्रयास भइरहेकाले काम गर्न सहजता छैन, त्यसकारण विद्यार्थी र अभिभावकले दुःख पाइरहेका छन् ।” शर्माको दाबी छ, “सरकारले अनुमति दिएमा साझा प्रकाशनले पाठ्यपुस्तक अभावको समाचार नआउने स्थिति ल्याउनेछ ।” रासस

सिंहको जन्मशताब्दीमा पुस्तक प्रकाशन हुने

काठमाडौँ, १३ कात्तिक । लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीको अवसर पारेर विभिन्न पुस्तकहरु प्रकाशन हुने भएका छन् ।

गणेशमानसिंह फाउन्डेसनको सहयोगमा विभिन्न भाषामा सिंहको व्यक्तित्वसम्बन्धी चित्रकथा र पुस्तक प्रकाशन गर्न लागिएको फाउन्डेसनका महासचिव घनेन्द्रपुरुष ढकालले जानकारी दिनुभयो ।

प्रदिपमान श्रेष्ठद्वारा लिखित नेवारी भाषाको पुस्तक ‘सिंहवाद’, माथवरसिंह बस्नेतद्वारा लिखित ‘मेरा कथाका पानाहरु खण्ड तीन’, बस्नेतद्वारा पहिले लेखिएको ‘मेरा कथाका पानाहरु खण्ड एक र दुई’को लालदेउसा राईद्वारा अङ्ग्रेजी भाषामा अनुवाद र प्रकाशप्रसाद उपाध्यायद्वारा हिन्दी भाषामा लिखित ‘गणेशमान सिंह की सङ्घर्ष गाथा’ पुस्तक प्रकाशन गरिएको ढकालले बताउनुभयो ।

सिंहकै नाममा पाँच हजार थान चाँदीको सिक्का र हुलाक टिकट प्रकाशन गर्न लागिएकोे छ ।

फाउन्डेसनले सिंहको स्मृतिमा प्रजातन्त्र पुरस्कार स्थापनासमेत गरेको छ । फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहको अध्यक्षतामा बसेकोे कार्यकारी समितिको बैठकले जन्मशताब्दी वर्षको अवसरमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।

विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका गणेशमान सिंहको गत वर्ष कात्तिक २४ देखि जन्मशताब्दी वर्ष प्रारम्भ भएको र यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि फाउन्डेसनले जन्मशताब्दीमा खेलकुद प्रतियोगिता, रेडियो नाटक, बलिदान अभियानजस्ता कार्यक्रम सञ्चालन गरेको थियोे । रासस

एमाओवादीबाट आफ्ना उम्मेदवारलाई विजयी गराउन आग्रह

काठमाडौँ, १३ कात्तिक । एकीकृत नेकपा (माओवादी)ले उपराष्ट्रपतिका उम्मेदवार नन्दबहादुर पुनको पक्षमा मत मागेको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव एवम् उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उपराष्ट्रपति पदका उम्मेदवार पुनलगायत टोलीले विभिन्न राजनीतिक दलसँग मत मागेको हो । अध्यक्ष दाहाल नेतृत्वको टोलीले मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) र नेपाल मजदुर किसान पार्टीसँग प्रत्यक्ष भेटघाट गरेर नै पुनका पक्षमा मत मागेको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), नेकपा (संयुक्त), राष्ट्रिय जनमोर्चालगायत दलसँग पनि मत मागेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उपराष्ट्रपति पुनको नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी समर्थक रहनुभएको छ । एमाओवादीले गणतन्त्र प्राप्ति र संविधानसभाका लागि सशस्त्र सङ्घर्षमा महत्वपूर्ण योगदान गरेको व्यक्तित्वलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाएकाले सहयोगका लागि आग्रह गरेको छ ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत विषयमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई उपराष्ट्रपतिमा विजयी गराएर प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि पुनको उम्मेदवारी आवश्यक रहेको एमाओवादीको भनाइ छ ।

नेकपा(माले)का महासचिव सिपी मैनालीले राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, उपसभामुख चयन भइसकेका अवस्थामा तराई–मधेस क्षेत्रकै व्यक्तिलाई उम्मेदवार बनाएको भए राम्रो हुने थियो भन्ने पक्षमा आफूहरु रहेको बताउनुभयो ।

उहाँले सरकार गठनका समयमा कायम भएको गठबन्धनलाई टिकाइराख्न पनि एमाओवादीका उम्मेदवार पुनलाई मत दिइने र विजयी गराइने उल्लेख गर्नुभयो । मालेको आज बसेको पोलिटब्युरोको बैठकले फरक मतसहित एमाओवादी उम्मेदवारलाई मत दिने निर्णय गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहाडी र मधेसी भनेर चर्को नारा लागिरहेका अवस्थामा त्यसलाई सम्बोधन गर्न पनि खास गरी थारु समुदायबाट उपराष्ट्रपति बनाउनुपर्ने आफ्नो भनाइ रहेको बताउनुभयो । उम्मेदवारी दर्ता भइसकेका अवस्थामा आफ्नो पार्टीले एमाओवादीका उम्मेदवारलाई मत दिने तर फरक मत भने राख्ने अध्यक्ष केसीको भनाइ छ ।

एमाओवादीले संसद्मा रहेका समाजवादी जनता पार्टी, नेपाली जनता दल, नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, मधेस समता पार्टी नेपाल, दलित जनजाति पार्टी नेपाल, बहुजनशक्ति पार्टी नेपाललगायत दलसँग पनि आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ ।

उपराष्ट्रपतिको निर्वाचन शनिबार बिहान १० बजेदेखि अपराह्न १३ बजेसम्म व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा हुने सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । राष्ट्रपतिको निर्वाचनमा देखिएको केही प्राविधिक समस्यालाई ध्यानमा राख्दै मतदानमा सहज होस् भनेर केही बुथ थप गरिएको उहाँको भनाइ छ । रासस

घरेलु कामदार पठाउन ४९ म्यानपावर सूचीकृत

काठमाडौँ, १३ कात्तिक । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन नेपालका ४९ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सूचीकरण गरेको छ ।

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७० अनुसार जारी भएको सूचनाको आधारमा निवेदन दिएका इजाजत प्राप्त म्यानपावर कम्पनीबाट निवेदन दिएकामध्येबाट कागजात अध्ययन गरी ४९ कम्पनी सूचीकृत भएको विभागले जनाएको छ ।

सूचीकरण भएका संस्थाले १५ दिनभित्र सम्पर्कमा आउन विभागले अनुरोध गरेको छ ।

यसअघि अधिकांश म्यानपावरले आफुखुसी विभिन्न मुलुकमा गैरकानुनीरुपमा घरेलु कामदार पठाउँदै आएका थिए । विभागको यो निर्णयपछि सुचीकरणमा नपरेका म्यानपावरले घरेलु कामदार पठाउन पाउने छैनन् । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts